सी विचारको सार
१६ असोज २०७६
•
१२ मिनेट पाठ
सी विचारको सार
चिनियाँ कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय विभागका महानिर्देशकको आतिथ्यमा सम्पन्न कार्यक्रममा नेकपाले सी विचारलाई अंगीकार गरेको भनी नेपालमा निकै ठूलो हल्लाखल्ला भयो। जुन हल्ला र बहस अहिले पनि जारी छ। विपक्षी दल नेपाली कांग्रेसले कडा टिप्पणी गर्दै विरोध पनि गरेको छ। तर यथार्थमा न नेकपाले स्वीकार गर्दैमा सी विचार नेपालमा प्रवेश गर्ने हो न नेपाली कांग्रेसले विरोध गर्र्दैमा त्यो प्रवेश निषेध हुने हो।

नेपालमा विरोध र समर्थन गर्ने दुवै पक्षले राम्रोसँग सी विचार बुझेकै छैनन्। माक्र्सवाद र लेनिनवादभित्र विकास भएको चिनियाँ चरित्रको समाजवादी व्यवस्था व्यवहारमा उतार्ने मुख्य निर्देशक मार्ग नै सी विचारधारा हो। जनतामा केन्द्रित विकास निर्माण, स्थिर राजनीतिक व्यवस्था, अन्तर्राष्ट्रिय सहकार्य, सांस्कृतिक आदानप्रदान, आन्तरिक मामिलामा अहस्तक्षेपलगायत विषय सी विचारका कूटनीतिक निर्देशन हुन्।

सन् २०१२ मा चिनियाँ कम्युनिस्ट पार्टीको महासचिव भएसँगै सीले अगाडि सारेका सपनाले चीनमा जागरण ल्यायो। सपना देखाएर १ अर्ब ४० करोड चिनियाँलाई राष्ट्र निर्माणमा लगाउन सफल सीले छोटो समयमै गरिबी निवारण गर्र्दै चीनको स्थिर आर्थिक विकास गराएका छन्। सीले चीनको आन्तरिक विकास मात्र गराएनन्, बिआरआइमार्फत सम्पूर्ण विकासोन्मुख मुलुकको पनि विकास गराउने नीति अगाडि सारे। आफ्नो विकाससँगै छिमेकी मुलुकको विकास र समृद्धि चाहेका कारण सी अन्तर्राष्ट्रिय जगत्मा पनि लोकप्रिय हुन थाले। फलस्वरूप सी विचारधारा चीन बाहिर पनि चासोको विषय बन्यो।

बिआरआई सी विचारको एउटा महत्वपूर्ण अंश हो। तसर्थ विदेशमा हुने चिनियाँ लगानी र सहयोगसँगै सी विचार पनि प्रवाह हुनेछ।

सी चिनफिङको ‘नयाँ युगको चिनियाँ विशेषतायुक्त समाजवादी विचार’लाई विधानमा प्रवेश गराउँदै चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) को १९औं महाधिवेशन सम्पन्न भएपछि सी विचारधारा चर्चामा आएको हो। महाधिवेशनबाट संशोधित विधानमा सी चिनफिङको ‘नयाँ युगको चिनियाँ विशेषतायुक्त समाजवादी विचार’ लाई माक्र्सवाद तथा लेनिनवाद, माओत्सेतुङ विचारधारा र तङ स्यावो फिङ सिद्धान्त भनिएको छ। यसभन्दा अगाडि सिपिसीको विधानमा माक्र्सवाद र लेनिनवादबाहेक माओ विचारधारा र तङ सिद्धान्त मात्र उल्लेख थिए।

चिनियाँ कम्युनिस्ट पार्टीको विधानमा सी चिन फिङको नयाँ युगलाई महत्वपूर्ण विचारधारा र वैज्ञानिक विकाससम्बन्धी धारणासँगै मिलेर चिनियाँ कम्युनिस्ट पार्टीको निर्देशिका बनाउने कुरा समेटिएको छ। महाधिवेशनमा सीले प्रस्तुत गरेका प्रतिवेदनलाई ‘चिनियाँ कम्युनिस्ट पार्टी र सम्पूर्ण चिनियाँको नेतृत्व गरी नयाँ युगमा चिनियाँ विशेषतायुक्त समाजवाद विकास गर्ने राजनीतिक घोषणा पत्र तथा कार्यक्रम निर्देशिका तथा माक्र्सवाद तथा लेनिनवादको निर्देशिका दस्तावेज भएको’ ठहर गरेको छ। सन् २०१२ मा सिपिसीको महासचिव भएपछि सी चिनफिङलाई निकै शक्तिशाली नेताका रूपमा चित्रण गर्न थालिएको हो। आफ्ना पूर्वज हु चिन थावो र च्याङ च मिनको तुलनामा उनले आर्थिक तथा कूटनीतिक कामलाई तीव्र रूपमा अगाडि बढाएका थिए।

सांस्कृतिक, आर्थिक, औद्योगिक, प्राविधिक, सामाजिक, कूटनीतिक सबै क्षेत्रबाट चीनलाई पुनर्जागरण गराउने काम चिनियाँ सपनाले गरेको थियो। त्यसपछि उनले अगाडि सारेका रेशमी मार्गको अवधारणाले चीन मात्र नभई अन्तर्राष्ट्रिय जगत्मै हलचल मच्चाएको छ। सी चिनफिङ विचारधारालाई १ वर्षअगाडि नै चिनियाँ विश्वविद्यालयका पाठ्यक्रममा राखिएको छ। चिनियाँ कम्युनिस्ट पार्टीका क्याडर, चिनियाँ सरकारी अधिकारी र सर्वसाधारणलाई विस्तृत जानकारी दिने उद्देश्यले सी विचार पाठ्यक्रममा समेटिएको चिनियाँ कम्युनिस्ट पार्टीको प्रचारप्रसार विभागले त्यतिबेलै स्पष्ट पारेको थियो।

चीनमा माओत्सेतुङपछि सबैभन्दा शक्तिशाली नेताका रूपमा सीलाई लिइन्छ। डेढ वर्षअगाडि संशोधन भएको चीनको संविधानले राष्ट्रपतिको २ वर्षे कार्यकालको सीमा हटाउँदै सीको विचारलाई लिपिबद्ध गराइएको थियो। त्यसभन्दा अगाडि नै चिनियाँ कम्युनिस्ट पार्टीको विधानमा सी विचार प्रवेश गराइएको थियो।

चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको प्रचारप्रसार विभाग र चीनको शिक्षा मन्त्रालयले संयुक्त रूपमा ‘नयाँ युगमा चीनको विशेषतायुक्त समाजवादसम्बन्धी सी चिनफिङ विचारधारा’ शीर्षकमा ३० भागको पाठ्य सामाग्री प्रकाशन गरेका छन्। ३० भागमा वर्गीकरण गरिएको पाठ्य सामग्रीमा नयाँ युगमा चीनको विशेषतायुक्त समाजवादसम्बन्धी सी चिनफिङको विचारधाराक आधारभूत भावना, आधारभूत विषय, आवश्यकताअनुसार आधारभूत लेख, तस्बिर, भिडियो, अडियोलगायत विषय समेटिएका छन्।

यसभन्दा अगाडि नै सी चिनफिङ र चीनको शासन व्यवस्था विषयका दुई भाग पुस्तक संसारका मुख्य भाषामा अनुवाद भइसकेका छन्। ती दुई पुस्तकमा सत्तामा आएपछि सी चिनफिङले दिएका अभिव्यक्ति, लेख, अन्तर्वार्ता, मन्तव्यलगायत विषय समावेश गरिएका छन्। सत्तामा आएपछि सी चिनफिङले अगाडि सारेका महत्वाकांक्षी कार्यक्रम बेल्ट एन्ड रोड इनिसिएटिभ(बिआरआई)लाई चीनका विभिन्न विश्वविद्यालयका पाठ्यक्रममा यस अगाडि नै समावेश गरिएका छन्।

चीनले विकासमा सहकार्य गर्दै विश्वमा आफ्नो प्रभाव बढाउँदै लगेको छ। यसलाई कतिपयले चीनको ‘सफ्ट पावर’ भनेर पनि व्याख्या गरेका छन्। सन् १९८० पछि सुधार र खुलापनलाई अँगाल्दै चीनले यथेष्ट रूपमा आन्तरिक विकास गरेको छ। चीनसँग पुँजी, प्रविधि, जनशक्ति र पूर्वाधार विकासमा अथाह अनुभव छन्। ठूला जलविद्युत् आयोजना, विमानस्थल, सुरुङमार्ग, सडक निर्माणलगायत क्षेत्रमा चीनसँग प्रतिस्पर्धा गर्न सक्ने औकात अरूले राख्दैनन्। यस्तो अवस्थामा चीनले विदेशमा गर्ने सहयोग र लगानीलाई बिआरआईको फ्रेमवर्कभित्र राखेको छ। बिआरआई सी विचारको एउटा महत्वपूर्ण अंश हो। तसर्थ विदेशमा हुने चिनियाँ लगानी र सहयोगसँगै सी विचार पनि प्रवाह हुनेछ।

बिआरआई र सी विचारबीच अन्योन्याश्रित सम्बन्ध छ। दिगो विकास, जनसहभागिता, वातावरण संरक्षण, गरिबी निवारण, शून्य भ्रष्टाचार, साझा जित, पारस्परिक सद्भाव, सांस्कृतिक संरक्षणलगायत विषय बिआरआईका मुख्य उद्देश्य हुन्। यी सबै विषयलाई चीनले सी चिनफिङ विचारधाराका रूपमा पनि लिपिबद्ध गर्दै छ।

चीनले सी विचारधारालाई औपचारिक रूपमा निर्यात नगर्ने घोषणा गरेको छ। चीनले गरेको विकासका नमुना तथा गरिबी निवारणबारे विश्व अर्थशास्त्रका वैज्ञानिकहरू अध्ययन तथा विश्लेषण गरिरहेका छन्। दुई वर्ष अगाडिदेखि चीनले विदेशी विद्यार्थीका लागि पिएचडीमा बिआरआई छात्रवृत्ति सुरु गरेको छ। अहिले सी विचारधारा र चिनियाँ विकास मोडलमा नयाँ छात्रवृत्ति खुलिसकेका छन्। चीनले उच्च शैक्षिक कार्यक्रममा सी विचारधारा समेटेर विश्वमा विशेषज्ञ उत्पादन गर्दै छ। यसबाहेक चिनियाँ विकासका नमुना जहाँ लागू गरिएका छन्, त्यहाँ पनि सी विचारधारा पुग्नेछ। यसरी विश्वको कुनाकाप्चामा पुग्ने हरेक चिनियाँ नागरिकसँगै सी विचारधारा पनि पुग्नेछ।

सी विचार नेपालका लागि कुनै राजनीतिक दलको कार्यक्रम नभई विकास निर्माणका लागि महŒवपूर्ण बहुद्देशीय हातेमालो हो। यसले सर्वोपरी विकाससँगै गरिबी निवारण, भ्रष्टाचारमा शून्य सहनशीलता, सांस्कृतिक आदानप्रदान, जनसहभागिता वृद्धि र खुला समाजको अवधारणा अँगालेको छ।

आचार्य चिनियाँ अन्तर्राष्ट्रिय रेडियो(सिआरआई)नेपाली सेवा, बेइजिङमा विदेशी विशेषज्ञका रूपमा कार्यरत छन्।
अर्को समाचार
बीपीको सान्दर्भिकता
२८ साउन २०६६
•
१० मिनेट पाठ
बीपीको सान्दर्भिकता
नयाँ संविधानमा निर्वाचन प्रणाली संघीय विभाजन वा शासकीय संरचनामा मतभेद भए पनि वैयक्तिक स्वतन्त्रता र सामाजिक न्याय अर्थात् समानताको प्रत्याभूति हुनुपर्छ भन्नेमा कसैको पनि दुई मत छैन । यथार्थमा विश्वेश्वरप्रसाद कोइरालाका विचारको सार पनि यही हो । यसैले संविधानका बुँदा बुँदामा छलफल गर्दा पनि बीपीका विचारहरुमा गौर गर्नु उपयुक्त र सान्दर्भिक देखिन्छ ।
बीपी विश्वको राजनीतिमा प्रजातान्त्रिक समाजवादीहरुको संगठन 'सोसलिष्ट इन्टरनेसनल'ले सबैभन्दा बढी सम्मान व्यक्त गरेको नेपाली एवं नेपाली प्रजातान्त्रिक आन्दोलनका प्रवर्तक हुन्। उनैको नेतृत्वमा नेपाली कांग्रेसले राणा शासनविरुद्ध जनक्रान्ति गरेको थियो । कंग्रेसभित्र पनि दुई धार थिए - उदार प्रजातन्त्रवादी र प्रजातान्त्रिक समाजवादी। बीपी प्रजातान्त्रिक समाजवादी विचारका पक्षधर थिए । उनी माक्स्र र गान्धीका विचारबाट प्रभावित एवं भारतको समाजवादी पार्टीको 'स्कुलिङ' र सहकार्यबाट प्रेरित 'समाजवादी' थिए । समाजवादी शिविरमा सहभागिता पहिलेदेखि नै जारी राखे पनि औपचारिकरुपमा नेपाली कांग्रेसलाई 'समाजवादी पार्टी' घोषणा गर्ने काम भने कांग्रेसको वीरगाज महाधिवेशनमा सुवर्ण शमशेर पार्टी सभापति निर्वाचित भएपछि २०१२ सालमा भएको हो । धनी र गरिब दुर्व वर्गको प्रतिनिधित्व भएको कांग्रेसमा समाजवादका लागि सर्वसम्मति जुटाउन बीपीलाई कठिन परिश्रम गर्नु परेको थियो । यसैले उनलाई 'इभोल्युसनरी-रिभोलुसनरी' भन्न सकिन्छ। बीपी स्वभावले भने 'रिभोल्युसनरी' नेता हुन्, जसले संघर्षलाई नै जीवन दर्शनका रुपमा अख्तियार गरे। केही समय यता बीपीका विचार पुराना असान्दर्भिक भएको र उनको समाजवादले आजको युगको मांगलाई पूरा गर्न सक्तैन भन्नेजस्ता टिप्पणी हुन थालेको पाइन्छ ।

उनलाई संवैधानिक राजतन्त्रको पक्षधर भनेर पुरानो बनाउने र एक्काइसौं शताब्दीको उन्नत प्रविधि र प्रगतिसम्म राजनीतिक चिन्तनसम्म आई नपुगेको पुराना समाजवादीका रुपमा चित्रण गर्दै लेखिएका विचार पनि व्यक्त हुन थालेका छन् । बीपीले समाजवादका सिद्धान्तका ठेली लेखेनन्। उलने आजीवन राणा र राजाको तानाशाही विरुद्ध अनवरत संघर्ष गरी रहनुपर्यो । यस्तै राजनीतिक जीवनभर नै क्यान्सरविरुद्ध पनि लड्नु पर्यो। जनतालाई केन्द्रमा राख्ने भएकाले पनि उनले बाँकी समय कोठे चिन्तन र सैद्धान्तिक विचारका पुस्तकमा भन्दा जनसम्पर्कलाई दिए। जनताबीच रहेर जनताको नेतृत्व गर्ने उनकॊ जीवन शैली थियो। बीपीका विचार नेपाली समाजको प्रजातान्त्रिक विकासक्रमका जीवन्त इतिहास र साक्षी हुन् । बीपी व्यवहारवादका नाममा समर्पणवादी र सिद्धान्तका नाममा उग्रवादी प्रवृत्तिका विरुद्ध थिए । उनका विचारमा जुन व्यक्तिको ज्ञान कितावको ठेलीभित्रै सीमित रहन्छ र व्यवहारमा जान सक्दैन त्यसको उपादेयता रहँदैन ।

बीपीले समाजवादको सन्दर्भमा प्रस्तुत गरेको 'सुखी मध्यम वर्गीय परिवार' को मोडेल अहिले पनि उत्तिकै सान्दभिक र मननीय छ। यसको आलोचना गर्नेहरु भन्छन्- 'समाजको अहिलेको आकांक्षालाई यसले पूरा गर्न सक्दैन।' न्यूनतम एक हल गोरु राम्रो दुहने गाई केटाकेटीको स्कुलफिस र बिरामी हुँदा सामान्य उपचारको क्षमता भएको निरोगी सुखी र शान्त परिवार उनको कल्पना थियो। उनको यस भनाइलाई सूत्रका रुपमा लिएर व्याख्या गर्नु पथ्र्यो। यो त राज्यले नागरिकको सुखी जीवन यापनको न्यूनतम आवश्यकता पूरा गर्ने ग्यारेन्टी गर्नुपर्छ भन्नॆ अभिव्यक्ति हो। अहिले पनि राज्यले आपुना नागरिकलाई सहज जीवन यापनको ग्यारेन्टी गर्न सकेको छैन। 'एक हल गोरु' गुजाराका लागि आर्जन गर्ने सीप र साधनको पर्याय हो भने दुहुनो गाई पोसिलो खानाको प्रतीक हो । छोराछोरी पढाउन र बिरामी पर्दा औषधि गर्नसक्ने भनेको निःशुल्क शिक्षा र स्वास्थ्यको उपलब्धता नै त हो। अनि कसरी पुरानो भयो त बीपीको विचार जाजरकोटले सन्दर्भले पनि यसलाई पुष्टि गरेको छ। आजको युगमा पनि सफा पानी र सामान्य जीवनजलको अभावमा त्यस क्षेत्र र वरपरका जिल्लामा करीब दुई सयको ज्यान गएको छ र सयौँ झाडा पखलाबाट आक्रान्त छन् । एक मानो चामल र दुई प्याकेट जीवनजल नपाएर हाहाकार छ। वर्षौसम्म पिछडिएको क्षेत्रको नाममा अनेकौँ सरकारी र गैरसरकारी संस्थाका निरन्तर गतिविधि भए पनिसफा पानी र सामान्य उपचारको आवश्यकता र प्रयोग बारे चेतना जाग्न सकेको छैन। यस स्थितिको बीपी परिकल्पनाको समाजवाद सान्दर्भिक छैन र आज पनि सामाजिक विभेद आर्थिक विभेद जातीय विभेद लैंगिक विभेद विद्यमान भएकाले स्वतन्त्रता र समानताका पक्षमा दृढ उनका अभिव्यक्तिले संवेदनशील बनाउँछन् र बाटो देखाउँछन्।

बीपीले समाजवादको एउटा पुस्तकसम्म पनि नलेखेकोमा उनका विचार अपूरो देख्नेहरु पनि छन्। उनले सूत्रमा व्यक्त गरेका समाजवादसम्बन्धी विचार व्यावहारिक सरल संक्षिप्त र बुझिने भाषामा छन् । उनको विचार त सामान्य निरक्षर व्यक्तिले पनि सजिलै बुभुन सक्छ। वास्तवमा बीपीलाई असान्दर्भिक देख्नेहरु आफू विचार गर्न नसक्नेहरु मात्रै हुन्। बीपीले टेलिभिजन र कम्प्युटर पनि गोरु र गाईसँगै चाहिन्छ नभनेकाले उनका विचार पुराना भए भन्नेहरुले अझै पनि मध्ययुगीन जीवन शैली यथावत् रहेका गाउँ नै बहुसंख्यामा भएको थाहा नपाएका हुन् कि नेपालको राजनीतिमा बीपी कोइरालाका विचारको विशेष महत्व छ। बीपीका विचार न त कुनै सैद्धान्तिक ज्ञानमा मात्र सीमित छन् न त व्यवहारका नाममा राजनीतिक मूल्य मान्यता र आदर्शबाट टाढिएका छन्। ती यथार्थवादी सोच र चिन्तनयुक्त छन्। उनले सरल भाषामा समाजवादलाई बुझाउन एउटा सूत्र बनाएका छन् - प्रजातन्त्रसाम्यवाद। समाजवाद। यस्तै समाजवाद-प्रजातन्त्र। साम्यवाद । सामान्य जनतालाई बुझाउन बनाएको यस सूत्रको सामयिक व्याख्या गर्ने हो भने उनको विचार अझ स्पष्ट हुन्छ।

यस्तै वीपी ले समाजवाद बारे २०२६ सालमा विद्यार्थीहरुको एक भेलामा भनेका थिए- समाजवाद एउटा सिद्धान्त आइडियोलोजी मात्र होइन यो एक सभ्यता सिभिलाइजेसन हो जुन मानव समाजको विकास क्रमसँगै विकसित हुँदै आएको छ । उनको यो अभिव्यक्ति लामो अनुभव सोच र चिन्तनको निष्कर्षका रुपमा आएको हो। यसको पनि समयसापेक्ष विश्लेषण हुन बाँकी छ। यो जिम्मा नयाँ पुस्ताको हो।

(लेखक नेपाली कांग्रेसका मुख्य सचिव हुन्।)
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस