मधेसको अहिलेको प्रमुख समस्या जनस्तरमा एकताको अभाव हो। विसं. २०४६ सालसम्म कतिपय सामाजिक कार्य जनस्तरको आर्थिक सहयोग र श्रमदानले हुन्थ्यो। अहिले सार्वजनिक सम्पदाको नासमास हुँदा पनि कसैले वास्ता गर्दैन। सार्वजनिक स्वामित्वका नहर र वनलगायत अतिक्रणमा पर्दा कसैले रोकतोक गर्दैन। जनस्तरमा एकता नहुँदा मधेसका संस्कृति र सम्पत्ति लोप हुँदै गएका छन्। मधेस आन्दोलनपछि जातीय, धार्मिक, साम्प्रदायिक तथा दलगत सहिष्णुता र संस्कारको अभावमा गाउँहरूबीचको सद्भाव र एकता समाप्त भयो। यस्तो अवस्थामा पनि सद्भाव र एकता बचाउन सफल एउटा गाउँको उदाहरण अनुकरणीय छ।
सर्लाही जिल्लाको मध्यभागमा पिडारी गाउँ छ। यहाँ करीब तीन हजार नागरिकको बसोवास छ। हिन्दु र मुस्लिम गरी दुई धर्मका यादव, कलवार, मुसलमान, दुसाध, चमार, कानु, बनियालगायत दर्जनौ जातजाति मिलेर बसेका छन्। गाउँमा सबै दलका समर्थक छन् तर गाँउको विकास र संस्कृतिको संरक्षणमा कुनै विवाद छैन। बाल विवाह, दाइजो, विभेद, छुवाछुतजस्ता सामाजिक विकृति हटाउन एक गाउँलेहरू हुन्छन्। सहरबाट टाढा भएपनि यस गाउँका सबैजसा किशोरकिशोरीले कम्तीमा एसएसली उत्तीर्ण गरेका छन्। स्नातक गरेका र गरिरहेको अविवाहित युवतीको संख्या पनि अन्य गाउँका तुलनामा बढी छ। गाउँमा प्रत्येक साता बजार लाग्छ। गाउँमै कम्युटर, औषधि, फोटोकपी, इमेल इन्टरनेट र टेलिफोन सेवाजस्ता आधुनिक सुविधा उपलब्ध छ। उखु बाली बढी हुने भएकाले सानो चिनी मिल पनि स्थापना गाउँमा गरिएको छ। गाउँमा उत्पादन भएका उखु पहिले त्यहीकै मिलमा लगिन्छ।
गैरमधेसी पर्व भनिने भए पनि त्यस गाउँमा दसैं जमरा राख्ने र टीका लगाउने गरी धुमधामसँग मनाइन्छ। दुर्गाको मुर्ति बनाउने र सामूहिक पूजा तथा विसर्जन गर्ने चलन पनि छ। एक जना शिक्षकले २०२२ सालमा थालेको दसंैमा नाटक देखाउने चलन अझै कायम छ । मधेसका सबैजसो गाउँमा देखिने मुद्दामामिलाको बोझ पनि यस गाउँमा खासै छैन। सानो तिनो विवाद गाउलेले आपसी सहमतिमा समाधान गर्छन्।
नाटक देखाउने परम्परा त्यस गाउँको संस्कृति नै बनेको त्यहाँका बुज्रुगहरूको धारणा छ। संस्कृतिको संरक्षण गर्दा त्यसका माध्यमले गाउँलेको एकता कायम रहन्छ। नाटकमा कुनै जात, धर्म र सम्प्रदायबीच विभेद हुँदैन। कोही सानो वा ठूलो हुँदैन। सबैले समान भएको महसुस गर्छन्। त्यसले अरू सार्वजनिक कार्यमा पनि सहजै एकता कायम हुन्छ। गाउँको एकता कायम गर्न धेरै सहयोग गरेकोले यसलाई निरन्तरता दिइएको रहेछ। यसैगरी यहाँ छठ र दिपावली पनि उत्साहपूर्वक मनाइन्छ। यसले मधेसी संस्ृकतिको जर्गेना गर्नुका साथै गाउँलाई एकताबद्ध पनि बनाएको छ।
मधेसमा जातीय ध्रुवीकरण निकै डरलाग्दो गरी फैलँदै गएको छ। जताततै जातीय घृणको जाल फैलँदै गएको छ। यसैगरी वर्गीय विभाजन र घृणा पनि सतहमा प्रकट भइरहेको छ। तर दर्जनौ जातजाति र धनीगरिब सबै बस्ने पिडारी गाउँमा जातीय घृणा वा वर्गीय विभेदको विष वृक्ष रोपिएको छैन।
यस्तै एकता र सद्भाव मुलुकभर हुने हो भने न त गाउँको विकासमा समय लाग्छ न मुलुककै समस्या समाधानमा गतिरोध कायम रहन्छ । समाजबाट समाजिक विकृति हटाउन पनि सहज हुन्छ। शिक्षाको पनि महत्व बढ्छ। यस्ता सकारात्मक संदेश प्रवाह भएमा समग्र मुलुकलाई फाइदा हुनेछ। संचार माध्यमको विकास अन्य क्षेत्रका तुलनामा बढी भएपनि सकारात्मक कार्यको प्रचार भने त्यसै मात्रामा हुनसकेको छैन। संचार माध्यम यसमा चुकेको भान भएको छ। पिडारीजस्तो गाउँका वासिन्दाले स्थानीय संस्कृति र सद्भावको संरक्षणमा गरेको प्रयासमा राज्यले पनि सघाएमा उत्साह बढ्ने थियो। सरकारी निकाय र संचार माध्यमले यस्ता सकारात्मक प्रयासलाई सघाएमा सकारात्मक सन्देश देशभर पुग्ने थियो। स्थानीय एकता र सद्भावका पक्षमा जनमत बन्ने थियो। स्थानीय सद्भाव र एकता नै अन्ततः राष्ट्रिय एकताको जग हो। आशा गरौं, सरकार र संचार माध्यमको ध्यान यस्ता साना तर महत्वपूर्ण काममा पनि जानेछ।