अपराधको राजनीति
०५ कार्तिक २०७६
•
१६ मिनेट पाठ
अपराधको राजनीति
नेपाली कांग्रेसका सांसद मोहमद अफ्ताव आलम यतिखेर १२ वर्षअगाडि रौतहटको राजपुरमा भएको क्रूर, पाशविक र अकल्पनीय घटनाकोदोषी भई प्रहरी थुनामा छन्। आलमसँग नयाँ बानेश्वरस्थित उनको डेराअगाडि प्रातःभ्रमण गर्दा केही दिनअगाडि मेरो भेट भएको थियो। उनी बढो ढुक्क थिए। उनले कांग्रेस पार्टीलाई नयाँ ढंगले कसरी उठाउन सकिन्छ भनी मसँग भलाकुसारी गरे।

आलमसँग संक्षिप्त भेटघाटको हप्ता दिन पनि बितेको थिएन होला, उनीबारे पत्रपत्रिकामा विश्वास गर्न नसकिने समाचारहरू प्रेषित भए। आलमसँग जोडिएका ती समाचारले मलाई छट्पटी गरायो। छट्पटी मलाई आलमसँगको सामान्य चिनजानले गराएको थिएन। नेपालको राजनीति अफताव आलमसँग जोडिएर आएको तहमा अपराधीकरण भएको हुन सक्तैन भन्ने मेरो विश्वास थियो। यस्तो विश्वास गर्ने आधार मलाई बिहार र उत्तरप्रदेशको राजनीतिलाई लामो समय नजिकबाट देखेका कारण थियो। तर विश्वासमा ग्रहण लाग्यो र अकल्पनीय हत्याको समाचार राजनीतिसँग जोडिएर आयो।

जब माथिदेखि तलसम्म कानुन र व्यवस्था सञ्चालनका संरचना ध्वस्त हुन्छन् तब अपराधीहरूसहजै राजनीतिमा प्रवेश गर्छन्। त्यसैको उदाहरण हो– रौतहटको राजापुर घटना।

भारतमा अपराधीहरू राजनीतिमा हावी भएको मैले धेरै वर्षदेखि नजिकबाट देखेको छु। भारतको अर्थतन्त्र, समाज र संस्कृतिमा आएको विकृतिका पछाडि राजनीतिलाई अपराधीहरूले कब्जा गर्नाको कारण हो भनी मेरा भारतीय मित्रहरू मलाई सुनाइरहन्छन्। भारतमा यस विषयमा प्रशस्त अध्ययन र अनुसन्धान भएका छन्। ती अध्येता नेपालको राजनीतिमा भारतको संसदीय राजनीतिको प्रभाव परे तिमीहरूको देश बर्बाद हुन्छ भनी सचेतसमेत गराउँछन्।

२०१९ को भारतीय लोकसभा निर्वाचनमा ५ सय ४० सांसदमध्ये ४३ प्रतिशत अपराधी पृष्ठभूमिका छन्। तिनीहरूमाथि हत्या अभियोग, हत्या योजनाकार, बलात्कार, अपहरण र लुटपाटको मुद्दा अदालतमा विचाराधीन छ। विधानसभा र स्थानीय निकायका जनप्रतिनिधिको अपराधीकरणबारेको तथ्यांक झनै भयाबह छ।  भारतको सात दशकको लोकतान्त्रिक यात्रामा पनि त्यहाँका आमनागरिक गरिबी, अभाव, वञ्चना र रुग्ण छन् भने त्यसको प्रमुख कारण राजनीतिमा अपराधीको संरक्षण र संवद्र्धनलाई मान्छन् अध्येताहरू।

वन समिति, खानेपानी, स्कुल समिति सर्वत्र निर्वाचन पद्धतिभित्र पैसाको खोलो निर्णायक भएको छ। यसरी निर्वाचित जनप्रतिनिधिले जनता र राष्ट्रको सेवा गर्छ कि अपराधीलाई ब्याज तिर्छ ?सहजै अनुमान लगाउन सकिन्छ।  

भारतमा अपराधबाट राजनीतिलाई न्यून गर्न निर्वाचन आयोग, अदालत र सरकार स्वयम्ले पनि कैयन् उपाय दुई दशकदेखि अगाडि ल्याएका छन्। तर ती सबैउपायअप्रभावकारी भए र अहिले भारतको लोकसभाभित्र ठूलो संख्यामा अपराधीहरू संगठितरूपमा पुग्न सफल भए। प्रश्न छ– किन यस्तो भयो र के नेपालको संसद्, प्रदेश र स्थानीय तह त्यही बाटोमा अग्रसर छ ?

भारतमा झैँनेपालमा पनि संसद्को निर्वाचन लड्ने काम महँगो छ। दलबाट टिकट पाएका प्रत्येक उमेदवारले अपवादबाहेक मूलतः आफैँ पैसा जुटाएर चुनाव लड्नुपर्छ। यो चुनाव खर्च जुटाउने काम नै राजनीतिकर्मीसँग अपराधीको साँठगाँठ दरो बनाउने हतियार बन्छ पहिलो चरणमा। स्वच्छ र नैतिकवान भन्ने राजनीतिकर्मी पनि अपारदर्शी ढंगले अपराधीसँग पैसा नलिइकन चुनाव लड्न संभव नै छैन अहिले।

माथिको पहिलो चरणपछि दोस्रो चरणसुरु हुन्छ। बिस्तारै घर खर्चदेखि केटाकेटी पढाउन र मोजमस्ती गर्नसमेत माथिदेखि तलसम्मका राजनीतिकर्मीको त्यही अपराधीसँगको निर्भरता बढेर जान्छ। अब राज्यको स्रोत र साधनमाथि अपराधी र राजनीतिकर्मीको मोलतोल र लेनदेन हुन्छ। यसमा राज्यका अंगहरू सबै यिनका सहयोगी बनेर अगाडि आउँछन्।

सबैलाई फाइदा जुटाउने  एउटा चक्र चल्छ र त्यसले बिस्तारै प्रणालीको रूप लिन्छ। नेपालमा अहिले त्यही प्रणाली हावी छ जुन दुईतिहाइको कम्युनिस्ट सरकारले चिर्ने अपेक्षा क्रमशः सुस्त र शिथिल हुँदैछ।

केन्द्रदेखि जिल्ला सदरमुकाममात्र होइन, गाउँ÷गाउँमा पनि अहिले यही प्रणाली विकसित भएको छ नेपालमा। राजापुर घटना नेपाली राजनीतिको अकल्पनीय घटनामात्र होइन, यो नेपाल राज्यको प्रणालीभित्र जमेर बसेको एउटा प्रणाली हो भनी बुझ्नुपर्ने हुन्छ।तीन दशकअगाडि सांसद बन्न र बनाउन सुरु भएको अपवित्र लेनदेनको वटवृक्ष आज नेपाली समाजको प्रत्येक निर्वाचनमा प्रवेश गरेको छ।

अहिले पार्टीको केन्द्रीय सभापतिदेखि तल गाउँ एकाइसम्मको निर्वाचनमा करोडौँ र लाखौँ खर्च गरेरमात्र निर्वाचन प्रक्रियामा उभिन संभव छ। वन समिति, खानेपानी, स्कुल समिति सर्वत्र निर्वाचन पद्धतिभित्र पैसाको खोलो निर्णायक भएको छ। यसरी निर्वाचित जनप्रतिनिधिले जनता र राष्ट्रको सेवा गर्छ कि अपराधीलाई ब्याज तिर्छ ?सहजै अनुमान लगाउन सकिन्छ। 

अफताव आलमले रौतहटमा राजनीतिको एउटा विरासत पाए शेख इद्रिसको। शेख इद्रिस नेपाली कांग्रेसका भेट्रन राजनीतिज्ञ थिए त्यस क्षेत्रका।तर उनको पनि निर्वाचन लड्ने तौरतरिका अलोकतान्त्रिक थियो, कुरूप थियो रौतहटमा। बिहार र उत्तर प्रदेशमा लडिने चुनावको तौरतरिकाबाट त्यो क्षेत्र आक्रान्त थियो र छ। दिवंगत शेख साहेवले नेपाली कांग्रेस निर्वाचनमा फरक तौरतरिका अपनाउँछ भनी नयाँ मूल्य÷मान्यता स्थापित गर्न सकेको भए नेपालको सीमावर्ती क्षेत्रमा देखिने हिंस्रक चुनावले कोल्टे फेर्न सक्थ्यो। तर त्यसो हुन सकेन। रौतहटमा गैरकानुनीरूपमा बन्दूक र बम प्रदर्शन गरेर चुनाव लड्ने कुरा सामान्य ठानियो। र, आज नेपालका छापाहरू रौतहट घटनाले भरिन पुगे।   

जब माथिदेखि तलसम्म कानुन र व्यवस्था सञ्चालनका संरचना ध्वस्त हुन्छन् अनि अपराधीहरू राजनीतिमा सहजै प्रवेश गर्छन्। रौतहटको राजापुर घटना त्यसको उदाहरण हो। राजनीतिक दलका नेताले राजनीतिलाई स्वच्छ पार्न कुनै कदम अगाडि बढाएको भए राजापुर घटना जस्तो जघन्य अपराध राजनीतिमा संभव थिएन। राजनीतिमा खराव मानिसले असल मानिसलाई विस्थापित गर्न गाह्रो हुन्थ्यो। राज्यका सबै निकायले अपराधमाथि आँखा नचिम्लेका भए आज १२ वर्षदेखि गणतन्त्र नेपालमा सीमान्तकृत नागरिकको दर्दनाक कथा र व्यथा पत्रपत्रिकाका पन्नाहरूमा पोखिँदैन थिए यसरी रौतहट घटना भनेर।

नेपालको राजनीतिमा सांसद बन्ने प्राथमिकतामा पैसाले प्रमुखता पाएको छ। पैसाको अगाडि पार्टी, त्यसको मूल्य पद्धति, देश र जनता कसैसँग पनि उत्तरदायी नहुनुपर्ने अचम्मको व्यवस्था नेताहरूले निर्माण गरेका छन्। नेताहरू पैसावालालाई प्राथमिकता दिन्छन् निर्वाचन लड्न र समानुपातिकमा पनि। यसो गर्नुपर्ने नेतालाई बाध्यता यसकारण पनि छ कि नेताको अपिल छैन जनतामा। जनतामा अपिल नभएकालाई प्रम र पार्टी नेता भने अनेकन् प्रपञ्चबाट बन्नुपरेको छ।

राजनीतिक नेता धनी र अपराधी पैसावाला सम्मुख नतमस्तक हुन्छन्। पैसावालालाई टिकट दिने वा बेच्ने कर्मले चुनाव खर्च पनि दिनु नपर्ने बरु उल्टै पैसा लिन पनि सकिने प्रवृत्ति दलभित्र हावी छ। यसैले तस्कर, भ्रष्टकर्मचारी, अपराधमा संलग्न गिरोह, अन्तर्राष्ट्रिय आतंकवादसँग जोडिएको समूह सबै नेपालमा नेताहरूसम्म मिनेटमा पुग्ने हैसियत राख्छन् नजराना लिएर। र, तिनै कानुन÷नियम तोड्नेहरू कानुन÷नियम बनाउने ठाउँमा पुग्छन्।

राज्यका अंगहरू शिथिल र भ्रष्ट हुँदा मतदाता पनि आफ्नो नेता खर्चगर्न सक्ने र प्रभावशाली होस् भन्ने मानसिकतामा पुगेका छन्। गाउँघरमा शिक्षा, स्वास्थ्य, बाटोघाटो, रोजगारी सबैको अचुक उपचार नेताबाट हुन्छ भन्ने मानसिकता जनतामा छ। यो नेताप्रतिको निर्भरता राज्यको प्रणालीले सेवा उपलब्ध नगर्दाको परिणाम हो। यहीँनेर अपराधीको खेल्ने ठाउँ बढ्छ राजनीतिमा।

अब यो ठीक कसरी हुन्छ र कसले गर्छ? अहम् प्रश्न यही छ। राजनीति नभई देश र समाज चल्दैन। तर विकृत राजनीतिले असभ्य देश निर्माण गर्छ। नेपालीहरू सभ्य र सुसंस्कृत बन्न नेपालको राजनीतिले न्यूनतम तहकै भए पनि केही मूल्य÷मान्यतालाई स्थापित नगरी सम्भव छैन। यो कर्म राजनीतिक दलको नेताबाट संभव छैन भन्ने आमबुझाइ छ। राजनीतिक दलभित्र सम्पूर्णरूपमा मूल्य पद्धतिको अवसान भएको छैन भने यो कार्यको थालनी गर्ने सही ठाउँ दलनै हुनसक्छ। भारतको अनुभवले भन्छ– दलहरू सुध्रन तयार भएनन्।

भारतमा निर्वाचन आयोगले निर्वाचन पद्धति सुधार गर्न निरन्तर पहल गरिरहेको छ। नेपालको निर्वाचन आयोगबाट केही आशा गर्न सकिन्थ्यो तर किन हो नेपालमा निर्वाचन गराउनु नै सबैभन्दा श्रेष्ठतम काम ठान्छन् निर्वाचन आयोगका पदाधिकारी। कस्तो निर्वाचन भयो, कसरी भयो भन्ने रत्तिभर पनि चिन्ता लिएको निर्वाचन आयोगबाट देखिएन।

न्यायिक क्षेत्रबाट विश्वमा अनेकन् मान्यता स्थापित भएका छन सभ्य समाज निर्माण गर्न र राजनीतिलाई शुद्धीकरण गर्न। नेपालको न्यायिक क्षेत्रका न्यायमूर्तिहरू अपवादबाहेक राजनीतिक दलका कार्यकर्ताभन्दा पनि उग्र कार्यकर्ता छन्। तिनको सिधा पार्टी र नेतासँग मालिक र नोकरको झँै सम्बन्ध छ। पार्टीभित्र दबाब दिन र निर्वाचनलाई सुधार्न नेपालको न्यायिक क्षेत्रबाट आजसम्म शून्य पहल भएको छ। न्याय क्षेत्रबाट राजनीतिमा आएकाहरू पनि नेताको लाचार छायाँ वा कारिन्दामा रूपान्तरण भएका छन्। यो विडम्बनापूर्ण अवस्था अन्त हुनसके राजनीतिको अपराधीकरण क्रमशः शिथिल हुने थियो।

अफताव आलमसँग जोडिएर आएको राजापुर बम घटनाको समाचारबाट छट्पटिएर मैले रौतहटका पुराना कांग्रेस मित्रलाई फोन गरेँ। कांग्रेस भएकै कारण उनले अनेकन हण्डर, यातना र प्रताडनापाएको देख्दा म छक्क पर्छु तर पनि उनी हरेस नखाने कांग्रेस छन्। मेरा मित्रले मलाई फोनमा केही सटिक र सजीव शब्दचित्र दिए नेपालको राजनीतिबारे। उनले शुद्धता र मूल्यपद्धतिको राजनीति धेरै पहिले नै कांग्रेसले गुमाइसकेको दुखेसो मसँग फोनमा गरे।

कांग्रेसले यो देशमा राजनीतिको जुन राजमार्ग निर्माण गर्छ सबै दल त्यसलाई मान्न बाध्य छन् आजसम्म भन्ने उनको कथन थियो। कांग्रेसले जस्तो संस्कार राजनीतिमा प्रवेश गराउँछ अन्य दल त्यसलाई पछ्याउँछन्। केन्द्रमा कांग्रेस बिग्रियो र रौतहटमा राजापुर घटना भयो। मेरा मित्र रौतहटबाट फोनमा मसँग यो कुरा गरिरहँदा उनमा कुनै आवेश र तनाव थिएन। मेरो छट्पटाहट पनि उनका वाणीहरूबाट सुस्त भए। इतिहासकार बाबुराम आचार्यले नेपालको दरवारिया राजनीतिको हिंस्रक चरित्र देखेर ‘फेरि त्यस्तो कहिले नहोस्’ भन्ने पुस्तक लेखेका थिए। भन्नैपर्नेहुन्छ– रौतहटको राजापुर घटनाको पुनरावृत्ति नेपालका छापाहरूमा फेरि कहिले पढ्न नपरोस्।
अर्को समाचार
अपराधको जालोमा राजनीति र प्रहरी
२२ फागुन २०६६
•
३५ मिनेट पाठ
अपराधको जालोमा राजनीति र प्रहरी
altकिरण भण्डारी, काठमाडौं, फागुन २२- ठिक पच्चीस वर्षअघि सामान्य अपराधको घटनाले राजधानीबासीलाई केही दिनसम्म त्रसित बनायो। निकै पातलो बस्ती रहेको बानेश्वर, मैतीदेवी र ज्ञानेश्वरमा केही हुल्याहाले जथाभावी छुरी हानेको हल्ला फैलियो।
छ्याप्छ्याप्ती सञ्चार माध्यम थिएनन्। सरकारी समाचार नियन्त्रित थियो। मोबाइलको जन्म नै भएको थिएन। टेलिफोन गिनेचुनेकाको घरमा मात्र हुन्थ्यो।
तैपनि लगातार दुई/चारवटा आक्रमण भएपछि घटनाले काण्डकै रूप लियो। सुरक्षास्थिति बिग्रेको भनी सहरका स्कुलहरू नै बिदा भए। 'छुरी काण्ड' भैरहँदा सरकार प्रहरी, प्रशासन के हेरेर बसिरहेको छ भनी टोलटोलमा चर्चाको विषय भयो। बानेश्वर, बत्तिसपुतली, डिल्लीबजार, मैतीदेवी, ज्ञानेश्वरमा युवाहरू समूहमा जम्मा भएर पहरा दिए। विशेषगरी सूर्यबहादुर थापा पक्षधर राष्ट्रिय पञ्चायतका माननीयहरूले लोकेन्द्रबहादुर चन्द सरकारको उछित्तो काढे।
यही सोमबार जनकपुरका सञ्चार व्यवसायी अरुण सिंघानियाको गोली हानी हत्या भयो। हत्याको जिम्मा चारवटा समूहले लिएका छन्। आफूहरू नै वास्तविक हत्यारा भएको दाबी गर्दै अर्कोलाई 'जस' नदिन ती समूहबीच होडबाजी चलेको छ। विभिन्न दल, मानवअधिकारवादी संस्था, पेसागत समूह, विदेशी दातृ निकाय र आइएनजिओहरूले विज्ञप्तिमार्फत बीभत्स हत्याको आलोचना गरी औपचारिकता निर्वाह गरेका छन्।
यस्ता घटना केही दिनमै विस्मृतिमा जानेछ। भलै अर्को यस्तै घटना नभएसम्म प्रेस, प्रहरी र औपचारिक शोक व्यक्त गर्ने कर्मकाण्डीहरूका लागि यो अपराध सान्दर्भिक रहिरहनेछ।

छुरी काण्डदेखि र सिंघानिया हत्यासम्म आइपुग्दा सरकार र समाजको सुरक्षा संवेदना स्वात्तै घटेको छ। दसवर्षे माओवादी युद्ध र त्यसयता दिनहँुजसो विभिन्न आवरणमा भइरहेको हत्याहिंसाले हाम्रो 'अपराध सहनशीलता' बढाएको छ।
हत्या, अपहरण, लुटपाट, कुटपिट, फिरौतीजस्ता त्रासदीपूर्ण शब्द नागरिकको दैनिकी बनेको छ। फौजदारी अपराधको जिम्मेवारी लिने होडबाजी नै दण्डहीनता कति चरम भएको छ भन्ने प्रतिवम्ब होइन र?
राज्यको आधारभूत कर्तव्य शान्तिसुरक्षाको प्रत्याभूति हो। त्यो कर्तव्यबाट राज्य लगभग च्युत भएको जस्तो भान हुन्छ। कसैले तारो नबनाएकाहरू मात्र सुरक्षित छन् भनेपनि हुन्छ। सरकारी संयन्त्रमध्ये शान्ति सुरक्षा प्राथमिक जिम्मेवारी गृह प्रशासन र अपराध नियन्त्रण प्रहरीको कार्यक्षेत्रममा पर्छ।
अपराध नियन्त्रण, अनुसन्धान र उपचारात्मक सबै मोर्चामा प्रहरी/प्रशासन विफल भएको छ। सुरक्षा स्थितिमा आएको सम्पूर्ण स्खलनको भारी यी दुई निकायलाई मात्र बोकाइदिनु न्याय नहुने विश्लेषण जानकारहरूको छ। पहिले प्रहरी व्यावसायिक संगठन बन्न नसक्नुका कारण पहिचान गरेर उपचार खोज्नुपर्ने धारणा उनीहरूको छ।
'पञ्चायतमै पनि प्रहरी व्यावसायिक थिएन,' पञ्चायत र बहुदलकालमा दुई दसक गृह प्रशासनको अनुभव संगालेका पूर्व सचिव श्रीकान्त रेग्मी भन्छन्, 'प्रहरी/प्रशासन प्रजातन्त्रकालमा झन् अव्यावसायिक हुँदै गएकाले सुरक्षाको यो गति भएको हो।'
लोकतान्त्रिक व्यवस्थाले निरंकुश व्यवस्थाको बैगुनलाई चटक्क छाड्न सक्नुपर्थ्यो। राज्यका निकायको कार्यसञ्चालनले परिवर्तनको महसुस गराउन सकेन। प्रहरी संगठन पञ्चायत भन्दापनि अव्यावसायिक भयो।
'प्रहरीको सुरु नियुक्ति, पदस्थापन, सरुवा, बढुवामा हुने राजनीतिक हस्तक्षेप र लेनदेनले प्रहरी क्रमशः प्रभावशाली दल र तिनको आसेपासेको अस्त्र बन्यो,' रेग्मीले भने, 'जहाज डुब्न लागिसक्यो तैपनि पाठ सिकिएको छैन।'
जनता र ऐनकानुन, विधिप्रति जवाफदेही हुनपर्ने प्रहरी सत्तारुढ, दल, नेता, गुट, मन्त्रीको खेलौनाजस्तो बन्दै गएको छ।
पञ्चायतमै पनि प्रहरी राजनीतिमुक्त थिएन। तर अहिलेजस्तो दुरवस्था पनि थिएन। ऐननियम मिचेर पनि पञ्चायती व्यवस्थाको पक्षपोषण गर्न सिकाइयो। कांग्रेस, कम्युनिस्टका नेताहरूविरुद्ध मनपरि गर्दा पुरस्कृत भएका उदाहरण छन्।
नेपाली कांग्रेसका सिके प्रसाईंजस्ता आदर्शवादी नेतालाई प्रहरीले डाँका मुद्दा लगाउनुले पञ्चायती प्रवृत्तिलाई उदांग पार्छ। प्रहरीले लगाएको आरोप झापा अदालतले समेत एकपक्षीय फैसला गरेको थियो। फौजदारी अभियोग प्रमाणित भएकाले निर्वाचन लड्न नपाउने हुँदा २०४७ सालमा कृष्णप्रसाद भट्टराई सरकारले उनलाई माफी दिनुपरेको थियो।
नियम, कानुन पालना भन्दा पनि सत्ता रिझाउनुपर्छ भन्ने भावना पञ्चायतले बिजारोपण गरेको थियो। सिडिओ, डिएसपी सरुवा गराउन माननीयहरू गृह मन्त्रालय धाउँथे। जिल्लामा राजनीति बलियो बनाउन प्रहरी, प्रशासनका साथले सहज हुन उनीहरूको तर्क हुन्थ्यो।
त्यस्तै विसंगति अन्त्य गर्ने संकल्प र सपना बोकेर २०४६ सालमा जनता सडकमा उत्रे। परिवर्तनपछि राजनीतिक व्यवस्था जति अग्रगामी भयो प्रहरी संगठन त्यति पश्चगामी हुँदै गयो।
छुरी काण्डदेखि सिंघानियाको हत्यासम्म अपराधको प्रकृतिमा धेरै आधुनिकता आयो। अपराधीहरू व्यावसायिक हुँदै गए, प्रहरी क्रमशः अव्यावसायिक।
माओवादी द्वन्द्व, तराईका विभिन्न सशस्त्र समूह र केही वर्षदेखि व्याप्त दण्डहीनताले उसको भएको क्षमता पनि ह्रास भइरहेको छ। अपराधीहरूले सूचना प्रविधिको भरपुर उपयोग गरिरहेका छन्। घटना विवरणलाई थप नाटकीय र अन्तर्राष्ट्रियकरण गर्दै प्रहरी आफ्नो अकर्मण्यता लुकाउने कोसिसमा देखिन्छ।
अपराधीभन्दापनि एक कदम अघि हुनुपर्ने प्रहरी भने उसको कार्यक्षेत्रभन्दा बाहिरको काममा बढी अलमलिएको छ। प्रहरी सञ्चालन गर्ने दलहरूको छाती फराकिलो हुनुपर्थ्यो। तर उनीहरू संकिर्ण हुँदै गएकाले यो अवस्था आएको हो।
कमिसन र घुसखोरीमा मात्र चित्त बुझाउने प्रहरी अधिकृतको संख्या घट्दै गयो। अपराधीसँग साँठगाँठ गरेर भएपनि कमाउने। त्यो लगानी गरेर सरुवा, बढुवा खाने र फेरि आर्जन गर्ने दुष्चक्रमा प्रहरी संगठन क्रमशः फस्दै गइरहेको छ।
प्रहरी अधिकारीहरूले कुराकानीका क्रममा आफूभित्रको विकृतिको आलोचना गरेका छन्। तर कोही पनि मुख खोल्न तयार छैनन्। प्रहरी प्रवक्ता विज्ञानराज शर्माले संगठन अव्यावसायिक बन्दै गएको आरोपको बचाउ गरेका छन्।
'खुलापनमा प्रहरीको अन्तर्राष्ट्रिय पहिचान बनेको छ,' उनले भने, 'केही सकारात्मक काम भएका छन् तथापि जुन गतिमा प्रहरीले व्यावसायिक स्वरुप लिनुपर्ने हो त्यसमा विभिन्न अड्चन आएकै हुन्।' उनले प्रहरीमा राजनीतिक हस्तक्षेपलगायत कस्ता अड्चन आए भन्नेबारे औपचारिक व्याख्या गर्न इन्कार गरे।

भ्रष्टाचारको दुष्चक्र
राष्ट्रिय जीवनका अन्य विधाजस्तै प्रहरीको प्रमुख रोग पनि भ्रष्टाचार नै हो। गृह मन्त्रालयमा लामो अवधि कम गरिसकेका एक बहालवाला सचिवका अनुसार लेनदेन नगरी वृत्ति विकास हुन्छ भन्ने विश्वास दस प्रतिशत अधिकृतलाई पनि छैन।
'पहिला-पहिला जस्तो सोर्सको जमाना पनि अब छैन, अचेल रिसोर्स नभई केही हुन्न,' ती सचिवले भने, 'लगानी गरेर सरुवा-बढुवा हुनुपर्ने संगठनले कसरी निष्पक्ष काम गर्न सक्छ।'
प्रहरी संगठनमा सरुवा नै लगानीजस्तो भएको छ। उपत्यकाका प्रहरी वृत्त र सीमाका प्रहरी चौकीमा सरुवा हुन लाखौं लगानी हुने गरेको छ। 'कवोलेरै सरुवा हुनेले पनि पहिला कमाउँदै तिर्दै गर्दा हुन्थ्यो,' ती सचिवले भने, 'अचेल पोस्टपेडको जमाना छैन प्रिपेड चल्तीमा छ।'
लगानी गरेर सरुवा हुने कर्मचारीको असुलीको स्रोत के हो त? उत्तर स्वाभाविक छ - सोझो औंलाले घ्यु आउँदैन। तस्करी, लागू औषध, डकैती, कालो बजारीलगायत कुकृत्यको संरक्षण वा आँखा चिम्लने।
उच्च तहमा कार्यरत प्रहरी अधिकृतहरूकै अनुसार वृत्तिविकासकै लागि लगानी गर्नुपर्ने अवस्थाले भ्रष्टाचारको वातावरण बनिरहेको छ। औपचारिक रूपमा कोही पनि यी कुरा बताउन तयार छैनन्।
प्रहरीको सरुवामा अनधिकृत निकाय र व्यक्तिको अधिक चासोलाई सबभन्दा ठूलो प्रमाण मान्न सकिन्छ। पुरानो कुरा बिर्सेर २०६२/६३ को परिवर्तनयताका तीन गृहमन्त्री कृष्ण सिटौला, वामदेव गौतम र भीम रावलकै कार्यशैली केलाउने हो भने पनि सरुवा/बढुवामा अस्वाभाविक चासो देखिन्छ।
प्रहरी नियमले एसपीसम्मको सरुवा गर्ने अधिकार आइजिपीलाई दिएको छ। एसपी मात्र हैन डिएसपी, इन्सपेक्टर, सई, असईको सूचीसमेत मन्त्रीको सचिवालयमा पटक-पटक हेरफेर हुन्छ।
मन्त्रीले जबर्दस्ती हस्तक्षेप गरेका पनि हैनन्। मन्त्रीलाई रिझाउन आइजी तम्सने, दलका नेता र नातागोता रिझाउन मन्त्री तम्सने प्रवृत्तिले अवैधानिक सन्जाल नै क्रियाशील भएको पाइन्छ। राम्रै मन्त्री वा प्रधानमन्त्रीलाई पनि तपस्यामा लीन ऋषिलाई अप्सराले बिगार्दिएजस्तै भएको छ राजनीतिक हस्तक्षेप। आफ्नै सहकर्मीलाई उछिन्न नेताको घर, कोठा धाएर प्रहरीले मन्त्री/नेतालाई उकासिरहेको घामझैं छर्लङ्ग छ।
'मैले धेरै मन्त्रालयको प्रशासन हेरेँ, पुलिसको सरुवामा जस्तो अत्यधिक चासो अन्यत्र कतै देखिनँ,' प्रहरी प्रशासन हेर्ने गृहका सहसचिव प्रेम राईले भने, 'उपल्लो राजनीतिक तहबाटै सुधि्रनुपर्छ। मन्त्रालयले मात्र कति सुधार गर्न सक्छ र!'
अपराध बढी हुने क्षेत्र, जिल्ला, अञ्चलमा सरुवाको आकर्षण बढी छ। ती क्षेत्रमा अनुचित प्रभावका आधारमा सरुवा हुने प्रवृत्ति नरोकेसम्म प्रहरीको कार्यसम्पादन कसरी निश्पक्ष र व्यावसायिक हुन सक्छ? मन्त्रालयका अधिकारीहरू प्रश्न गर्छन्।

प्रहरीमा राजनीतीकरण, राजनीतिमा अपराधीकरण
भारतको सीमावर्ती राज्य विहारले ११ प्रतिशतले आर्थिक वृद्वि गरिरहेको छ। मुख्यमन्त्री नितिशकुमारले सुरक्षामा आएको सुधारलाई सबैभन्दा बढी जस दिएका छन्। असुरक्षा र अपराधका लागि कहलिएको राज्यलाई उनले कुनै चमत्कार गरेर सुधार गरेका हैनन्। प्रहरी संगठनमा तेरो मेरो नभनी स्वतन्त्र रूपमा छाडिदिएको र स्वतः सुरक्षा अवस्था सुदृढ भएको जानकारी उनले सञ्चार माध्यमलाई दिएका छन्।
हाम्रोमा पञ्चायतले रोपेको अव्यावसायिक बिउ बहुदलकालमा कैयौं गुणा झाङि्गयो। शेरबहादुर देउवाको गृहमन्त्रीकालमा नै नयाँ भर्नामा नेविसंघ वा कांग्रेसी परिवार पृष्ठभूमिकालाई प्राथमिकतामा राख्ने काम भयो।
रत्नशमशेर थापाको कार्यकाल बाँकि रहँदै २०४८ सालमा पदमुक्त गरि सुदुरपश्चिमकै मोतीलाल बोहरा महानिरिक्षक बनाइए। प्रजातन्त्रकालमा यहि मितिदेखि राजनीतिक हस्तक्षेप सुरु भएको जानकारहरुको दावी छ।
बहुदलमा पनि तेरेा मेरो हुने रहेछ भन्ने पुष्टि भयो। त्यसपछि प्रहरीहरुले स्वभाविक रुपमा काँग्रेससँग नजिकिन सुरु गरे। राजनीतिक नेतृत्व र प्रहरीबिच अघोषित अपवित्र गठवन्धन २०४८ सालबाटै सुरु भयो।
मध्यावधि निर्वाचनपछि बनेको एमले अल्पमत सरकारले काँग्रेसलाई निकै पछि पार्दै राजनीतिकरण गर्‍यो। 'नौ महिने सरकारले लगभग सबै जिल्ला, अंचल, क्षेत्रीय प्रहरी प्रमृुखको सरुवा गर्‍यो,' प्रधान कार्यालयका एक डिआइजीले भने- 'त्यसपछि प्रहरीलाई काँग्रेस वा एमाले भनि विभजन गर्न थालियो।'
यतिबेलासम्म सत्तारुढ दल र तीनका भातृ संगठन प्रहरीमा निकै प्रभाव पार्ने हैसियत बनिसकेको थियो। माउ पार्टि सत्तामा रहेको बेला नेविसंघ र अखिलका नेताले नियुक्ति, सरुवा, बढुवाको सूचि बनाएर हिड्नु स्वभाविक भयो।
प्रहरी संगठनमा चरम राजनीति गरेको आरोप २०५३ सालमा उपप्रधान तथा गृहमन्त्री बनेको वामदेव गौतमलाई लागेको छ। आइजिपी बनेको दुई महिना नपुग्दै उनले बिना आरोप अच्युतकृष्ण खरेललाई पदच्युत गरेर ध्रुवबहादुर प्रधानलाई फुलि लगाइदिए।
२०५४ सालको स्थानिय निर्वाचनमा एमालेले आफैले सोचे भन्दा अधिक सफलता पायो। वामदेवले प्रहरी, प्शासनको भरपुर दुरुपयोग गरेर निर्वाचन जिताए भन्ने आरोप विपक्षिहरुले लगाए। स्वयं गौतमले पार्टि बैठकहरुमा त्यस्तै दलिल पेश गरे।
निर्वाचन जिताएको जस कार्यकर्ताले पनि वामदेवलाई दिए। गौतमलाई पाटि फुटाउने हौसला स्थानिय निर्वाचनमा हासिल परिणामको माहौलले दिलाएको मान्नेहरु धेरै छन।
प्रहरीमा राजनीतिकरणसँगै राजनीतिमा अपराधिकरणको अध्यय सुरु भयो। निर्वाचनमा पेशेवर गुण्डा, मुन्द्रे, कुण्डलेहरुको प्रयोग भएक कैयौ उदाहरण छन्। डनहरुको सहयोग लिएका नेताहरु सरकारमा पुगेपछि स्वभाविक रुपमा नेताको संरक्षण खोज्ने नै भए।
प्रहरी र अपराधी दुवै नेताके दैलो धाउने अवस्था २०५४ देखि नै घनिभुत भयो। दुवैको परमधाम एउटै भएपछिको परिणाम हो राजनीतिमा अपराधिकरण। यसले ठूला ठूला अपराधीहरुको डर कम हुँदै गयो।
अपराधीहरु सरकार मन्त्री फेर्न मात्र हैन सरकार ढाल्न वा बनाउन सफल हुने अवस्था आयो। २०५४ सालमा संसदको सार्वजनिक लेखा समितिले बनाएको राजस्व चुहावट सम्वन्धि अध्ययनले त्यस्ता तथ्यहरुलाई लिपिवद्व गरिदिएको छ।
सांसद परि थापाको संयोजकत्वमा बनेको समितिले तत्कालिन गृह प्रशासन र प्रहरीको संलग्नतामा नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करी भएको ठहर गरेको छ। 'त्यसपछि प्रहरीको सरुवा बढुवामा तस्करहरुको सिफारिश लाग्ने परिस्थिती निर्माण भयो,' ती डिआइजीले भने- 'मन्त्री पिच्छे २०/१९ होला, अहिलेसम्म त्यो प्रवृत्ति भत्किएको छैन।'

दश बर्षे युद्वले समाजलाई अपराध प्रेरित बनायो
सांसद मिर्जा दिल साद वेग जस्तै अन्तर्राष्ट्रिय गिरोहलाई दोष नथोपरिएको चर्चित हत्या काण्डहरु अनुसन्धान किनारा लागेको छैन। चोरी, डकैती, लुटपाट अपराध हैन जघन्य हत्या काण्ड रहस्यकै गर्भमा छन्। रानीवारी, लाकौल परिवार, कमल सिंह हत्या काण्ड अनुसन्धानमा प्रहरी कति फितलो छ भन्ने उदाहरण हुन। हालै विरगंजका सहायक सिडिओ वलवहादुर मल्ल्लाई गोली हान्ने समूहलाई समेत प्रहरीले केहि पत्तो पाएको छैन।
माओवादी युद्वकालमा प्रहरी अनुसन्धान क्षमतामा कति स्खलित भयो भन्ने दृष्टान्त मात्र हुन उल्लेखित घटना। लगभग दश बर्ष घटनास्थलसम्म नपुग्ने, माओवादीले गरेको भनि अनुसन्धान नगर्ने र उम्कने प्रवृत्तीले प्रहरीको अनुसन्धानकला नै भुत्ते भयो। माओवादी द्वन्द्व रोकिएपछि मध्ये तथा पूर्वी तराई र पहाडी क्षेत्रहरुमा विभिन्न जातीय द्वन्द्वले पनि प्रहरीलाई अनुसन्धान नगरि झारा टार्ने मौका दियो।
'२०५२ सालदेखि अहिलेसम्म इनसपेक्टर, डिएसपी बनेका कतिले एउटा केस पार नलगाएका पनि छन्,' एक एसएसपीले भने- 'अनुसन्धान गर्दा र नगर्दा मूल्याङ्कन फरक नपर्ने भएपछि किन टाउको दुखाउने भन्ने देखिएको छ।'
द्वन्द्वले प्रहरीलाई प्रतिरक्षात्मक बनायो। अपराध नियन्त्रणका लागि आवश्यक सूचना संकलन, विश्लेषण र अपरेसनमा समष्टि सम्पादन सन्तोषजनक छैन। दक्ष प्रहरी अधिकृतहरुको संख्या घट्दै गइरहेको छ।
माओवादी युद्वले समजमा अपराधिक क्रियाकलापलाई संस्थागत गराइदियो। प्रहरी, प्रशासनले राज्यको प्रतिनिधित्व गर्छन। अपराधीहरु राज्यसँग डराउनुपर्छ। तर द्वन्द्वले एक किसिमको राज्यविहिनता भयो। संगठित भएर अपराधै गर्दा कानून लाग्दैन भन्ने भान पर्‍यो।
साना हतियारको बिगबिगि यसको सबैभन्दा ज्वलन्त उदाहरण बनेको छ। वीस बर्ष अघि कम्वोडियामा कुलो पैनीको झगडामा पनि आधुनिक हतियार प्रयोग हुन्छ भन्ने खवर हाम्रा लागि अनौठो थियो। नेपालको अवस्था अहिले त्यस्तै छ।
पाँच दिन अघि मकवानपुरको मनहरि गाविसममा सामुदायिक बनको निर्वाचनमा गोली हानाहान भयो। हतियारको उपलव्धता र हतियार प्रयोग गर्ने साहस कसरि प्राप्त भयो त्यो पिछडिएको गाउँका सर्वसाधरणलाई।
माओवादीको सफलताले हतियारप्रति आकर्षण भयो। प्रहरीको अनुमान अनुसार मुलुकभरि ५० हजार भन्दा बढि अवैध साना हतियार छन्। खुला सिमानाले यस्ता हतियार भित्र्याउन सहज भयो। हतियारको बलमा राज गर्न पाइन्छ भन्ने मान्यताले नै मनहरिका गाउँलेले वनको चुनावमा गोली चलाए।
राजधानी र गाउँका धेरै घटनामा हतियार प्रयोग भइरहेको छ। तर त्यस्ता हतियारधारीहरु पक्राउ परेका छैनन्। हातहतियार तथा खरखजाना ऐन अनुसार प्रशासनको अनुमति नलिइ हतियार राख्न पाइन्न। पचासको मध्येदेखि नै व्यवहारमा गृहले यस्तो लाइसेन्स दिएको छैन।
'अवैध हतियारको प्रयोग बढिरहेको छ,' गृहका शान्ति सुरक्षा शाखाका उपसचिव एकमणि नेपालले भने- 'जवकि पहिला लाइसेन्स लिएकाहरुले बन्दुक राख्न छाडेका छन्।'

दण्डहिनता
माओवादी द्वन्द्वकालभन्दा पछिल्लो साढे तीन बर्षमा दण्डहिनता अचाक्ली भएको छ। प्रहरी अधिकारीहरु रायमाझी आयोग, माओवादी र तराई/पहाडमा क्रियाशिल विभिन्न सशस्त्र समूहलाई दण्डहिनताको स्रोत मान्छन्।
रायममाझी आयोगले प्रहरीको मनोवल गिराएर थिलो थिलो पार्‍यो भन्ने धेरेको दवाी छ। शान्ति प्रकृयाका नाममा माओवादी र उसका भातृ संगठनलाई सबै खत माफि दिने सरकारी नीतिको नाम उललेख नगर्ने शर्तमा प्रहरी अधिकारीहरु आलोचना गर्छन।
'कृष्ण सिटौला र वामदेव गौतमले हतियार लिएर सिंहदरवार छिर्ने, चन्दा, कब्जा, असुली सबै छुट दिए,' ती अधिकृतले भने- 'माओवादीलाई छुट हुने अरुले किन नपाउने भनेर यस्ता क्रियाकलाप सामान्य बन्यो।'
राज्यलाई तर्साएर, कानून मिचेर र जवरदस्ती गरेर जे पनि गर्न पाइन्छ भन्ने सन्देश तराईका समूहहरुले मूल मन्त्र बनाए। माओवादीले पार्टि र कार्यकर्ताको हितमा गर्ने क्रियाकलाप तराईमा अपराधिक समूहले गर्न थाले।
अपराधिक समूहहरु राजनीतिक नाममा संगठित हुन थालेकैले तराईमा १ सय ९ भन्दा बढि समूहको पहिचान भएको छ। ती मध्ये दर्जन भन्दा कमलाई मात्र राजनीतिक कोटीमा राखिएको छ।
तराईमा अपराधिहरु राजनीतिक आवरणमा खुलेका यस्ता समूहमा आवद्व भएकाले अनुसन्धान मात्र फितलो भएको छैन दण्डहिनता झन बढेको छ। तराईका समूहहरुसँग सरकार वार्तामा बस्दा सबैले एउटा बँुदा साझा राख्ने गरेका छन्। त्यो वुँदा हो- प्रहरी हिरासतमा रहेका कार्यकर्ता रिहाई।
गृह मन्त्रालयको अभिलेख अनुसार तराईमा विभिन्न चेारी, डकैती, हत्या अपहरणमा संलग्न सबैलाई आम माफि दिनुपर्ने पनि वार्ता समितिले सरकारलाई नाम दिने गरेको छ। गृहको अभिलेख अनुसार यसको पछिल्लो उदाहरण राजन मुिक्त समूहसँगको वार्ता हो। एक बर्ष अघि भएको वार्तामा समूहले लगभग रिहाईका लागि सय जाना कार्यकर्ताको नाम दियो। ती सबै विभिन्न जघन्य अपराधमा आरोपित र पुष्टि भएकाहरु थिए।
तराईका समूहहरु कति आपराधिक छन् भन्ने अर्को दृष्टान्त पनि राखेको छ मन्त्रालयले। गृहका अनुसार तीन बर्षदेखि तराईका धेरैजसो डाका समूहहरु बिभिन्न राजनीतिक समुहमा रुपान्तरित भएका छन्।
'तथ्याङ्कले तराईमा डकैती घटेको, फिरौती तथा अपहरण बढेको देखाएको छ,' नेपालले भने- 'डाकाहरु राजनीतिक खोल ओढेर अपहरण र फिरौतीमा लागेका छन्।'

विशेष सुरक्षा योजना गलत प्रेसक्रिप्सेन
नौ महिना अघि भीम रावल गृह मन्त्री भएपछि उनले सुरक्षामा गहिरो चासो देखाए। वहाली भएको भोलिपल्टदेखि नै सुरक्षा अवस्था सुधार्न उनले गरेको पहलको प्रशंसा पनि भयो। निकै तामझामका साथ विशेष सुरक्षा योजना जारी भयो।
पूर्वी पहाड, मध्य तराई, बढि अपराध हुने शहरी क्षेत्र, काठमाडौं उपत्यका, संगठित अपराध नियन्त्रणमा योजना केन्द्रीत थियो। गृहले गरेको आन्तरिक मूल्यांकन अनुसार नै योजनामा अपेेक्षित सफलता हासिल हुन सकेत। जमिम, सिंघानिया हत्या काण्डपछि एमालेकै मन्त्री र पार्टि समेत योजनाको आलोचनामा उत्रेका छन्। रावलको राजिनामा माग भएको छ।
मध्ये तराई र राजमार्ग सुरक्षामा रावल नेतृत्वको प्रहरी/प्रशासन केहि हदसम्म सफल भएको छ। तर 'टार्गेटेड मर्डर' र योजनावद्व हिंसात्मक कार्यक्रमको प्रहरीले सुइको समेत पाउन सकेको छैन।
आम रुपमा तराईमा चन्दा आतंक कम भएको र भन्सार, हुलाक, गाविस जस्ता सरकारी कार्यालय पुनर्स्थापना हुनुलाई पनि योजनाको सफलता मानिएको छ।
अपराध नियन्त्रण, अनुसन्धानम सफलतासँग प्रहरीको मूल्याङकन पद्दतीको आधार बनाउन नसकिएकाले योजना पनि कार्यसम्पादानमा आधारित हुन सकेन।
सुरक्षामा अर्थ मन्त्रालयले मनग्गे रकम नदिएकाले पनि कार्यक्रम प्रभावकारी हुन नसकेको आरोप विशेषगरि प्रधानमन्त्री माधवकुमर नेपाल र नेता केपी ओली निकट मन्त्रीहरुले लगाएका छन्। अर्थ मन्त्री सुरेन्द्र पाण्डेप्रति नेतृत्वको वक्र दृष्टि प्रकट भएको भनि खनाल पक्षधरले बचाउ गरिरहेका छन्।
अर्थका अधिकारीहरुका अनुासार योजनामा १ अर्व २० करोड खर्च भैसकेको। गृहले मागे अनुसार ४ अर्व दिएको छैन। 'प्रहरीले अपराध नियन्त्रणमा गुणात्मक सुधार गरेको छैन। जे नामको कार्यक्रम भनेपनि गाडि, तेल, भत्ता र दरवन्दी लगायत सुविधाको मात्र माग हुन्छ। यसपाला पनि केहि हदसम्म त्यहि भएको हाम्रो ठहर छ,' अर्थका एक सहसचिवले भने- 'पहिला गुणात्मक सुधार गरेपछि मात्र यस्ता शिर्षकमा जाउ भन्ने हाम्रो आग्रह हो।'
सुरक्षाकर्मी मात्र परिचालन गरेर सुरक्षा योजना सफल हुन सक्दैन। त्यसलाई नेतृत्व गर्ने नागरिक प्रशासन अर्थात सिडिओ वा गृह मन्त्रालयको भूमिकामा योजना केन्द्रित हुन सकेन।
'सिडिओ प्रशासक कम र सहजकर्ता बढि भइरहेका छन्,' एक सहसचिवले भने- 'राजनीतिक दलको सर्वदलिय बैठक डाकेर सबैलाई रिझाउनुपर्ने अवस्था कसरि अन्त्य गर्ने भनि समेत नसोचि कसरि सुरक्षा सुधार हुन्छ।'
राष्ट्रिय अनुसन्धान, सशस्त्र प्रहरी र प्रहरीको एकिकृत प्रयास नभइ प्रतिफल हासिल हुदैन भन्ने तथ्यलाई समेत नजरअन्दाज गरिएको छ।
'सुरक्षा निकायहरुको गुणत्मक विकास हुन नसक्नु वास्तविक समस्या हो,' रेग्मीले भने- 'हामी संख्या र स्रोत विस्तार गरे समाधान भैहाल्छ भनि गलत उपचारमा गैरहेका छौ।'
अपराध नियन्त्रण, अनुसन्धान र सजाय प्रहरीको मात्र एक्लो जिम्मेवारी हैन। समाजका सबै विधाका नेतृत्वको सहयोग नभए प्रहरीले पवित्र उद्देश्य राखेपनि उ एक्लो वृहस्पति मात्र हुन्छ।
सरकारले खटाएको काममा आफूलाई अव्वल अधिकृत पुष्टि गरेका प्रहरी अधिकृतहरु प्रहरी, सरकारी वकिल र न्यायलय पनि व्यवसायिक बन्न सकेमात्र अपराध नियन्त्रणमा सफलता मिल्ने दावी गर्छन।
'हामी अनुसन्धान गर्छौ, सरकारी वकिलले मुद्दा चलाउँछन र अदालतले फैसला गर्छ,' एसएसपी नवराज सिलवालले भने- 'हामीसँग क्षमता छ तर एक्लै दौडेर सदाचारी समाज निर्माणको गन्तव्यमा पुग्न सकिदैन।'
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस