शंखधरको सम्मान
१० कार्तिक २०७६
•
१२ मिनेट पाठ
शंखधरको सम्मान
बौद्ध साहित्यमा यो एउटा अत्यन्त चर्चित जातक कथा हो। प्राचीन नेपालमण्डल क्षेत्रभित्रका एकजना राजकुमारले आफ्ना दाजुहरूसँग जंगलतिर घुम्न जाँदा एक बघिनी र उसका बच्चाहरूलाई भेट्टाउँछ।




बघिनी अत्यन्त अशक्त र उसका डमरुहरू भोकले छटपटिएर मरणासन्न अवस्थामा थिए। राजकुमार आफ्ना दाजुहरूलाई राजदरबारतर्फ फिर्ता पठाएर आफू एक्लै त्यहीं बसे र उक्त बघिनी र उसका बच्चाहरूअगाडि लुगा खोलेर नांगै भए। तर तिनले राजकुमारलाई आक्रमण गरेनन्, टोलाएर मात्र बसे। स्थिति बुझेर राजकुमार आफैंले तरबारले आफ्नो शरीर काटेर मासुका चोक्टा निकाल्दै भोकाएका बघिनी तथा उसका बच्चाहरूलाई दिए। पछि उनी बुद्धको पूर्वजन्मको  एक बोधिसत्व महासत्वका रूपमा चिनिए। उक्त जातक कथाका राजकुमार काभे्र पनौती नगरको भएको वर्णनमा उल्लेख छ। जहाँ उनले आफ्ना शरीर दान गरे, त्यहाँ पवित्र बौद्ध तीर्थस्थलका रूपमा नमरा(नमोबुद्ध)ले प्रसिद्धि कमाएको छ। जुन काभ्रेमै पर्छ।

नेपालले अन्तर्राष्ट्रिय जगत्सामु प्रस्तुत गर्न सक्ने अर्का आदर्श पुरुष हुन्– शंखधर। समाजमा यातना, पीडा र उत्पीडनमा परेका जनताको मुक्तिका लागि शंखधरले आफ्नो निजी सम्पत्ति लगाएर निर्वाह गरेको उदाहरणीय भूमिकाका सम्बन्धमा नेपाल सरकारले विश्व जगत्लाई जानकारी गराउन सक्नु आजको मुख्य आवश्यकता हो।

यस जातकका दुई विशेषता छन् – प्रथमतः पाली साहित्यमा पाइने सयौं बौद्ध जातक कथामा यो समावेश छैन। पाली जातकभन्दा यो अत्यन्त मौलिक र विशिष्ट खाले छ। दोस्रो कुरा, अन्य अधिकतर जातक कथा प्राचीन भारतवर्षको जनजीवन तथा भौगोलिक पृष्ठभूमिमा तयार गरिएका छन्। तर महासत्व जातक कथा नितान्त नेपालको जनजीवन, भूगोल र सामाजिक परिवेशमा आधारित छन्।

निर्वाण प्राप्तिको मार्गमा बौद्ध धर्मको विनयअन्तर्गत जुन १० पारमिताको चर्चा गरिन्छ, त्यसमा दान पारमितालाई शीर्ष स्थान दिइएको छ। राजकुमार महासत्वको त्यो कार्य पनि दान परिमिताअन्तर्गत एक उत्कृष्ट दृष्टान्त हो। कालान्तरमा दान पारमिताको यस खाले संस्कारले नेपालमण्डलभित्रको समाजमा अत्यन्त गहिरो प्रभाव छाड्यो। यहाँका रीति, परम्परा, संस्कृति, जात्रा, पर्वमा पनि यसको आफ्नै खाले प्रतिविम्ब रह्यो। सामुदायिकता, सामाजिक सहयोग अनि जात्रा, पर्व, चाडमा सबैको सहभागिता एउटा जीवन पद्धतिजस्तै बन्यो। पञ्चदान, सम्यक् महादानजस्ता दान पारमिताका बृहत् स्वरूपका गतिविधि अझै यहाँ जारी छन्।

आफ्नै उद्यम र परिश्रमबाट आर्जन गरिएका सम्पत्ति भए पनि त्यसको प्रयोजन लोकहितार्थ हुनुपर्छ भने मान्यता प्रबल थियो, त्यतिखेरका रैथानेमाझ। सम्भवतः यिनै दान परिमिताको चेतबाट अभिपे्ररित सिंहसार्थवाहले आफ्नै श्रीसम्पत्ति लगाएर काठमाडौंको ठमेलमा सिंहकल्पनगर बसाले। अनि त्यहीं ऐतिहासिक विक्रमशील महाविहार निर्माण गर्न लगाए। जुन अत्यन्त कलात्मक र प्रसिद्ध छ।

तिब्बततिरकै बन्दव्यापारबाट धनी बनेका केशचन्द्रले काठमाडौंकै इटुंबहालमा अपार धन खर्चिएर केशचन्द्र पारवर्त महावीर खडा गरे। पाटनका रुद्रवर्ण महाविहार, (उकु बहाल), राजा शिवदेवले निर्माण मात्र गरेनन्, आफैं पनि त्यसै विहारबाट बौद्ध प्रवज्जित भए। बौद्ध दर्शनअनुसार जीवनको अनित्यतामा आस्था राख्दै भौतिक सुख, सुविधाप्रति वितरागी बनेर निजी सम्पत्ति समाज तथा आफन्तजनको सेवाका लागि होस् भनेर दान पारमिताको भावनाले पाटी, पौवा, सत्तल, कुवा, ढुंगेधारा निर्माण गर्न लगाउने त्यसबेलाको एउटा परम्परा नै रह्यो। लोककल्याणको भावना तात्कालीन समाजको एउटा

मूल प्रवृत्तिका रूपमा स्थापित थियो। त्यसमध्ये एउटा विशिष्ट उदाहरण  र तात्कालीन समाजको आदर्श पात्र रहे– शंखधर साख्वाल। शंखधर साख्वाल, जसले आफूले आर्जन गरेका सम्पूर्ण सम्पत्ति लोककल्याणका लागि समर्पण गरे। त्यतिखेर गरिबी, अभाव र ऋण तथा शोषणको मारमा परेका समुदायलाई त्यसबाट मुक्त गराए। नयाँ जीवन दिए, उन्मुक्तिको बोध गराए। त्यसैको स्मरणमा देशमा एउटा नयाँ संवत् सुरुवात गरियो– नेपाल संवत्। सारमा  नेपाल संवत् अनि शंखधर साख्वाल लोककल्याणकारी कर्मको एउटा अति विशिष्ट दृष्टान्त हुन्। जसमा अहं, स्वार्थ र व्यक्तिगत मोहको कुनै विम्ब थिएन। सम्भवतः त्यसैको कदरस्वरूप शंखधर साख्वाललाई नेपाल सरकारले राष्ट्रिय विभूतिको सम्मान दिएको छ। अनि नेपाल संवत्लाई राष्ट्रिय संवत्को मान्यता प्रदान गरेको छ।

अहिले हरेक वर्ष नेपाल संवत् सुरु हुने दिनले महोत्सवको रूप लिने गरेको छ। त्यस अवसरमा आयोजना गरिने सभा–समारोहमा सरकार प्रमुखदेखि राजनीतिक दलका नेताहरूसम्म उपस्थित भएर शुभकामना आदानप्रदान गर्ने सुखद परम्परा बसेको छ। स्वाभाविक रूपमा यतिखेर नेपाल संवत्को महŒववारे चर्चा गरिन्छ, शंखधरको योगदानलाई सम्झने गरिन्छ। तर ती सबै कुरा बिस्तारै कर्मकाण्डीय बनेर खुम्चिँदै गएका छन्।

शंखधर साख्वाल, जसले लोक कल्याणको मार्गमा अद्वितीय भूमिका निर्वाह गरेर गए। व्यक्तिको जीवनको सार्थकता भनेको अरूको दुःख निवारण, पीडितको कल्याण, रुग्ण मानिसहरूलाई समस्याबाट मुक्त गर्नु हो भनेर बुझे÷बुझाए। ११ सय वर्षअगाडि शंखधरले समाज कल्याणको, लोक उद्धारको जुन बाटो रोजे, त्यो सानो कुरा थिएन। वास्तवमा त्यो एउटा उनले समाजमा स्थापना गर्न खोजेको मूल्य–मान्यता थियो। मिथक साहित्यमा, लोकाख्यानमा अनि धार्मिक ग्रन्थहरूमा यस खाले अनेक दानी पात्रको प्रसंग भेटिन्छन्। तर जीवित ऐतिहासिक पात्रका रूपमा शंखधरजस्तो चरित्रको उपस्थिति विरलै होला।

लोक कल्याणकारी कार्यको परम्परा बसालेको प्रमुख संस्था हो– रेडक्रस सोसाइटी। जनेभामा स्थापित यस अन्तर्राष्ट्रिय अभियानको इतिहास इस्वीको १८६३ पछि मात्र सुरु हुन्छ। रोटरी क्लबको अस्तित्व त सन् १९०५ फेबु्रअरीमा प्रादुर्भाव भएको हो। जेसिज त त्यो भन्दा पछाडि १९१५ अक्टोबर १५ मा मात्र देखा प¥यो।

शंखधर कुनै शासक, राजघराना, शक्तिशाली पद धारण गरेका व्यक्ति थिएनन्, उनी त अत्यन्त साधारण नागरिक, एउटा व्यापारी थिए। तर उनले रोजेको बाटो मानव समाजकै लागि अनुकरणीय बन्यो। नेपाल र नेपालीका लागि मात्र होइन, विश्वकै लागि उनी पे्ररणाका प्रात्र हुन्। दुःखको कुरा, हामीले शंखधरलाई समाजमा, मुलुकमा अनि अनि अन्तर्राष्ट्रिय जगत्मा सही रूपमा प्रस्तुत गर्ने प्रयासै गरेका छैनौं। शंखधरको व्यक्तित्व र कृतित्व सम्बन्धमा केही उजागर गरेका छैनौं। यसमा राज्यको भूमिका शून्यप्रायः छ।

बुद्धका सम्बन्धमा पनि विश्वसामु नेपाल राज्यको प्रस्तुति सन्तोषजनक रहेन। बुद्ध, बुद्ध जन्मस्थल लुम्बिनी अहिले एक प्रकारले अर्थ उपार्जनका स्रोत बन्ने सम्भावना देखेपछि राजस्व वृद्धिको मोहमा सरकारले अलिक जाँगर देखाउन थालेको छ। राज्यस्तरको थोरै मात्र प्रयत्नले पनि नेपालका बुद्धले संयुक्त राष्ट्रसंघ परिसरमा स्थान पाएका छन्। बुद्धको आदर्श र सिद्धान्तबाट अभिपे्ररित भएर राष्ट्रसंघले बुद्ध जयन्तीलाई विश्व शान्ति दिवसका रूपमा मान्यता दियो।

नेपालले अन्तर्राष्ट्रिय जगत्सामु प्रस्तुत गर्न सक्ने अर्का आदर्श पुरुष हुन्– शंखधर। समाजमा यातना, पीडा र उत्पीडनमा परेका जनताको मुक्तिका लागि शंखधरले आफ्नो निजी सम्पत्ति लगाएर निर्वाह गरेको उदाहरणीय भूमिकाका सम्बन्धमा नेपाल सरकारले विश्व जगत्लाई जानकारी गराउन सक्नु आजको मुख्य आवश्यकता हो। त्यसका लागि अहिले उपयुक्त समय आएको छ। राष्ट्रसंघले आज अंगीकार गर्दै गरेको मानवतावादी सिद्धान्त वास्तवमा शंखधरले उहिल्यै स्थापना गर्न खोजेका मूल्य–मान्यताकै निरन्तरता हो। नेपाली भूमिमा जन्मेका भए पनि उनी विश्वकै  मानवका लागि पे्ररक पात्र हुन्। हामीले उनीबारे सही रूपमा अन्तर्राष्ट्रिय मञ्चमा पैरवी गर्न सक्नुपर्छ। समाज सेवा र लोक कल्याणका मामिलामा शंखधर अन्तर्राष्ट्रिय जगत्मै एक अग्रणी व्यक्तित्व ठहरिन सक्छन्। यसो हुन सकेमा शंखधरप्रति सम्मान मात्र हुँदैन, अन्तर्राष्ट्रिय जगत्मा नेपालकै प्रतिष्ठा उच्च हुनेछ।
अर्को समाचार
‘रत्नपार्कको नाम फेर्दा रानी र शंखधरको अपमान भयो’
१५ मंसिर २०७७
•
४ मिनेट पाठ
‘रत्नपार्कको नाम फेर्दा रानी र शंखधरको अपमान भयो’
तत्कालीन रानी रत्नराज्यलक्ष्मी शाहको नामबाट परिचित रत्नपार्कलाई शंखधर उद्यानमा नामकरण गरिनुलाई अपमानको रुपमा हेरिएको छ। पुरानो भौतिक संरचनामा नाम परिवर्तन गर्दैमा राष्ट्रिय विभूति शंखधर शाख्वाको सम्मान नहुने तर्क एकथरीको छ। अर्काथरीले यसले जीवित रानीको अस्तित्वमाथि ठेस पुगेकोे बताएका छन्।




अर्कैको नाममा रहेको पार्कको नाम मात्रै रुपान्तरण गरेपछि नेवारी समुदायकै अगुवाले नेपालका विभूति शंखधरप्रति अनमान भएकोे धारणासमेत राखे। संस्कृतिविद् चुन्डा बज्राचार्यले रत्नपार्कलाई शंखधरको नाममा परिणत नगरी उनको सालिकसहितको भव्य पार्क अन्यन्त्रै बनाउँदा उपयुक्त देखिने बताइन्। पुरानै पार्कमा नामकरण मात्रै गर्दा राष्ट्रका गहना शंखधरप्रति अनमान छर्ने काम भएको उनको बुझाइ छ। ‘रत्नपार्क यथावत् राखेर अर्कैतिर पार्क बनाएको भए सर्वसाधारणका लागि अर्को एउटा खुला ठाउँ पनि थप हुनेथियो र शंखधरको पनि पूर्ण सम्मान हुनेथियो,’ उनले भनिन्, ‘तर अरू कसैको नाममा भएको पार्कलाई नाममात्रै फेरेर शंखधरको सम्मानचाहिँ हुँदैन।’

रत्नपार्क बन्नुअघि यो ठाउँ टुँडिखेल थियो। राजा महेन्द्रले पार्क निर्माण तथा नामकरणपछि पार्क चर्चित भयो। पछि पार्क आसपासको क्षेत्रलाई रत्नपार्क नामले चिनिन थालेको हो। अहिले सर्वसाधारणको मुखारविन्दुबाट निस्कने काठमाडौंको चर्चित ठाउँमध्ये यो पनि पर्छ। अहिले यो पार्कलाई महेन्द्र र राजनीतिक परिवर्तनको एउटा झल्कोको रुपमा लिइन्छ। सामाजिक अभियन्ता चिरञ्जीवी न्यौपानले रत्नपार्क आफैंमा परिचित ठाउँ भइसकेकाले त्यो नाम मेट्न नहुने बताए। ‘यो नाम राजतन्त्रको एउटा चिनारी र प्रमाण पनि हो, रानीको नाममा भए पनि अहिले सर्वसाधारणकै बनेको छ, नामै मेटाउनुपर्ने आवश्यकता के नै थियो र ?’ उनले भने, ‘शंखधरको नाममा यो भन्दा अझ व्यवस्थित र सुन्दर पार्क बनाएर सम्मान दिनुपर्छ।’

‘रत्नपार्क यथावत् राखेर अर्कैतिर पार्क बनाएको भए सर्वसाधारणका लागि अर्को एउटा खुला ठाउँ पनि थप हुनेथियो र शंखधरको पनि पूर्ण सम्मान हुनेथियो। तर, अरू कसैको नाममा भएको पार्कलाई नाम मात्रै फेरेर शंखधरको सम्मानचाहिँ हुँदैन।’
२०२२ सालअघिसम्म टुँडिखेल रानीपोखरीदेखि त्रिपुरेश्वरसम्म फैलिएको जानकार बताउँछन्। राजाले टुँडिखेललाई टुक्र्याएर रत्नपार्क बनाएपछि तत्कालीन समयमा नेवारी समुदायका अगुवाले विरोध गरेका थिए। यद्यपि राजतन्त्रले जनमतलाई सुनेन। राजाले जबर्जस्ती पार्क निर्माण गरेको भन्दै २०६३ सालमा पनि पार्क फर्काउने कोसिस भएपछि सफल नभएको संस्कृतिविद् बज्राचार्यले बताइन्। उनले भनिन्, ‘राजाले सार्वजनिक सम्पत्तिलाई दाइजोजस्तै प्रयोग गरेका थिए, त्यतिखेर विरोध गर्ने अवस्था पनि थिएन, त्यसकारण रत्नपार्कको नाम परिवर्तन हुनु सुखद कुरा हो, तर रानी जीवितै रहेकाले अहिले नै नाम नखोसेको भए हुने।’

काठमाडौं महानगरपालिकाका उपमेयर हरिप्रभा खड्गीले पार्क नामकरण गर्दा आफूलाई जानकारी नै नदिइएको बताइन्। रानी जीवित हुँदाहुँदै नाम फेर्दा उनको अपमान र मनमा ठेस पुग्ने विषयमा हेक्का नराखिएको उनको गुनासो छ। ‘शंखधरको नाम राख्न नहुने होइन, उहाँ धेरै विशिष्ट व्यक्ति हुनुहुन्छ,’ उनले भनिन्, ‘शंखधर नेपालकै जननी भएकाले उहाँको सम्मानमा यो भन्दा भव्य र सुन्दर पार्क बनाउन सकिन्थ्यो।’

महानगरका मेयर विद्यासुन्दर शाक्यले चार वर्षदेखि पार्क शंखधरको नाममा परिणत गरिने योजना अघि सारिएको बताए। उनले भने, ‘हामीले सुटुक्क नाम फेरेका होइनौं, पार्कमा जसको सालिक भए पनि त्यहाँ घुम्ने र रमाउने सर्वसाधारण नै हो, शंखधर नेपालकै इतिहास भएकाले उहाँको नाम राख्नु जरुरी थियो।’

राजा महेन्द्रले आफ्नी पत्नी रत्नका नाममा २०२३ सालमा बनाउन लगाएको यो पार्क काठमाडौंको केन्द्रमा छ। जनमानसमा रत्नपार्क नामले चर्चित यो पार्कको नाम परिवर्तनसँगै रत्नपार्क नाम गुमनाम हुने अनुमान धेरैको छ। विगतमा यही क्षेत्रमा राजनीतिक भाषण सुन्ने सर्वसाधारणको लहर हुन्थ्यो। सर्वसाधारणका आवाज यहीँबाटै सुनिने भएपछि रत्नपार्कमा जमात नै खडा हुन्थे। कैयौं नेता रत्नपार्कको काखमा भाषण गरेर हुर्किए। आफ्नो राजनीतिलाई सत्तासम्म पु¥याउन सफल भए। ‘रत्नपार्क आफैंमा विशाल कथा हो, यसले अनेकौं जनभाव बोकेको छ, अहिले नामै गुमनाम बनाउन खोज्नु गतिलो कुरा होइन,’ अधिकारकर्मी रामबहादुर थापाले भने।

पार्कको नाम परिवर्तन गरिएकोप्रति राप्रपाले विरोध जनाएको छ। रत्नपार्कको नामै हडपेर शंखधर उद्यान राख्नेले शंखधरको उल्टै बेइज्जत भएको भन्दै राप्रपाले काठमाडौं महानगरलाई ध्यानाकर्षण समेत गराएको छ। राप्रपा अध्यक्ष कमल थापाले रत्नपार्कको नाम परिवर्तन गर्नै नहुने बताए। उनले त्यो राजाको चिनारी र इतिहास भएकाले शंखधर साख्वाको नाममा अर्कोे भव्य पार्क निर्माण गर्नुपर्ने धारणा राखे। उनले भने, ‘एउटाको इतिहास हडपेर अर्को इतिहास कायम राख्नु राम्रो होइन, शंखधर र रानी दुवैप्रति यो अपमान हो।’
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस