न विकास न सुशासन
१७ कार्तिक २०७६
•
१८ मिनेट पाठ
न विकास न सुशासन
नेपालभित्र व्यावसायिक गतिविधि सञ्चालनको वातावरण गत वर्षभन्दा निकै सुध्रेकोकुरा विश्व बैंकको डुइङबिजनेस प्रतिवेदनले अघिल्लो हप्ता सार्वजनिक गरेको छ ।

विश्व बैंकले मापन गरेको १० सूचकमध्ये पाँचवटा क्षेत्रमा नेपालले गत वर्षभन्दा सुधार गरेको छ ।तीनवटाक्षेत्रमा गिरावट आएको छ भने दुईवटा क्षेत्रमा यथावत्रहेको प्रतिवेदनले देखाएको छ । यसैगरी केही समयअघि विश्व बैंकले गरिबी रेखामुनिनेपालका ९ प्रतिशत नागरिकरहेको र योजना आयोगले १८ प्रतिशत जनता रहेको भनी फरक–फरक तथ्यांक सार्वजनिक गरे ।

नेपाल सरकार र विश्व बैंककोतथ्यांकमा ठूलो अन्तर छ । हालै नेपाल राष्ट्रबैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षकोसुरुका२ महिनाको आर्थिक परिसूचक केही सकारात्मक देखिए तापनि अघिल्लो वर्षको तथ्यांक हेर्दा अर्थतन्त्र संकटोन्मुख नै देखिन्छ । हालैका२ महिनामा पनि मूल्यवृद्धिबढेको र रेमिटेन्स रकम घटेको छ । नेपाल राष्ट्रबैंकको प्रतिवेदनअनुसार २०७५ असार मसान्तसम्म नेपालसँग ११ खर्ब ३ अर्ब विदेशी मुद्रा सञ्चिति रहेकामा पछिल्लो वर्षको सोही अवधिमा १० खर्ब ३९ अर्ब कायम भई घटेको पाइन्छ ।

जबसम्म चीनका राष्ट्रपति सीले झैं हाम्रा पदाधिकारीले आचरणसम्मत काम गर्दैेनन् तबसम्म देशमा न सुशासन कायम हुन्छ न त उन्नति र प्रगति नै ।

यसैगरी चालु खाता घाटा २०७५ असार मसान्तमा २ खर्ब ४७ अर्ब रहेकामा पछिल्लो वर्ष २ खर्ब ६५ अर्ब पुगेको छ । शोधनान्तर घाटा २०७६ असार मसान्तमा ६७ अर्ब पुगेको छ । अर्कातर्फ व्यापार घाटा हेर्ने हो भने पनि सरकारको कूल वार्षिक बजेटको आकारभन्दा बढी हुन आउँछ । यसैगरी आर्थिक वर्ष २०७५/७६मा वैदेशिक अनुदान ४८ प्रतिशतले तथा वैदेशिक ऋण ९.५ प्रतिशतलेघटेका छन् । जसको प्रत्यक्ष प्रभाव विकास निर्माणमा परेको छ ।

सरकारले बजेटमार्फत राजस्व प्रशासन चुस्त बनाउने प्रतिबद्धता जनाउँदै आए तापनि यसको कार्यान्वयन पक्ष फितलो देखिएको छ । हालै ३ महिनामा अर्थ मन्त्रालयले प्रक्षेपण गरेको भन्दा ५२ अर्ब घटी राजस्व असुल भएको छ । यसरी राजस्व घट्नुमा भन्सार राजस्वकम हुनु, भ्याट छली बढ्नु, आयकर घट्नुलगायत राजस्व चुहावट प्रमुख कारण हुन् । आर्थिक वर्ष २०७५/७६ मा राजस्व अनुसन्धान विभागले ९ अर्ब ८३ करोड रुपैयाँ बिगोदाबी गर्दै करछली मुद्दा दायर गर्नुबाट पनि राजस्व छली पुष्टि हुन्छ ।

यतिखेर विभिन्न व्यवसायीबाट राज्यले उठाउनुपर्ने पुँजीगत लाभकर मात्र झन्डै खर्ब हाराहारी रहेकामा २३ अर्ब ५७ करोड राज्यकोषमा दाखिला भएको छ । साथै नियमविपरीत मेलम्चीको ठेकेदारलाई गरिएको भुक्तानी ५८ करोड ६२ लाख रुपैयाँ बेरुजु भनेर महालेखाले ५४औं प्रतिवेदनमा उल्लेख गरेकामा हाल फिर्ता भएको छ । बाँकी लाभकरका सन्र्दभमा नतिर्न र नतिराउने प्रपञ्चमा अदालत, व्यवसायी, उच्च घरानियाँ, केही कानुन व्यवसायीलगायतको ऐक्यबद्धता देखिएको छ ।

अदालतको फैसलाले आयकर कानुनी व्यवस्थानिकम्मा बनाएको छ । सरकार र संसद्ले यति ठूलो लाभकरमा कुनै रचनात्मक भूमिका निर्वाह गर्न सकेका छैनन् । अझ यतिखेर परराष्ट्र मन्त्रालयअन्र्तगत विदेशी दूतावासमा कार्यरत राजदूत र अन्य कर्मचारीका नाममा तिर्नुपर्ने पारिश्रमिक कर विभिन्न आर्थिक वर्षका करिब १८ करोड मिनाहा गराउन संसद्को सार्वजनिक लेखा समिति र सरकार आफैं लागिपरिरहेको छ । यो मिनाहा गर्ने हो भने गलत नजिर बस्नेछ । सरकारले ठूलो मात्रामा घाटा बजेट प्रस्तुत गर्ने, लक्षित राजस्व उठाउन नसक्ने, जनताका नाममा करिब ११ खर्ब ऋणभारबोकाउने, ठूला व्यवसायीका करछलीका दर्जनौं फाइल सम्बद्ध निकायले समयमै टुंगो नलगाउनेजस्ता परिपाटी छन् ।

सरकारका उच्च पदाधिकारी विभिन्न सभा÷सम्मेलनमा बारम्बार आर्थिक समृद्धि र भ्रष्टाचार नियन्त्रणका कुरा गर्छन्, तर कार्यान्वयन पक्ष नितान्त फरक छ । अब त सर्वसाधारण जनता नेतृत्व तहमा रहनेबाट भ्रष्टाचार नियन्त्रणको आशाभन्दा पनि उनीहरू इमान्दार भएको हेर्न चाहन्छन् ।

कतिपय अवस्थामा राज्यसंयन्त्र नै व्यवसायीका पक्षमा रहन्छ । अझ भन्नुपर्दा राजस्व चुहावट प्रकरणमा राजनीतिक दल मौन देखिन्छन् ।वर्तमान सरकारले आर्थिक वर्ष २०७५÷७६ को बजेट कार्यान्वयन पूरा गरी २०७६/७७ कार्यान्वयन चरणमा छ । यसैगरी पन्ध्रौं पञ्चवर्षीय योजना पनि कार्यान्वयनमै छ । आगामी ५ वर्षमा औसतमा १०.१ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य लिइएको छ ।

साथै तीन आर्थिक वर्षमा यो वृद्धिदर ६ प्रतिशतभन्दाबढी देखिएको छ । सरकारले समग्र अर्थ व्यवस्थामा सुधारका कुरा गर्ने क्रममा वर्तमान सरकारले नै गठन गरेको सार्वजनिक खर्च पुनरवलोकन आयोग र अन्तर्राष्ट्रिय मौद्रिक कोषका सुझावलाई बजेटमा महŒव दिन सकेन । सुझाव कार्यान्वयन गर्ने हो भने आयोजना व्यवस्थापन र खर्च प्रणालीमा केही मात्रामा सुधार हुनेछ ।

विकास आयोजना तथा कार्यक्रम कार्यान्वयनबारे उच्च स्तरबाट नियमित अनुगमन गर्ने भनिए तापनि ती समयमा पूरा हुन सकिरहेका छैनन् । आयोजनाका पुँजीगत खर्च हेर्ने हो भने न्यून देखिन्छ । अधिकतर राष्ट्रिय गौरवका आयोजनाको कार्यप्रगति सन्तोषजनक देखिँदैन । सरकारले केही महिनाअगाडि विभिन्न मन्त्रालयका मन्त्री र सचिवबीच कार्यसम्पन्न करार गरे तापनि २ महिना नाघिसक्दा पनि त्यसको समीक्षा हुन सकेको छैन ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको सातवटा मन्त्रालयअन्तर्गत विकास आयोजनासम्बन्धी अध्ययन प्रतिवेदनले १ खर्ब १८ अर्बका १ हजार ८४८ ठेक्काका काम अधुरै छन् । जसमा १ हजार ३२ ठेक्काका म्याद नाघेका छन् । जसका लागि करिब २४ अर्ब मोबिलाइजेसन पेस्की दिइएको छ । यिनै ठेक्कालाई मध्यनजर गरी सार्वजनिक खरिद कानुुन छैटौं संशोधनमा सरकारले कडाइ गर्न खोजे तापनि सातौं र आठौं संशोधन ठेकेदारका पक्षमा भएका छन् ।

यसरी आयोजनामा गलत काम गर्ने ठेकेदारलाई अझै कारबाही गर्ने अवस्था छैन । विगतमा मुलुकमापुनर्निर्माण, लडाकु भत्ता, राहत र क्षतिपूर्तिलगायतव्यवस्थापनका नाममा राज्यले ५८ अर्ब ८७ करोड रुपैयाँ खर्च गरेको महालेखाको ५३औं प्रतिवेदनले उल्लेख गरेको छ । जसमध्ये बिल भर्पाईबेगर लडाकु खर्चको पेस्की फस्र्याेटगर्न महालेखामा अनुरोध गर्दा यसै पंक्तिकारले  आर्थिक नियमविपरीत खर्च गरेकाले त्यसो गर्न नमिल्ने भनी फिर्ता पठाएको थियो । पछि त्यो अनियमित कारोबारको हिसाब सार्वजनिक लेखा समितिको सिफारिसमा मन्त्रिपरिषद्बाट मिनाहा गराइयो ।

प्रधानमन्त्रीकै अध्यक्षतामा भएको आयोजना समीक्षा बैठकले विकास निर्माणमा ढिलासुस्ती भएको औंल्याएको छ । केही विकास आयोजनाको काम आयोजनागत रूपमै हेर्ने हो भने पनि बबई सिँचाइ आयोजनाको काम सुरु भएको ३० वर्षमा प्रगति ६० प्रतिशत, सिक्टा सिँचाइ आयोजना, मध्यपहाडी लोकमार्ग र हुलाकी राजमार्ग निर्माण थालेको दशक बितिसक्दा पनि प्रगति करिब ५० प्रतिशतहाराहारीमा मात्र छ ।

लुम्बिनी विकास कोष ३२ वर्ष, मेलम्ची खानेपानी आयोजना १६ वर्ष, राष्ट्रपति चुरे संरक्षण आयोजना ८ वर्ष, माथिल्लो तामाकोसी ७ वर्ष बितिसक्दा पनिपूर्ण प्रतिफल प्राप्त हुन सकेको छैन । सरकार प्रमुखले गत असारमा सरकारको नीति तथा कार्यक्रम र बजेट प्रभावकारी ढंगले कार्यान्वयन गर्न निर्देशन दिएको र राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा सबै मन्त्री र सचिवलाई कामप्रति जवाफदेही बन्न र परिणाम देखाउने गरी काम गर्न निर्देशन दिएका थिए ।

अर्कातर्फ अर्थतन्त्र सुधार गर्न भन्दै विगतका सरकारले निजीकरणका नाममा थुप्रै उद्योगधन्दा बन्द गरे । जसले गर्दा उद्योगमा कार्यरत मजदुरको रोजगारी कटौती भयो । विगतमा राष्ट्रिय अर्थतन्त्रमा औद्योगिक उत्पादन १६ प्रतिशत रहेकामा हाल त्यो ५ प्रतिशतमा झरेको छ । यतिखेर हामी चीन सरकारसँग रेलमार्गदेखि उद्योगधन्दासम्मका लागि पुनः सहयोगको ठूलो अपेक्षा राखेका छौं । भूकम्पका बेला भारत र चीन सरकारले गर्ने भनेका सहयोग उनीहरूकै सर्तका कारण न्यून मात्रामा प्राप्त भयो ।

सरकारका उच्च पदाधिकारीविभिन्न सभा÷सम्मेलनमा बारम्बार आर्थिक समृद्धि र भ्रष्टाचार नियन्त्रणका कुरा गर्छन्, तर कार्यान्वयन पक्ष नितान्त फरक छ । अब त सर्वसाधारण जनता नेतृत्व तहमा रहनेबाट भ्रष्टाचार नियन्त्रणको आशाभन्दा पनि उनीहरूइमान्दार भएको हेर्न चाहन्छन् ।किनकि भ्रष्टाचार नियन्त्रण दल र दलसम्बद्ध पदाधिकारीबाट नहुने कुराको पुष्टि एनसेल करछली, वाइडबडी खरिद, बालुवाटार जग्गा, ३३ किलो सुन, कर फस्र्याेट आयोगलगायत प्रकरणले गरेका छन् । स्वार्थ मिलेका कुरामा सबै दल ‘तैं चुप मै चुप’ गर्छन् । नेतृत्वदेखि तल्लो तहसम्म कोही बोल्न चाहँदैनन् । यतिखेर अधिकतर मन्त्रीका काम÷कारबाही हल्काफुल्का र पुरानै कामलाई उपलब्धिमा गणना गर्ने परिपाटी देखिएको छ । अधिकतर मन्त्रालय कार्यसम्पादनमा असफल भएका छन् । उच्च पदाधिकारी सुविधार गाडी मोहमा फसेका छन् ।

स्मरणीय रहोस्– गृह मन्त्रालयमा त आधा दर्जनसम्म सल्लाहाकार नियुक्ति गर्दा मन्त्रालयकै काममा अन्योल सिर्जना भएको केही समयअगाडि सञ्चारमाध्यमबाट सार्वजनिक भएको थियो । यसैगरी वन मन्त्रालय र स्वास्थ्य मन्त्रालयका राजनीतिक पदाधिकारीले ठूलो संख्यामा गाडी दुरुपयोग गरेको कुरा सार्वजनिक भइसकेको छ । खासमा मन्त्रालयको नेतृत्व गर्ने मन्त्रीहरू विषयवस्तु र ज्ञानको कमीले विवादास्पद घटनामा फस्ने गरेका छन् । मन्त्रीहरूले आफन्त नियुक्ति गरेर प्रशासन संयन्त्रलाई निकम्मा बनाइरहेका छन् । सम्बन्धित क्षेत्रमा  लामो समय काम गरेर खारिएका विज्ञहरूलाई पन्छाउने काम भइरहेको छ । जसका  कारणसरकारले काममा गति लिन सकेको छैन ।

संघीयता कार्यान्वयन हेर्ने हो भने पनि अनुदान बाँडफाँडमाविवाद देखिन थालेका छन् । जिल्लामा संघीयताका नाममा स्थानीय, प्रदेश गरी विभिन्न तहमा कर लगाउन थालिएको छ । यो समस्या विशेषगरी सामुदायिक कार्यक्रममा देखिएका छन् । कतिपय प्रदेशले स्थानीय तहसँग समन्वय गरेर राजस्व बाँडफाँड गर्न सकेका छैनन् र विवादमा फसेका छन् । यस्तो समस्या प्रदेश ३ मा बढी देखिएको छ । विकास निर्माणका काम हेर्ने हो भने पनि सुदूरपश्चिम क्षेत्रको प्रदेशमा आयोजनाका निम्ति दोहोरो तथा कतिपय सम्पन्न भइसकेका आयोजनामा रकम निकासा पठाएको कुरा केही महिनाअगाडि सार्वजनिक भएको थियो ।

यसैगरी आर्थिक अनियमितताका प्रकरणहरू पनि व्यापकतवरमा उजागर हुन थालेका छन् । यसै क्रममा अघिल्लो महिना प्रदेश २ का सासंदद्वारा सञ्चालित योजनामा कमिसन प्रकरणले व्यापकता पायो । भदौ २२ गते बसेको प्रदेशसभाको बैठकमा सांसदले योजनाको भुक्तानीमा ३० प्रतिशतसम्म कमिसन मागिएको र त्यो नदिएकै कारण भुक्तानी नदिएको भन्दै सरकारसँग जवाफ मागेका थिए । यसमा १५ जनाभन्दा बढी सांसदले झन्डै२ हजार आयोजना कमिसनविवादले सम्पन्न हुन नसकेको बताएका थिए ।

केही दिनअघि चीनका राष्ट्रपति सी चिनफिङले गरेको नेपाल भ्रमण ऐतिहासिक र उपलब्धिमूलक मानिएको छ । सी विचारधाराबारे बहस पनि चल्यो । सीले आफ्नो देशमा भ्रष्टाचार र खराब आचरणमा संलग्न करिब १२ लाख जना पार्टीका उच्च पदाधिकारी र कर्मचारीलाई कारबाही गरे । चीनका राष्ट्रपति आफैं आर्थिक अनियमितता र सरकारी रकम खर्चबारेसदैव सतर्क रहने गर्छन् । हाम्रो सन्र्दभमा कारबाही कर्मचारी तहसम्म हुने तर राजनीतिक तहमा पटक्कै नहुने परिपाटी छ । जबसम्म चीनका राष्ट्रपतिले झैं हाम्रा पदाधिकारीले आचरणसम्मत काम गर्दैेनन्तबसम्म देशमा न सुशासन कायम हुन्छ न त उन्नति र प्रगति नै ।
अर्को समाचार
दिगो विकास तथा सुशासन समितिद्वारा कार्ययोजनाको क्रियाकलाप प्रस्ताव तयार
१२ साउन २०८०
•
२ मिनेट पाठ
दिगो विकास तथा सुशासन समितिद्वारा कार्ययोजनाको क्रियाकलाप प्रस्ताव तयार
दिगो विकास र तथा सुशासन समितिले  भ्रष्टाचार निवारण र सुशासन प्रवर्द्धनमा जोड दिँदै चालु आर्थिक वर्ष २०८०/८१ को कार्ययोजनाको २१ बुँदे क्रियाकलाप सम्बन्धी प्रस्ताव तयार गरेको छ।

समितिको आजको बैठकमा प्रस्तुत प्रस्तावित कार्ययोजनामा भ्रष्टाचार निवारण र सुशासनका सन्दर्भमा नियामक निकायसँग गहन छलफल र अन्तक्र्रियालाई प्राथमिकतामा राखिएको छ।

समितिले आगामी १६ औँ पञ्चवर्षीय योजना, लैङ्गिक उत्तरदायी बजेट र दिगो विकास लक्ष्य साङ्केतीकीरणका  विषयमा अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगसँग छलफल कार्यक्रम पनि प्रस्ताव गरेको छ।

दिगो विकास लक्षित र लैङ्गिक उत्तरदायी योजना निर्माण,  पूर्वाधार विकास, खानेपानी, वातावरणीय सन्तुलन तथा फोहर व्यवस्थापन, सुशासन प्रवद्र्धन र  सेवा प्रवाहका मुद्दालाई समितिले जोड दिएको सभापति प्रकाश पन्थले जानकारी दिए।

राष्ट्रिय सदाचार नीति जारी गर्ने, दिगो विकास र सुशासन सम्बन्धी ऐन र कानुनको अवस्थाको अध्ययन गर्ने,प्रत्यायोजित अधिकारको उपयोग, सुशासन प्रवद्र्धन कार्यक्रमको समीक्षालाई पनि समितिले प्रस्तावित कार्यक्रममा समेटेको छ।

दिगो विकास र सुशासनसँग सम्बन्धित निकायसँग छलफल र परामर्श गर्ने, सरकारी कार्ययोजना र दिएको निर्देशन कार्यान्वयन, छानबिन र अनुसन्धानको प्रगतिलाई पनि समितिले आवश्यक ध्यान दिने उल्लेख गरेको छ।

दिगो विकास लक्ष्य कार्यान्वयनमा हुने संयुक्त राष्ट्रसङ्घको सम्मेलनमा सहभागिता र तयारी छलफल, अति कम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा पदोन्नति हुन आवश्यक पर्ने स्तरोन्नति रणनीति पनि समितिका प्रस्तावित क्रियाकलापका विषय हुन्।

समितिले दिगो विकास लक्ष्यको स्थानीयकरण, आवधिक योजना समाहित गर्ने, मध्यकालीन खर्च संरचना र बजेट साङ्केतिकीकरण प्रभावकारी तुल्याउने विषयलाई पनि समितिले प्राथमिकीकरणको सूचीमा राखेको छ।

यसैबीच, समिति मातहत सदस्य भुवन सुनारको संयोजकत्वमा गठित उपसमितिले तयार गरेको  दलितका सवाल सम्बन्धित सङ्कल्प प्रस्ताव कार्यान्वयन कार्यायोजनाको मस्यौदा प्रतिवेदन समिति सभापतिसमक्ष पेस गरिएको छ।राष्ट्रियसभाले मातहतका समितिलाई उक्त प्रस्ताव तयार गर्न गात चैत ८ गतेको बैठकबाट सर्वसम्मतिले निर्देशन दिएको थियो।

उपसमितिले मुलुकका विभिन्न स्थानमा भएको भेला, गोष्ठी र सरोकारवालासँगको छलफल र सुझावका आधारमा प्रतिवेदनको मस्यौदा तयार गरेको हो।

नेपालको संसदीय अभ्यासमा उक्त सङ्कल्पसम्बन्धी प्रस्ताव महत्वपूर्ण मात्र नभई ऐतिहासिक भएको संयोजक सुनारले बताए।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ५ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस