अझै डेंगीको डर
१८ कार्तिक २०७६
•
७ मिनेट पाठ
अझै डेंगीको डर
दसैंं, तिहार, छठजस्ता प्रमुख चाडपर्व सकिएसँगै मुलुकमा चिसो मौसम सुरु हुन्छ। यो मौसममा प्रदूषण र अन्य संक्रमणबाहेक लामखुट्टेको टोकाइ आदिबाट भने मुक्ति मिल्छ। वातावरणीय हिसाबले अहिले राजधानीको अवस्था थप सहज बन्दै जानुपर्ने हो। तर अझै काठमाडौं उपत्यकामा डेंगीको संक्रमण फैलिरहेको खबर आइरहेको छ, जुन ज्यादै चिन्तालाग्दो कुरा हो। गर्मी मौसममा यसपटक उपत्यकालगायत देशका विभिन्न स्थानमा डेंगीले आतंक  मच्चाएको हामीले बिर्सिसकेका छैनौं। त्यसमा पनि डेंगीको संक्रमण बर्सेनि झन्झन् भयावह बन्दै जाने खतरा पनि विशेषज्ञहरूले संकेत गरिरहेका छन्। डेंगी संक्रमण गराउने लामखुट्टेले पारेका अन्डा लामो समयसम्म सुरक्षित रहन सक्ने र अनुकूल अवस्था आउनासाथ त्यसैबाट थप वृद्धि हुन सक्ने क्षमता त्यसमा हुन्छ। यस आधारमा पनि यसको संक्रमणबाट बच्न हरेक वर्ष सफाइ र यसको प्रभाव न्यूनीकरणका निम्ति आवश्यक पहल गर्नुपर्ने अवस्था देखिन्छ। आगामी वर्ष यो नफैलियोस् भनेर पूर्वतयारी गर्नु उचित हुन्छ। रोग लागेर उपचार गर्नुभन्दा रोेग लाग्न नदिनु नै बुद्धिमानी हो। त्यसका लागि खासगरी स्वास्थ्य मन्त्रालयको ध्यान यसतर्फ जानु आवश्यक छ।




जाडो मौसममा डेंगीको संक्रमण हुने क्रम अन्त्य भइसक्नुपर्नेमा काठमाडौंमा अहिलेसम्मै यसका बिरामी पाइएपछि चिकित्सक नै आश्चर्यमा परेका छन्। काठमाडौंका कलंकी, कुलेश्वर, कालीमाटी, टेकु, बालाजु र नयाँबजारआसपास अझै यसको संक्रमण कायम रहेपछि सतर्कता अपनाउन चिकित्सकले सुझाव दिएका छन्। चिकित्सकहरूले विभिन्न माध्यमबाट यसबारे चर्चा चलाइरहेकै छन्। त्यति मात्र होइन, उनीहरूले सामाजिक सञ्जालमा समेत यसप्रति चिन्ता सार्वजनिक गरिरहेका छन्। ललितपुरका सानेपा, जवलाखेल र भक्तपुरमा समेत डेंगी संक्रमित बिरामी फेला परेका छन्। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु)का चिकित्सकले यो मौसममा समेत दैनिक ५ देखि ७ जनासम्म डेंगीका बिरामी आइरहेका बताएका छन्। उक्त अस्पतालमा आउने बिरामीको संख्या हेर्दा अन्य अस्पतालमा पनि डेंगीका बिरामी गएको अनुमान गर्न सकिन्छ। चिसो मौसम आइहाल्यो भनेर अहिले डेंगीजस्तो संक्रमणमा हेल्चक्र्याइँ गर्न मिल्दैन। चिसो मौसम सुरु भएपछि डेंगीको समस्या हट्ला भन्ने अनुमानविपरीत यो फैलिरहेको छ भने निश्चय पनि लामखुट्टेको प्रतिरोध क्षमता बलियो हुँदै गएको हुन सक्छ । त्यसैले यसबारे थप अध्ययन÷अनुसन्धान गराउन विश्वविद्यालय र अन्य संस्था सक्रिय हुन आवश्यक देखिन्छ। यस विषयमा सरोकारवाला स्वास्थ्य मन्त्रालयको थप सक्रियता जरुरी छ।

जाडो मौसममा पनि डेंगी संक्रमण देखिएका आधारमा अन्य रोग संक्रमणमा पनि यस्तै परिवर्तन आइरहेको अनुमान गर्न सकिन्छ। तसर्थ त्यसतर्फ पनि ध्यान दिन आवश्यक छ। डेंगीका नयाँ बिरामी देखिएकाले सर्वसाधारणलाई सधैं यसप्रति सतर्क गराउन जानकारीमूलक सन्देश दिन पनि उत्तिकै आवश्यक छ। हामीकहाँ कतिपय रोग लागिसकेपछि उपचारका लागि राज्यले सहयोग÷अनुदानसमेत दिने गरेको छ। तर त्यसो गर्नुभन्दा रोग रोकथाम र जनचेतनाका निम्ति खर्च गर्ने प्रक्रिया थालनी आवश्यक हुन्छ। ‘स्मार्ट’ सरकारहरूको ध्याउन्न रोकथामतर्फ हुने गर्छ। यस सन्दर्भमा अन्य मुलुकतिरको पनि अनुभव हेर्न सकिन्छ। हामीकहाँ रोगको संक्रमण र त्यसका कारणबारे कमै अध्ययन हुने गर्छन्। तर, डेंगीका सन्दर्भमा केही अध्ययन भएका छन्। अहिले जाडो मौसममा पनि यो देखिएको छ भने यसबारे फेरि अध्ययन आवश्यक छ। स्वयं चिकित्सकहरूले यसबारे थप अध्ययन आवश्यक रहेको बताएका छन्। यसबाहेक डेंगी संक्रमण भएका क्षेत्रमा लामखुट्टे र यसका अन्डा नष्ट गर्ने अभियानमा समेत लाग्नुपर्ने देखिन्छ। यसका अन्डा सुरक्षित रहन सक्ने ठाउँ पहिचान गरी नष्ट गर्ने कार्यमा लाग्नु आवश्यक छ। जाडो मौसममा हुने अन्य विभिन्न रोगको संक्रमणमा पनि सतर्कता आवश्यक हुन्छ। जताततै धुवाँ, धुलो र प्रदूषणले गर्दा रुघाखोकी, काठमाडौंको एउटा सदाबहार संक्रमणजस्तो बनेको छ। राजधानीका केही सडकमा अहिले कालोपत्रे भएका छन्। तर धेरै ठाउँमा निर्माण पूरा नभएका कारण धुलो उडेको देखिन्छ। बर्खा याममा पानी परिरहने हुनाले कम्तीमा प्रदूषणप्रति त्यति चिन्ता गर्नुपर्ने अवस्था रहँदैन। तर जाडोमा प्रदूषण राम्ररी उडेर जान नसक्ने र राजधानीमा सवारीसाधन पनि धेरै भएका कारण थप धुवाँधुलो जमिनको सतहभन्दा माथि बसिरहने गर्छ। यसले राजधानीवासीलाई थप संक्रमणको समस्या हुन्छ। अतः यो जाडोमा समेत डेंगीको संक्रमण देखिनुलाई यसतर्फको सतर्कता अपनाउनुपर्ने संकेतमा रूपमा लिनु आवश्यक छ।
अर्को समाचार
डेंगीको संक्रमणदर पाँच वर्षभित्र ६० प्रतिशतले घटाउने सरकारको तयारी
२८ जेष्ठ २०८३
•
४ मिनेट पाठ
डेंगीको संक्रमणदर पाँच वर्षभित्र ६० प्रतिशतले घटाउने सरकारको तयारी
सरकारले डेंगीको संक्रमणदरलाई आगामी पाँच वर्षभित्र ६० प्रतिशतले घटाउने तयारी थालेको छ।




स्वास्थ्य तथा खाद्य स्वच्छता  मन्त्रालयले तयार पारेको डेंगी रोकथाम तथा नियन्त्रण बहुक्षेत्रीय योजनामा आगामी पाँच वर्षभित्र सङ्घीय, प्रदेश र स्थानीय सरकारका सबै निकाय क्षेत्रलाई डेंगी नियन्त्रण र रोकथाममा  सहभागी गराएर लक्ष्य प्राप्ति गरिने उल्लेख छ।

डेंगीबाट हुने मृत्युदर ०.०१ प्रतिशतभन्दा कम गर्ने लक्ष्य सरकारको रहेको छ। यसका साथै योजनाअन्तर्गत डेंगीका गम्भीर परिणाम न्यून गर्न विशेष पहल गरिने मन्त्रालयले जनाएको छ।

लक्ष्य प्राप्तिका लागि सरकारले सबै संयन्त्र प्रयोग गरेर रोगको फैलावट निगरानी गर्नेछ। साथमा जोखिमपूर्ण क्षेत्रका जनतालाई डेंगी बोकेको लामखुट्टे उक्त क्षेत्रमा पस्नुअघि नै सचेत गराउने ‘पूर्वचेतावनी प्रणाली’ सुदृढ गर्नेछ।  

साथै डेंगीवाहक लामखुट्टेको प्रवेश भएको थाहा हुनासाथ प्रतिकार्यमा सक्रिय गराउन ‘एकीकृतवाहक निगरानी प्रणाली’ लाई प्रभावकारी तथा दिगो बनाउने लक्ष्य पनि सरकारको छ। यसबाहेक रोगको जोखिम कम गर्न यसबारे सञ्चारलाई समेत प्रभावकारी बनाउने लक्ष्य सरकारको छ।

योजनाअन्तर्गत सरसफाइ बढाएर लामखुट्टेको प्रजनन क्षमता नष्ट गर्ने र त्यसका लागि हरेक साता विशेष सरसफाइ गर्ने गरी ‘सफा शुक्रबार’ कार्यक्रम सञ्चालन गर्ने योजना पनि सरकारको छ।

यसैगरी, विभिन्न जोखिमपूर्ण क्षेत्रमा शून्य ‘सहिष्णुता क्षेत्र’ घोषणा गर्ने र पार्कलगायत क्षेत्रमा पानीको फोहोरा, पोखरी आदि डेंगीवाहक लामखुट्टे हुर्किने खतरा भएका स्थानमा सरसफाइलाई कडाइसाथ लागू गर्ने  तथा आम उपभोक्तामा ट्याङ्कीमा  पानी भण्डारन गर्नुको साटो पाइपको पानी उपभोग गर्ने प्रवृत्ति बढाउन विशेष व्यवस्था गर्ने नीति पनि सरकारले लिनेछ।

यसैगरी, जलाशयहरूमा लार्भा खाने माछाको सङ्ख्या बढाउने र अति आवश्यक स्थानमा लामखुट्टे नष्ट गराउने रसायन छर्किनेसम्मका गतिविधि गर्ने कुरा योजनामा छ।

विश्वव्यापी तापक्रम बढेसँगै केही वर्षअघि सम्म तराईमा मात्र देखिने डेंगी गत वर्ष देशका ७७ वटै जिल्लामा देखिएको थियो।

यस वर्ष पनि हालसम्म ६८ वटा जिल्लामा गरी ९१५ जनामा डेंगी देखिएको छ। यसमा एक जनाको मृत्यु भएको छ। 

कीटजन्य रोग शाखाका वरिष्ठ स्वास्थ्य प्रशासक डा गोकर्ण दाहालका अनुसार विगत तीन वर्षयता मनसुनसँगै डेंगी संक्रमितको सङ्ख्यामा वृद्धि भइ कतिपय जिल्लामा प्रकोपका रूपमा देखा परिरहेको छ। विगत पाँच महिनामा (सन् २०२६ को जनवरी देखि) यता सुनसरी, चितवन, काठमाडौं, झापा, मोरङ, रुपन्देही, कञ्चनपुर, मकवानपुर, ओखलढुङ्गा सिन्धुलीमा डेंगी  देखिएको जानकारी पनि उनले दिए।

रोग फैलिन नदिन सरकारले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको निर्देशकको नेतृत्वमा राष्ट्रिय ‘डेंगी टास्क फोर्स’ गठन गरेको छ।

महाशाखाको नियमित अनुगमन र निगरानीका आधारमा पुस २०८२ यता बिरामी बढेका १९ स्थानीय तहलाई सतर्क रहँदै रोकथामका आवश्यक क्रियाकलाप सञ्चालन गर्न परिपत्र गरिएको र थप १० स्थानीय तहलाई परिपत्र गर्ने तयारी भइरहेको जानकारी पनि उनले दिए।

स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डा अनुज भट्टचनका अनुसार पत्ता लगाउने द्रुत परीक्षण कीट स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखामा आठ हजार वटा रहेको  र थप ३० हजार कीट खरिद प्रक्रिया अन्तिम चरणमा रहेको छ।

साथै डेंगी निदान तथा केस व्यवस्थापनसम्बन्धी स्वास्थ्यकर्मीहरूको क्षमता अभिवृद्धिका लागि ‘भर्चुअल’ तथा भौतिक माध्यमबाट तालिम तथा अभिमुखीकरण गर्ने योजना रहेको पनि उनले बताए।

सरकारले डेंगीबाट हुने मृत्युको जोखिमलाई कम गर्नका लागि, निजी तथा सरकारी अस्पतालका एक हजार ७०० भन्दा बढी चिकित्सक तथा स्वास्थ्यकर्मीलाई डेंगी रोगको राष्ट्रिय उपचार पद्धतिका बारेमा अभिमुखीकरण गरी अस्पताललाई तयारी हालतमा राखिएको जानकारी पनि डा दाहालले दिए।

यसैगरी, स्थानीय स्तरमा डेंगी रोकथाम तथा नियन्त्रणका लागि श्रावण महिनालाई ‘डेंगी सचेतना महिना’का रूपमा मनाउने योजनाअन्तर्गत लामखुट्टेको बासस्थान खोजी, लार्भा खोज तथा नष्ट अभियान, बहु–क्षेत्रीय समन्वय र जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने तयारी पनि सरकारको छ।  

यसका लागि चालु आर्थिक वर्ष ०८२/८३ मा ४५० स्थानीय तह र ७७ जिल्लामा डेंगी सार्ने लामखुट्टेको बासस्थान खोज तथा नष्ट गर्ने अभियानका लागि पाँच करोडभन्दा बढी बजेट विनियोजन गरिएको छ।  

डेंगी  रोकथाम र नियन्त्रणका लागि व्यापक समुदाय परिचालन र बहुक्षेत्रीय संलग्नता आवश्यक पर्ने जनाउँदै उनले भने, 'स्वास्थ्य क्षेत्रको एकल प्रयासले मात्र डेंगी नियन्त्रणका कार्यलाई प्रभावकारी बनाउन सम्भव हुँदैन।'
लागूऔषधसहित चार जना पक्राउ
समाज
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
लागूऔषधसहित चार जना पक्राउ
झापामा लागूऔषध ब्राउन सुगरको कारोबारमा संलग्न रहेको आरोपमा दुई युवतीसहित चार जना पक्राउ परेका छन्।
Whatsapp
'प्रहरी निरीक्षक हुँ' भन्दै दुई लाख रुपैयाँ माग्ने पाँच जना पक्राउ
अपराध
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
'प्रहरी निरीक्षक हुँ' भन्दै दुई लाख रुपैयाँ माग्ने पाँच जना पक्राउ
प्रहरी निरीक्षक भएको भन्दै मुद्दा नचलाइदिने बहानामा दुई लाख रुपैयाँ माग गरेको आरोपमा पाँच जना पक्राउ परेका छन्।
Whatsapp
चार महिनामा २० अर्ब ४८ करोडको विद्युत् निर्यात, कात्तिकमा मात्रै ४ अर्ब बढी आम्दानी
अर्थ
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
चार महिनामा २० अर्ब ४८ करोडको विद्युत् निर्यात, कात्तिकमा मात्रै ४ अर्ब बढी आम्दानी
नेपालले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिनामा २० अर्ब ४८ करोड रुपैयाँभन्दा बढीको विद्युत् निर्यात गरेको छ।
Whatsapp
दुई हजारले बढ्यो सुन, चाँदी पनि महँगियो
बजार
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
दुई हजारले बढ्यो सुन, चाँदी पनि महँगियो
नेपाली सुनचाँदी बजारमा आइतबार सुन र चाँदी दुबैको मूल्य बढेको छ।
Whatsapp
यस वर्षको भूतपूर्व सैनिक सम्मेलन भोलि कोशी प्रदेशबाट सुरु हुँदै
समाज
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
यस वर्षको भूतपूर्व सैनिक सम्मेलन भोलि कोशी प्रदेशबाट सुरु हुँदै
सैनिक कल्याणकारी कोषको व्यवस्थापनमा यस वर्षको भूतपूर्व सैनिक सम्मेलन भोलि कोशी प्रदेशबाट सुरु हुँदैछ।  
Whatsapp
अमेरिकाको क्यालिफोर्नियामा ५.० म्याग्निच्युडको भूकम्प, विमानस्थलमा अवतरण हुन लागेका विमान फर्काइए
अन्तर्राष्ट्रिय
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकाको क्यालिफोर्नियामा ५.० म्याग्निच्युडको भूकम्प, विमानस्थलमा अवतरण हुन लागेका विमान फर्काइए
अमेरिकाको क्यालिफोर्नियामा शनिबार बिहान ५.० म्याग्निच्युडको भूकम्प गएको छ।
Whatsapp
इरानमा ‘कमसल’ मदिरा सेवनबाट ३२ जनाको मृ’त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
इरानमा ‘कमसल’ मदिरा सेवनबाट ३२ जनाको मृ’त्यु
इरानका विभिन्न प्रदेशमा अक्टोबर ३१ देखि ‘गुणस्तरहीन’ पेय पदार्थ सेवन गरेपछि कम्तीमा ३२ जनाको मृत्यु भएको छ।
Whatsapp
राष्ट्रिय युवा परिषद्का १७ सदस्यले लिए शपथ
समाज
Clock १ घण्टा अघि | ० मिनेट पाठ
राष्ट्रिय युवा परिषद्का १७ सदस्यले लिए शपथ
युवा, श्रम तथा रोजगार मन्त्रालयअन्तर्गतको राष्ट्रिय युवा परिषद्मा नियुक्त भएका १७ जना सदस्यले शपथ ग्रहण गरेका छन्।
Whatsapp
नवजात शिशुको मृ*त्युदर घटाउन रोग पहिचान प्रणाली विस्तार अपरिहार्य
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
नवजात शिशुको मृ*त्युदर घटाउन रोग पहिचान प्रणाली विस्तार अपरिहार्य
जन्मँदा स्वस्थ देखिने सबै शिशु रोगमुक्त हुन्छन् भन्ने हुँदैन। कतिपय नवजात शिशुमा जन्मजात तथा वंशाणुगत रोगका लक्षण जन्मेको केही दिनपछि मात्र देखिन थाल्...
Whatsapp
राप्तीमा धान खरिद सुरु
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राप्तीमा धान खरिद सुरु
जिल्लाको देउखुरीस्थित राप्ती गाउँपालिकामा शनिबारदेखि सरकारी समर्थन मूल्यमा धान खरिद कार्य सुरु गरेको छ। 
Whatsapp
सूक्ष्म संवेदनाहरूको जीवन्त दस्तावेज ‘इन्द्रेणी सौन्दर्य’
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सूक्ष्म संवेदनाहरूको जीवन्त दस्तावेज ‘इन्द्रेणी सौन्दर्य’
निबन्धकार ज्ञानेन्द्र विवशको ‘इन्द्रेणी सौन्दर्य’ निबन्धहरूको संग्रह हो। यसमा पाठकले सहजै अनुभूतिहरूको यथार्थ र सौन्दर्यको सङ्गम भेट्छन्।&...
Whatsapp
आजदेखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
आजदेखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आज (आइतबार)देखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस