पढाउने उपयुक्त भाषा
१८ कार्तिक २०७६
•
१३ मिनेट पाठ
पढाउने उपयुक्त भाषा
शंकर अधिकारी




मैले कक्षा ४ बाट मात्र अंग्रेजी विषय पढेको हुँ। त्यतिबेलाको विद्यालय शिक्षा पाठ्यक्रममा कक्षा ४ बाट मात्रै अंग्रेजी विषय रहने व्यवस्था थियो। त्यतिखेर पनि मेरो गाउँभन्दा तलको बजारमा एउटा निजी विद्यालय थियो। त्यो विद्यालयमा सानै कक्षादेखि अंग्रेजी विषय पढाइ हुन्थ्यो रे। मेरै उमेरका एक–दुईजनालाई उनीहरूका बाबुले सो विद्यालयमा भर्ना गरेका रहेछन्। मेरा बालाई पनि उनीहरूले छोरोलाई बोर्डिङ नपठाएर बुद्धि नपु-याएको भनेका थिए रे। समयक्रममा मैले गाउँकै सार्वजनिक विद्यालयबाट एसएलसी गरें। महेन्द्ररत्न क्याम्पस (ताहाचल)बाट अंग्रेजी भाषा शिक्षण विषय लिएर एमएड गरें। थोरै अवधिको शिक्षणपश्चात् अंग्रेजी विषयको शिक्षक/प्रशिक्षकका रूपमा सरकारी सेवा प्रवेश गरें। प्राथमिकदेखि माध्यमिक तहसम्मका शिक्षकहरूलाई शिक्षक तालिम दिने मेरो मूलः जिम्मेवारी रह्यो। जागिरका क्रममा परीक्षा र पाठ्यक्रमसम्बद्ध काममा पनि संलग्न भइरहेको छु। मेरो पेसागत तथा दैनिक जीवनमा अंग्रेजी भाषाको समस्या परेको छैन र सानै कक्षादेखि अंग्रेजी माध्यममा पढ्न नपाएकामा कुनै खेद छैन।

नेपालको विद्यालय शिक्षामा निजी विद्यालयहरूको प्रवेशपछि सार्वजनिक र निजी विद्यालयबीच तुलना गर्न थालियो। नेपाली भाषाबाहेक सबै विषय अंग्रेजी माध्यममा शिक्षण गर्ने निजी विद्यालयमा विद्यार्थीको आकर्षण पनि बढ्दै गयो र त्यसैलाई गुणस्तरीय शिक्षा मानियो। मेरा बालाई बुद्धि नपु-याएको भन्ने ती व्यक्तिले पनि सायद अंग्रेजी माध्यमकै शिक्षामा गुणस्तरीयता देखेका थिए होलान्। अहिले पनि अंग्रेजी माध्यममा शिक्षण गरिने विद्यालयहरूमा विद्यार्थीको बढी आकर्षण छ र सार्वजनिक विद्यालयहरू पनि अंग्रेजी माध्यममा रूपान्तरण भइरहेका छन्।

अंग्रेजी विषयकै मात्र राम्रो शिक्षणले विद्यार्थीमा पर्याप्त दक्षता विकास गर्न सकिन्छ भन्ने कुरा बुझौं, बुझाऔं। नेल्सन मन्डेलाले भनेजस्तै ‘तर तपाईंले कुनै व्यक्तिसँग उसले बुझ्ने भाषामा कुरा गर्नुभयो भने त्यो कुरा उसको दिमागमा  घुस्छ। यदि तपाईंले उसकै भाषामा कुरा गर्नुभयो भने त्यो कुरा उसको हृदयमा घुस्छ।’

अंग्रेजी माध्यमको शिक्षा मात्र गुणस्तरीय हो त ? अंग्रेजी सिकाउन अंग्रेजी विषयको राम्रो शिक्षण नै पर्याप्त हुन्छ कि अंग्रेजी माध्यमै चाहिन्छ ? यी प्रश्न शिक्षण माध्यमका विषयमा बारम्बार उठ्ने प्रश्न हुन्। झन् हाम्रोजस्तो बहुभाषिक देशमा त यस्ता प्रश्न निकै सान्दर्भिक छन्। भाषा निकै संवेदनशील विषय पनि हो। भाषा शिक्षण नै पढेको र भाषा शिक्षणसम्बद्ध विषयमा काम गर्नुपर्ने भएकाले यो मेरो रुचिको विषय पनि हो। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र यसअन्तर्गतका निकायहरूसँग लामो समयदेखि सहकार्य गरिरहेको ब्रिटिस काउन्सिल(नेपाल)को निमन्त्रणा र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको मनोनयनमा थाइल्यान्डको बैंककमा गत सेप्टेम्बर २४ देखि २६ तारिखसम्म सञ्चालित भाषा तथा विकास सम्मेलनको १३औं शृंखलामा सहभागी हुने अवसर मिल्यो। सन् १९९३ देखि हरेक २ वर्षमा हुने गरेको यो सम्मेलन शृंखलाले नीति निर्माता, अनुसन्धानकर्ता, शिक्षक तथा भाषाविद्हरूलाई एकै स्थानमा भेला भई विकासका सन्दर्भमा भाषा प्रयोगसँग सम्बन्धित विचार र मुद्दा खोजी गर्ने अवसर दिइरहेको छ।

यस्तो सम्मेलन हरेकपटक फरक–फरक विकासोन्मुख देशहरूमा हुने गरेका छन्। यसपटक सम्मेलनका विषय भाषा र समावेशीकरण, भाषा र गतिशीलता र बहुभाषिक शिक्षा थिए। एसिया प्यासिफिक बहुभाषिक शिक्षा कार्यदल, ब्रिटिस काउन्सिल र भाषा तथा विकास सम्मेलन शृंखलाको साझेदारी र युनेस्को, सेभ द चिल्ड्रेन र युनिसेफलगायत संस्थाको प्रायोजनमा आयोजित सो सम्मेलनमा नेपालका तर्फबाट भाषा आयोगका अध्यक्ष र त्रिभुवन विश्वविद्यालयका प्राध्यापकहरूबाट समूहगत प्रस्तुति भएको थियो। नेपालबाट शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतका कर्मचारी, विभिन्न गैरसरकारी संस्थाका प्रतिनिधि र विश्वविद्यालयका शिक्षकहरूको सहभागिता थियो। सबै प्रस्तुति मुख्यतः भाषा र विकास सम्बन्धमा केन्द्रित थिए। यो आलेखमा सोही सम्मेलनबाट सिकेका कुराहरूलाई नेपालको विद्यालय शिक्षामा रहेको शिक्षणको माध्यम भाषा सम्बन्धमा रहेका विषयसँग जोड्ने प्रयास गरिएको छ।

सबै बहुभाषिक देशमा शिक्षामा भाषासम्बन्धी विभिन्न मुद्दा छन्। हाम्रोजस्तो विकासोन्मुख देशमा मात्र नभई दक्षिण एसियाका श्रीलंका, भारत, बंगलादेश र दक्षिण–पूर्वी एसियाका कम्बोडिया, थाइल्यान्ड, फिलिपिन्स, बर्मा, इन्डोनेसियाजस्ता देशमा पनि तल्ला कक्षामा शिक्षणको माध्यम मातृभाषा वा राष्ट्रिय भाषा वा अंग्रेजी भन्ने विषयमा विवाद छन्। बंगलादेशमा पनि अंग्रेजी माध्यममै शिक्षामा बढी आकर्षण रहेको कुरा प्रस्तुतिमा उल्लेख गरिएको थियो। हाल विश्वभरका ४० प्रतिशत विद्यार्थीलाई उनीहरूले नबुझ्ने भाषामा पढाइन्छ। यस्तो किसिमको शिक्षणले विश्वव्यापी सिकाइमा संकट निम्त्याएको छ।

तीन दिनको सम्मेलनमा भएका छलफलको निष्कर्ष के रह्यो भने बहुभाषिकता आजको गतिशील विश्वको वास्तविकता हो। बहुभाषिक शिक्षाबारे व्याप्त गलत अवधारणा हटाउन नीति निर्माणदेखि कार्यान्वयन तहसम्म विभिन्न काम गर्नुपर्छ। बहुभाषिक शिक्षा सांस्कृतिक विविधता प्रवद्र्धन गर्ने एउटा उपयुक्त तरिका हो। भाषाहरूले दीर्घकालीन विश्वास निर्माण गर्न र यसलाई बलियो बनाउन सहयोग गर्छन्। सबैजसो प्रस्तुतिले औंल्याएका समस्या पनि नेपालका समस्यासँगै मिल्ने खालका थिए। नीति निर्माण र कार्यान्वयनबीचको खाडल, स्रोत सामग्री अभाव, अंग्रेजी माध्यमको शिक्षाप्रति आकर्षण, शिक्षक विकासका अपर्याप्त कार्यक्रम आदि समस्या सम्मेलनमा सहभागी सबै देशका साझा समस्या रहे। तल्ला कक्षाहरूमा विद्यार्थीकै भाषामा शिक्षण गर्दै दोस्रो र अन्तर्राष्ट्रिय भाषा शिक्षणको उपयुक्त क्रम निर्धारण गरी सोहीबमोजिम विद्यार्थीलाई भाषा सिकाउन सके पर्याप्त भाषिक दक्षता विकास गर्न सकिन्छ भन्ने कुरामा यो सम्मेलनको सहभागिताले मलाई थप दृढ बनाएको छ।

बैंकक सम्मेलनकै अवधिमा बहुभाषिक शिक्षासम्बन्धी उच्चस्तरीय नीति मञ्चले शिक्षा र समावेशीकरण सम्बन्धमा ७ बुँदे बैंकक घोषणापत्र जारी गरेको छ। शिक्षाको राष्ट्रिय छलफलमा शिक्षणका भाषाहरूमा जोड दिने, बहुभाषिक शिक्षाको गुणस्तर अभिवृद्धि गर्ने, शिक्षकहरूको विविधकरण गर्ने, विद्यार्थीको पहिलो भाषा सम्बन्धमा खण्डीकृत तथ्यांक संकलन गर्ने, सम्बन्धित सरोकारवाला र साझेदारहरूसँग साझेदारी अभिवृद्धि गर्ने र दिगो विकासको सूचक ४.५.२ को प्रगति पछ्याउने ७ बुँदे घोषणापत्रमा नेपालले पनि शिक्षा मन्त्रालयको सहसचिवस्तरको प्रतिनिधिमार्फत सहमति जनाएको छ।

नीति, नियम तथा प्रतिबद्धताको पूर्ण कार्यान्वयनबाट नेपालको विद्यालय शिक्षामा रहेका भाषिक मुद्दाहरूको समाधान गर्न सकिन्छ। अंग्रेजी भाषा आवश्यक छ। अंग्रेजी माध्यम मात्र अंग्रेजी सिकाइको तरिका होइन। विद्यालय शिक्षामा कक्षा १ देखि नै अनिवार्य विषयका रूपमा रहेको अंग्रेजी विषयको राम्रो शिक्षण नै अंग्रेजी भाषामा पर्याप्त दक्खल विकास गर्न पर्याप्त हुन्छ। भएका विषय राम्रोसँग नपढाउने अनि अंग्रेजी विकास गर्न अंग्रेजी माध्यम अपनाउनु भनेको अल्पबुद्धिको परिणाम मात्र हो।

१३औं भाषा तथा विकास सम्मेलनमा भनिएजस्तै परिचित भाषामा गरिएका शिक्षणले विद्यार्थीको अभिव्यक्ति र बोध दुवैमा उल्लेख्य क्षमता वृद्धि गर्छ। अंग्रेजी माध्यमका नाममा ढिकी, जाँतोजस्ता हाम्रा परम्परागत प्रविधि, संस्कृति तथा चाडपर्वका विषयमा सरल अंग्रेजीमा नलेखिएका सामग्री विद्यार्थीलाई कण्ठ गर्न बाध्य नपारौं। संस्कृति र भाषालाई अलग नगरौं। अंग्रेजी विषयकै मात्र राम्रो शिक्षणले विद्यार्थीमा पर्याप्त दक्षता विकास गर्न सकिन्छ भन्ने कुरा बुझौं, बुझाऔं। नेल्सन मन्डेलाले भनेजस्तै ‘यदि तपाईंले कुनै व्यक्तिसँग उसले बुझ्ने भाषामा कुरा गर्नुभयो भने त्यो कुरा उसको दिमागमा  घुस्छ। यदि तपाईंले उसकै भाषामा कुरा गर्नुभयो भने त्यो कुरा उसको हृदयमा घुस्छ।’ विद्यार्थीलाई उनीहरूकै भाषामा शिक्षण गर्नुपर्ने कुरा निर्विकल्प हो।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
दुर्गममा पनि आधुनिक र गुणस्तरीय स्वास्थ्य पूर्वाधार पु-याउँदै याङवरक पाँचथर।
समाज
Clock २ मिनेट अघि | १ मिनेट पाठ
दुर्गममा पनि आधुनिक र गुणस्तरीय स्वास्थ्य पूर्वाधार पु-याउँदै याङवरक पाँचथर।
दूरदराजका नागरिकलाई गाउँघरमै गुणस्तरी स्वास्थ्य उपचार सेवा उपलब्ध गराउने उद्देश्यसहित जिल्लाको याङवरक गाउँपालिकाले स्वास्थ्य क्षेत्रको विकास र विस्तार...
Whatsapp
रारा ताल पुग्यो  दशौं राष्ट्रिय खेलकुदको ट्रफी
खेल
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
रारा ताल पुग्यो दशौं राष्ट्रिय खेलकुदको ट्रफी
कर्णालीको पर्यटन प्रवर्धन र राष्ट्रिय खेलकुदको प्रचारप्रसारलाई एकैसाथ अघि बढाउने उद्देश्यले सुरु गरिएको टर्च तथा ट्रफी टुरले रारासम्मको यात्रा तय गरेक...
Whatsapp
लागूऔषधसहित चार जना पक्राउ
समाज
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
लागूऔषधसहित चार जना पक्राउ
झापामा लागूऔषध ब्राउन सुगरको कारोबारमा संलग्न रहेको आरोपमा दुई युवतीसहित चार जना पक्राउ परेका छन्।
Whatsapp
'प्रहरी निरीक्षक हुँ' भन्दै दुई लाख रुपैयाँ माग्ने पाँच जना पक्राउ
अपराध
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
'प्रहरी निरीक्षक हुँ' भन्दै दुई लाख रुपैयाँ माग्ने पाँच जना पक्राउ
प्रहरी निरीक्षक भएको भन्दै मुद्दा नचलाइदिने बहानामा दुई लाख रुपैयाँ माग गरेको आरोपमा पाँच जना पक्राउ परेका छन्।
Whatsapp
चार महिनामा २० अर्ब ४८ करोडको विद्युत् निर्यात, कात्तिकमा मात्रै ४ अर्ब बढी आम्दानी
अर्थ
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
चार महिनामा २० अर्ब ४८ करोडको विद्युत् निर्यात, कात्तिकमा मात्रै ४ अर्ब बढी आम्दानी
नेपालले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिनामा २० अर्ब ४८ करोड रुपैयाँभन्दा बढीको विद्युत् निर्यात गरेको छ।
Whatsapp
दुई हजारले बढ्यो सुन, चाँदी पनि महँगियो
बजार
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
दुई हजारले बढ्यो सुन, चाँदी पनि महँगियो
नेपाली सुनचाँदी बजारमा आइतबार सुन र चाँदी दुबैको मूल्य बढेको छ।
Whatsapp
यस वर्षको भूतपूर्व सैनिक सम्मेलन भोलि कोशी प्रदेशबाट सुरु हुँदै
समाज
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
यस वर्षको भूतपूर्व सैनिक सम्मेलन भोलि कोशी प्रदेशबाट सुरु हुँदै
सैनिक कल्याणकारी कोषको व्यवस्थापनमा यस वर्षको भूतपूर्व सैनिक सम्मेलन भोलि कोशी प्रदेशबाट सुरु हुँदैछ।  
Whatsapp
अमेरिकाको क्यालिफोर्नियामा ५.० म्याग्निच्युडको भूकम्प, विमानस्थलमा अवतरण हुन लागेका विमान फर्काइए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकाको क्यालिफोर्नियामा ५.० म्याग्निच्युडको भूकम्प, विमानस्थलमा अवतरण हुन लागेका विमान फर्काइए
अमेरिकाको क्यालिफोर्नियामा शनिबार बिहान ५.० म्याग्निच्युडको भूकम्प गएको छ।
Whatsapp
इरानमा ‘कमसल’ मदिरा सेवनबाट ३२ जनाको मृ’त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
इरानमा ‘कमसल’ मदिरा सेवनबाट ३२ जनाको मृ’त्यु
इरानका विभिन्न प्रदेशमा अक्टोबर ३१ देखि ‘गुणस्तरहीन’ पेय पदार्थ सेवन गरेपछि कम्तीमा ३२ जनाको मृत्यु भएको छ।
Whatsapp
राष्ट्रिय युवा परिषद्का १७ सदस्यले लिए शपथ
समाज
Clock १ घण्टा अघि | ० मिनेट पाठ
राष्ट्रिय युवा परिषद्का १७ सदस्यले लिए शपथ
युवा, श्रम तथा रोजगार मन्त्रालयअन्तर्गतको राष्ट्रिय युवा परिषद्मा नियुक्त भएका १७ जना सदस्यले शपथ ग्रहण गरेका छन्।
Whatsapp
नवजात शिशुको मृ*त्युदर घटाउन रोग पहिचान प्रणाली विस्तार अपरिहार्य
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
नवजात शिशुको मृ*त्युदर घटाउन रोग पहिचान प्रणाली विस्तार अपरिहार्य
जन्मँदा स्वस्थ देखिने सबै शिशु रोगमुक्त हुन्छन् भन्ने हुँदैन। कतिपय नवजात शिशुमा जन्मजात तथा वंशाणुगत रोगका लक्षण जन्मेको केही दिनपछि मात्र देखिन थाल्...
Whatsapp
राप्तीमा धान खरिद सुरु
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राप्तीमा धान खरिद सुरु
जिल्लाको देउखुरीस्थित राप्ती गाउँपालिकामा शनिबारदेखि सरकारी समर्थन मूल्यमा धान खरिद कार्य सुरु गरेको छ। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस