पथभ्रान्त राजनीतिमा प्रधानमन्त्री चुनावको घटिया याम छ। र, चुनावमा जोक्कर्याइँको हेरिनसक्नु क्रीडा जारी छ। प्रतिस्पर्धीविहीन मैदानमा एकल खेलाडीको भूमिकामा रामचन्द्र पौडेल क्रियाशील छन्। सोह्र पटक गुल्टिसके तैपनि जोक्कर्याइँको आनन्दबाट रामचन्द्र तृप्त भएका छैनन्। रामचन्द्रका नैतिक वस्त्र पातलिँदै र चिरा पर्दै धूजाधूजा भइसकेका छन्। र, मैदानको वस्त्रविहीन दृश्य हेर्न नसकेर दर्शकदीर्घाबाट सबै दर्शक मुख छोपेर अलप भएका छन्। तैपनि रामचन्द्र बेतुक हाउभाउमा मग्न छन्। महान् खेलाडीको भव्य भूमिकामा म छु र नै संसदीय प्रणाली जेनतेन सुरक्षित छ भन्ने मिथ्या कल्पनाको नशाले लठि्ठएर रामचन्द्र हाँडीघोप्टेको बिँडो थामिरहेका छन्।
विधायक स्वाभिमानी र स्वतन्त्र मानव हो कि यन्त्रचालित रोबोट हो यस अकिञ्चन प्राणीलाई थाहा छैन। तर, कांग्रेसी विधायक निष्प्राण रोबोटतुल्य भएका छन्। शिरमा टोपी ढल्काउँदै, देहमा दौरा-सुराल हल्लाउँदै र मनमा प्रधानमन्त्रीको असम्भव कुर्सीको उपासना गर्दै रामचन्द्र चुनावी मोर्चातिर लम्किन्छन्। र, आवाजविहीन काङ्ग्रेसी विधायक भेडाको बगालझैँ लुरुलुरु तिनको पछि लाग्छन्। थाहा छ, रामचन्द्रले अर्को राउन्ड धुलो चाट्ने छन्। तर, मेरा नेतालाई धुलो चटाउने हरिबिजोकको धन्दाबाट अब म धर्म फराक बस्छु भन्ने आँट कसैमा छैन। धुलो चाट्ने ओठ चाट्दै अघिअघि हिँड्छ, चटाउनेहरू चुपचाप पछिपछि घिसारिन्छन्। संसदीय प्रणालीको रक्षा गर्ने एकमात्र जुक्ती चुनावी नौटङ्कीमा धुलो चाट्नु र चटाउनु नै हो र स्वामित् भनी प्रश्न गर्ने हुती कुनै अन्तरेमा छैन।
भन्नु पो हुँदैन, केलाई भन्दा देख्नेलाई लाज भनेजस्तो भा'छ। सभाध्यक्ष सुवास नेम्वाङ यो लज्जास्पद दृश्यावलीमा विद्रूप हास्यरस थपिरहेछन्। एकल खेलको जोक्कर्याइँमा ती व्यर्थको रेफ्री भइटोपल्छन्। र, खेलमा के के न भइरहेको मिथ्या भाव सञ्चार गर्न ती घरिघरि तिर्तिर् सिठ्ठी बजाउँछन्। यो खेल अबलाई तुरियो भनेर घोषणा गर्ने ह्याउ पनि तिनमा छैन। गर्धन तन्काएर यसो बल्खु मुख्यालयतिर हेर्छन्। र, बल्खुका अन्नदाताको आँमा अलङ्कार बु‰छन्। दायित्वबोध, अग्रसरता, आँट र निर्णयजस्ता शब्द तिनको शब्दकोशमा छैनन्। कटवाल काण्डलाई संसद्मा प्रवेश निषेध गरेर राजनीतिलाई अन्धकार सुरुङमा छिराउँदै तिनले आफ्नो पदीय औकात देखाएकै हुन्। रकमी शास्त्रका ज्ञाता हुन्। तिनलाई इतिहासको गति एवं जनजनका आकांक्षा र मर्काभन्दा पनि रकमी शास्त्रका निर्जीव अक्षर प्रिय र पूज्य लाग्छन्। त्यसैले त कानुनका नौ सिङ नचाउँदै ती जनसाधारणले फिटिक्कै नबु‰ने रकमी तर्क झिकेर चुनावको निरर्थक र हास्यास्पद खेल लोकलाई वाक्वाकी लाग्ने गरी दोहोर्याइरहेका छन्। सतहमा शिष्ट र सौम्य देखिने मृदुभाषी मानव एवं सदाबहार चतुर जागिरे हुन् यी गुरुजी। आखिर मानो पचाउन केही न केही हाउभाउ त गर्नै पर्यो। अप्रीतिकर हाउभाउ गर्छन् र राजनीतिक जोक्कर्याइँको झल्ला कलामा रामचन्द्रभन्दा यी एक हात अग्ला देखिन्छन्। फुर्सद जति पनि छ। तर, जागेका जनताका आँखाको ऐनामा आफ्नो अनुहार हेर्ने फुर्सद यिनलाई छैन।
तटस्थवालेहरूको कथा झनै अजीवको छ। पहिले राजीखुसीले चुनावी मैदानमा भित्रिनु र बीचमा तटस्थताको स्वाङ रच्नु भँडुवा काइदा हो। यिनलाई तटस्थ बस्ने बुद्धि हठात् कसरी फुर्यो कुरो रहस्यमय छ। रहस्यको भित्री कथा जेसुकै होस्, यो राजनीतिको बाटो छेकेर गणतन्त्र र सङ्घीयताको बध गर्ने कुटिल दाउ हो। तटस्थवालेहरू भोटको मामिलामा हात बाँधेर बस्छन्। तर, नोट भने दुई हातले सोहोर्छन्। कक्षामा मुख जाम गरेर तटस्थ बस्ने शिक्षक वा खेतमा हात जाम गरेर तटस्थ बस्ने श्रमिकले माम पाउँदैन। तर, कामै नगरी तटस्थ बस्ने विधायक भने ङिच्च हाँस्दै तलब-भत्ता कुम्ल्याइरहेकै छन्। लाजसरम कुन चराको नाउँ हो मानौ मतदाताका काँधमा चढेर माथि उक्लेपछि यिनले बिर्सिसके। कुरामा आदर्श र त्याग, काममा लोभलालच र लुट! भोटबाट पन्छिएर कर्म गर्न छाडेका माओवादी विधायक पनि त खाओवादी पथमा नारिएर नोट थापिरहेकै होलान्। अनुकरणीय आदर्शको प्रतीक बन्नुपर्ने आसनमा बसेकाहरू आदर्शच्यूत भएपछि राजनीति भ्रष्टको अखाडा बन्छ। र, निरङ्कुशताको गोमन सर्पले त्यही फोहोर अखाडाबाट निस्केर आततायी पँ्कणा फिँजाउँछ। दृष्टान्त ज्ञानेन्द्रीय तानाशाही नाकैअगाडि छँदैछ।
जता हेर्यो, राजनीतिमा कुटिल दाउको बिगबिगी छ। पुष्पकमल दाहाल र रामचन्द्र पौडेलको असफलताको खरानी टेकेर प्रधानमन्त्री बन्न झलनाथ खनालले खुट्टो उचालेका छन्। मुखमा हुनै नसक्ने सहमतिको रटना छ, चित्तमा छ नभई नछाड्ने प्रधानमन्त्रीको तिर्सना। र, दाउ पूरा गर्ने निहुँ रचिएको छ कथित तटस्थता। सुन्छु, माओवादीमा दाहालको असफलताको खरानी टेकेर प्रधानमन्त्री बन्न आतुर हुने अनेक छन्। उता काङ्ग्रेसमा रामचन्द्रको असफलताको खरानी टेकेर प्रधानमन्त्री बन्न रावणले दौरासुराल लगाइसक्यो रे। न पार्टीभित्र आपसी विश्वास र सद्भाव छ, न पार्टी-पार्टीबीच विश्वास र सद्भाव छ। राजनीतिका नायकहरू हिजोको आजै पदलिप्साको दास बनेर खलनायकमा झरिरहेका छन्। र, मौका कुरिबसेका खलनायक नायकका नालायकीको जगमाथि आफ्नो तुच्छ स्वार्थको मौलो गाड्न तम्सिरहेका छन्। अहो! क्रान्तिको ढाडमाथि प्रतिक्रान्ति सबार भइसकेकै हो त?
यो अन्यौल र अनिश्चयबीच सम्भ्रान्त महलका कतिपय ज्ञानीका उर्बर मस्तिष्कमा विकल्प फुरिरहेका छन्। ती भन्छन् - दल र नेता असफल भए। प्रधानमन्त्री बन्ने पालो अब सादा नागरिकको हो। यसो भन्ने मुख जसको हो, उसका नजरमा प्रधानमन्त्री बन्न सर्वथा लायक पात्र ऊ आफैँ हो। हिजो शाही निरङ्कुशताको पूर्व सन्ध्यामा पनि यी ज्ञानी यसै भन्थे। र, यिनको कथित नागरिक शासनको उच्चासनमा तानाशाह ज्ञानेन्द्र विराजमान भए। लाग्छ, अहिले पनि शब्दको सुन्दर आवरणभित्र यी सम्भ्रान्त काजीहरू दल र नेतालाई निषेध गर्दै तानाशाहीको पक्षमा पैरबी गरिरहेका छन्। उसो त कल्पनाशील काजीहरू अरू पनि छन्। ब्रह्मज्ञान दान गर्ने मुद्रामा ती भन्दैछन् - तीन ठूला दल तीन महिने पालो बाँधेर आलोपालो प्रधानमन्त्रीको गद्दी भोगचलन गरुन्। वाह! क्या दिव्य विकल्प! यो अस्थिरताको आगोमा घिउ थप्ने अचुक जुक्ती हो। र, यो जोक्कर्याइँको पल्लो फाल हो।
दुई तिहाइको सहमतीय पुराण सुन्दा मिठो लाग्ने मनचिन्ते कल्पना हो। दुर्भाग्यवश, हामीसँग भएको एकमात्र विकल्प बहुमतीय प्रधानमन्त्री नै हो। स्वदेश र विदेशका चोखा बिष्ट बराजुका दृष्टिमा दाहाल प्रधानमन्त्री बन्न किमार्थ मिल्दैन। बन्ने नै भए दाहालले टुप्पी पालेर, जनै सिउरिएर र कन्दनी कसेर लगौँटी हल्लाउँदै गहुँत कुण्डमा स्नान गर्नुपर्छ। बाँकी एकमात्र विकल्प हुन् जात चलेका यिनै चोखा रामचन्द्र पौडेल। तेस्रो विकल्प छैन। माउ दलका दुईतीन नम्बरका नेतालाई प्रधानमन्त्री बनाए के हुन्छ? तिनको हबिगत निमित्त प्रधानमन्त्री माधवकै जस्तो हुनेछ। ती अग्रसरता लिन, जोखिम उठाउन र निर्णय गर्न सर्वथा असमर्थ हुनेछन्। र, माधवले झैँ बल्खु, महाराजगन्ज, शीतलनिवास, नयाँ बजार, जंगी अड्डा र लैनचौर दरबार धाउँदैमा तिनको विवेक र समय सत्यानाश हुनेछ। सङ्क्रमणकालीन भवसागरमा राजनीतिको ढलपले डुङ्गा चलाउनु थोरै ठट्टा हो र?
मेरो सानो विचारमा बहुमतीय विधिलाई बदर गरी सहमतीय प्रहसनमा प्रवेश गर्नु निकासरहित अँध्यारो सुरुङबाट झनै अँध्यारो सुरुङमा प्रवेश गर्नु हो। र, यो सुरुङमा प्रवेश गर्नु अनमिनलाई पन्छाएर फौजीतन्त्रको जग हाल्न काम चलाउ माधवगणलाई दक्षिणपन्थको ढोका खोलिदिनु हो। कि त पत्रु माधव सरकारको निरन्तरता कि त कार्यकारीको गद्दीमा नीतिगत सहमतिसाथ दाहाल वा रामचन्द्रको बहाली। अर्को विकल्प छैन। अतिशय कल्पनाशील काजीहरू 'सहमतीय' बालुवा पेलेर तेल निकालिरहून्। र, त्यो तेलकुण्डमा डुबुल्की मार्दै आनन्दमग्न भइरहून्। यसमा कसलाई के घाटा छ र?