बिआरआई कि आइपिएस ?
२८ कार्तिक २०७६
•
१४ मिनेट पाठ
बिआरआई कि आइपिएस ?
अमेरिकाले अगाडि सारेको इन्डो–प्यासिफिक स्ट्राटेजी अर्थात् ‘आइपिएस’मा नेपाल सहभागी हुनु हुँदैन भन्ने विषयमा यतिबेला निकै ठूलो बहस भइरहेको छ। साढे २ वर्षपहिले शेरबहादुर देउवा प्रधानमन्त्री रहेका बेला नेपालले अमेरिकासँग मिलेनियम च्यालेन्ज कर्पोरेसन ‘एमसिसी’को ५० करोड अमेरिकी डलर लिने सम्झौता गरेको थियो। हाम्रो संसद्ले त्यो पारित गरेपछि मात्र नेपालले उक्त सहयोग प्राप्त गर्नेछ।

नेपालका परराष्ट्रमन्त्री र प्रधानमन्त्रीले नेपाल आइपिएसमा सहभागी नहुने, तर एमसिसीको सहयोग ग्रहण गर्ने भन्दै एमसिसीसँग आइपिएसको कुनै सम्बन्ध नरहेको तर्क गरिरहेका छन्। यथार्थ कुराचाहिँ एमसिसी आइपिएसकै एक अंश हो। नेपालमा यसलाई प्रवेश गराउनुको मुख्य उद्देश्य चीनले अगाडि सारेको ‘बिआरआई’लाई अवरोध गर्नु हो। नेपाल ३ वर्षअगाडि नै औपचारिक रूपमा बिआरआईमा संलग्न भइसकेको छ। विकासोन्मुख मुलुकमा पूर्वाधार विकास गर्दै साझा जितको उद्देश्य बोकेको बिआरआई पारदर्शी छ। बिआरआई कुनै मुलुक अथवा कसैको विकास रोक्न नभएर सबैसँग साझेदारी गर्दै मानव समुदायको साझा भाग्य निर्माण गर्न हो भनेर चीनले बारम्बार प्रस्ट्याएको छ। उच्च गुणस्तरीय तथा दिगो हरित विकास, सांस्कृतिक संरक्षण, शून्य भ्रष्टाचार, गैरहस्तक्षेपजस्ता विषय बिआरआईका आधारभूत मान्यता हुन्। यसले कुनै पनि राष्ट्रको आन्तरिक मामिलामा हस्तक्षेप गर्दैन। कुनै राजनीतिक पूर्वाग्रह पनि राख्दैन।  स्थानीय साधन–स्रोतसँग सहकार्य गर्दै सामाजिक र आर्थिक विकासलाई प्राथमिकता दिने बिआरआईले समृद्धिको सपना बोकेको छ।

नेपालमा आइपिएस प्रवेश गर्नु चीनका लागि चिन्ताको विषय हो। नेपाल पनि विदेशी राजनीतिको खेल मैदान हुनेछ।

नेपाललाई बिआरआईमा सहभागी हुन नदिन दबाब दिने शक्ति नै अहिले आइपिएसलाई नेपालमा भित्र्याएर छिमेकी मुलुकविरुद्ध नेपाली माटो र व्यक्ति प्रयोग गर्ने ध्याउन्नमा लागेको छ। स्पष्ट र सीधा भन्नुपर्दा अमेरिकाले सधैं नेपाललाई चीनविरुद्ध प्रयोग गर्ने कोसिस उसले गरिरहेको छ। खम्पाहरूलाई तालिम दिन, सन् २००८ मा चीनमा ओलम्पिक सुरु हुनुभन्दा अगाडि सगरमाथाबाट कथित स्वतन्त्र तिब्बतको झण्डा फहराउन खोज्ने, मानव अधिकारका नाममा चीनविरुद्ध काठमाडौंमा क्रियाकलाप गराउन, तिब्बतबाट भागेका व्यक्तिलाई नेपाल र चीनको सीमामै पुगेर अमेरिकी राहदानी दिने सबै काम अमेरिकाले गरिरहेको छ। अहिले नेपाललाई चीनसँग सुपुर्दगी सन्धि गर्न नदिने पनि अमेरिका नै हो। यी तथ्यहरू केलाउँदा अमेरिकाले नेपालको भूमि प्रयोग गरेर चीनविरुद्ध गतिविधि गरिरहेको कुरा घामजत्तिकै छर्लङ्ग छ। नेपालको नामै उच्चारण गर्न नजान्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाललाई उच्च प्राथमिकता दिँदै आइपिएसलाई नेपालमा सक्रिय बनाउनुको मुख्य उद्देश्य चीन घेर्ने रणनीतिबाहेक अरू केही हुन सक्दैन।

अमेरिकाले २ दशकअगाडि ‘एसिया टिभोट’ अर्थात् एसिया पुनःसन्तुलन कार्यक्रम अगाडि सारेको थियो। शीतयुद्धताका सम्पूर्ण अमेरिकी शक्ति तत्कालीन सोभियत संघविरुद्ध आर्थिक, कूटनीतिक र सामरिक पाइला चाल्नमै खर्च हुने गरेको थियो। सन् १९९० पछि जब सोभियत संघ विघटन भयो तब विश्वमा अमेरिकी साम्राज्यको बोलवाला चल्न थाल्यो। सोभियत संघको पतनपछि विश्वमा एकल हैकम चलाउने अमेरिकी सपना चीनको विकासबाट चकनाचुर भयो। एक्काइसौं शताब्दीको सुरुदेखि नै चीनको आर्थिक विकास तीव्र गतिमा अगाडि बढ्यो। अमेरिका र युरोप आर्थिक मन्दीबाट ध्वस्त हुँदा पनि चीनलाई कुनै असर परेन। सधैं कम्युनिस्ट फोबिया बोक्ने अमेरिकालाई कम्युनिस्ट सरकार भएको चीनको विकासले प्रताडित बनायो। त्यसमाथि चीनको विकास साझेदारी एसियाली मुलुक हुँदै अफ्रिकी मुलुकसम्म फैलियो। फलतः अमेरिकाले चीनको विकास रोक्न एसिया टिभोट कार्यक्रम अगाडि सारेको थियो। सन् २००४ मा एसिया टिभोटको मुख्य अंगका रूपमा सहस्राब्दी चुनौती संस्था अर्थात् मिलेनियम च्यालेन्ज कर्पोरेसन ‘एमसिसी’लाई अमेरिकाका तत्कालीन राष्ट्रपति जर्ज डब्लु बुसले सुरु गरे।

एसिया टिभोट नामक अमेरिकी कार्यक्रमले एसिया तथा प्यासिफिक क्षेत्रका नेपाल, भारत, सिंगापुर, मलेसिया, इन्डोनेसिया, थाइल्यान्ड,  अस्ट्रेलियालगायत राष्ट्रलाई अमेरिकी गुटमा समावेश गराउने नीति अगाडि सारेको थियो। बाराक ओबामाले पनि एमसिसीलाई निरन्तरता दिए। डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपति भएपछि एसिया टिभोटको नाम परिवर्तन गरेर इन्डो–प्यासिफिक स्ट्राटेजी ‘आइपिएस’ राखियो। अनि एसिया टिभोटका कार्यक्रमहरू स्वतः आइपिएसभित्र पर्न गए। पूर्ववर्ती कार्यक्रममा रहेका विकासमा साझेदारीभित्र ट्रम्पले सैनिक गठबन्धनलाई घुसाएर नयाँ रणनीति बनाए। यो रणनीतिमा विकासमा साझेदार सँगसँगै संयुक्त सैनिक अभ्यास र सैनिक क्याम्प राख्ने कुरालाई परोक्ष रूपमा समेटिएको छ।

सन् २०१८ मे २५ मा एमसिसीको युरोप–एसिया तथा ल्याटिन–अमेरिका हेर्ने डेपुटी भाइस प्रेसिडेन्ट जोनाथन ब्रुक्सको नेतृत्वमा एउटा प्रतिनिधिमण्डल नेपालमा आयो। त्यो प्रतिनिधिमण्डलले ऊर्जामन्त्री, पूर्वाधार विकासमन्त्री लगायत प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर एमसिसीलाई संसद्बाट चाँडै अनुमोदन गराउन दबाब दियो। सम्झौता हुँदा नै यसलाई संसद्बाट पारित गर्नुपर्ने सर्त राखिएको थियो।

आइपिएस अमेरिकी सैनिक गठनबन्धन हो र यसको मुख्य उद्देश्य चीनको विकास रोक्नु हो। यसकै निम्ति अमेरिकाले चीनवरिपरिका थुप्रै मुलुकमा सैनिक अखडा राखेको छ। नेपालमा पनि अमेरिकी सैनिक रहेको कुरा नेपालका लागि अमेरिकी राजदूत ¥यान्डी बेरीले हालै एक टेलिभिनजनसँग अन्तर्वार्तामा स्वीकार गरेका छन्।

नेपालले अमेरिकासँग संयुक्त सैनिक अभ्यास गर्दै आएको छ। नेपाली सेना र अमेरिकी सेनाले संयुक्त अभ्यास गर्न रोजेको स्थान मुस्ताङलाई संयोग मात्र मान्न सकिन्न। मुस्ताङ त्यही ठाउँ हो, जहाँ ४५ वर्षअगाडि अमेरिकाले खम्पा विद्रोहीहरूलाई सशस्त्र तालिम दिएको थियो। एकजना उपल्लो दर्जाका सैनिक अधिकारीका अनुसार अमेरिकासँग संयुक्त सैनिक अभ्यास भइरहेको स्थान मुस्ताङमा उनी अनुगमनमा गएका थिए। तर उनलाई आफ्नोमातहत रहेका सैनिकले संयुक्त सैनिक अभ्यास क्षेत्रमा प्रवेश गर्नबाट रोके। यस घटनाले संयुक्त सैनिक अभ्यासभित्र के–कस्ता गतिविधि हुन्छन् भन्ने विषयमा पनि प्रश्न उठाएको छ।

प्रत्येक अमेरिकी राजदूतले नेपाल आउनासाथ मुस्ताङ भ्रमण गर्छन्। उनीहरू मुस्ताङ पुग्नुको उद्देश्य त्यहाँको प्राकृतिक सौन्दर्य अवलोकन मात्र नभई सामरिक महत्वबारे जानकारी लिने पनि हो। मुस्ताङमा अमेरिकन हिमालय फाउन्डेसनका नाममा एउटा अमेरिकी गैरसरकारी संस्था वि.सं. २०३७ सालदेखि कार्यरत छ। यो संस्थाको नाममा त्यहाँ सधैं अमेरिकी अर्धसैनिक जासुसहरू काम गर्छन्। तिब्बती जातिका बालबालिकाको शिक्षा र स्वास्थ्यमा सहयोग गर्ने घोषित नीति यो संस्थाको भए पनि भित्री रूपमा चीनविरोधी गतिविधि गर्नु रहेको छ। 

नेपाल सार्वभौम मुलुक हो। नेपालले आफ्ना विकासका लागि जुनसुकै मुलुकबाट सहयोग लिन अथवा नलिन सक्छ। मुख्य कुरा, नेपालको भूमि अर्को छिमेकी मुलुकविरुद्ध प्रयोग हुन नदिनु हो। अमेरिकाले एमसिसीमार्फत नेपालमा चीनविरोधी अभियान सक्रिय बनाउन खोजेको छ। नेपालमा केही मानिसले एमसिसी आइपिएसभित्र नरहेको दलिल गरिरहेका बेला अमेरिकोको विदेश मन्त्रालयले जारी गरेको इन्डो–प्यासिफिक रणनीतिको पछिल्लो प्रतिवेदनमा नेपालसहित पाँच देश जोडेर अन्तरदेशीय ऊर्जा व्यापारमा सहयोग पु¥याउन ५० करोड डलर उपलब्ध गराउनेमा जोड दिएको छ। बंगलादेश, भुटान, भारत, नेपाल र श्रीलंकालाई ऊर्जा व्यापारमा सघाउन एमसिसीको अनुदान सहयोग परिचाल नहुने आइपिएसले जनाएको हो।   

नेपालमा आइपिएस प्रवेश गर्नु चीनका लागि चिन्ताको विषय हो। नेपाल पनि विदेशी राजनीतिको खेल मैदान हुनेछ। नेपालले कूटनीतिक चातुर्य देखाएर आफ्नो अडान पेस गर्नुपर्छ। वचन मात्र दिँदा कूटनीतिक रूपमा असफल भइन्छ र राष्ट्रकै विश्वसनीयता गुम्छ। चीनका परराष्ट्रमन्त्री वाङ यीको नेपाल भ्रमणताका सत्तारूढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल आइपिएसमा सहभागी हुँदैन भनेको कुरालाई चिनियाँ परराष्ट्र मन्त्रालयले प्राथमिकतासाथ लिएको थियो। सत्तारूढ दलको नेताको बोलीमा चीनले विश्वास गर्नु र प्राथमिकता दिनु स्वाभाविकै हो। नेपालले छिमेकी मुलुक चीनको यो संवेदनशीलता बुझ्नुपर्छ।

पछिल्लो समय चीनले नेपाललाई तीनवटा क्षेत्रमा महत्व र प्राथमिकता दिएको चीनको राज्य परिषद्अन्तर्गत चिनियाँ समसामयिक अन्तर्राष्ट्रिय सम्बन्ध अध्ययन संस्थाका एसिया तथा ओसियानिक विभागका निर्दशक प्रोफेसर हुसिसेङले नागरिकसँग अन्तर्वार्तामा बताएका थिए। चीनका प्राथमिकताहरूमा तिब्बतको विकास र स्थिरतासँग नेपालको भूमिकालाई पहिलोमा राखेको छ। त्यसैगरी चीनलाई दक्षिण एसिया प्रवेश गराउने प्रवेशद्वारका रूपमा नेपालको भूमिका दोस्रो महत्व हो भने आइपिएसलाई रोक्नु नेपालको तेस्रो महत्व हो।

आचार्य बेइजिङस्थित चिनियाँ अन्तर्राष्ट्रिय रेडियो सिआरआईको नेपाली सेवामा विदेशी विज्ञका रूपमा कार्यरत छन्।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस