भारतसँग हाम्रो कूटनीति
२८ कार्तिक २०७६
•
१३ मिनेट पाठ
भारतसँग हाम्रो कूटनीति
दुर्गानाथ शर्मा




हाम्रो छिमेकी राष्ट्र भारतले भर्खरै आफ्नो नक्सा फे-यो। जम्मु–कश्मीर विवादका कारण भारतले संविधानमा रहेको कश्मीरसम्बन्धी दफा ३७० हटाएपछि पाकिस्तानसँग उसको युद्ध नै हुने हो कि भन्ने आशंका पैदा भएको थियो। तर अब त्यो स्थितिमा केही सुधार आएको छ। अब आएर भारतले आफ्नो फेरिएको नयाँ नक्सामा नेपालका कालापानी, लिपुलेक र लिम्पियाधुराको ३७० वर्ग किलोमिटर भूभाग मिचेर आफ्नो नक्सामा पारेपछि नेपालमा त्यसको व्यापक विरोध भइरहेको छ। त्यस क्षेत्रमा भारतको सैनिक क्याम्प छँदै थियो, त्यसलाई अहिले सक्रिय गराएर नेपालीलाई त्यस क्षेत्रमा पस्नसमेत दिएको छैन। आफ्नै भूमिमा मन्दिर निर्माण गर्नबाट भारतले नेपाली नागिरकलाई रोकेको छ। ‘बोलिए, तुमको कितना भगवान् चाहिए’ भनेर मन्दिर बनाउन गएका नेपालीलाई लखेटेको दुःखलाग्दो समाचार पनि आयो। भारतलाई ३७० नम्बर मन पर्दैन क्यारे, कश्मीरबाट संविधानको ३७० नम्बर हटायो भने नेपालमा पनि ३७० नै वर्ग किलोमिटर भूभाग मिच्यो। यो कस्तो संयोग !

भारतको यो कदम भत्र्सनायोग्य छ। नेपालसित विवाद चलिरहेको यो क्षेत्रलाई कमसेकम संवाद गरेर समस्या समाधान गर्नुपर्छ। तर नेपाली पक्षसँग कुनै कुरै नगरी उक्त क्षेत्र एकाएक आफ्नो नक्सामा पार्नु भारतको ठूलो अर्घेल्याइँ र गलत काम हो भन्दा फरक पर्दैन।

बेलायत र चीनले समेत भारतले हस्तक्षेप गरेको जग्गा नेपालकै हो भनेकाले सरकारलाई भारतसित दह्रो भएर कुरा गर्न सहज वातावरण बनेको छ।

तर यसमा हामी पनि दोषी छौं, हाम्रो पनि गल्ती छ। ६५ वर्षदेखि भारतले एकलौटी बनाएको हाम्रो भूभाग फिर्ता गर्ने र यो विवादको शान्तिपूर्ण समाधान खोज्नेतिर हामी अर्थात् ६५ वर्षभित्रका सरकार र प्रशासन किन अग्रसर भएनन् ? यतिका वर्षसम्म कुनै पहल नगरी आँखा चिम्लेर बसेपछि भारतले हाम्रो कमजोर आत्माको छनक पायो र अहिले हिम्मतसाथ नेपाली भूभाग आफ्नो नक्सामा हाल्यो। ६५ वर्षभित्रका सरकार एवं प्रधानमन्त्रीले दुई देशबीचको यति संवेदनशील समस्या समाधान किन गरेनन् ? आज हरेक नेपालीको मनमा यो प्रश्न छ। वर्तमान सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले यो प्रश्नको उत्तर दिन सक्छन् ?

दुईतिहाइ मत पाएर बनेको सरकारले आफूलाई लागेका कुरा खुला रूपमा गर्न नसकेको वर्तमान सन्दर्भमा कसरी हेर्ने ? जब समस्याले उग्र रूप लियो, तब सरकारले सर्वदलीय बैठक आयोजना गरेर सुझाव माग्यो। अरू दलले पनि यो समस्या वास्तवमा प्रधानमन्त्री ओलीकै थाप्लोमा हालेर प्रधानमन्त्री तहबाटै समाधान खोज्न सुझाव दिएका छन्।

६५ वर्षपछि बल्ल सरकार, कालापानी नेपालकै हो भनेर प्रमाणित गर्न तथ्य र प्रमाण संकलन गर्दै छौं भन्दै छ, यसलाई के भन्ने ? भोलि गएर तथ्य र प्रमाण त पछिल्लोपटकको भुइँचालोले कता पारेछ, पारेछ भन्ने त होइन ? बेलैमा होस् पु¥याएर काम गर्नुपर्छ भनेर हाम्रा पितापुर्खाले त्यसै भनेका होइनन्। ६५ वर्षसम्म नेपालले केही नबोलेपछि भारतलाई त्यो भूभाग आफ्नो देशमा मिसाउने प्रोत्साहन मिल्यो। ६५ वर्षसम्म उसले नेपालीको आत्मा छाम्यो, मुटु छाम्यो र अहिले निर्णय ग-यो।

नेपालमा जुनसुकै सरकार आए पनि भारतका नेता र कर्मचारीसित गएर सोझै कुरा गर्न किन सक्दैनन् ? किन डराउँछन् ? कतिपय राजनीतिक दललाई देशमा आफू स्थापित हुन भारतीयको सहायता र सहयोग चाहिन्छ भनेरै त हो उनीहरूसँग खुलेर कुरा गर्न नसक्नाको कारण ! ६५ वर्षभित्र बनेका सरकारहरूले यो प्रश्नको जवाफ जनतालाई दिनुपर्छ, यो उनीहरूको कर्तव्य हो।

सडकमा झण्डा लिएर होहल्ला गर्नु, तोडफोड गर्नु र भारतलाई गालीगलौज गर्नुभन्दा समस्याको जडमा पुगेर कसरी दुवैलाई फाइदा पुग्छ, सोचेर काम गर्न जरुरी छ। विवेकशील भएर कूटनीतिक समाधानको बाटोबाहेक अर्को विकल्प देखिँदैन, यतिबेला।

अहिले कालापानी, लिपुलेकलाई भारतले आफ्नो दाबी गरेर नक्सामा राख्यो। उसले नक्सामा नराखेरै पनि हाम्रो देशका धेरै सीमानामा जग्गा मिचेको कुरा बेलाबेला सञ्चार माध्यममा आइरहकै छन्। नेपाल–भारत सीमाका कैयौं सीमास्तम्भ हराएका छन्। तिनको खोजीका लागि सरकारले के ग¥यो ? भारतसित सोध्न सरकारलाई केले रोक्यो ? यस्ता अतिक्रमण पूर्व–पश्चिम जताततै भएका छन्।

पूर्वमा इलामको पशुपतिनगरको सीमा क्षेत्र फारकको केही भाग, सम्झौता र कुराकानी नै नगरी भारतले आफ्नो कार्यालयका लागि भवन बनाएको छ। त्यो त्यत्तिकै छ, त्यसबारे अहिले कसैले कुरै गर्दैनन्। दक्षिणी सिमानामा निर्मित सिँचाइ आयोजनाको पानीचाहिँ सिँचाइका लागि भारततिर गएको छ, नेपाली क्षेत्रमा भने डुबान हुने गरेको छ। नेपालतर्फ जग्गा ४० एकड जमिनमा सिँचाइ गर्ने सम्झौता भएकामा २४ हजार एकडको मात्रै संरचना बनेको छ। नयाँ पत्रिका दैनिकको समाचारअनुसार त्यसमा पनि पानी छाडिएको छैन। गण्डक बाँधले भारतमा फलिफाप र नेपाललाई अभिशाप भएको कुरा पनि अहिले पत्रपत्रिकाले प्रकाशमा ल्याएका छन्।

नेपाल र भारतका उच्च पदाधिकारीबीच बेलाबेला दिल्ली र काठमाडौंमा बैठक नभएका पनि होइनन्। बैठकमा सीमा रक्षा गर्ने, व्यापारका अवरोध हटाउने, लगानी वृद्धि गर्नेजस्ता आपसी फाइदाका विषयमा कुराकानी पनि नभएका होइनन्, तर ती सबै छलफल र प्रस्तुत सदासयताविपरीत नेपालसँग सोध्दै नसोधी एकपक्षीय रूपमा भारतले नेपालको जग्गा ठाडै मिचेको छ। जुन कदम अन्तर्र्राष्ट्रिय कानुन, भाइचारा र असल छिमेकीको सिद्धान्तको ठाडो उल्लंघन हो।

यस घटनाले हामी सबै नेपालीको चित्त दुखेको छ। हाम्रा दलका नेता आफ्नो निजी स्वार्थको काम पर्दा भारतका नेतासँग गएर लम्पसार परेका समाचार पनि हामीले पढेकै हो र देखिएको पनि छ। तर राष्ट्रमाथि नै यस्तो स्थिति आउँदासमेत सत्तामा नभएका दलले यो काम प्रधानमन्त्रीको नेतृत्वमा हुनुपर्छ भनेर पन्छिन खोज्नु ठूलो दुर्भाग्य हो। नेपाली जनताले त आशा गरेका थिए– अब सबै दल मिलेर समस्याको गाँठो फुकाउने छन्, तर उनीहरू त प्रधानमन्त्रीमाथि मात्रै त्यो जिम्मेवारी थोपरेर हाइसन्चोमा रहन खोजेका छन्। सरकार र प्रधानमन्त्रीबाट मात्र यो काम सम्भव छैन, सबै राजनीतिक दल र तिनका नेता एक भएर यो समस्याको समाधान खोज्नु आजको आवश्यकता हो। अनि नेपाल आमाको चाहना पनि।

हामी जनताको यसमा अझ ठूलो भूमिका हुन्छ। उत्ताउलो भएर जथाभावी नारा लगाउने, तोडफोड गर्ने विरोधको पुरानो विधि छाडेर प्रमाण खोज्नेतर्फ हामी सबैले सहयोग गर्नुपर्छ  र वार्ताबाट समस्या समाधानका लागि लाग्नुपर्छ। अहिले नै यो समस्या समाधान गर्न नसक्ने हो भने भोलि यसरी अलि–अलि गरेर अतिक्रमण हुँदै भोलि काठमाडौं खाल्डो मात्र नेपाल हुन सक्ने खतराप्रति सबै सचेत हुनुपर्छ।

भारतको सुरक्षामा हाम्रा दाजुभाइले गरेका योगदान र आपसी मित्रता लत्याउँदै भारतले जुन किसिमको कदम चालेको छ, त्यसबारे हरेक क्षेत्रमा बौद्धिक र कूटनीतिक बहस गरेर समस्या समाधान गर्नु नै एक मात्र उपाय हुन सक्छ। अहिले आएर बेलायत र चीनले समेत भारतले हस्तक्षेप गरेको जग्गा नेपालकै हो भनेकाले सरकारलाई भारतसित दह्रो भएर कुरा गर्न सहज वातावरण बनेको छ।

सबभन्दा पहिला त हामीसित भएका पुराना सबै सम्झौता र सहमति खोजी गरेर प्रकाशमा ल्याउने, भारतले यति गर्दा पनि टेरेन र अर्घेल्याइँ गरी नै रहन्छ भने नेपालले एउटा स्वतन्त्र र सार्वभौम अनि स्वाधीन राष्ट्रका जनताविरुद्ध भएको यो षड्यन्त्र अन्तर्राष्ट्रियस्तरमा पनि पु¥याउन सक्नुपर्छ। हामी दुवै (नेपाल–भारत) संयुक्त राष्ट्रसंघका सदस्य पनि हौं। त्यहाँ(राष्ट्रसंघमा) छलफल गरेर समाधान खोज्ने हाम्रो अधिकार पनि हो। किनभने हामी युद्ध गर्न सक्दैनौं। हामीले युद्ध गरेकै छैनौं। हामीले कूटनीतिक तवरबाटै समाधान खोज्नु राम्रो हुन्छ। हामीले केही समयअघि नेपालका वरिष्ठ राजदूत भेषबहादुर थापालगायत विशिष्ट र प्रबुद्ध वर्गको एउटा समिति नै बनाएर नेपाल र भारतका समस्या समाधानको जमर्को गरेका थियौं। अहिले त्यो समितिलाई नै प्रयोग गर्न सकिन्छ कि ?

सडकमा झण्डा लिएर होहल्ला गर्नु, तोडफोड गर्नु र भारतलाई गालीगलौज गर्नुभन्दा समस्याको जडमा पुगेर कसरी दुवैलाई फाइदा पुग्छ, सोचेर काम गर्न जरुरी छ। विवेकशील भएर कूटनीतिक समाधानको बाटोबाहेक अर्को विकल्प देखिँदैन, यतिबेला।
अर्को समाचार
‘भारतसँग सम्झौता गर्दा नेपाल तल पर्नु हुन्न'
नागरिक
३१ साउन २०७१
•
७ मिनेट पाठ
‘भारतसँग सम्झौता गर्दा नेपाल तल पर्नु हुन्न'
काठमाडौं-भारतसँग नयाँ सन्धि–सम्झौता गर्दा नेपालले हात तल राख्न नहुने परराष्ट्रविदहरूले बताएका छन्। त्रिभुवन विश्वविद्यालयको वैदेशिक सम्बन्ध र कूटनीति विभागले आयोजना गरेको ‘नेपाल–भारत सम्बन्धमा अबको बाटो' विषयक अन्तर्क्रियामा पूर्वपरराष्ट्रमन्त्री, पूर्वराजदूत र परराष्ट्रविदहरूले अहिलेसम्म भारतसँग भएका सन्धि–सम्झौतामा नेपाल कुनै न कुनै हिसाबले ठगिएको बताए। नेपालको राष्ट्रिय स्वार्थमा कसैले एक्लै सम्झौता गर्न नमिल्नेमा उनीहरूको जोड थियो।भारतमा नरेन्द्र मोदी नेतृत्वको सरकार छिमेकीतर्फ लक्षित भएको अवस्थामा नयाँ सम्झैता गर्दा अत्यन्तै संयमित र जिम्मेवार भएर अगाडि बढ्नुपर्नेमा उनीहरूले जोड दिए। 
परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले वैदेशिक सम्बन्ध र सम्झौताका विषयमा सबै एक हुनुपर्ने बताए। भारतसँग वा अन्य कुनै देशसँग राजनीतिक तथा कूटनीतिक छलफलका आधारमा सम्बन्ध विस्तार गर्नुपर्ने महसुस सबैलाई हुन थालेको बताए। नेपालको आन्तरिक सम्बन्धमा अरूलाई हस्तक्षेप गर्न नदिन सबै दलबीच समान धारणा हुनुपर्ने उनको धारणा थियो। 
भारतसँग भएको सन् १९५० को शान्ति तथा मैत्री सन्धिलाई छलफल गरी परिमार्जन गर्ने विषयमा भारतसँग सम्झौता भइसकेको मन्त्री पाण्डेले जानकारी दिए। ‘अब परराष्ट्रविद र राजनीतिक तहमा राष्ट्रिय छलफल गरेर नेपालको छिमेकी नीति टुंग्याउनुपर्छ,’ उनले भने।
एमालेका महासचिव ईश्वर पोखरेलले भारतसँगको पुरानो सन्धि तथा सम्झौतालाई परिवर्तन नभई परिमार्जन गर्नुपर्ने बताए। ‘यो सन्धि खारेज गरे वा नयाँ सन्धि गरे दुर्भाग्यपूर्ण हुन्छ,' उनले भने। उनले विगतमा भारतसँग राष्ट्रिय छलफलविना सम्झौता भएकाले अहिले पछुताउनुपरेको बताए। 
कांग्रेस केन्द्रीय सदस्य तथा पूर्व परराष्ट्र राज्यमन्त्री प्रकाशशरण महतले नेपालको अहिलेको आवश्यकता पहिचान गरेर नयाँ सम्झौता गर्न जरुरी रहेको बताए। नेपाल र भारतको सम्बन्ध अन्य देशको तुलनामा फरक रहेकाले सम्झौताका हरेक बुँदा केलाउँदै राष्ट्रिय हितमा केन्द्रित हुनुपर्नेमा उनले जोड दिए। १९५० को सन्धिको सान्दर्भिकता र प्रयोग कम हुँदै गएकाले नयाँ सम्झौता आवश्यक रहेको उनको भनाइ थियो। 
एकीकृत नेकपा (माओवादी) का नेता तथा सभासद राम कार्कीले मोदीले दक्षिण एसियाको विकासका लागि नेतृत्व लिन खोज्नु सकारात्मक भएको बताए। ‘मोदीको नेपाल भ्रमण र कुरा सुनेर धेरै फुरुंग हुन जरुरी छैन,’ उनले भने, ‘भारतले अमेरीकाको पछि लाग्नभन्दा छिमेकीसँग सहकार्य गर्न मात्र खोजेको हो।’ उनले भारतसँग भएका असमान सन्धि प्रतिस्थापन गर्नुपर्ने बताए। 
त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा पूर्व परराष्ट्रमन्त्री प्रकाशचन्द्र लोहनीले पुराना सन्धि–सझैताको अस्तित्व समाप्त हुँदै गएकाले राष्ट्रिय हितलाई केन्द्रमा राखेर नयाँ सझौता गर्नुपर्ने बताए। 
पूर्व परराष्ट्रमन्त्री तथा मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले १९५० मा नेपालको राजनीतिक अवस्था कमजोर भएको मौका पारेर भारतले आफ्नो पक्षमा सन्धि गरेको बताए। उक्त सन्धिले दुवै देशको अहिलेको आवश्यकता पूरा गर्न नसक्ने उनको दाबी थियो। ‘भारतको सरोकार भनेको सुरक्षा, विद्युत र पानी हो,’ उनले भने, ‘व्यापार घाटा कम गर्नु, आर्थिक, प्राविधिक सहयोग, वैदेशिक लगानी र विकास हो। यी कुरालाई मध्यनजर गर्दै नयाँ सम्झौता गर्नपर्छ।’ 
त्यस्तै, परराष्ट्रविद तथा पूर्व परराष्ट्रमन्त्री रमेशनाथ पाण्डेले नेपालको पहिलो निर्वाचित सरकारको पालामा नेपालमा वैदेशिक सम्बन्धका विषयमा कोही सत्तापक्ष र प्रतिपक्ष नरही एक भएको सन्दर्भलाई भुल्न नहुने बताए। उनले अहिलेका नेताले विदेशीसँग आत्मिय सम्बन्ध राख्ने हैसियत राख्न नसकेको आरोप लगाए। उनले भने, ‘सन्धी सम्झैता राष्ट्रको पक्षमा हुनुपर्छ, देशलाई थाहा हुनुपर्छ।’ उनले नेपाल–भारत सरकारको जगमा नै शंका र अविश्वास रहेको बताए। नरेन्द्र मोदीले संसदलाई गरेको सम्बोधनले नेपाल भारत सम्बन्धको तितो यथार्थ उजागर भएको बताए। उनले १९५०को सन्धीमा पुनरावलोकनको कुनै प्रावधान नरहेको बताउँदै नयाँ सन्धी गर्दा आउने जोखिम भोग्न नेतृत्व तयार हुनुपर्ने बताए। ‘नयाँ सन्धी बनाउँदा पुरानोलाई खारेज गर्नुपर्छ,’ उनले भने, ‘खारेज गर्न दुबै देश सहमत भएतापनि एक वर्ष लाग्छ। त्यसले, निम्त्याउने जोखिम मोल्न सरकार तयार हुनुपर्छ।’ 
नेपाली कांग्रेसका सभासद् मनमोहन भट्टराईले नेपाल-भारतको मुख्य समस्या भनेको सीमा सुरक्षा भएको बताए। उनले मोदीले गरेको भाषण बढी भावनात्मक भएको र कुनै ठोस सम्झैता हुन नसकेकाले उत्साही हुन जरुरी नरहेको बताए। उनले भने, ‘भारतसँग भएका हरेक सम्झौतामा हामी ठगिएका छौं,’ उनले भने, ‘त्यसैले, अबका सम्झौता हुँदा राष्ट्रिय तहमा छलफल गरेर मात्र गर्नुपर्छ।’ 
वैदेशिक सम्बन्ध र कूटनीति विभागका संयोजक खड्ग केसीले विषयगत कार्यपत्र पेस गरेका थिए।


रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ५ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस