कडा सवारी कानुन
१६ मंसिर २०७६
•
६ मिनेट पाठ
कडा सवारी कानुन
सडक भन्ने शब्दले नै स्पष्ट पार्छ कि यो सबैको साझा हो। र, हुनु पनि पर्छ। तर नेपालका सडकमा भने पछिल्ला दिनहरूमा सवारी साधनवालाको हैकम चल्दै आएको छ। मानौँ, सडक उनीहरूका लागिमात्र बनेको हो। अनि उनीहरू गुडेपछि वा अघि बढेपछि ठाउँ बाँकी रहेमात्र त्यो यात्रुका लागि हो। यही सोचाइको दुष्परिणाम हो कि पछिल्ला दिनहरू नेपालका सडक नेपालीहरूकै लागि कालका पर्याय बन्न थालेका छन्। प्रत्येक दिन बढ्दो दुर्घटना र त्यसले पु-याउँदै आएको जन÷धनको क्षतिले यो वास्तविकता पुष्टि गरिरहेको छ।अझ सडकमा पनि जेब्राक्रस त्यस्तो महत्वपूर्ण ठाउँ हो जुन नितान्त यात्रुकै लागि भनेर तयार गरिएको हुन्छ। यात्रुले खासगरी सडक वारपार गर्दा यस्तो जेब्राक्रस अपनाउनुपर्ने र यसरी जेब्राक्रस प्रयोगकर्ताको उचित सम्मान सवारीचालकले गर्नुपर्ने नियम विश्वव्यापी हो। यात्रुले पनि सोच्छ कि म जेब्राक्रस प्रयोग गरिरहेको छु त्यसैले सुरक्षित छु। जुन स्वाभाविक पनि हो।तर विडम्बना, हाम्रा सडकमा भने चालकहरूले सडकका अन्य भाग, पैदलयात्रुका लागि छुट्याइएका मार्ग (फुटपाथ) आदिमा त लापरबाही गर्दै आएका थिए नै, हुँदाहुँदा जेब्राक्रसको पनि ख्याल राख्न छाडेको पाइएको छ। पूरै सडकलाई आफ्नोमात्र भोगाधिकार ठान्ने र यात्रुको ज्यानलाई शून्य ख्याल पनि नगर्ने मनोदशाबाट चालकहरू निर्देशित देखिँदै आएका छन्। पछिल्लोपटक जेब्राक्रसबाट सडक पार गर्दै गर्दा गाडीले ठक्कर दिएर ज्यानै गुमाउन पुगेका वरिष्ठ चिकित्सक प्रभु जोशी यसका ज्वलन्त उदाहरण हुन्। र, यसअघि पनि थुप्रै मान्यजनको यसैगरी अकालमा मृत्यु भइसकेको सर्वविदितै छ।




पहिलो कुरा त हाम्रो सवारी ऐनले सवारी साधन चालकका कारण मानिसको मृत्यु भयो भने त्यसलाई ‘ज्यानमारा’ ठान्दैन। भनाइको मतलव मानिस मार्नेलाई भन्दा कम सजायको व्यवस्था गरेको छ। अर्कोतर्फ जेब्राक्रसमा पुगेर मानिसको ज्यान लिनेलाई पनि उत्तिकै सजाय हुन्छ। जबकि जेब्राक्रस मानिस वारपार गर्नकै लागि बनाइएको हुँदा मानिस रहेसम्म यो ‘सवारी निषेधित क्षेत्र’ हुने विश्वव्यापी प्रचलन हुन्छ। यस्तो प्रचलनविरुद्ध मानिस देख्दादेख्दै अघि बढेर ज्यानैसमेत लिने हर्कत गर्नेलाई बढी सजायको आवश्यकता नदेख्नु हाम्रा नीति निर्माताहरूको पनि लापरबाही मान्न सकिन्छ। मुख्य कुरा सवारी चालकलाई प्रशिक्षण पुगेको छैन। दिनहुँ भइरहेका सडक दुर्घटनाले पनि यो कुरा प्रस्ट पार्छ। दोस्रो कुरा अवैधतवरबाट चालक अनुमतिपत्र लिनेलाई यस्ता विषय थाहै हुँदैन। त्यसैले अवैधतवरबाट चालक अनुमतिपत्र दिने प्रक्रिया ठ्याम्मै रोकिनुपर्छ। ताकि यस्ता दुर्घटना न्यूनीकरणमा सहयोग पुगोस्। तेस्रो कुरा कानुनमा कडा सजाय व्यवस्था गर्नुपर्छ। त्यसमा पनि जेब्राक्रसमा दुर्घटना गराउनेलाई गरिने कारबाहीको आकार थप फराकिलो बनाउन जरुरी छ। यसो भयो भनेमात्र बल्ल सवारी चालकले जेब्राक्रस ख्याल गर्ने र सचेत बन्ने अवस्था सिर्जना हुने गर्छ।

अझ महत्वपूर्ण पक्ष त अन्य शहरको कुरै छाडौँ, महानगर नाम दिइएका शहरका सडकमा समेत आवश्यक ठाउँमा जेब्राक्रस व्यवस्था भएका छैनन्। जेब्राक्रस भएका ठाउँमा पनि मेटिइसकेका छन् र आवश्यक समयमा त्यसलाई प्रस्ट बनाउन सकिएको छैन। यस्तो अवस्थामा दुर्घटना गराउने सवारी चालक माथि पर्ने सम्भावना रहन्छ। अर्थात अपराध गर्नेको मनाबेल बढ्न सक्छ। त्यसैले सवारी चालकलाई कारबाही गर्ने, कानुन कडा बनाउने त छँदैछ, त्यसअघि सरकारले आफूले गर्नुपर्ने कामचाहिँ समयमै सम्पन्न गर्नुपर्छ। जसले दुर्घटना अल्पीकरणमा सघाउँछ। सवारी साधनले ठक्कर दिएर कुनै व्यक्तिको मृत्यु भएमा ५ देखि १५ वर्षसम्म कारागार सजायको व्यवस्था छ कानुनमा। अनि ५ लाख रुपियाँ जरिवाना तिर्नुपर्छ। एकातिर ५ लाख रुपियाँ कि बिमा सेवाप्रदायकले तिरिदिन्छ कि त ऊ आफैँ आबद्ध बस व्यवसायी समितिले तिरिदिन्छ। जहाँसम्म कारागार सजायको कुरा हो, त्यो कानुनका ‘लुप होल’ प्रयोग गरेर सकेसम्म घटाउने प्रयत्न हुँदै आएको देखिएको छ। यस्तो अवस्थामा ‘देखि’, ‘सम्म’, ‘वा’, ‘तर’ जस्ता खेल्न सक्ने ठाउँ नराखी स्पष्ट सजाय उल्लेख हुने हो भनेमात्र पक्कै पनि सामान्य नागरिकले सवारी साधनलाई कालका रूपमा भोग्नुपर्ने बाध्यता अन्त्य हुन सक्छ।
अर्को समाचार
अनुमति बिना घुम्ती व्यापार गर्नेमा अधिकांश भारतीय नागरिक, तत्काल रोक्न नगरपालिकाको चेतावनी
२२ असार २०८३
•
२ मिनेट पाठ
अनुमति बिना घुम्ती व्यापार गर्नेमा अधिकांश भारतीय नागरिक, तत्काल रोक्न नगरपालिकाको चेतावनी
एआईको सहयोगमा निर्मित तस्बिर
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा अनुमति बिना अनधिकृत रूपमा घुम्ती व्यापार व्यवसाय सञ्चालन गर्न नपाइने भएको छ।




नगरपालिकाको क्षेत्राधिकार भित्र पूर्व स्वीकृति नलिई ढुवानी तथा सवारी साधनको प्रयोग गरी व्यवसाय गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा कारबाही गरिने भएको छ। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज बिष्टका अनुसार पालिकाको क्षेत्राधिकार भित्र अनधिकृत रूपमा मोटरसाइकल, टाँगा, रिक्सा, मिनी ट्रक लगायतका सवारी साधनहरू मार्फत पूर्व स्वीकृति बिना व्यापार व्यवसाय गरि रहेको गुनासो आएपछि कडाइ गरिएको हो।

हाल नगरपालिकाको पूर्व स्वीकृति नलिई बजार तथा ग्रामीण क्षेत्रमा पुगेर घुम्ती व्यापार गर्नेहरूमा अधिकांश भारतीय नागरिक रहेको पाइएको छ। पूर्व स्वीकृति बिना व्यापार गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही प्रक्रिया अगाडि बढाइने अधिकृत बिष्टले बताए।

यसैगरी, नगरपालिकाले सडक क्षेत्रलाई सुरक्षित र जोखिममुक्त बनाउन विशेष कार्य अगाडि बढाएको छ। स्थानीय सडक, सडक किनारा तथा अन्य सार्वजनिक स्थानहरूमा पशु चौपाया बाँध्ने एवं बालुवा, गिट्टी, ढुंगा, काठ, इँटा, माटो लगायतका निर्माण सामग्री थुपार्ने कार्यलाई निरुत्साहित गर्न लागिएको छ।

नगरपालिकाको पूर्व स्वीकृति बिना सडकमा निर्माण सामग्री थुपार्ने र सडक खनेर क्षति पुर्‍याउने कार्यले सर्वसाधारण तथा सवारी साधनको आवतजावतमा बाधा पुग्नुका साथै दुर्घटनाको जोखिम बढेकाले यस्ता कार्य नगर्न आग्रह गरिएको छ। ‘सडक क्षेत्रमा अवरोध पुर्‍याउने वा क्षति गर्ने कार्य गरिएको पाइएमा नगरपालिकाको सडक मापदण्ड कार्यविधि २०७६ बमोजिम कारबाही गरिनेछ,’ प्रमुख प्रशासकीय अधिकृत बिष्टले भने।

नगरपालिकाले सडक अतिक्रमण हटाउन, अनधिकृत व्यापार रोक्न र सर्वसाधारणलाई सचेत पार्नका लागि नगर प्रहरी समेत परिचालन गरी निरन्तर रूपमा अनुगमन तथा सचेतीकरण कार्य गरिरहेको जनाएको छ। रासस
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock २ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस