नयाँ वर्षमा सीको सन्देश
१७ पौष २०७६
•
१४ मिनेट पाठ
नयाँ वर्षमा सीको सन्देश
नेपालमा अहिले सुविधाजनक बहुमतको कम्युनिस्ट सरकार छ। संघीय सरकारबाहेक सातमध्ये ६ वटा प्रदेशमा नेकपाकै एकल सरकार छ। प्रदेश २ मा पनि नेकपा नै सबैभन्दा ठूलो दल बनिसकेको छ। वि. सं. २०१५ पछि पहिलोपटक नेपालमा निर्वाचनबाट यति सहज सरकार बनेको हो। राजनीतिक स्थिरताको जग बसेपछि आर्थिक मुद्दामा सरकार केन्द्रित हुँदै जनताका समस्या क्रमशः समाधान हुने अपेक्षा थियो। तर सरकार बनेको २ वर्ष पुग्न लाग्दा पनि नागरिकले राहत महसुस गर्न सकेका छैनन्।




प्राथमिकता दिनुपर्ने विषयमा पनि सरकार अलमलिएको जस्तो देखिन्छ। कुनै बेला नेपालको भन्दा न्यून आय भएको र गरिबीमा पिल्सिएको चीन अहिले विश्वको दोस्रो आर्थिक शक्ति बनेको छ। उसले आफ्नो विकास मात्र नगरी विश्वकै विकासमा मुख्य साझेदारी गर्न थालेको छ। राजनीतिक नेतृत्व सबल नभएकै कारण छिमेकी भएर पनि चीनका विकासका बाछिटा मात्र नेपालमा परेका छन्। नेपालले चीनको विकाससँग हातेमालो गर्न सकेको छैन।

यही सन्दर्भमा चिनियाँ राष्ट्रपति सी चिनफिङले नयाँ वर्ष सन् २०२० का अवसरमा डिसेम्बर ३१ तारिख मंगलबार साँझ दिएको शुभकामना सन्देश नेपाली नेताका लागि पनि मननयोग्य छ। सत्तामा पुगेपछि ठूला मुद्दा सँगसँगै जनताका सानातिना समस्यालाई पनि कसरी ध्यान दिनुपर्छ भन्ने कुरा नेपाली नेताले चिनियाँ शासकबाट सिक्नुपर्छ।

सत्तामा पुगेपछि ठूला मुद्दा सँगसँगै जनताका सानातिना समस्यालाई पनि कसरी ध्यान दिनुपर्छ भन्ने कुरा नेपाली नेताले चिनियाँ शासकबाट सिक्नुपर्छ।

जनताका पीडा र दुःख बुझ्ने व्यक्ति मात्र नेता हुन्छ भन्ने चिनियाँ भनाइ छ। नेपालमा संघीयताको कार्यान्वयसँगै स्थानीय तहले लागू गरेका जथाभावी करले जनतालाई दिक्क बनाएको छ। चीनमा पनि कर बढी भयो भन्ने जनगुनासो सरकारले सुनेको छ। सन् २०१९ मार्चमा राष्ट्रिय जनकंग्रेसले पारित गरेको कर कटौती ऐनअनुसार चीनले सन् २०१९ मा मात्र २० खर्ब चिनियाँ युआनभन्दा बढी कर कटौती गरेको छ। कर लाग्ने व्यक्तिगत आयको न्यूनतम मापदण्ड पनि बढाएको छ। सर्वसाधारणका लागि अति आवश्यक थुप्रै औषधिको मूल्य घटाएको छ। यी नीतिले गरिबी निवारणमा पनि मुख्य भूमिका खेल्ने ठानिएको छ।

चीनले सन् २०२० मा गरिबी निर्मूल गर्ने घोषणा गरिसकेको छ। त्यसका लागि सन् २०१९ आधार वर्ष थियो। त्यस वर्ष चीनका करिब ३४० वटा विपन्न जिल्ला गरिबीबाट मुक्त भएका छन् भने करोडभन्दा बढी व्यक्तिलाई गरिबीबाट उकासिएको छ। गत मार्चमा सरकारी कार्यप्रतिवेदन पेस गर्दै प्रधानमन्त्री ली खछ्याङले २०१९ लाई कठिन वर्ष हुने बताएका थिए। अमेरिकासँगको व्यापार द्वन्द्वसँगै हङकङमा भड्किएको दंगाले चीनलाई अत्यन्त कठिन अवस्थासँग पौंठेजोरी खेल्नुपरेको थियो। सी सत्तामा आएपछि चीनले मुख्य दुईवटा शत्रुका रूपमा गरिबी र प्रदूषण भनेर घोषणा गरेको थियो। विश्व बैंकको तथ्यांकअनुसार पछिल्लो समय विश्व गरिबी निवारणमा चीनको योगदान ३० प्रतिशतभन्दा बढी छ। सबैभन्दा ठूलो निर्यात मुलुक, सबैभन्दा धेरै विदेशी मुद्रा सञ्चिति, सबैभन्दा ठूलो विदेशी लगानीको केन्द्र आदिले  चीनलाई विश्व अर्थतन्त्रको मुख्य इन्जिन र विश्वको कारखाना पनि भनिन्छ। गरिबी निवारणजस्तै वातावरण संरक्षणमा पनि चीनले ठूलो उपलब्धि हासिल गरेको छ। विश्व जलवायु परिवर्तनका क्षेत्रबाट अमेरिकाले हात झिकेपछि चीनले नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको छ।

चीनले सन् २०१९ मा तीनवटा कठिन महापरियोजना अगाडि बढाएको सीले नयाँ वर्षको सन्देशमा उल्लेख गरेका छन्। उनले उल्लेख गरेका तीनवटा महापरियोजनामा पैचिङ, थिआनचिन र हपैको एकीकृत विकास योजना पहिलो हो। चीनलाई सुधार र खुलापनमा डो¥याउने तङ स्याओफिङले सनचन विकास गरेजस्तै सीले आफू सत्तामा आएपछि पैचिङ, थिआनचिन र हपैको एकीकृत विकास गर्ने महत्वाकांक्षी परियोजना अगाडि सारेका हुन्। सीले उल्लेख गरेको दोस्रो महापरियोजनामा याङसी नदी क्षेत्रको आर्थिक विकाससँगै क्वाङतोङ, हङकङ र मकाउबीचको विशाल खाडी क्षेत्रको निर्माण र याङसी नदी त्रिकोण क्षेत्रको एकीकृत विकास योजना हो। दुई वर्षको तयारीपछि यसको विकास तीव्र गतिमा अगाडि बढेको छ। ह्वाङह अर्थात् पहेंलो नदी क्षेत्रको पर्यावरण संरक्षण तथा त्यसको गुणस्तरीय विकासलाई सीले सन् २०१९ मा सुरु  महापरियोजना भनेका छन्। यी तीनवटै महापरियोजना निर्माण चीनको राष्ट्रिय रणनीति बनेको छ। नेपालले पनि ठूला र महŒवपूर्ण परियोजनालाई राष्ट्रिय गौरवका योजनाभित्र राख्ने गरेको छ, तर कार्यप्रगति नगन्य हुन्छ। उचित अनुगमन पनि हुँदैन। नेपालले दसकौंसम्म पूरा गर्न नसक्नेजस्ता परियोजना चीनले १ वर्षभित्रै सम्पन्न गरेका उदाहरण कैयौं छन्।

सन् २०१९ मा चीनको जिडिपी हजार खर्ब युआन पुगेको छ र प्रतिव्यक्ति  आय १० हजार अमेरिकी डलर पुगेको छ। चीनको जिडिपीमा गत वर्ष मात्र करिब सय खर्ब युआन बढेको छ। यो अस्ट्रेलियाको सन् २०१८ को जिडिपी बराबर हो। केही समयअगाडि नेपालका एकजना मन्त्रीले नेपालीको प्रतिव्यक्ति आय २२ हजार अमेरिकी डलर पु¥याउने भनेर उडन्ते कुरा गरेका थिए। चिनियाँ नेताले जस्तै नेपाली नेताले पनि तथ्यमा आधारित भएर साँचो कुरा मात्र बोलिदिए जनताले विश्वास त गर्ने थिए।

सीले सन् २०१९ मा चिनियाँ क्रान्तिका महत्वपूर्ण स्मारकस्थल पुगेर सहिदप्रति उच्च श्रद्धा व्यक्त गरेका छन्। च्याङसी प्रान्तको यु तुमा रहेको लाल सेना लङमार्च सुरु भएको स्थान, ह नान प्रान्तको सिन जिल्लाको हुपै, आन ह्वैको क्यापिटल क्रान्तिकारी संग्रहालय, कानसु प्रान्तको काउथाई सी स्थल सेनाको स्मारक र पैचिङको स्याङसान पहाडको क्रान्तिकारी स्मारक स्थलजस्ता चिनियाँ क्रान्तिका महत्वपूर्ण स्थानमा पुगेको उल्लेख गर्दै इतिहास बिर्सन नहुने सन्देश सीले दिएका छन्।

राष्ट्रपति सी हरेक वर्ष सर्वाधारण जनताका घरमा पुगेर खाना खान्छन्। गुनासो सुन्छन्। राष्ट्र निर्माण र विकासका काममा जनतालाई प्राथमिकतामा राख्नुपर्छ भनेर उनले नेपाल भ्रमणका बेला पनि भनेका थिए। यही भाव बोकेर सी सन् २०१९ मा चीनका थुप्रै प्रान्तका जनताका घरमा पुगेका थिए। युननान प्रान्तको कुङसान पहाडमा बसोबास गर्ने तुलुङ जातिका सर्वसाधारणसँग भेटेर उनले कुराकानी गरेका थिए। फुचियान प्रान्तको सौनिङ जिल्लाको स्याताङ टाउन्सिपका पुराना साथीहरू भेटेका थिए। फुचियान प्रान्त सीले राजनीतिक विकास गरेको क्षेत्र पनि हो। उनले ‘वाङचे कक्षा’ का सिपाहीहरूसँग छलफल गरेका थिए भने पैचिङ खेलकुद विश्वविद्यालयको मास्टर डिग्रीमा अध्ययनरत खेलाडी विद्यार्थीका समस्या सुनेका थिए। मकाउ विशेष प्रशासनकि क्षेत्रका बालबालिका तथा स्वयंसेवक वृद्ध मजदुरलाई पत्र लेख्दै सीले उनीहरूको कामको प्रशंसा गरेका थिए।

सन् २०१९ मा राष्ट्र निर्माणका क्षेत्रमा महŒवपूर्ण योगदान दिने व्यक्ति तथा खेलाडीको नाम उल्लेख गर्दै सीले उनीहरूको योगदानको उच्च प्रशंसा गरेका छन्। निस्वार्थ भाव बोकेका चाङ फु छिङ, गरिबी निवारणमा सक्रिय ह्वाङ वन स्यु, आगलागीमा उद्धार गर्ने क्रममा निधन भएका सछ्वान प्रान्तको मु लीका ३१ सैनिक, आफ्नो शरीर थापेर सहकर्मीको ज्यान बचाउने तु फु को, विश्व महिला भलिबल कपमा ११ पटक विजय प्राप्त गर्ने खेलाडीहरूप्रति उनले सम्मान प्रकट गरेका हुन्। चिनियाँ नेता किसानका घरमा पुगेर गुनासा सुन्छन्। नेपालका किसानले वर्षौंदेखि आफ्नो उखुको भुक्तानी माग गर्दा पनि सरकार कानमा तेल हालेर बस्छ। किसानमारा उद्योगीलाई नै मन्त्री बनाएपछि किसान अलपत्र पर्नु कुन अचम्म भयो र !

सन् २०१९ मा चीनले अन्तरिक्ष क्षेत्रमा पनि सफलता प्राप्त गरेको छ। सीले आफ्नोे शुभकामना सन्देशमा त्यसलाई महŒवपूर्ण उपलब्धिका रूपमा उल्लेख गरेका छन्। छाङ अ चौथो रकेट चन्द्रमाको पछाडिपट्टि अवतरण गरेको कुरा मानव इतिहासमा नयाँ हो। त्यसैगरी चीनले लङ मार्च पाँचौं क्यारियर रकेट पनि सफलतापूर्व प्रक्षेपण गरेको छ। हिम ड्रागन दोस्रो बरफ फोड्ने प्रविधियुक्त जहाजले पहिलोपटक दक्षिणी ध्रुवको यात्रा गरेको छ भने पैतौ नेभिगेटरको विश्वव्यापी सञ्जाल निर्माण निर्णायक अवधिमा प्रवेश भएको उनले बताएका छन्। चीनले सन् २०१९ मै फाइभ जीको व्यापारिक उपयोग गर्न थालेको हो भने तासिङ अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याएको छ।

चिनियाँ विकासमा सन् २०२० कोसेढुङ्गा बन्दै छ। चौतर्फी रूपमा सम्पन्न समाज निर्माण गर्ने लक्ष्यमध्ये चीनले पहिलो सय वर्षको लक्ष्य पूरा गर्दै छ। चिनियाँ कम्युनिस्ट पार्टी स्थापना भएको पनि यही वर्ष सय वर्ष पुग्दै छ।

आचार्य बेइजिङस्थित चिनियाँ अन्तर्राष्ट्रिय रेडियो सिीआरआई नेपाली सेवामा विदेशी विशेषज्ञका रूपमा कार्यरत छन्।
अर्को समाचार
राष्ट्रिय दिवसमा सीको सन्देश : आत्मविश्वासका साथ अघि बढे चीनको पुनरुत्थान रोकिँदैन
१५ असोज २०८३
•
२ मिनेट पाठ
राष्ट्रिय दिवसमा सीको सन्देश : आत्मविश्वासका साथ अघि बढे चीनको पुनरुत्थान रोकिँदैन
चिनियाँ राष्ट्रपति सी जिनपिङले चीनलाई आत्मविश्वासका साथ अघि बढ्दै राष्ट्रिय पुनरुत्थानको लक्ष्य हासिल गर्न ठोस कदम चाल्न आह्वान गरेका छन्।




चीनको ७७औँ स्थापना दिवसको अवसरमा बुधबार बेइजिङस्थित ग्रेट हल अफ द पिपलमा आयोजित स्वागत समारोहलाई सम्बोधन गर्दै उनले निरन्तर प्रयास र स्पष्ट लक्ष्यका साथ अघि बढे सफलता हासिल गर्न सकिने बताएका हुन्।

सीले भने, ‘चिनियाँ राष्ट्रको महान् पुनरुत्थान रोक्न सकिँदैन। जबसम्म हामी आत्मविश्वासी रहन्छौँ, आफ्ना लक्ष्यमा केन्द्रित उङ्छौँ र स्थिर रूपमा चरणबद्ध ढंगले अघि बढ्छौँ, सफलता अन्ततः चिनियाँ कम्युनिस्ट पार्टी, चिनियाँ जनता र जनवादी गणतन्त्र चीनको हुनेछ।’

सो अवसरमा उनले पछिल्ला ७७ वर्षमा चीनले तीव्र आर्थिक वृद्धि र दीर्घकालीन सामाजिक स्थिरता हासिल गरेको बताए। यस वर्ष पनि विभिन्न दबाबका बाबजुद चिनियाँ अर्थतन्त्रले प्रगति कायम राखेको र नवप्रवर्तनमा आधारित उच्च गुणस्तरको विकासतर्फ अघि बढिरहेको सीले बताए। उनले आर्थिक विकासको गति कायम राख्दै जनताको जीवनस्तर सुधार गर्न र सन् २०२६ देखि २०३० सम्म लागू हुने १५औँ पञ्चवर्षीय योजनाका लक्ष्य पूरा गर्न प्रयास गर्नुपर्ने बताए।

उनले हङकङ र मकाउसँग सम्बन्धित ‘एक देश, दुई प्रणाली’ नीतिप्रति प्रतिबद्धता दोहोर्‍याउँदै दुवै क्षेत्रलाई चीनको समग्र विकासमा थप जोड्न प्रयास गरिने बताए। साथै, ताइवानसँगको सहकार्य बढाउँदै शान्तिपूर्ण रूपमा राष्ट्रिय एकीकरण अघि बढाउनुपर्ने उनले बताए।

यसबिच बिहीबार चीनले ७७औँ स्थापना दिवस मनाएको छ। बेइजिङको तियानआनमेन स्क्वायरमा बिहानैदेखि ठुलो भीड जम्मा भएको थियो। राष्ट्रिय झण्डा फहराउने समारोह हेर्न चीनका विभिन्न स्थानबाट एक लाखभन्दा बढी मानिस पुगेको सिन्ह्वाले जनाएको छ। राष्ट्रिय दिवसका अवसरमा चीनका विभिन्न सहरमा झण्डा, फूल र अन्य सजावट गरिएको थियो।

सन् १९४९ अक्टोबर १ मा जनवादी गणतन्त्र चीन स्थापना भएको थियो। त्यसयता चीन विश्वको दोस्रो ठुलो अर्थतन्त्र बनेको छ। सन् २०२५ मा चीनको कुल गार्हस्थ्य उत्पादन १४० ट्रिलियन युआनभन्दा माथि पुगेको थियो। नयाँ ऊर्जा सवारीसाधन, औद्योगिक रोबोट, चिप तथा अन्य प्रविधिको उत्पादनमा पनि चीनले उल्लेख्य विस्तार गरेको जनाएको छ।

यसैबिच, चीनले बुधबार देशको विकासमा योगदान पुर्‍याएको भन्दै ५० विदेशी विज्ञलाई सन् २०२६ को चिनियाँ सरकार मैत्री पुरस्कार प्रदान गरेको थियो। कार्यक्रममा राज्य परिषद् सदस्य शेन यिछिनले विदेशी विज्ञहरूले चीनको आर्थिक तथा सामाजिक विकास र विभिन्न देशबिचको सहकार्यमा महत्त्वपूर्ण भूमिका खेलेको बताएकी थिइन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस