इन्टरनेटको अवरोध
२३ पौष २०७६
•
८ मिनेट पाठ
इन्टरनेटको अवरोध
एक महिनाअघि अर्थात्गत डिसेम्बर १० तारिख नेपालसहित विश्वले अन्तर्राष्ट्रिय मानवअधिकार दिवस मनायो। सन् १९४८ डिसेम्बर १०मापेरिसमा बसेको संयुक्तराष्ट्रसंघीय सुरक्षा परिषद्को बैठकले मानव अधिकारसबन्धी विश्वव्यापी घोषणा गरेको हो। त्यही ऐतिहासिक घोषणाको सम्झनामा हरेक वर्ष अन्तर्राष्ट्रिय मानवअधिकार दिवस मनाइँदै आइएको छ। आजको परिप्रेक्ष्यमा इन्टरनेट अधिकार आधारभूत मानव अधिकारका रूपमा विकास भएको छ। फेसबुक, ट्विटर, ह्वाट्सव, इन्टाग्राम र अन्य एप्लिकेसन आमजनसमुदायबीच अन्यन्त लोकप्रिय भएका छन्। यी सञ्जाल आमजनचासोकाविषयमा सूचनाको स्रोत बनेकाछन्। यसरी विभिन्न सामाजिक विषयवस्तुको सूचना तथा छलफलमा यी सामाजिक सञ्जालको महत्वपूर्ण भूमिका रहँदै आएको छ। यी सञ्जालले जर्मन दार्शनिक युर्गेन हावरमासले भनेझैँ एउटा ‘पव्लिक स्फेयर’ (सार्वजनिक क्षेत्र)को सिर्जना गरेका छन्। यस्ता स्थानबाट जनसाधारणले निर्धक्क आफ्ना विचार राख्न सक्छन्। हावरमासले ‘पव्लिक स्फेयर’ झैँ यी सामाजिक सञ्जालले सबैलाई यो अवसर दिएकाछन्। पररम्परागतरूपमा हाम्रो समाजमा पनि चौतारी र चोकमा बसेर निर्धक्करूपमा आपसी छलफल गर्ने प्रचलन थियो र त्यो अद्यापि गाउँमा कायमै छ। प्रविधिको प्रयोगसँगै त्यही परम्परागत चौतारीको निरन्तरताका रूपमा यी समाजिक सञ्जाल आएकाछन्र यी सामाजिक सञ्जाल हाम्राजीवनपद्धति बनेकाछन्। १ करोडभन्दा बढी नेपालीले फेसबुक प्रयोग गर्ने तथ्यांकले यी सामाजिक माध्यमको लोकप्रियता देखाउँछ। नेपालमा ९० प्रतिशतभन्दा बढी जनसंख्यासँग मोवाइल फोन छ र त्यसमा पनि आधाभन्दा बढीले सामाजिक सञ्जालहरूको व्यापक प्रयोग हुने स्मार्टफोन प्रयोग गर्छन्। विश्वमा शौचालयभन्दा बढी मोबाइल फोनमा पहुँच रहेको तथ्य सार्वजनिक भइसकेको छ। 

सरकारले अगाडि बढाएको र हाल संसद्मा दर्ता भएको सूचना तथा प्रविधिसम्बन्धमा व्यवस्था गर्न वनेको विधेयकका केही व्यवस्थाले अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने र  आमनागरिकको मौलिक अधिकार हनन गर्न सक्ने भनेर सर्वत्र आलोचना भएकोछ। सरकारले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित र मर्यादित बनाउन आवश्यक कानुन व्यवस्था गर्न प्रचलित कानुनलाई संसोधन र एकीकरण गर्न आवश्यक भएकाले यो विधेयक प्रस्तावित गरिएको तर्क  गरेको  छ। सूचना प्रविधिको विकास, प्रवद्र्धन र नियमन गर्न, विद्युतीय अभिलेख तथा हस्ताक्षरको मान्यता, सत्यता र विश्वसनीयतालाई नियमित गर्न, विद्युतीय माध्यमबाट सार्वजनिक सेवा प्रवाह गर्न, साइबर सुरक्षाको समुचित व्यवस्था गरी साइबर अपराधलाई नियन्त्रण गरी सर्वसाधारणको हित कायम गर्न विधेयक आवश्यक रहेको तर्क सरकारको छ। केही हदसम्म विधेयकको औचित्य र आवश्यकतालाई स्वीकार गर्न सकिन्छ तर नागरिकको विचार र अभिव्यक्तिको स्वतन्त्रतालाई कुण्ठित गर्ने, संविधानको प्रतिकूल हुने र आमनागरिकको मौलिक अधिकार हनन हुन सक्ने विधेयक कसैलाई पनि स्वीकार्य हुनै सक्दैन। त्यसमा पनि अहिले सूचना र सम्पर्कका निम्ति जीवनरेखासरह भएको इन्टरनेटको पहुँच खुम्च्याउने गरी हुन लागेका व्यवस्थाले मुलुकलाई अँध्यारो युगतर्फ धकेल्ने देखिएको छ। यसका कारण इन्टरनेट सेवा प्रदायकको काममा समेत कठिनाइ उत्पन्न हुने देखिएको छ। उनीहरूलाई ‘तेस्रो पक्ष’को ‘फौजदारी दायित्व’ बहन गर्नु नपर्ने गरी राखिएका प्रावधानले इन्टरनेटको स्वतन्त्रतालाई कमजोर बनाउनेछ। बरु सेवाप्रदायकले निरन्तर प्रयोगकर्तामाथि निगरानी र तिनका सामग्री नष्ट गर्ने काममै आफूलाई व्यस्त गराउनु पर्नेछ।

यो विधेयक पारित गर्ने हतार पनि अचम्मलाग्दो छ। देशमा संघीयतालाई व्यवस्थित गर्न र ३ तहका सरकारबीच आपसी समन्वय, सहकार्य  र सम्वाद स्थापना गर्न कानुनी सुस्पष्टता दिन बाँकीनै छ। यी ३ तहका सरकारको जिम्मेवारीको अस्पष्टताले शिक्षा, स्वास्थ्य, कृषिलगायतका विभिन्न विकास परियोजनाको कार्यान्वयनमा समस्या आइरहेको छ र तिनको यथाशीघ्र सम्बोधन गर्नुपर्ने अवस्था छ।अर्काेतिर यो विधेयकलाई यथाशीघ्र अगाडि बढाउनुपर्ने हतार सरकारलाई किन भइरहेकोछ? चाखलाग्दो विषय बनेकोछ। यो विधेयकको एउटा व्यवस्थाले राज्यले व्यक्तिका सूचना तथा तथ्यांकहरू, फोनमा हुने कुराकानीको ट्यापिङ र इमेलहरूलाई इन्टरसेप्ट गर्न सक्नेसम्म अधिकार दिएकोछ। यस्तै सामाजिक सञ्जालको दुरूपयोगमा जन्मकैदसम्मको त्रास देखाइएको छ। यसैगरी इन्टरनेट सेवाप्रदायकमाथि पनि घुमाउरो पाराले फौजदारी दायित्वको तरवार झुण्ड्याइएकोछ। विगतमा कहिले मिडिया काउन्सिल विधेयकको नाममा कहिले दण्डसंहितासशोधनका नाममा सविधानप्रदत्त आधारभूत अधिकारहरू नियन्त्रण गर्न सरकार उद्यत देखिन्छ। यसरी क्रमागतरूपमा सरकार सविधानले दिएको आधारभूत वाक स्वतन्त्रतालाई कुण्ठित पार्दै प्रविधिका कारण आमजनमानसको परिवर्तित जीवन पद्धतिलाई अंकुश लगाउन खोजेकोछ र जुन सर्वथा अनुचित र निन्दनीय छ। यसले हाम्रो लोकतन्त्रलाई खुम्च्याउनेछ। यस किसिमका प्रावधान संशोधन गरी सरकारले आफ्नो छवि सुधार्न प्रयास गर्न सक्नुपर्छ।
अर्को समाचार
इरानमा ५७ दिनदेखि इन्टरनेट सेवा अवरोध
१२ वैशाख २०८३
•
२ मिनेट पाठ
इरानमा ५७ दिनदेखि इन्टरनेट सेवा अवरोध
इरानमा फेब्रुअरी २८ देखि जारी इन्टरनेटको अवरोधले ५७ दिन पूरा गरेको छ । यो एक विश्वव्यापी रेकर्ड हो । युद्ध र आन्तरिक सुरक्षाको नाममा लगाइएको यो प्रतिबन्धले देशको अर्थतन्त्र तहसनहस भएको दाबी गरिएको छ । यति मात्र होइन, नागरिकलाई सूचनाको मौलिक हकबाट पनि वञ्चित गरिएको छ ।

इरान अहिले अकल्पनीय डिजिटल सङ्कटबाट गुज्रिरहेको छ । इन्टरनेट निगरानी संस्था नेटब्लक्सको रिपोर्टका अनुसार इरानमा पछिल्लो ५७ दिनदेखि इन्टरनेट पूर्ण रूपमा बन्द छ । यो कुनै पनि देशमा लगाइएको विश्वको सबैभन्दा लामो राष्ट्रव्यापी इन्टरनेट प्रतिवन्ध हो । आठ हप्ताअघि सुरु भएको यो प्रतिबन्धले इरानका नौ करोडभन्दा बढी नागरिकलाई विश्वबाट अलग मात्र गरेको छैन, देशको अर्थव्यवस्थामा पनि ठूलो धक्का लागेको छ ।

अमेरिका–इजरायल आक्रमणपछि फेब्रुअरी २८ मा अचानक इन्टरनेट सेवा बन्द गरिएको थियो। क्षेत्रीय अस्थिरता र युद्धको खतराको बीचमा, इरानी प्रशासनले सूचनाको प्रवाहलाई पूर्ण रूपमा नियन्त्रण गर्न यसको सहारा लियो। नेटब्लकको तथ्याङ्क अनुसार यो अवरोधले अब एक हजार ३४४ घण्टाको अवधि पार गरेको छ । यसअघि सन् २०२६ जनवरीमा सरकारले विरोध प्रदर्शनको क्रममा आन्तरिक अशान्तिको समाचार बाहिर जानबाट रोक्न यस्तै प्रतिबन्ध लगाएको थियो ।

इन्टरनेटको यो लामो अवरोधले इरानको सामान्य जनजीवन अस्तव्यस्त पारेको छ। बैंकिङ सेवाहरू, अनलाइन व्यापार र यातायात नेटवर्कहरू पूर्ण रूपमा ठप्प भएका छन्। विज्ञहरुले इन्टरनेट सेवाको सहज पहुँच नहुदा इरानको अर्थतन्त्रलाई अहिलेसम्म कुल २.५ अर्ब डलर नोक्सानी भएको छ । प्रतिवन्धका कारण हरेक दिन करिब तीन लाख ७० करोड इरानी रियलको आम्दानी प्रभावित भइरहेको छ ।  

मानिसहरू आफ्ना परिवारका सदस्यहरूसँग सम्पर्क गर्न असुविधा भइरहेको छ । विदेशी मिडिया र स्वतन्त्र सूचना स्रोतहरूमा पहुँच पूर्ण रूपमा अवरुद्ध छ, जसले देशभित्र डर र अनिश्चितताको वातावरण सिर्जना गरेको छ ।

इरानी अधिकारीहरूले स्टारलिङ्क जस्ता स्याटेलाइट इन्टरनेटलाई रोक्न  सैन्य ‘ग्रेड ज्यामर’हरू प्रयोग गर्न थालेका छन्, साथै सञ्चारको वैकल्पिक मार्गहरू पनि बन्द गरेका छन्।  

एकातिर इरान डिजिटल रूपमा विश्वबाट छुट्टिएको छ, अर्कोतिर अमेरिका र इजरायलसँग उसको कूटनीतिक गतिरोध पनि गहिरिँदै गएको छ । इरानका विदेश मन्त्री अब्बास अराघची हालै पाकिस्तान पुगेका छन् । जहाँ उनी क्षेत्रीय सुरक्षाबारे छलफल गरिरहेका छन् । हाल इरानमा इन्टरनेटको पुनस्र्थापनाका लागि कुनै समयसीमा तय गरिएको छैन, जसका कारण यो ‘डिजिटल अन्धकार’ अझ लम्बिने सम्भावना छ ।
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock २० मिनेट अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock १ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock १ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
प्रधानमन्त्री शाहको चीन भ्रमणबारे परराष्ट्रमन्त्री खनालले के भने ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
प्रधानमन्त्री शाहको चीन भ्रमणबारे परराष्ट्रमन्त्री खनालले के भने ?
प्रधानमन्त्री बालेन्द्र शाहको चीन भ्रमणको तयारीबारे चर्चा भए पनि भ्रमणको मिति अझै तय नभएको पाइएको छ।
Whatsapp
लगानीमैत्री वातावरण बनाउन सरकारले केही दिनभित्रै कानुन संशोधन गर्ने
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
लगानीमैत्री वातावरण बनाउन सरकारले केही दिनभित्रै कानुन संशोधन गर्ने
परराष्ट्रमन्त्री शिशिर खनालले लगानीमैत्री वातावरण निर्माणका लागि कानुनी तथा नियामकीय सुधार सरकारको प्राथमिकतामा रहेको बताएका छन्।
Whatsapp
सातबुँदे प्रतिबद्धतासहित काठमाडौं जलवायु घोषणा जारी, कार्यान्वयनमा जोड
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे प्रतिबद्धतासहित काठमाडौं जलवायु घोषणा जारी, कार्यान्वयनमा जोड
जलवायु परिवर्तनका कारण बढ्दै गएको बाढी, पहिरो, अत्यधिक तापक्रम, जलस्रोत संकट र वायु प्रदूषणका चुनौती सामना गर्न काठमाडौं महानगरपालिकाले सात बुँदे प्रत...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस