उच्चस्तरीय राजनीतिक कार्यदलले २०६७ कार्त्तिक १८ गते वंशजका आधारमा नागरिकता प्राप्त गर्न बाबु र आमा दुवै नेपाली नागरिक हुनुपर्ने निर्णय गरेको छ। कार्यदलले मौलिक हक तथा निर्देशक सिद्धान्त समितिको प्रतिवेदनमा रहेका नागरिकतासँग सम्बन्धित मतभिन्नतासम्बन्धी प्रश्नावलीमाथि छलफलका क्रममा यो निर्णय भएको हो।
त्यसैगरी, नेपाली महिलासँग विवाह गर्ने विदेशी पुरुषले वैवाहिक अंगीकृत नागरिकता लिन पन्ध्र वर्ष नेपालमा स्थायी बसोबास गरेको हुनुपर्ने निर्णय गरिएको छ। कार्यदलले नेपाली नागरिकसँग विवाह गर्ने विदेशी महिलालाई भने विदेशको नागरिकता त्याग गर्ने कारवाही चलाएपछि नेपालको नागरिकता दिने निर्णय गरेको छ। नेपाली आमाबाट जन्मेर नेपालमै बसेको तर बाबुको पहिचान नभएको व्यक्तिलाई वशंजका रूपमा नागरिकता दिने तर बाबु विदेशी नागरिक प्रमाणित भए त्यस्तो नागरिकता स्वतः अंगीकृतमा परिणत हुने निर्णय पनि कार्यदलले गरेको छ। कार्यदलले वैवाहिक आधारमा अंगीकृत नागरिकता प्राप्त महिलाबाहेक अरू अंगीकृत नागरिक नेपालको राष्ट्रप्रमुख उपराष्ट्रप्रमुख, प्रधानमन्त्री, संघीय व्यवस्थापिका र न्यायपालिका प्रमुख, सुरक्षा निकाय प्रमुख, संघीय व्यवस्थापिका र प्रदेशका प्रमुख तथा उपप्रमुख हुन नसक्ने निर्णय पनि गरेको छ।
नागरिकतासम्बन्धी यी निर्णयहरू न्यायिक व्याख्यामार्फत सर्वोच्च अदालत, विधायिकी कानुनमार्फत विधायिका र जनआन्दोलनको परिणाम नेपालको अन्तरिम संविधान, २०६३ तथा मौलिक हक समितिले एकहदसम्म स्वीकार गरेको व्यवस्थाभन्दा अनुदार देखिन्छ। अन्तरिम संविधानमा रहेको बाबु वा आमामध्ये एकको नागरिकतालाई आधार मान्ने प्रावधानको साटो आमा र बाबु दुवै नेपाली नागरिक भएमात्र वंशजका आधारमा नागरिकता दिने व्यवस्था प्रस्ताव गरी प्राविधिक जटिलता थपेर सार र परिणाम असमान बनाइएको छ। यस्तै, मौलिक हक समितिले विदेशीसँग विवाह हुँदा महिला र पुरुष जो भए पनि नागरिकता लिन पन्ध्र वर्ष नेपालमा बसोवास गर्नुपर्ने प्रावधान राखेकोमा नेपाली महिलाले विदेशीसँग विवाह गरेको भए निजको पतिको हकमा मात्र पन्ध्र वर्षे प्रावधान लागू हुने विभेदकारी व्यवस्था गरेको छ।
कार्यदलको निर्णयले महिलाको अधिकार कुण्ठित गर्नुका साथै कतिपय अवस्थामा बालबालिका राज्यविहीन हुनसक्ने अवस्थालाई निम्त्याएको छ। बाबु र आमा दुवै नेपाली नै भए पनि कारणवश दुवै वा कुनै एक जनासँग नेपाली नागरिकताको प्रमाणपत्र नभए तिनका सन्तानलाई नागरिकताको प्रमाणपत्र लिन अप्ठेरो पर्नसक्छ। त्यसैगरी नेपाली महिला वा पुरुषसित विवाह गरेका विदेशी महिला वा पुरुषले नेपाली नागरिकता लिन नचाहेमा तिनका सन्तानले पनि नागरिकताको प्रमाणपत्र नपाउने हुन्छ। पतिले अंगीकृत नागरिकता पाउन १५ वर्षसम्म नेपालमा स्थायी बसोवास गरेको हुनपर्ने निर्णयले विदेशी पुरुषसित विवाह गर्ने नेपाली महिलाका सन्तानले नागरिकता प्राप्त गर्ने सम्भावनै कम हुन्छ। सबै बालबालिकाको नाम, परिचय र राष्ट्रियताको अधिकार मौलिक अधिकारमा पर्छन् तर माथिका प्रावधानले बालबालिकालाई राज्यविहीन बनाउने खतरा उत्पन्न भएको छ।
आमाको नागरिकताका आधारमा वंशजको नागरिकता पाउने अधिकार नदिइँदा एकल महिला, यौनकर्मी र बलात्कारबाट जन्मेका बालबालिकाको अधिकार पनि हनन हुन्छ। उच्चस्तरीय कार्यदलको यो निर्णय लैङ्गिक असमानताको उद्गम स्रोत हुन त पुगेको नै छ त्यसैलाई निरन्तरता दिने सशक्त वैधानिक संरचना बनाउन खोजिएको देखिन्छ। यसले आमाको नामबाट वंश चल्न नसक्ने पितृसत्तात्मक चिन्तन, विचार र प्रणालीलाई संस्थागत गरी लैंगिक समानता र महिलाअधिकारलाई गम्भीर चुनौती दिएको छ। यसबाट विश्वव्यापी मानवअधिकार घोषणापत्रबाट निःसृत नागरिकताको अधिकार, महिलामाथि हुने सबै प्रकारका भेदभाव उन्मूलनसम्बन्धी सन्धि, १९७९ ले प्रदान गरेको बालबालिकाको राष्ट्रियताका सम्बन्धमा महिलाको समान अधिकार, बालअधिकार महासन्धिअनुसारको बालबालिकाको राष्ट्रियता, नाम र परिचयको अधिकारमा अतिक्रमण भएको छ। साथै, राज्यविहीनहरूको अवस्थासम्बन्धी महासन्धि, १९५४, राज्यविहीनताको अवस्था कम गर्ने सम्बन्धी महासन्धि, १९६१ ले गरेको व्यवस्थालगायत महिलामाथि भेदभाव अन्त्य सम्बन्धी संयुक्त राष्ट्रसंघीय समितिले नेपाली महिलाका सन्तानलाई आमाको नामबाट पनि वंशजका आधारमा नागरिकता दिन गरेको सिफारिसको पनि उपेक्षा गरिएको छ।
उच्चस्तरीय राजनीतिक कार्यदलका यो अनुदार निर्णयको कुनै सैद्धान्तिक आधार पनि छैन। जनताको अधिकार खोसेर राष्ट्रियता बलियो हुन्छ भन्ने ठान्नु मूर्खता हो। व्यवहारिकरूपमा नेपाली महिला बिहा गर्ने भारतीयको संख्याबाट समस्या हुन्छ भन्ने ठानिएको हो भने त्यसको समाधान व्यावहारिक उपायबाटै खोज्नुपर्छ।
यस प्रकारको एकाधिकारवादी प्रवृत्तिले नेपाली जनतालाई सार्वभौम बन्न दिँदैन। यसैले समानतामा आधारित नागरिकताको अधिकार, बावु र आमामध्ये एक नेपाली नागरिक भएमा निजका सन्तानले वंशजको आधारमा नागरिकता प्राप्त गर्नसक्ने आधार र व्यवस्था आगामी संविधानमा व्यवस्था गर्नु आवश्यक देखिन्छ।