नेपाली जनताको बुझाइमा निरंकुश राजतन्त्र र उग्रवामपंथ खासै भिन्न छैन। मोहनविक्रम सिंह र निर्मल लामालाई कमजोर पारिसकेपछि मोहन वैद्यलाई सेक्टर काण्डमा 'माकुराका माउ' बनाइएको थियो। त्यस यता माओवादी नामको पार्टीको 'स्टेरिङ' पुष्पकमल दाहालका हातमा छ र पातलो मसालबाट २०४८ सालमा मिसिएका बाबुराम भट्टराई सहचालकका भूमिकामा छन्। आफ्नै जिल्लामा दाहाललाई तालीहीन बनाएर भट्टराईले उनका सिटमा आँखा गाडेका पनि दाहालको जबाफ छ- 'ड्राइभर रातारात हुन सकिँदैन। ड्राइभरले स्टेरिङ्ग एकाएक कन्डक्टरलाई बुझाउने कुरा पनि आउँदैन।' झलक्क सम्झे पनि भन्ने आँट कसैसँग छैन- 'सेक्टर काण्डमा त रातारात ड्राइभर फेरिएको थियो नि। अब माकुराले जस्तो फुल फुटाएर माउलाई खाने पालो हाम्रो हो।'
पन्ध्र हजारलाई किचेर ठहरै पार्दा, लाखौंको अंगभंग गर्दा, जंगल तथा लोकमार्गका सबारी नियम खुला उल्लंघन गर्दा पनि दण्डको भागीदार हुनु नपरेकाले माओवादीका चालकको उन्माद चरमसीमामा पुगेको छ तर सहचालकको झोक भने द्विअर्थी छ। उनको झोकको निसाना बस चालकलाई खवरदारी गर्नेहरू हुन् वा मात्तिएको ड्राइभर स्पष्ट छैन। ड्राइभरको उन्माद र कन्डक्टरको झोकमा चलेको बसमा यात्रा गर्दा पुगिने ठाउँ यमलोक हो। यस्तो थाहा पाउने चतुर यात्रीले बस बदल्ने गर्छ। महाविपत्ति सिद्धान्तका परिकल्पनाकार माओवादी हस्तीप्रति कार्यकर्ता पंक्तिमा देखापरेको विकर्षणले यही संकेत गरेको छ। त्यसैले प्रचण्डपथ वा एक्काइसौं शताब्दीको जनवाद जे भने पनि त्यसको नमिठो स्वाद सबैभन्दा बढी चाखेको कार्यकर्ता सायद पंक्ति घोत्लिँदै छ - जनयुद्धमा हाम्रा नेताका एघार पुस्ता यताकाले रौँ पनि गुमाउनु परेन। के अब आउने आँधीबेहरीमा हाम्रा नेताले नेतृत्वको परम सुरक्षा र कार्यकर्ताको अत्यधिक बलिदानको 'सिन्डिकेट' राज खारेज गर्लान् त?"
पालुङटारबाट दाहालप्रतिको आकर्षणको निरन्तरतामा क्रमभंग भएको सत्य सतहमा आएको छ। यो खुला र स्पष्ट हुनुपर्ने राजनीतिलाई फोहरी खेल सिद्ध गर्ने नेतृत्वको चतुर्याइँप्रति कार्यकर्ताको मोहभंग हुनथालेको लक्षण हो। यसैलाई लुकाउन अर्थमन्त्री सुरेन्द्र पाण्डेलाई संसद्मा हातपात गरे पनि कार्यकर्तामा यस अघिझैँ नेताले जे गरे पनि जयजय गर्ने कमजोरी नदेखिनु भने शुभ संकेत हो।
अघिल्लो चुनावमा कांग्रेस, फोरम, राप्रपा, तमलोपा र अन्य कट्टरपंथी राजावादीले एमालेलाई घेर्दा आफूलाई फाइदा पुगेको तर अब हुने चुनावमा घेरिने पालो आफ्नो हुने सही अनुमान गरेरै माओवादी नेतृत्व बेचैन बनेको हो। युद्धमा जाँदा लिट्टे हुने र चुनावमा जाँदा फिष्टे हुने राजनीतिक जन्मकुण्डलीमा लेखिएको ग्रहदशा टार्न जति गाई काटे पनि र जति भैँसी पुजे पनि संभव देखिँदैन। माओवादी नेताको सदाबहार चिडचिडाहट र कार्यकर्तालाई सदाचारको राजनीति नभई अनाचार, अराजकता, आतंक, मारकाट, लुटपाट, सम्प्रदायिकतावाद र पृथकतावादको सेवामा लाग्न निरन्तर गरिने उक्साहटले माओवादीको नियत ठीक नभएको प्रष्ट पारेको छ। संविधान सभा चुनावअघि आफ्ना प्रतिद्वन्द्वी एमाले नेता केपी ओलीमात्र थिए, अब देशको एकहत्तर प्रतिशत जनमत र सत्तारुढ गठबन्धनमा सामेल बाइस दल भएको यथार्थलाई चतुर राजनीतिक खेलाडी दाहालले राम्रै बुझेका भए पनि आमहडताल प्रकरण शैलीको अरू दलको अन्तरद्वन्द्वमा खेल्ने शंङ्खला जारी छ। झापालीले नेकपाको नेतृत्वलाई विद्रोह गरेर विस्थापित पारी २०४६ सालको जनआन्दोलन र २०४८ को आमनिर्वाचनमार्फत् आफ्नो अग्रसरतालाई सही र आफ्नो संगठनलाई श्रेष्ठ साबित गर्न सकेका थिए। पुरानो पुस्ताका नेताको सौन्दर्य शास्त्री नभई दाहालले पनि सेक्टर काण्डको अभ्यासबाटै आफ्नो व्यक्तित्व र नेतृत्वलाई स्थापित गर्न सकेका हुन्। युथफोर्सको अध्यक्ष हँुदा महेश बस्नेतले प्रकारान्तरको विद्रोहमार्फतै एमालेका छाला जोगाउने मझौला नेताको भिडबाट पृथक पहिचान बनाउन सकेका हुन्। अब एमाले र माओवादीका युवा पुस्ताले संस्थापन पक्षका हस्तीको सौन्दर्यकर्मी हुनुछैन र जनआन्दोलका उपलब्धिलाई गुमाउनु छैन भने प्रकारान्तरको झापा विद्रोह, सेक्टरकाण्ड र युथफोर्सको हस्तक्षेप दोहोर्याउनु अपरिहार्य भइसकेको छ। 'जनयुद्ध'का नाममा अकालमा मृत्यु पत्र थमाएर माओवादी नेतृत्वले २०४८ को आमचुनाव र २०४९ सालको स्थानीय चुनाव हारेको प्रतिशोध जनतासँग लिएको पुष्टि हुँदैछ। राजा ल्याउने धम्की र कांग्रेस, एमाले, मधेसवादी दलविरुद्ध निषेधको राजनीति गर्ने मानसिकताले यही पुष्टि गर्छ। सैन्यवादी शैलीमा पार्टी चलाउने माओवादी हस्ती र नोकरशाही शैलीमा अघि बढेका एमालेका बहिदारहरूको चलखेल नरोकेसम्म पालुङटार भेला र गोकर्ण वार्तापछि नेताले गरेका पत्रकार सम्मेलन अनि निकुञ्जका पंक्षीको अरण्यरोदनबीच कुनै भिन्नता हुने छैन।