जोखिममा बालक
२३ माघ २०७६
•
२० मिनेट पाठ
जोखिममा बालक
हाम्रो समाजमा पितृसत्तात्मक सोचका कारण महिलामाथि धेरै क्षेत्रमा असमानता रहेको र महिलाहरू प्रारम्भदेखि नै जोखिममा रहँदै आएका मानिन्छ। केही वर्षयता गर्भैदेखि बालिकाको संरक्षण, उनीहरूको शिक्षा तथा विकास, संरक्षणलगायतका विविध पक्षलाई प्राथमिकतामा राख्न नीतिगत व्यवस्थादेखि कार्यक्रम तर्जुमासम्मबढिरहेको पाइन्छ। लैङ्गिक विभेद अन्त्य गर्न बालिकाको विषयलाई प्राथमिकता दिइएका यस्ता सबै प्रयासको सम्मान गर्दै यहाँ ओझेलमा पर्दै गरेको बालकको जोखिमताको विषयमा केही तथ्यगत चर्चा गरिएको छ।




२०६८ को जनगणनानुरूप नेपालको जनसंख्यामा ४१.८ प्रतिशत१८ वर्षमुनिका बालबालिका छन्। जसमाबालक ५०.७प्रतिशत छन्। परिवारबाट उचित हेरचाह, शिक्षा, स्वास्थ्य, पोषणलगायत समस्या एकातिर छन् भने हेलाँ, दुर्व्यवहार, यौनशोषण, श्रमशोषण, ओसारपसार, दुर्व्यसनलगायत बालसंरक्षणसँग सम्बन्धित थुप्रै समस्याका कारण बालबालिकाको जीवन जोखिमपूर्ण बन्दै गइरहेको छ। बालबालिकाको अवस्था सुधारका लागि उनीहरूभित्रका पनि विभिन्न समूहका विशेष समस्या तथा आवश्यकताको सही ढङ्गले विश्लेषण र सम्वोधन हुन जरुरीछ।

हाम्रो सामाजिक सोच, परम्परा, संस्कृति र हुर्काइका आधारमासामान्यतया बालकभन्दा बालिका सधैँ र अधिक जोखिममा रहन्छन् भन्ने मान्यता धेरैमा छ। बालिकाको प्राकृतिकरूपमा नै रहेको विशिष्ट शारीरिक संरचना, विशेष आवश्यकता र समाजबाट निर्मित उनीहरूलाई हेर्ने दृष्टिकोणलगायत कारण बालिका जोखिममा छन्। तर यसको अर्थ बालकसुरक्षित र जोखिममुक्त छन् भन्ने होइन। बालक र बालिकामा आइपर्ने जोखिम कतिपय समान छन् भने केही बेग्लै छन् त केहीमा मात्रात्मक भिन्नता देखिन्छ। कतिपय अवस्थामा बालिकाको जोखिमका विषयले अधिक प्राथमिकता पाइ बालकको जोखिमताको विषय ओझेलमा परेको तथा उनीहरूका समस्या सम्बोधनमा ध्यान नपुगेको देखिन्छ। यसको अर्थ बालिकाको जोखिमका कारण उनीहरूको संरक्षणलाई उच्च प्राथमिकता दिनु आवश्यक छैन भन्ने कदापि होइन।

संख्यात्मकरूपमा बालिका नै यौनशोषणको मारमा बढी पर्ने भए तापनि यौन शोषणको जोखिममा बालक पनि प्रशस्तै रहेका पाइन्छ।

कानुनले निषेध गरेको भएपनि बालश्रमशोषण हाम्रो समाजको एक दुःखद यथार्थता बनिरहेको छ। विद्यालयभित्र हुनुपर्ने थुप्रै कलिला बालबालिकाले आफ्ना बालपन कडा श्रमसँग साटिरहेकाछन्। बालश्रमको जोखिममा बालक र बालिका दुवै छन् तर संख्या तथा कार्यप्रकृतिका रूपममा हेर्ने हो भने बालिका भन्दा बालकको जोखिमता अधिक देखिन्छ।सामान्यतयाः बालिका भन्दा बालकलाई सजिलै घर, परिवारबाट टाढा जान मिल्ने तथा कमाइ गर्नुपर्ने र परिवार पाल्ने जिम्मेवारी पुरुषको भएकाले सानैदेखि बालकले काम गर्नुपर्छ भन्ने सोचलगायतका कारणसमेत बालकहरू बालश्रममा संलग्न बढी हुने गरेका हुन सक्छ। तुलनात्मकरूपमा शारीरिक जोखिमता रहेका श्रम क्षेत्र, जस्तै– यातायात, भरिया, खानी, निर्माण कार्य, होटल/रेस्टुरेन्ट, फलामको काम, साइकल–मोटरसाइकल वर्कसप, भारतमा गएर गरिने श्रमलगायत फोहोर संकलन तथा सडक बालकका रूपमा बालिकाभन्दा बालकको संलग्नता धेरै देखिन्छ।

नेपालमा बालश्रमको एकीकृत तथा विस्तृत नयाँ तथ्याङ्क उपलब्ध छैन तथापि राष्ट्रिय जनगणना, २०६८ अनुसार कामकाजमा संलग्न बालबालिकाको संख्यामा बालक ५६ हजार २६७ र बालिका ४८ हजार ४४७ रहेका देखिन्छ। नेपाल श्रमशक्ति सर्वेक्षण सन् २०१७/१८ अनुसार सर्वेक्षणको अवधिमा ५ देखि १७ वर्षका बालबालिकामध्ये आर्थिक लाभको कार्यमा संलग्न भएका बालक १ लाख ६७ हजार र बालिका १ लाख १९ हजार देखिएको छ। आव २०७५/७६मा सञ्चार माध्यममा प्रकाशित बालश्रमसम्बन्धी ११२ जनाको घटनामा बालक ९१ जना र बालिका २१ जना रहेको राष्ट्रिय बालअधिकार परिषद्को प्रतिवेदनमा उल्लेख छ।

केन्द्रीय बालकल्याण समिति तथा श्रम कार्यालयद्वारा २०७५ मा काठमाडौँं उपत्यकाको यातायातका साधनबाट उद्धार गरिएका ५९ जना बालश्रमिक सबै बालक थिए। काठमाडौँ उपत्यकाका इँटाभट्टामा सन् २०१७ मा बाल विकास समाजले गरेको अध्ययनबाट  बालश्रमिकमध्ये५३ प्रतिशल बालक देखिएको छ।  सिविनद्वारा सञ्चालित बालहेल्पलाइन निःशुल्क टेलिफोन नम्बर १०९८मा सन् २०१९मा बालश्रमसम्बन्धी दर्ता भएका १०१ घटनामा ७२ प्रतिशत बालक छन्।केन्द्रीय बालकल्याण समितिमार्फत काठमाडौँं उपत्यकाबाट २०७३ वैशाखदेखि २०७६ असारसम्म उद्धार गरिएका १ हजार ११ जना सडक बालबालिकामध्ये ८९ प्रतिशल बालक छन्।

बालबालिकाको देशभित्रै तथा देशबाहिर खासगरी भारतमा ओसारपसार र बेचबिखन जटिल समस्याका रूपमाछ। सामान्यतयाः यौनशोषणका निमित्त हुने मानव ओसारपसार र बेचबिखनमा बालिका तथा महिला पीडित हुने गरे तापनि श्रमका लागि हुने ओसारपसार र बेचबिखनमा भने बालक पनि जोखिममा देखिन्छन्। तर बालक वा पुरुषको ओसारपसार र बेचबिखनबारे खासै चर्चा भएको पाइँदैन। बालक बँधुवा श्रमका रूपमा भारतका कतिपय स्थानमा रहेका विभिन्न घटनाले देखाएका छन्। गत आवमा भारतमा विभिन्न श्रमक्षेत्रबाट प्रहरीले उद्धार गरी संरक्षण केन्द्रमा राखेका ४० बालक र २ बालिकालाई नेपाल ल्याइएको राष्ट्रिय बालअधिकार परिषद्ले जनाएकोछ।

सामान्यतया यौन शोषण भन्नेबित्तिकै बालिका वा महिलाको तस्बिर अगाडि आउँछ। यो स्वाभाविक पनि हो। संख्यात्मकरूपमा बालिका नै यौनशोषणको मारमा बढी पर्ने भए तापनि यौन शोषणको जोखिममा बालक पनि प्रशस्तै रहेकापाइन्छ। तर बालकप्रति हुने यौन दुर्व्यवहारबारे पर्याप्त जानकारी नभएर, बालकलाई त के हुन्छ र? भनी बेवास्ता गरिनेलगायतका कारण यो विषय प्रकाशमा नै आउन सकेको छैन। यौन कार्य बालिकासँग मात्रै होइन, बालकसँग पनि हुन्छ भन्नेबारे समाजका सबै तहमा स्पष्टता ल्याउनु आवश्यक छ। प्रकाशमा आएका केही घटना समूद्रमा देखिएको हिमशीलाको टुप्पोसमानमात्र हुन् जसले सतहमुनि थुप्रै घटना भएको इंगित गर्छ।

शिक्षकले बालक विद्यार्थीलाई गरेका, सडक बालकमाथि हुने, बाल गृह तथा होस्टलमा रहेका,बालकमात्र आवासीयरूपमा रहने विभिन्न धार्मिक शिक्षालय, यातायात, निर्माणकार्य, भरियालगायत घरबाट बाहिर गई अन्य बयस्कहरूको समूहमा बसेर काम गर्ने बालकमाथि हुने यौन दुर्व्यवहारलगायत थुप्रै प्रकृतिका घटना देखिन्छन् तर प्रकाशमा भने अति कममात्रै आउँछन्। मोबाइल फोनमार्फत इन्टरनेटको सहज उपलब्धताले पोर्नोग्राफी अर्थात् अश्लील यौन सामग्रीमा सहजै पहुँच हुने भएकासमेत कारणबाट बयस्कबाट मात्रै नभई सडकमा बस्नेदेखि विद्यालयमा जाने ठूला बालकबाट साना बालक यौन दुव्र्यवहारको सिकार हुुने गरेका पनि पाइन्छ। तर यस्ता कुरालाई कतिपय अवस्थामा गम्भीररूपमा लिइएको पाइँदैन।

अर्कोतिर पीडक र पीडित दुवै पुरुष भएका कारण न यस्ता घटना प्रकाशमा आउँछ न त कसैको शंकाको घेरामै पर्छ।न पीडितले खुलेर बताउनै सक्छ। विशेषतः सहयोग गरेको बहानामा विदेशीबाट नेपाली बालकहरू यौन शोषणको चपेटामा परेका घटना पनि छन्। बालकसँग यौन सम्पर्क गर्न चाहने बाल यौनदुराचारीका लागि नेपाल सजिलो गन्तव्य बन्दै गएको देखिएको छ। बालबालिका र बालगृहलाई सहयोग गर्ने, सडक बालबालिकालाई सहयोग गर्ने, विभिन्न संस्था तथा समुदायमा स्वयम्सेवा गर्ने जस्ता बहानामा यस्ता बाल यौनदुराचारी(पेडोफिल) नेपाल आउने गरेका देखिएको छ।

यस्ता व्यक्तिको आफ्नै सञ्जाल हुने र सोमार्फत बालकसँगका यौन क्रियाकलापका फोटो, भिडियो आदान–प्रदान हुनुका साथै बालकसँगको सम्पर्क सूत्रहरू, यहाँको कानुनी व्यवस्था र सोबाट उम्कने उपायलगायत जानकारी लिने/दिने गरिएको देखिन्छ। आर्थिक वर्ष २०७३।७४ देखि २०७५।७६सम्ममा नेपाल प्रहरीले बाल यौन दूराचारबारे गरेको १० वटा अपरेसनबाट १२ जना विदेशी र २ जना नेपाली पक्राउ गरी ३३ जना बालकको उद्धार गरिएको र यस सम्बन्धमा १९ वटा मुद्दा चलेको तथ्याङ्क प्रकाशमा आएकोे छ। राष्ट्रिय बाल अधिकार परिषद्को २०७६को प्रतिवेदनले यस आर्थिक वर्षमा १८ जना बालकमाथि यौन दुर्व्यवहार भएका घटना सञ्चारमाध्यममा प्रकाशित भएको उल्लेख गरेको छ।

यस्ता बालयौन दूराचारीले बालक तथा कतिपय अवस्थामा परिवार वा समुदायसमेतलाई विभिन्न सहयोग गरी उनीहरूको विश्वासपात्र वा दाता बनेर बालकको यौन शोषण गर्छन् जुनकुरा एकातिर बालकसमेतले शोषण भएको महसुस गर्दैनन् वा प्राप्त सहयोगको प्रलोभनको तुलनामा यसलाई गौण ठान्छन् भने अन्यले त विश्वासै गर्दैनन्। तर बालकलाई यसको असर शारीरिकरूपमामात्रै नभई मनोवैज्ञानिकरूपमा दीर्घकालसम्म परिरहेको हुन्छ। थुप्रै अध्ययनले बाल दूराचारीमा धेरैजसो बाल्यकालमा आफैँ यौनदुर्व्यवहारमा परेकाहरू रहेको देखिएकाले हाल यौन दुर्व्यवहारमा परेका बालक भविष्यमा बाल दूराचारी हुनसक्ने जोखिम पनि बढी रहने देखिन्छ।

हाम्रो समाजले बालिकालाई भन्दा बालकलाई बढी स्वतन्त्रता दिएको छ। बालकलाई धेरै कुरा गर्न छूट दिएको छ। जसको नकारात्मक असर पनि देखिन्छ। नेपालमा बाल बिज्याइँमा परेका अर्थात् कानुनले गर्न नहुने भनेका काम गर्ने बालबालिकामध्ये अधिकांश बालक नै छन्। बाल बिज्याइँमा कसुरदार ठहरी देशभरका ८ वटा बालसुधार गृहमा ८२१ जना बालबलिका रहेकामा ९७ प्रतिशत बालक रहनुले पनि यो पुष्टि हुन्छ।

बालबालिकामा सूर्ती तथा मादक पदार्थको दुर्व्यसन आमरूपमा देखिन्छ भने लागुऔषधको दुव्र्यसन तथा डेनराइट जस्ता ग्लु स्निफिङ (सुँघ्ने) दुव्र्यसनमा पनि थुप्रै बालबालिका फसेका छन्। तुलनात्मकरूपमा बालिकाभन्दा बालक नै लागु पदार्थ दुव्र्यसनको जोखिममा बढी रहने गरेका हुन्छन्। वि.सं. २०६९ सालमा गृह मन्त्रालयले गरेको सर्वेक्षणमा नेपालमा लागु पदार्थ दुव्र्यसनीको संख्या ९१५३४ रहेकामा २१.३ प्रतिशत १९ वर्षमुनिका रहेका पाइयो।

बालबालिकामाथि समकक्षी, साथी वा ठूला बालबालिकाबाटै हुने हेपाइ अर्थात बुलिङ्ग र परिवारदेखि विद्यालयसम्ममा अनुशासनका नाममा दिइने सजाय हाम्रो समाजमा सामान्य रहँदै आएकोछ। बहुक्षेत्रीय क्लस्टर सर्वेक्षण सन् २०१४का अनुसार १४ वर्षसम्मका १० जना बालबालिकामा ८ जनाले अनुशासनका नाममा मानसिक असर पर्ने दुव्र्यवहारदेखि शारीरिक सजायसमेतका दुव्र्यवहार सहनुपरेको पाइएकोछ। जसमा तुलनात्मकरूपमा बालिकाभन्दा बालक नै बढी पीडित देखिन्छन्। मानसिक असर पर्ने दुव्र्यवहारबाट ७९ प्रतिशत बालक र ७७ प्रतिशत बालिका पीडित भएका, कुनै पनि किसिमको शारीरिक सजाय पाउनेमा ५५ प्रतिशत बालक र ५१ प्रतिशत बालिका तथा गम्भीर शारीरिक सजाय पाउनेमा १५ प्रतिशत बालक र १३ प्रतिशत बालिका रहेका देखिएको छ। बालहेल्पलाइनमा सन् २०१९मा शारीरिक सजायसम्बन्धी दर्ता भएका ५६ घटनामा ७९ प्रतिशत बालक छन्।

नेपालमा शिक्षाको पहुँचमा क्रमिक सुधार हुँदै आएको छ तर गुणस्तरीयताको प्रश्न भने झन् झन् जटिल बन्दै गएको छ। विद्यालयमा भर्ना भएका संंख्यादेखि टिकाउदर तथा विभिन्न तहको पूर्णतादर हेर्ने हो भने तथ्याङ्कले बालिक भन्दा बालक नै पछाडि परेको देखाउँछ। शैक्षिक सत्र २०७५मा कक्षा १–१२ सम्ममा भर्ना हुनेमा बालिका ३६ लाख ७ हजार ७५९ र बालक ३६ लाख ६ हजार ७६६ रहेकाले करिब बराबरै देखिन्छ। आधारभूत तहमा भने बालक करिब १३ हजारले बढी पाइन्छ। तर कक्षा उत्तीर्णदर हेर्ने हो भने बालिका नै केही प्रतिशत अगाडिछन्। प्राथमिक तह (कक्षा १–५)मा बालिका ८९.९ र बालक ८८.८ प्रतिशत, निम्न माध्यामिक तह (कक्षा ६–८)मा बालिका ९२.९ र बालक ७१.७ प्रतिशत, माध्यामिक तह (कक्षा ९–१०)मा बालिका ९४.२ र बालक ९३.३ प्रतिशत कक्षा उत्तीर्णदर देखिन्छ।

तर कक्षा दोहो-याउने र विद्यालय छाड्ने दर हेर्ने हो भने बालक धेरै देखिन्छ। कक्षा दोहो-याउने दर प्राथमिक तहमा बालिका ६.७, बालक ७.२, निम्न माध्यमिक तहमा बालिका ३.५ र बालक ४.०, माध्यमिक तहमा बालिका ३.५ र बालक ३.६ प्रतिशत देखिन्छ। यसैगरी विद्यालय छाड्ने दर प्राथमिक तहमा बालिका ३.६, बालक ४.०, निम्न माध्यमिक तहमा बालिका ३.६ र बालक ४.३, माध्यमिक तहमा बालिका २.३ र बालक २.८ प्रतिशत देखिन्छ। यस अतिरिक्त कक्षा १० को टिकाउ दर बालिका ५९.६ र बालक ५७.४ प्रतिशत रहेको फ्लयास १ प्रतिवेदन, २०७५मा देखिन्छ।आधारभूत र माध्यमिक तह पूर्ण गर्ने दर केलाउँदा दश वर्षअगाडिभर्ना भएका १०० जना नयाँ विद्यार्थीमध्ये २०७५को शैक्षिक सत्रमा १० कक्षा पास गर्ने ५०.३ प्रतिशत मात्रै रहे जसमा बालिका ५१.६ र बालक ४९.० थिए।

यसरी हेर्दा पढाइको पूर्णता दिने संख्यामा बालकभन्दा बालिका केही बढी देखिनुले अधुरो शिक्षाको जोखिममा बालक नै रहेका देखिन्छ। यही कारण बालक पछि सिपयुक्त जनशक्तिका रूपमा विकास हुन नसकी जीविकोपार्जनका लागि उपयुक्त आय आर्जन गर्न नसक्ने तथा त्यसको प्रत्यक्ष प्रभाव उसको परिवार तथा सन्तानमा समेत पर्न जाने जोखिम रहन्छ। जसबाट गरिबी, अशिक्षा, कुलतलगायतको दुष्चक्र निरन्तर एक पुस्ताबाट अर्को पुस्तामा सर्ने जोखिम रहिरहन्छ। त्यसैले बालकेन्द्रित कार्यक्रमहरू बनाउँदा यी तथ्य आत्मसात गर्नु जरुरी छ।

(पूर्वकार्यकारी निर्देशक,केन्द्रीय बाल कल्याण समिति।)
अर्को समाचार
जोखिममा हृदयको बालक
०९ माघ २०७१
•
१७ मिनेट पाठ
जोखिममा हृदयको बालक
'हामीभित्र अलिकति पनि माया, करुणा वा प्रेम बाँकी छ भने त्यसको कारण हो, हामीभित्र बाँचिरहेको एउटा बालक। जिन्दगीभर त्यस बालकलाई बँचाइहरनु हामी सबैको कर्तव्य हो। म तपार्इंहरूसँग केही कुरा गरिरहेको छुइनँ। मभित्रको बालक, तपाईंभित्रको बालकसँग संवाद गर्ने कोसिस गरिरहको छ।'
यसो भनेका थिए, नेपालको संसदलाई सम्बोधित गर्दै नोबेल शान्ति पुरस्कार विजेता कैलाश सत्यार्थीले। नेपालको संसद र मानवीय संवेदनाको प्रश्न। निकै ठूलो विर्यासजस्तो लाग्ने संयोग। उही कुरा उनले बालबालिकाबीच पनि भनेका थिए अपेक्स कलेजको प्रांगणमा, जहाँ बुझेर होस् वा नबुझेर बालबालिकाहरूले ताली बजाएका थिए र साइसाइ–सुइसुइ गरेका थिए। तर गम्भीर संसद भवन चकमन्न थियो। यो निर्क्यौल गरेर भन्न सकिएन कि बाहिर घरको र सडकको बालक र हामी सबैभित्रको अदृश्य हृदय–बालकलाई बचाउन मेरो देशको संसद यतिखेर ध्यानमग्न छ वा छैन। बालसुलभ व्यवहार, इमानदारी, निदोर्ेेषिता र निष्कलंकित स्वभावमध्ये कुनचाहिँ कसीमा मेरो देशको संसद, म आफैं र मजस्ता हजारौं वयस्क यति बेला खरो उत्रिइरहेका छौं? मेरो देशमा दिनहुँ विमोचित भइरहेका असंख्य किताब, कोरिइरहेका अनेक फुटकर गीत–कविता र सधैं मञ्चित हुने नाटकहरूको केन्द्रीय कथ्य कति चिन्तित छ? दिनै पहेँलिँदै र झर्दै गरेको त्यस हृदय–बालकको वयप्रति, जसको अभावमा संसार सहारा मरुभूमिको परोक्ष उपनिवेशमा पर्नेछ?

सत्यार्थी बालअधिकारकर्मी हुन् र उनले बालबालिकाको कुरा गर्नु स्वाभाविक हो। तर हरेक वयस्कभित्रको मानवीय संवेदनशीलतालाई उनीहरूको बालापनका आग्रहरहित स्वभावसँग जोडेर सत्यार्थीले एउटा गम्भीर दार्शनिक तर्क अघि सारेका छन्। उनको तर्कले जागिरे भाकामा अधिकारकर्मीलाई छोला–नछोला, तर त्यसले लेखक कवि र कलाकारलाई भित्रैबाट कति छुन्छ त्यो निकै गहन प्रश्न हो। मेरो आशंका हो, आजभोलि मान्छेका पीडाले मान्छेलाई गहिरोसँग छुन छोडेको छ।

त्यसैले आज, हामी सबैभित्रको हृदयको बालक अत्यन्त ठूलो जोखिममा छ। कानुन, शिक्षा, साहित्य, ललितकला र दर्शनको अतिशय अभ्यासले पनि हामी बाँचेको समय ती हृदय बालकहरूको समय बन्न सकेन। भन्नुको तात्पर्य, आर्थिक मन्दीको बेला द्रुत गतिमा खस्किरहेको सेयर बजारको सूचकांकभन्दा पनि तीव्र गतिमा खस्किरहेका मानवीय संवदेनाको समय हो यो। नत्र, किन मारिन्थे निर्दोष बालबालिका दिनदहाडै पाकिस्तानी स्कुलको कुनै प्रांगणमा? किन हान्थ्यो कुनै हत्यारा जर्ज स्पेट स्कुलबाट घर फर्कंदै गरेका बालबालिकामाथि गोली अमेरिकामा र भन्थ्यो, 'मलाई मर्दै गरेको मान्छेको चाल हेर्ने रहर थियो र मारँे!' किन दिनहुँ बलात्कृत हुन्थिन् छोरी, आफ्नै निकम्मा बाउबाट नेपालमा? किन स्कुल जाँदै गरेका विवेक लुइँटेलहरू एकाएक गायब हुन्थे बाटैबाट र भोलिपल्ट विभत्स लाश भेटिन्थ्यो बोरामा? हुन त हत्या र हिंसाका घटना अतीतमा पनि घट्थे तर तिनीहरूले गाउँटोल हल्लाउँथे र धेरैलाई स्तब्ध पारिदिन्थे। आजभोलि, समाचारपत्रको हेडलाइन भनेकै यस्तैयस्तै समाचारहरूले बन्छ र त्यो यति तीव्र गतिमा आइदिन्छ कि आममान्छे त्यसबाट छोइँदै छोइँदैन।

वास्तवमै मानवीय संवदेना निकै ठूलो जोखिमका भएको प्रतीत हुन्छ। यो कुरा संवेदनाको प्रचारप्रसार र बिक्री विस्तार गर्ने हामी साहित्यकर्मीका लागि एउटा महत्वपूर्ण गृहकार्यको विषय हुन सक्छ।

हाम्रो समय, जो एक वा अर्को प्रकारका द्वन्द्वले आक्रान्त समय हो। शान्ति स्थापनाका सर्वमान्य मोडेलहरूको प्रतीक्षामा छ, जसको केन्द्रमा करुणा, सद्भाव र सहअस्तित्व हुनेछन् र यसबाट मानवीय साझा सपनाको एक विशाल विरासत स्थापित हुनेछ। यस तर्कले विभिन्न वर्ग र खेमाका विभाजित हामी साहित्यकर्मीहरूको कर्मयोगको अन्तिम प्रप्तिका बारेमा सधैं सोच्न बाध्य गर्ने नै छ कि हामीले लेखेको साहित्यको वास्तविक प्रयोजन के हो?

सत्थार्थीले इंगित गरेको बालक एक बहुअर्थी नाम हो। अभिधात्मक अर्थमा त्यो कम आयुको र भर्खरै हुर्कंदै गरेको मानव हो भने हामी साहित्यकर्मीहरूका लागि त्यो एक रूपक अलंकार हो। यो हामीभित्रको सबैभन्दा कोमल, सबैभन्दा नाजुक र सबैभन्दा निष्कलंकित पाटो हो, जसले हामीलाई मानव हुनुको यथार्थबोध गराइरहन्छ। यस बालकलाई सत्यार्थी मानवीयताका सम्पूर्ण मृदु मूल्यहरूको पुञ्जको रूपमा अर्थ्याइरहेका छन्। यस बालकको खोजी हामीलाई मान्छे हुन सिकाउने त्यस मूल्यको पनि खोजी हो, जसका लागि मानवीय इतिहासभरि लेखिएका मृदु उद्गारहरू अन्ततः असफल हुन पुगेका छन्। त्यसैले त हामी इतिहासकै सबैभन्दा असमञ्जसपूर्ण समयमा उभिएका छौं, जहाँ मानवीयता बजारमा आनासुकीको मोलमा बिक्री भइरहेको छ। अनि, हामीमध्ये धेरैजसो लेखक वा कलाकारहरू यथार्थवादको नाममा आँखाका सोझी नाकमात्रै देखिरहेका छौं। र, भनिरहेका छांै– आफ्नो पहिचान, राजनीतिक अभीष्ट, सम्प्रदाय वा क्षेत्रको हित र वर्गीय अधिकारको प्रप्तिका लागि हामी मान्छे हुनुको नैसर्गिक मूल्यलाई पनि जूवाको खालमा राख्न सक्तछौं र आवश्यक पर्यो भने वर्ग दुस्मनविरुद्ध पुनः हिंसामा उतारु हुन सक्नेछौं। चन्द्रमाको यो पाटोमात्रै देखिरहँदा हामी, अधिकार प्राप्तिको मानवीय बाटो पनि हुन सक्छ भन्ने कुरा बिर्सिरहेका हुन्छौं।

तटस्थ मूल्यांकन हो– हाम्रो समय घट्दो मानवीय संवदेनशीलताको हो। विपर्यास यथार्थ, हाम्रो समय पीडितहरूको पक्षमा आवाज उठाउने समय पनि त हो। अरू सत्यहरू पनि त्यत्तिकै बलिया छन्। हाम्रो समय पहिचानको खोजीको समय हो। सबाल्टर्नहरूको उत्थानको समय हो। उत्पीडितवर्गको जागरण र अधिकार प्रत्याभूतिको समय हो। नलेखिएको इतिहासको समय हो। अभिजात वर्गको आवाजको समय हो।

एउटा विभेदरहित समाजको परिकल्पना र विकास हामी सबैको साझा संकल्प र सपना हो, तर यो पनि यथार्थ हो, हामीले अपनाउँदै गरेका कतिपय राणनीति र बाटाहरू आग्रह र द्वेषका दोषी छन्। अनि यो पनि यथार्थ हो, हामी भावावेषमा मानवीय मूल्यहरूमाथि पाशविक प्रहसन पनि गरिहेका छौं। हाम्रो समयको कला र साहित्यमा शालीनता क्रमशः हराउँदै गएकोले यही चिनोडलाई बल दिन्छ भन्ने मेरो समान्य पाठकीय बुझाइ हो।

हाम्रो समयको लेखन अधिकार प्राप्तिको लेखन हो, जसले 'पर्सनल इज पोलिटिकल' अर्थात् हरेक निजी स्वरभित्र अधिकारप्राप्तिको कुनै न कुनै उद्देश्य निहित हुन्छ। दुर्भाग्यपूर्ण नै भन्नुपर्छ, यस्तो लेखन निकै उग्र स्वभावमा अगाडि बढिरहेको प्रतीत हुन्छ, जसले वास्तविक वा काल्पनिक प्रतिपक्षको परिकल्पना अवश्यै गरेको हुन्छ। त्यस प्रतिपक्षको जुनै पनि मूल्यमा होस्, पराजय र निर्मूलीकरण त्यस लेखनभित्रको एक नैसर्गिक आग्रह हो। यस पराजय र निर्मूलीकरणका लागि सबैभन्दा सर्वसुलभ माध्यम हिंसा भएको कुरा हाम्रो समयका स्थापित नजीरहरूले पुष्टि गरिदिएका छन्, जुन सबैभन्दा विकसित भनिएको हाम्रो समयका लागि घिनलाग्दो यथार्थ हो।

हुन त आजको लेखन आदर्शवादी लेखनको समय होइन, यथार्थवादी लेखनकै समय हो, तर अतियथार्थवादको जोखिमबाट भने हाम्रो समयलाई मुक्त गर्नु जरुरी देखिन्छ। मार्टिन लुथर किङ आदर्शवादी चिन्तक होइनन् तर उनीसँग आफ्ना सहयोद्धालाई यो भन्ने साहस थियो कि 'तिम्रो अधिकार प्राप्तिका लागि तिमी कसैमाथि हिंसाको दोषी बन्ने अधिकार राख्दैनौ।' गान्धी पनि आदर्शवादी होइनन्, जसले अकर्मण्य चिन्तनबाट कुनै हावामहलको परिकल्पना गरे तर सत्याग्रही गान्धीको अंग्रेजविरोधी महाभारत हिंसामा आधारित भएन।

रणनीतिक तात्िवकताकै लागि सही, यी सबैको लक्ष्यको प्राप्ति भएको खण्डमा र मानव समाजमा देखिएका तमाम विभेद निर्मूल भएको समयमा पनि साहित्य बाँचिरहेको हुने नै छ र लेखकहरू लेखी नै रहेका हुनेछन्। तर उनीहरूका अगाडि विभेदरहित त्यस युटोपियाली संसारमा साहित्य लेखनको प्रयोजन केका लागि भन्ने प्रश्न अझ टड्कारो ढंगले खडा भएर आउने सुनिश्चित छ। त्यस बेला सिद्ध हुनेछ, तात्कालिक उद्देश्यभन्दा पर, मान्छे हुनुको बोधलाई स्थापित गर्नु कलासाहित्यको समयातीत लक्ष्य हो।

द्वन्द्व व्यवस्थापनका सिद्धान्तकारहरू निकै ठूलो असमञ्जसमा छन् भन्ने कुरा थाह पाउन गाह्रो हुँदैन। उनीहरूले तेर्छ्याएका द्वन्द्व उन्मूलनका तीन मोडलमा तीनै वटा विफल भएका छन्। दुस्मनलाई सिध्याएर द्वन्द्व टुंगिने, कुनै प्रकारको सन्धि वा सम्झौता गरेर टुंगिने वा द्वन्द्वका कारणहरू नै रूपान्तरण गरेर टुंगिने तर्कहरूले आफ्नो लिक छोडेको प्रतीत हुन्छ। यस अवस्थामा हामीसँग द्वन्द्व व्यवस्थापनका तर्क र सिद्धान्तमात्रै बाँकी छन् तर कुनै पनि व्यावहारिक उपाय विद्यमान छैन, जसले संसारलाई वास्तवै द्वन्द्वरहित बनाउन सकोस्। द्वन्द्वरहित संसार वास्तवमा एक मिथ्या बन्न पुगेको छ। यो मिथ्या नहुँदो हो त संयुक्त राष्ट्रसंघको स्थापनापछि युद्ध नहुनुपर्ने, मान्छे नमारिइनुपर्ने, आक्रमण र अतिक्रमणहरू नहुनुपर्ने र जताततै शान्ति नै शान्तिको लहर देखिनुपर्ने। केके न लछारपाटो लाउने भनेर जन्माइएका राजनैतिक दर्शन र सिद्धान्तहरू पनि आज आफ्नो मुख लुकाउने कुनै ठाउँ खोजिरहेका छन्। कसले खण्डन गर्न सक्छ कि आतंकवाद आजको विश्वको एक सबैभन्दा जटिल समस्या हो र यसले मानवीय संवेदना रसातलतिर खस्कँदै गरेको कुरा इंगित गर्दछ?

संसार जे छ, जस्तो छ, त्यसैमा हामीले मानवीय अस्तित्वलाई स्थापित गर्नु र बाँच्नुको विकल्प छैन। यसका लागि हामीभित्रको बालकको संरक्षण गर्नु जरुरी छ। त्यसैले हुनुपर्छ, रवीन्द्रनाथ टेगोरले आफ्ना उच्चतम मानवीय आदर्शहरूको साहित्यिक प्रक्षेपणका लागि बालकहरूलाई धेरै ठाउँमा पात्र बनाए। प्रमाणका लागि गीताञ्जलीभित्रका धेरै कविता, टेगोरका कथा र नाटकहरू हेर्न सकिन्छ, जुन वास्तवमा बालकहरूका लागि लेखिएका होइनन् तर बालहरूका आँखामा बग्ने आँसुभित्र वयस्कका लागि के सन्देश लुकेको हुन्छ। अर्थात् संवेदनाको प्रश्नलाई सम्प्रेषित गर्नकै लागि लेखिएका हुन्। त्यसैले नै हुनुपर्छ, वाल्ट ह्विटमेनले बालक र उसले हातमा बोकेको तृणभित्र संसारका सम्पूर्ण सृष्टिगत ब्रह्मसत्यलाई उभिएको पाए। त्यसैले नै हुनुपर्छ, द्वापरमा यदुवंश नाश हुँदा बटपत्रको पुटभित्र सुरक्षित मानवताको अन्तिम अवशेषको रूपमा हाँसिरहेका बालमुकुन्द थिए।

हाडमासुको बालक होस् वा कल्पनाको, कुनै पनि बालकमाथिको अत्याचारालाई शास्त्रले पनि न्यायोचित मानेको छैन। निर्दोष पाण्डव पुत्रहरूको दहनको दोषमा शिरमणि गुमाएर आजन्म घाउ लिएर बाँचिरहन अभीशप्त भएका द्रोणको कथा धेरैलाई थाहै छ। यो प्रतीकात्मक कुरा हो। कुनै पनि मान्छे स्वभाव, चिन्तन र आचरणले बालक रहुन्जेल ऊ कुनै पनि प्रकारको हिंसाको भागीदार हुँदैन वा हुनुहुँदैन।

हामीभित्रको बालकलाई बचाउनु जरुरी छ र यस बालकलाई हाम्रा बालकहरूभित्र पनि प्रतिस्थापित गर्नु जरुरी छ। हामी कलासाहित्यको मूल अभीष्ट यतातिर कहिले केन्द्रित होला?



रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस