मछिन्द्रनाथको सनातनी रथयात्रा फेरि आयो र गयो। यात्राको टुंग्याउनीमा अनर्थ भयो। गन्दे झार पलाएको इतिहासको चिहानबाट मृत राजतन्त्रको प्रेत फुत्त बाहिर निस्केको भयंकर दृश्य देखियो।
Normal 0 MicrosoftInternetExplorer4
मछिन्द्रनाथको सनातनी रथयात्रा फेरि आयो र गयो। यात्राको टुंग्याउनीमा अनर्थ भयो। गन्दे झार पलाएको इतिहासको चिहानबाट मृत राजतन्त्रको प्रेत फुत्त बाहिर निस्केको भयंकर दृश्य देखियो। त्यो दृश्यका अदृश्य सूत्रधार सके कुनै जंगी महानुभाव होलान्। पर्दाअगाडि त्यो दृश्यका अभिनयकर्ता हुन् राष्ट्रपति रामवरण यादव र प्रधानमन्त्री माधवकुमार नेपाल। यी दुई हिन्दू ब्राह्मणले नेपाल धर्मनिरपेक्ष राष्ट्र घोषित भएको भुसुक्कै बिर्से। यिनले हिन्दू राजा सिंहासनबाट धपाइएर नेपाल लोकतान्त्रिक गणतन्त्र भएको कुरा पनि बिर्से। पहिले मछिन्द्रनाथको भोटो हेर्न राजाको 'सवारी' हुन्थ्यो। अहिले राजाको सट्टा राष्ट्रपति रामवरण यादवको 'सवारी' भयो। यादवका पछिपछि उनैको लाचार छायाँ भएर प्रधानमन्त्री नेपालको 'सवारी' भयो। उही तामसी शाही शैलीमा तडकभडक र दलबलसाथ। उसैगरी दौरा-सुरुवाल र टोपी लगाएर। उसैगरी सकल मन्त्रीहरु ठूला पदका हाकिमहरु संवैधानिक निकायका नायकहरु र सुरक्षा प्रमुखहरुको ग्वाग्वार्ती लर्को पछि लाएर। सके राष्ट्रपति यादव र प्रधानमन्त्री नेपाललाई लाग्दो हो आखिर राजापछिका ठूला हामी नै त हौँ। राजा जहिले जसरी जहाँ जे गर्थे त्यो हामी दुई भाइले किन नगर्ने यसरी यी दुई हिन्दू महापुरुष मच्छिन्द्रनाथको भोटोको दर्शन गर्न तम्सिए। अनि यिनले एक जात एक धर्म एक भाषा र एक भेषको उही शाही झन्डा उठाए। त्यो अवान्छित जम्बोरीमा धन्न 'हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ हाम्रो भाषा हाम्रो भेष सबैभन्दा राम्रो छ' भन्ने नारा लागेन !
Normal 0 MicrosoftInternetExplorer4 के कार्यकारी प्रधानमन्त्री भनिने माधवको काम धार्मिक जात्राहरुमा आलंकारिक राष्ट्रपति भनिने यादवको पिछलग्गु हुनुमात्र होसुनिजानेको उत्तर भन्छ - माधवमाथि 'पिछलग्गु शब्दको प्रयोग सर्वथा गलत हो। माधवजीको यो कृत्य त मालिकभक्तिको सबल नमूना पो हो। रामवरण यादव जब राष्ट्रपति भए अलि दिनमै यी बूढा कुद्दै मच्छिन्द्रनाथको भोटोको दर्शन गर्न पुगे। अनेक कुनाबाट यिनको त्यस कृत्यको टिकाटिप्पणी भयो। नागरिकहरुले सोधे- महामहिम धर्मनिरपेक्षता भनेको कुनै पनि धर्ममा राज्य नमुछिनु होइन धर्मनिरपेक्षता भनेको राज्यले धर्ममा कसैलाई काखी च्याप्नु कसैलाई पाखा लाउनु हो र हजुर हिन्दूमात्रका एकलौटी राष्ट्रपति कि अनेक धर्मावलम्बी नेपाली जाति-जनजातिका साझा राष्ट्रपति सोधाइ सुनेर बुढाले गम खाए हुनन्। अनि साझा देखिन यिनी मुसलमान र इसाइका धार्मिक अनुष्ठानहरुमा पनि हाजिर हुन थाले। यादवजी परे आलंकारिक राष्ट्रपति। गरुँ गर्नलाई काम केही छैन। शून्य आकाश हेरेर कन्सिरी कन्याउँदै कतिमात्र बसिरहनू जात्रा पर्व अभिनन्दन उदघाटन आदिको निहुँमा खुला डबलीमा देखिइन त पाइन्छ। नागरिकहरुसँग मुस्कान आदान-प्रदान हुन्छ। सलामीको शान र नमस्कारको ओइरोको मजा अर्कै छ। कुरो यहाँसम्म ठीकै थियो।
तर यसपाला दृश्य परिवर्तन भयो। राष्ट्रपति यादव पहिले एक्लै जान्थे अहिले धर्मनिरपेक्षताको झनै खिल्ली उडाउँदै दलबल लिएर गुरुम्-गुरुम् गए। राजाजस्तै। यो सनातनी हिन्दू जम्बोरीका निर्देशक को होलान् यो प्रश्न गएर महारथी रुक्मांगद कटवालको चिन्तनशील निधारमा ठोकिन्छ। नग्न तथ्य भन्छ - 'हिन्दू अधिराज्य'प्रति यी महारथीको भयंकर आस्था छ। यिनले हाक्काहाक्की कार्यकारी राजनेताको अभिनय गर्दै सिहदरबारमा आफ्नो लम्बेतान घोषणापत्र बुझाएकै हुन्। दम्भ प्रदर्शन गर्दै र जंगी जोशसाथ ट्याक्क टेबुल ठोक्दै यिनले भनेका थिए - 'हिन्दू अधिराज्य'बारे जनमतसंग्रह हुनुपर्छ। यिनको यो जिरहमा गहिरो राजतन्त्रमोह छ। उसो त यो जिरहमा हिन्दू धर्मको श्रेष्ठता र अन्य धर्महरुको तुच्छताको जब्बर आग्रह पनि छ। राष्ट्रपति यादव र प्रधानमन्त्री माधवछेउ नागरिकहरुको प्रश्न छ - हिन्दू भोटो दर्शनको यो महापराक्रमका खटनकर्ता महारथी कटवाल र खटनका आज्ञाकारी पालक हजुरद्वय होइसिन्छ कि।
धर्म नेपाली मुसलमानको पनि छ नेपाली इसाइको पनि छ। नेपाली जैनको पनि छ नेपाली वैष्णवको पनि छ। प्रकृति पूजक अनेक नेपाली समुदायहरुका पनि आ-आपुनै विशिष्ट धर्म छन्। राष्ट्रपति यादव र प्रधानमन्त्री माधव अब के गर्छन् के हित्तचित्त मिलेका यी दुई बन्धु सबै नेपालीका धार्मिक पर्व र अनुष्ठानमा यसैगरी दलबल लिएर हाजिर होलान् धर्मनिरपेक्षताको ध्वजामुनि धर्म ठूलो र सानो हुँदैन। प्रकृतिको नजिक रहेका अल्पसंख्यक चेपाङ राउटे र कुसुन्डाका पनि प्रकृतिका तत्वहरुको पूजा-उपासना गर्ने धर्महरु होलान् नै। के यादव र माधव टोपी ढल्काउँदै दौराको फेर हल्लाउँदै दलबल लिएर पाखा-पखेरा थर्काउँदै तिनका बस्ती वा जंगलमा पनि जालान् ? जाने हुन् भने यिनको सबै समय सहस्र धार्मिक पर्व र जात्राहरुमा दर्शन दिँदैमा चिलिम हुने भो। के यादव र माधव केवल दर्शनदातृ राष्ट्रपति र प्रधानमन्त्री हुन्
राजनीतिमा कलह र विग्रहको कोलाहल छ। कलहलाई सुलहमा र विग्रहलाई मेलमिलापमा ढाल्न प्रधानमन्त्री माधवले गर्नुपर्ने काम एक होइन अनेक छन्। तर उनी सात काम छाडेर भोटो-सोटोको दर्शन गर्न लुखुरलुखुर राष्ट्रपति यादवको पछि लाग्न थालेका छन्। यो लाजमर्नु दृश्य देखेर नागरिकहरु जिब्रा टोक्दै प्रश्न गर्छन् - के कार्यकारी प्रधानमन्त्री भनिने माधवको काम धार्मिक जात्राहरुमा आलंकारिक राष्ट्रपति भनिने यादवको पिछलग्गु हुनुमात्र हो। सुनिजानेको उत्तर भन्छ - माधवमाथि 'पिछलग्गु शब्दको प्रयोग सर्वथा गलत हो। माधवजीको यो कृत्य त मालिकभक्तिको सबल नमूना पो हो। राष्ट्रपति यादवको कृपाले प्रधानमन्त्री पदमा माधवको जन्म भएको हो। कृपाकर्म तब सम्पन्न भयो जब यादवले महारथी कटवाललाई थमौती गर्न कालरात्रीबीच रहस्यमय 'निर्देश' जारी गरे। यादवको 'निर्देश'ले प्रचण्डलाई कुर्सीबाट तल झार् यो र खाली कुर्सीमा माधवलाई माथि उकाल्यो। राष्ट्रपति यादवको कृपाकर्मको अनमोल वरदान नपाएका भए यस जुनीमा माधव प्रधानमन्त्री बन्ने सम्भावना कहाँ थियो थियो कहीँ भने केवल शून्यमा थियो।
यादवजीका अनुकम्पाले माधवजीलाई अनुपम बरदान प्राप्त भयो। त्यो वरदानबाट प्रधानमन्त्रीको गद्दी प्राप्त भयो। गद्दी प्राप्त हुँदा निजको कुण्ठित इच्छा तृप्त भयो। अब पराजयको देउरालीमाथि प्रधानमन्त्रीको कुर्सी पड्काउने भूमण्डलका एकमात्र पात्र भनीकन गिनिज बुकमा अजम्मरी अक्षरमा माधवको नाम पक्कै लेखिनेछ। माधवको जीवनको एकमात्र सपना जपना र तिर्सना पूरा गरिदिने राष्ट्रपतिप्रतिको आज्ञाकारितालाई 'पिछलग्गुपन' भन्नु पाप हो। अनिश्चित गर्भमा रहेको संघीय लोकतान्त्रिक गणतन्त्र नेपालमा धर्मनिरपेक्षता वस्त्रनिरपेक्षता र भाषानिरपेक्षताजस्ता बेकारका कुरा जतासुकै जाऊन् सनातनी हिन्दू संस्कारअनुसार छोटाले सभक्ति बडाका पाइला पछ्याउनैपर्छ।
मछिन्द्रनाथको सनातनी रथयात्रा फेरि आयो र गयो। यात्राको टुंग्याउनीमा अनर्थ भयो। गन्दे झार पलाएको इतिहासको चिहानबाट मृत राजतन्त्रको प्रेत फुत्त बाहिर निस्केको भयंकर दृश्य देखियो। त्यो दृश्यका अदृश्य सूत्रधार सके कुनै जंगी महानुभाव होलान्। पर्दाअगाडि त्यो दृश्यका अभिनयकर्ता हुन् राष्ट्रपति रामवरण यादव र प्रधानमन्त्री माधवकुमार नेपाल। यी दुई हिन्दू ब्राह्मणले नेपाल धर्मनिरपेक्ष राष्ट्र घोषित भएको भुसुक्कै बिर्से। यिनले हिन्दू राजा सिंहासनबाट धपाइएर नेपाल लोकतान्त्रिक गणतन्त्र भएको कुरा पनि बिर्से। पहिले मछिन्द्रनाथको भोटो हेर्न राजाको 'सवारी' हुन्थ्यो। अहिले राजाको सट्टा राष्ट्रपति रामवरण यादवको 'सवारी' भयो। यादवका पछिपछि उनैको लाचार छायाँ भएर प्रधानमन्त्री नेपालको 'सवारी' भयो। उही तामसी शाही शैलीमा तडकभडक र दलबलसाथ। उसैगरी दौरा-सुरुवाल र टोपी लगाएर। उसैगरी सकल मन्त्रीहरु ठूला पदका हाकिमहरु संवैधानिक निकायका नायकहरु र सुरक्षा प्रमुखहरुको ग्वाग्वार्ती लर्को पछि लाएर। सके राष्ट्रपति यादव र प्रधानमन्त्री नेपाललाई लाग्दो हो आखिर राजापछिका ठूला हामी नै त हौँ। राजा जहिले जसरी जहाँ जे गर्थे त्यो हामी दुई भाइले किन नगर्ने यसरी यी दुई हिन्दू महापुरुष मच्छिन्द्रनाथको भोटोको दर्शन गर्न तम्सिए। अनि यिनले एक जात एक धर्म एक भाषा र एक भेषको उही शाही झन्डा उठाए। त्यो अवान्छित जम्बोरीमा धन्न 'हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ हाम्रो भाषा हाम्रो भेष सबैभन्दा राम्रो छ' भन्ने नारा लागेन !तर यसपाला दृश्य परिवर्तन भयो। राष्ट्रपति यादव पहिले एक्लै जान्थे अहिले धर्मनिरपेक्षताको झनै खिल्ली उडाउँदै दलबल लिएर गुरुम्-गुरुम् गए। राजाजस्तै। यो सनातनी हिन्दू जम्बोरीका निर्देशक को होलान् यो प्रश्न गएर महारथी रुक्मांगद कटवालको चिन्तनशील निधारमा ठोकिन्छ। नग्न तथ्य भन्छ - 'हिन्दू अधिराज्य'प्रति यी महारथीको भयंकर आस्था छ। यिनले हाक्काहाक्की कार्यकारी राजनेताको अभिनय गर्दै सिहदरबारमा आफ्नो लम्बेतान घोषणापत्र बुझाएकै हुन्। दम्भ प्रदर्शन गर्दै र जंगी जोशसाथ ट्याक्क टेबुल ठोक्दै यिनले भनेका थिए - 'हिन्दू अधिराज्य'बारे जनमतसंग्रह हुनुपर्छ। यिनको यो जिरहमा गहिरो राजतन्त्रमोह छ। उसो त यो जिरहमा हिन्दू धर्मको श्रेष्ठता र अन्य धर्महरुको तुच्छताको जब्बर आग्रह पनि छ। राष्ट्रपति यादव र प्रधानमन्त्री माधवछेउ नागरिकहरुको प्रश्न छ - हिन्दू भोटो दर्शनको यो महापराक्रमका खटनकर्ता महारथी कटवाल र खटनका आज्ञाकारी पालक हजुरद्वय होइसिन्छ कि।