प्रेसिडेन्ट, योर पिपुल आर डाइङ' (राष्ट्रपति! तिम्रा जनता मर्दैछन्)। यो ट्युनिसियाली र्याप गीत हो, 'एल जनरल'को। 'एल जनरल' अरू होइनन्, भर्खर २१ वर्षका 'र्यापर' हमादा बेन आमोर हुन्। एसफ्याक्सका युवा गायक आमोर गीतबाट राष्ट्र (जनता) लाई जगाउन चाहन्थे, राष्ट्रपतिलाई चेताउन पनि चाहन्थे। राष्ट्र जागेमा आफ्नो कुर्सी खुस्किने त्रास जाग्यो, राष्ट्रपति अबिदिन बेन अलीका मनमा। राष्ट्र मरे पनि कुर्सी बचाउन तल्लीन राष्ट्रपतिको कोपभाजनमा परे आमोर। उनी तीन दिनसम्म थुनिए, राष्ट्र (जनता) मर्नेमार्ने क्रम पनि रोकिएन। मोहमद बाउजिजीले बाध्यतापूर्वक रोजेको मृत्युले राष्ट्रको चेतनालाई जगायो। बेरोजगार स्नातक बाउजिजीका लागि फुटपाथमा खाना बेच्ने गाडा राष्ट्रपतिका लागि कुर्सीभन्दा कम थिएन।
आफ्नो जीवन धान्ने त्यही गाडा पनि राष्ट्रपतिका सुरक्षाकर्मीले खोसेपछि बेरोजगार स्नातक बाउजिजीले आफ्नै शरीरमा आगो लगाई मृत्युवरण गरे। उनको आत्मदाहले ट्युनिसियाली जनताको मनमस्तिष्कमा आगो लगाइदियो। उनको आत्मदाहबाट फैलिएको आगोले एकदलीय तानाशाहीलाई जलाइदियो। राष्ट्रलाई लुट्नसम्म लुटेर पनि नपुगेपछि राष्ट्रपति र उनका परिवारजन खर्बौंको श्रीसम्पत्ति कुल्याएर साउदी अरब भागे। दुई दशकभन्दा बढी समयदेखि विश्वसाम्राज्यको प्यादा भई शासन चलाएका तानाशाह अलीलाई अन्त्यमा अमेरिकाले पनि काँध थापेन।
एक महिनादेखि चलिरहेको 'ज्यास्मिन रिभोल्युसन' (ट्युनिसियाको राष्ट्रिय फूल चमेलीको नाममा राखिएको 'चमेली क्रान्ति') २३ वर्षे तानाशाही अन्त्य भएपछि पनिसमाप्त भएको छैन। राजनीतिक लोकतन्त्रको प्राप्तिबाट मात्रै आफ्नो माग पूरा नहुने देखेर 'चमेली क्रान्ति' आर्थिक लोकतन्त्र बहालीतिर पनि उन्मुख हुँदैछ। पुँजीवादी शासनसत्तै परिवर्तन गरेर चमेली क्रान्तिले अरब जगत्मा पहिलो पटक देखाइदियो : सडकमा गरिने जनविद्रोहबाट तानाशाहीलाई ढाल्न र लोकतान्त्रिक क्रान्ति गर्न सकिन्छ। चर्को बेरोजगारी र खाद्यान्नमा आकासिँदो मूल्यवृद्धिविरुद्ध सडकबाटै क्रान्ति गरेका ट्युनिसियाली जनताको सिको गर्दैछन्, अरब जगत्का अन्य जनताले पनि। ट्युनिसियामा बाउजिजीले आत्मदाह गरेलगत्तै अल्जेरिया, मौरिटानिया र इजिप्टमा पनि आत्मदाहसँगै प्रदर्शनको लर्को लागेको छ। 'फाइनान्सियल टाइम्स'का अनुसर, खाद्यान्नको आकासिँदो मूल्यवृद्धि, व्यापक मात्रामा फैलिएको बेरोजगारी तथा धनीगरिबबीच बढ्दो खाडल नै प्रदर्शनका कारकततत्व हुन्।
चर्को बेरोजगारी र आकासिँदो भाउवृद्धिको मार खेपिरहेका इजिप्टका जनताले पनि ट्युनिसियाको सिको गरेका छन्। उनीहरूले सरकारको बर्खास्ती वा सरकारमा सामान्य परिवर्तन होइन, राष्ट्रपति होस्नी मुबारककै राजीनामा र उनको दीर्ध कुशासनको अन्त्यको माग राखेर दिनहुँ सडक तताइरहेका छन्। अरब जगत्को सबैभन्दा धेरै जनसंख्या भएको इजिप्टमा मुद्रा कोषबाट थोपरिएको संरचनागत समायोजन कार्यक्रमको दुस्प्रभावस्वरूप ४० प्रतिशत जनता दैनिक दुई डलरभन्दा कम पैसामा तन्नम गरिबीको जीवन बाँचिरहेका छन्। आठ करोड जनसंख्या भएको इजिप्टमा ६० प्रतिशत त ३० वर्षमुनिका छन्, जसमध्ये १० जनामा ९ जना त बेरोजगारै छन्। त्यो हदसम्म गरिबी र बेराजगारी रहेको देशमा सरकार आफै तानाशाही हुनु नै पर्याप्त थियो, जनविद्रोहका लागि। त्यसमाथि, तानाशाही सरकारले एकाधिकारी पुँजीपतिको स्वार्थ रक्षाका लागि केही महिनाअघि मात्रै आधारभूत वस्तुमा भाउ बढाउनु जनताको विद्रोही मनस्थितिमा घिउ थप्नु साबित भयो। विद्रोह साम्य पार्न अमेरिकाबाट ठूलोमात्रामा मकै आयात गरिएको छ र नयाँ सरकार बनाएर विद्रोहको आगोमा पानी छ्याप्न खोजिएको छ।
विडम्बना, विश्वको एकल महाशक्ति अमेरिकाले आफ्नो प्रिय अरबी तानाशाहलाई बचाउन मकैको निर्यात गर्दैमा, बहुदलीय प्रजातन्त्र बहाली गर्न सुझाव दिँदैमा, नयाँ सरकार निर्माण गर्न बाटो खुला गर्दैमा विद्रोहको आगो निभ्ने स्थिति अब छैन। अमेरिकाले मकैमात्र होइन, सेना र हतियारै निर्यात गरेपनि, अल बारादेइजस्ता विपक्षी नेतै पैठारी गरेपनि विद्रोहको आगो निभ्ने संकेत छैन। किनभने विद्रोहमा उत्रेका इजिप्सियनलाई थाहा भइसकेको छ, नोट र भोटमा चल्ने बहुदलीय प्रजातन्त्रबाट मात्रै आफ्नो रोग, भोक र शोक शान्त हुँदेन।
नेपालमा पनि सन् १९८० को दशकदेखि लागू भएको खुला बजार अर्थतन्त्रले गरिबीको पुनरुत्पादनसँगै सम्भ्रान्त वर्गको श्रीसम्पत्ति वृद्धि गर्नेबाहेक केही गरेको छैन। यहाँ भएका एकसेएक जनआन्दोलन, जनयुद्ध र 'जनक्रान्ति'ले पनि राज्य र समाजको संरचनामा आधारभूत परिवर्तन गर्न सकेका छैनन्, केही देखावटी फेरबदल गर्नेबाहेक। धेरैजसो संघर्षपछि पनि यहाँ परम्परादेखि चलिआएको सम्भ्रान्त वर्गको दबदबालाई छोपछाप गर्ने, उनीहरूको सत्ताशक्तिलाई वैधता र वैधानिकता दिने अनि त्यसमा मध्यम वर्गको पहुँच बढाउने कामबाहेक केही भएको छैन। लोकतान्त्रिक गणतन्त्रलाई गरिखाने वर्गको हित र स्वार्थसम्म अर्थात् आर्थिक लोकतन्त्रसम्म विस्तार गर्ने गरी नयाँ संविधान लेखन र राज्यको रूपान्तरण गर्न सकिएन भने ०६८ जेठ १६ पछि सम्भ्रान्त वर्ग र तिनको स्वार्थ रक्षा गर्ने राजनीतिक नेतृत्वको सत्ता, शान्ति र समृद्धिमात्रै कायम रहन्छन् भन्न गाह्रो छ। चर्को बेरोजगारीलाई विदेश निर्यात गर्दै रेमिट्यान्सबाट मोटाउने 'काट्टो अर्थतन्त्र' लाई जारी राख्दै बस्ने, अर्थव्यवस्थालाई देशीविदेशी साहुकारकै ठेक्कामा दिएर 'रेन्ट' असुल्दै बस्ने बजारतन्त्रलाई निरन्तरता दिने अनि मजनतालाई गरिबी, बेरोजगारी, महँगी र उत्पीडनकै कोसेली दिइराख्ने धनतन्त्रलाई कायम राख्न सबथोक गर्ने काम जारी नै राखियो भने यसबीचको अवधिमा पनि कतिखेर विस्फोट हुने हो भन्न सकिँदैन। जनआन्दोलनबाट राजतन्त्रै फ्याक्न सकिने उदाहरण विश्वव्यापी रूपमा स्थापित गरिसकेका नेपाली जनताले धनतन्त्र फेर्न ट्युनिसिया र इजिप्टको पाठ सिकिराख्नु पर्दैन, त्यसको राप, ताप, प्रकाश नै काफी हुन्छ।