संविधान सभा निर्वाचनको परिणामपछि राजीनामा गर्ने दुई जना नेता एमाले महासचिव माधवकुमार नेपाल र कांग्रेस कार्यवाहक सभापति सुशील कोइरालालाई प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले गाली गरेका थिए। सुशीलले जवाफमा भने 'खै त्यस्तै के भयो' भने जसले राजीनामा घोषणा गरेका थिए, दिएका थिएनन्, त्यसै ढिसमिस भयो।
'राजनीतिमा हारजीत भइरहन्छ, किन राजीनामा गर्नुभयो माधवजी?' कोइरालाले भने। त्यसो त माओवादी अध्यक्ष पुष्पकमल दाहालले पनि नेपाललाई भनेका थिए, 'तपाईंले त्यसरी फ्याट्ट राजीनामा गरिहाल्न नहुने माधवजी, यो त संविधान सभा निर्वाचन पो हो, हामी सबै मिलेर संविधान बनाउनतिर लाग्नुपर्ने।'
नेपालले आफू दुई-दुई ठाउँबाट हारेको र ठूलो पार्टी बनाउँछु भन्दा तेस्रो पार्टी हुन पुगेको मनोदशा व्यक्त गर्नु स्वाभाविक थियो। उनले झलनाथ खनाललाई कार्यवाहक महासचिव बनाएर मात्र पुगेन, बुटवल महाधिवेशनमा गत वर्ष अध्यक्ष निर्वाचित गर्न उनका प्रतिस्पर्धी केपी शर्मा ओलीको पक्षमा उभिएनन्।
तिनै कोइराला हुन् जसले प्रधानमन्त्रीबाट दाहालको राजीनामापछि नेपाल र खनाललाई आफ्नो निवासमा बोलाएर भने, 'अब तपाईंहरू नेतृत्व लिनुहोस्, कांग्रेस सरकारमा जान्छ।'
माओवादीको आग्रहमा सभासद् मनोनित बनेर नेपाल भर्खर-भर्खर संवैधानिक समितिका सभापति चुनिएका थिए, खनाल संसदीय दलका नेतामात्र होइनन् पार्टीका निर्वाचित अध्यक्ष भइसकेका थिए। 'यसो गरौं,' कोइरालाले भने, 'अहिलेलाई माधवजी नै प्रधानमन्त्री बने पनि हुन्छ।' खनाल झसङ्ग भए तर एक शब्द प्रतिवाद गर्न सकेनन्। तिनै खनालले केन्द्रीय कमिटी बैठकबाट नेपाललाई प्रधानमन्त्रीका सर्वसम्मत् उम्मेदवार बनाए।
माओवादीले भन्ने ठाउँ भेट्यो- दुई दुई ठाउँबाट पराजित व्यक्ति प्रधानमन्त्री भए, लोकतन्त्रको यो मजाक हो। त्यसलाई बढाउँदै उसले भारतको 'रिमोर्ट कन्ट्रोल'ले चल्ने सरकार भन्ने नारा लगायो र 'राष्ट्रिय स्वाधीनताका पक्षमा' असफल आन्दोलन गरी सरकारलाई धेरै महिना असफल तुल्याइरह्यो। तर नेपाल नेतृत्वको गठबन्धन सरकार माओवादीका कारण राजीनामा गर्न पुगेको होइन। माओवादीले भित्रभित्रै प्रोत्साहित गर्दा एमालेभित्रकै दबाबसामू प्रधानमन्त्री नेपाल गत असार १६ गते राजीनामा गर्न विवश भए। नेपालको राजीनामा दाहालका कारण होइन, खनालका कारण भएको थियो।
त्रिशंकु संसदको सर्वाधिक लाभ तेस्रो दलले पाउने हाम्रै पुरानो प्रतिनिधि सभाकालमा देखिएको थियो। जतिखेर एमालेले राप्रपाका लोकेन्द्रबहादुर चन्दलाई प्रधानमन्त्री बनायो भने कांग्रेसले त्यसपछि सूर्यबहादुर थापालाई। पालैपालो दुबै राप्रपा नेता प्रधानमन्त्री बनेकै हविगत अहिलेको सर्वाधिकारसम्पन्न व्यवस्थापिका संसदले बेहोरेको छ। तेस्रो दलका एक नेतालाई पहिले कांग्रेसले प्रधानमन्त्री बनायो, अहिले अर्का नेतालाई माओवादीले।
खनाललाई प्रधानमन्त्री उम्मेदवार बनाउने एमाले केन्द्रीय कमिटीको पछिल्लो प्रस्ताव उनका प्रतिस्पर्धी ओली स्वयम्ले राखे, नेपालले समर्थन जनाए। एमालेमा पूर्ण एकताको भावना देखिएको छ, ठीक यसै गरी नेपाललाई प्रधानमन्त्री बनाउ"दा। त्यसो त गत सात महिनाको प्रधानमन्त्री निर्वाचनको परिणामशून्य सिलसिलाको मुख्य जड स्वयम् एमाले थियो जसले बहुमतीयबाट प्रधानमन्त्री नबन्ने र अरूलाई पनि नचुन्ने 'चट्टाने अडान' लिइरह्यो। निर्वाचनको सोह्रौं चरणको असफलतापछि स्वयम् त्यही पार्टीले महसूस गर्यो र बहुमतीयमै जाने निर्णयमा पुग्यो। त्यही निर्णय खनालका लागि मार्गप्रशस्त गर्ने कोसेढुंगा थियो।
नेपालले राजीनामा दिएपछिको पहिलो निर्वाचन गत साउन ५ गते खनालको उम्मेदवारी प्रस्तावक कामचलाउ प्रधानमन्त्री नेपालले फिर्ता लिइदिएका थिए। किनभने दुई तिहाई अर्थात् ४०१ मत आउने नदेखिए चुनाव नलड्ने पार्टीले निर्णय गरेका थिए। अरूका लागि ३०१ भए पुग्ने, खनालका लागि थप एक सय सांसद चाहिने बन्धनमा एमाले आफैं बा"धिएको थियो। खासमा त्यही बन्धन फुकाउने निर्णयको सकारात्मक परिणाम माघ २० गते बिहीबार संसदमा निस्किएको हो।
त्यस हिसाबले आफ्नै सरकार गिराउने, अर्को सरकार सात-सात महिनासम्म बन्न नदिने र फेरि आफ्नै नेतृत्वको सरकार बनाउने राजनीतिक चतुर्याईं एमालेले प्रदर्शन गर्यो, अर्को हिसाबले राष्ट्र, जनता र संविधान सभाको महंगो समय लोकतान्त्रिक परिपार्टी र दलहरूप्रति जनतामा उदासिनता बढाउने भूमिका त्यही पार्टीले गर्यो। तर नेपाल नेतृत्वकै सरकारले माओवादीको उत्ताउलो अनिश्चितकालीन आमहड्ताल निष्तेज पार्ने र उसलाई मूलधारको जिम्मेवारपूर्ण स्थानमा बस्न दबाब दिने, अनमिन बहिर्गमनपछि तिनका लडाकुलाई विशेष समिति मातहत ल्याउने सफलता हासिल गर्यो।
खनाल संविधान सभाको म्याद पुगनपुग चार महिना बाँकी रहँदा प्रधानमन्त्री बनेका छन्। संविधान निर्माणअघि शान्ति प्रक्रिया टुंग्याउने दायित्व उनीमाथि परेको छ। ती दुबै जिम्मेवारी वहन गर्ने सरकारको कुशल नेतृत्व सम्पन्न गरे भने आगामी निर्वाचनसम्म उनले मुलुकको कार्यकारी बागडोर सम्हाल्नेछन्। नेपालको भन्दा फरक खनाललाई अवसर छन् र त्यत्तिकै फरक चुनौती।
उनलाई अवसर के छ भने संसदको सबभन्दा ठूलो दल माओवादीको बलमा उनको सरकार टिक्ने छ। उनले माओवादीलाई आफ्नो मन्त्रिमण्डलमा ल्याउने र त्यसका लागि शक्ति बाँडफाँड तथा साझा कार्यक्रम निर्धारण गर्नु धेरै सजिलो छैन। माओवादीले खनालको सफलता आफ्नो व्यवहारमा निर्भर रहने महसूस गरी नयाँ सरकारको काँध बलियोसँग थाम्नै पर्ने हुन्छ। त्यसका लागि एमालेसँगका सैद्धान्तिक अन्तरविरोधहरूको सम्मान गर्दै सहिष्णुता र सहअस्तित्वपूर्ण भावनाले साझा कार्यक्रम तय गर्न सहयोग पुर्याउनुपर्ने हुन्छ। त्यसैगरी मन्त्रिमण्डलमा आफ्नो दलका तर्फबाट प्रभावकारी हैसियत र क्षमताका नेताहरू पठाउनुपर्ने हुन्छ।
कोइरालाले नेपालको मन्त्रिमण्डलमा जसरी आफ्नो दलका तर्फबाट ज्यादै कमजोर सहभागिताको सिफारिश गराए, दाहालले खनालको मन्त्रिमण्डलमा त्यस्तै सहभागिता गराउन खोजे भने नयाँ सरकार त्यहीँबाट कमजोर सावित हुन पुग्नेछ। त्यसैगरी शान्ति प्रक्रियासम्बन्धी एमाले र कांग्रेसका अडान बुझ्न चाहेन, नया" प्रधानमन्त्रीलाई लडाकु समायोजन र व्यवस्थापनमा सजिलो तुल्याउन खोजेन भने नयाँ सरकारमाथि कांग्रेसबाट होइन, स्वयम् एमालेबाटै हमला हुन थाल्नेछ। संविधानका आधारभूत लोकतान्त्रिक विषयमा सहमति जनाउन तत्पर भएन भने माओवादी स्वयम् आफ्नो अनुकूलमात्र होइन, आफ्नै सहभागिताको सरकारलाई घात् गर्ने पक्ष हुन पुग्नेछ। हुनतः अध्यक्ष दाहालले बिहीबार संसदमा उम्मेदवारी फिर्ता लिनुअघि दिएको मार्मिक मन्तव्यमा देश र जनताप्रति जिम्मेवारीबोध प्रदर्शित गरेका छन् र विशेषगरी भारतलाई लक्ष्यित गर्दै 'रिमोर्ट कन्ट्रोल'बाट नचल्ने सरकारप्रति विश्वास प्रकट गरेका छन्। उनको आशयअनुसार प्रधानमन्त्रीका रूपमा खनाल 'राष्ट्रिय स्वाधीनता' बलियो बनाउन सक्षम छन् जसलाई माओवादीले पूर्ण साथ दिनेछ।
अर्कातिर चुनौती भने नयाँ सरकार सम्भवतः बामपन्थीहरूको गठबन्धन बन्दैछ। कांग्रेस र मधेशका केही मुख्य दल प्रतिपक्षमा रहने अवस्थामा 'बामपन्थी र लोकतन्त्रवादी'को सरकार र प्रतिपक्ष सोझो सैद्धान्तिक द्वन्द्वतर्फ उन्मुख हुन सक्नेछ। पहिला दाहालको मन्त्रिमण्डलमा कांग्रेस सहभागी हुन चाहेको थियो, उसको मुख्य शर्त आफूलाई रक्षा मन्त्रालय दिनुपर्छ भन्ने थियो। माओवादीले समानान्तर फौज राखिरहेको अवस्थामा समेत दोस्रो ठूलो दललाई रक्षा विभाग नदिएर केही महिनापछि सेनाभित्र प्रवेश गर्ने नियत लुकाएको थियो। त्यसरी कांग्रेस दाहाल मन्त्रिमण्डलमा समावेश भएको भए प्रधान सेनापति प्रकरण टर्न सक्थ्यो र दुई तिहाई मत प्राप्त दाहाल गठबन्धन अहिलेसम्म स्थीर रहन पनि सक्थ्यो। त्यो पनि एक प्रकारले बामपन्थी गठबन्धन थियो जसको असफलता अपरिहार्य हुन पुग्यो।
माओवादीले खनाललाई आफ्नो रिमोर्ट कन्ट्रोलका रूपमा राख्छ कि जिम्मेवारीपूर्वक शान्ति प्रक्रिया र संविधान निर्माण सम्पन्न गर्ने व्यवहारिक दिशातिर सहयोग गर्छ भन्नेमै अबको सरकारको सफलता निर्भर हुनेछ। खनाल आफैं पनि ०४७ सालको अन्तरिम सरकारदेखिकै खुला राजनीतिका अनुभवी नेता हुन्। कुनै बेलाको सबभन्दा ठूलो कम्युनिष्ट पार्टीका भूमिगत महासचिव रहेका, चिन्तनशील तथा अडानमा अडिग रहन सक्ने व्यक्तित्वका रूपमा परिचित उनले नेपाल नेतृत्वको सरकार विस्थापित गर्नुको औचित्य आफ्नो सरकारको सफलताबाट पूष्टि गर्न सक्नुपर्नेछ। जसरी नेपाललाई माओवादीभन्दा स्वयम् आफ्नै पार्टीबाट समस्या आयो, त्यसैगरी खनाललाई पनि अब कांग्रेसबाट भन्दा आफ्नै पार्टीबाट आउन सक्ने हेक्का सायद पूरै हुनुपर्छ।