मधेस आन्दोलनले स्थापित गरेका सबालप्रति सकारात्मक भएर सम्बोधन गरेमा मधेसी जनताको समर्थन स्वतः हासिल हुनेछ।
राष्टिय सहमति कायम गर्ने भन्दै पार्टीलाई तटस्थ राखेर सात महिना पाँच दिन व्यर्थमा खेर फाल्न बाध्य बनाएर नेकपा (एमाले)का अध्यक्ष झलनाथ खनाल अन्ततः प्रधानमन्त्री बनेका छन्। गतिरोध अन्त्य हुनु सकारात्मक भए पनि एनेकपा (माओवादी) र एमाले दुवैले राष्ट्रको महत्वपूर्ण समय व्यर्थैमा खेर फालेको पुष्टि भएको छ। खनाल मधेसका सबालहरूमा अनुदार रहेको सर्वसाधारण मधेसी र मधेसवादी राजनीतिक दलहरूको ठहरको छ। प्रधानमन्त्री निर्वाचनमा उनलाई कुनै पनि मधेसी दलको मत प्राप्त भएन। उनका विरुद्ध मधेसी मोर्चाका उमेदवारले निर्वाचन लडे। यसले खनाललाई मधेसप्रति अझ अनुदार बनाउनसक्ने अनुमान गरिएको छ। तर यसो भएमा उनको सरकार र दल दुवैलाई हानि हुनसक्छ। यसै पनि कमजोर भएको जनाधार अझ घट्नसक्छ। त्यतिमात्र हैन, संसदमा पनि मधेसी दलको अवरोध र असहयोग बढ्न सक्छ। मधेसमा बन्द हडताललगायतको असहज परिस्थिति उत्पन्न भएमा उनको सरकारको यात्रा असहज हुनसक्छ।
मधेसवादी दलमा चुलिएको फुटप्रवृतिले तिनको एकमुष्ट समर्थन पाउन सहज छैन। उपेन्द्र यादवको पार्टीले समर्थन गर्ने संकेत दिएपनि उनको मात्र समर्थन लिनु झन् प्रत्युत्पादक बन्नसक्छ। यसले मधेसी शक्तिलाई टुक्रा पारेको आरोप खनालालाई लाग्नसक्छ भने मन्त्रिपरिषद्मा एमाले झन् अल्पमतमा पर्नसक्छ। उपेन्द्र यादव एमालेभन्दा माओवादीसित बढी नजिक देखिनुहुन्छ। मधेसको सबालमा एमालेभन्दा माओवादी सुरुदेखि उदार रहँदै आएको छ। त्यही उदारतालाई देखाएर यादवलाई माओवादीका पक्षमा लाग्न सजिलो हुनसक्छ। मन्त्रिपरिषद्मा उनले खनालका भन्दा माओवादीको प्रस्तावमा समर्थन गर्नेछन्। फलस्वरूप, खनाल आफ्नै मन्त्रिपरिषद्मा अल्पमतमा पर्नेछन्।
खनालले एकाध मधेसी दल वा नेतालाई राम्रो मन्त्रालय दिएर फकाउनुको साटो समग्र मधेसी दललाई समर्थन गर्न बाध्य पार्न सक्नुपर्छ। मधेसी जनताको मन जित्ने काम गरेर सकभर मधेसी मोर्चालाई नै सहमतिमा ल्याउने प्रयास गर्नुपर्छ । यसको निम्ति उनले मधेस आन्दोलनले स्थापित गरेका मधेसका सबालप्रति सकारात्मक हुनु आवश्यक छ। मधेसको सबाललाई सम्बोधन गर्न प्राथमिकता दिएमा उनलाई समर्थन स्वतः हासिल हुनेछ। संघीयता सुनिश्चित गर्ने वातावरण निश्चित गर्नुपर्छ भने मधेसवादी दलसित राज्यले गरेको ८ बुँदे र १६ बुँदे सहमति कार्यान्वयन गर्नेतर्फ लचिलो हुनुपर्छ।
मधेसी मोर्चाले यसअघि प्रस्ताव गरेको सर्तमा लचकता देखाइयो भने मधेसी मोर्चामाथि समर्थन गर्ने नैतिक दबाब पर्नसक्छ। सेना प्रहरीलगायत राज्यको अंगमा मधेसीको समानुपातिक प्रतिनिधित्वलाई प्राथमिकता दिइयो भने चाहेर पनि मधेसवादी दल असहमत हुन वा अनावश्यक मधेसमा बन्द हडतालै गर्नसक्छन्। मधेसको बिग्रँदो शान्ति सुरक्षा, अस्थिरता, अराजकता र दण्डहीनता अन्त्य गर्न तथा ओझेलमा परेको आर्थिक विकासलाई बढाउन प्राथमिकता दियो भने मधेसी दल त समर्थन गर्न बाध्य हुनेनै छन् मधेसी जनता पनि एमाले र सरकारप्रति आकर्षित हुन सक्छन्।
मधेसको यतिखेरको प्रमुख समस्या सशस्त्र द्वन्द्व छ। मधेसको सशस्त्र द्वन्द्वलाई वार्ताद्वारा समाप्त गर्न सकिएमो झन् सर्वसाधारण मधेरी जनताले शान्तिको सास फेर्नेछन्। त्यति हुन सके उनीहरूले मात्र हैन सशस्त्र समूहहरूले पनि सरकारलाई सहयोग गर्नसक्छन्। मधेसमा विधिको शासन कायम गरी मानव अधिकार उल्लंघन र घरेलु हिंसाका घटनालाई कम गर्ने अभियान सरकारले चलाएमा अन्तर्राष्ट्रिय समुदायको पनि समर्थन मिल्नसक्छ। यसले मधेसी दलमात्र होइन अरू ठूला दल पनि सहमतिमा आउन बाध्य हुनेछन्। मधेसवादी दलले त झन् सरकारलाई समर्थन गर्ने बाटो नै पाउदैनन्। त्यस अवस्थामा सरकारलाई समर्थन नगर्नेहरू मधेस विरोधी ठहरिनेछन् र तिनको मधेसबाट पत्ता साफ हुनेछ।
सरकारले अनुमति दिएको कलेजमै स्तरीय पढाइ नभएको र केही कलेजको अनुमति खारेज गरिएको कारण विद्यार्थीले बिनाकसुर ट्युसन फीसमेत गुमाउनु परेको छ।