आलोपालो सरकार चलाउन वामपन्थी ध्रुवीकरणको प्रयास थाल्ने सात बुँदे सम्झौताले राष्ट्रिय सहमति, शान्ति प्रक्रिया र संविधान निर्माणलाई केन्द्रमा राख्ने प्रधानमन्त्री खनालको कथनलाई झुटो साबित गरेको छ।
सात महिनाको गतिरोध र अलमलपछि राजनीतिले निकास पाएजस्तो गरी मुलुकले कम्तीमा सरकार पाएको छ। तर, यसबाटै मुलुकमा देखिएको राजनीतिक संकट समाधान हुन्छ भन्न भने गाह्रो छ। देशका विकराल र भयानक समस्या जस्ताका तस्तै छन्। प्रधानमन्त्री झलनाथ खनालले शान्ति र संविधान लेखनलाई प्राथमिकतामा राखे तापनि यो त्यति सहज भने छैन। गठबन्धनमा उहाँको भन्दा शक्तिशाली दल एकीकृत नेकपा (माओवादी) आजसम्म जुनरूपमा प्रस्तुत हुँदै आएको छ त्यसमा उहाँलाई प्रधानमन्त्रीमा समर्थन गरेको भोलिपल्ट या आफ्ना पार्टीका केही सदस्यलाई मन्त्री बनाउँदैमा परिवर्तन होला भन्ने संकेत उसले दिएको छैन। यस अवस्थामा विगतको यस्तै प्रकृतिको गठबन्धन तोड्न बाध्य एमालेका अध्यक्ष खनालका लागि यो यात्रा कसरी सहज होला र?
अर्को पक्ष पनि छ, सात महिनासम्म सहमतीय सरकार बनाउने प्रयत्न विफल भएपछि बहुमतीय पद्धतिबाट सरकार बन्न पुगेको छ। सहमतीय पद्धतिबाट मात्रै सरकारको नेतृत्व गर्ने आफ्नो पार्टीबाट 'म्यान्डेट' पाएका खनाल विगतमा संसद्भित्रको पहिलो चरणकै निर्वाचनबाट स्वेच्छाले बाहिरिनुभएको हो। र, त्यसपछि उहाँ र उहाँको दल तटस्थ बस्दै आएको हो। यस पटक उहाँहरू बहुमतीय पद्धतिमा आउनुभयो। यसरी बहुमतीय पद्धतिमा आउने म्यान्डेट सहजरूपमा उहाँलाई उहाँको दलले दिएको होइन भन्ने छर्लंगै छ। त्यसैगरी माओवादी संसद्भित्रको सबभन्दा ठूलो दल भए पनि उसले बहुमत पनि पुर्याउन नसकेको त हुँदैहो। त्यस पार्टीका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो उम्मेदवारी फिर्ता लिएर एमाले अध्यक्ष खनाललाई समर्थन जनाइसकेपछि संसद्मा खनालका पक्षमै मत गए पनि पोलिटब्युरो र व्यवस्थापिका संसद् सदस्य गरी ५४ सदस्यले 'नोट अफ डिसेन्ट' अथवा यो निर्णयविरुद्ध असहमति जाहेर गरेका छन्। यस स्थितिमा खनालजी ३ सय ६८ मत प्राप्त गरी प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको छ। एकातिर उहाँको आफ्नै पार्टी एमालेको एउटा समूहको असन्तुष्ट पक्ष अर्कोतिर माओवादीको स्पष्टतः नोट अफ डिसेन्ट लेख्ने पक्षको मतलाई जोड्ने हो भने प्रधानमन्त्री निर्वाचित भएकै दिनदेखि खनाल नैतिकरूपमा अल्पमतमा हुनुहुन्छ। यस चुनौतीको सामना गर्नु उहाँका लागि त्यति सरल र सहज छैन।
मन्त्रिपरिषद् गठन सम्बन्धमा अरु केही चर्चा सुनिएका छन्। मतदानमा सामेल नभएको मधेसी जनअधिकार फोरम पनि मन्त्रिपषिद्मा सामेल हुँदैछ रे। यो अर्को विडम्बना हो। सरकार बनाउन सहयोग नगर्ने तर सरकार बनिसकेपछि हामफालेर सरकारमै जाने। यसलाई कस्तो किसिमको राजनीति मान्ने? यस किसिमको राजनीतिक अभ्यासले सरकारलाई दीर्घजीवन दिनका लागि सहयोग गर्ला?
यस क्रममा लुकाइएको एउटा समझदारी या सम्झौता रहेछ माओवादी र एमाले अध्यक्षको सात बुँदे सहमति पत्र। खनालले बहुमत पाएपछि दुईटै पार्टीका अरू नेताबीचमा यो रहस्य खुल्यो। अरू नेताले यसलाई आपत्तिजनक मानेका छन्। प्रतिपक्षमा बस्ने निर्णय लिइसकेकालाई त स्वाभाविकरूपमा आपत्ति हुने नै भयो। तर, आपसमै खैलाबैला मच्चाउनेे यस सहमतिपत्रले शपथग्रहण हुनुअघि नै सरकारको आयुमा प्रश्न उठाइसकेको छ। आलोपालो गरी सरकार हाँक्ने वामपन्थी गठबन्धन र वामपन्थी ध्रुवीकरणको यस यत्नलाई अगाडि बढाउने जुन आशय ७ बुँदाबाट झल्किन्छ त्यसबाट राष्ट्रिय सहमति गरी शान्ति प्रक्रिया र संविधान निर्माणलाई केन्द्रमा राखेर सबै विषय अगाडि बढाउँछु भन्ने खनालको कथनको रंग दोस्रो दिनदेखि नै उड्न थालेको छ।
को मन्त्री हुन्छन्, बनाइन्छन् र सरकारको आयुलाई दीर्घजीवन दिइन्छ भन्ने टिकाटिप्पणीहरू स्वयं नेताहरूको वक्तव्यमा आउन थालिसकेका छन्। यसले शान्ति र संविधान दोस्रो र सरकारको आयु पहिलो प्राथकिता भएको देखाउँछ। सरकारको आयुसम्बन्धमा गठबन्धनकै बीचमा शंका छ। आयुमै शंका भएको सरकारले अबको १ सय २० दिनभित्र शान्ति प्रक्रिया र संविधान निर्माणमा अल्झेका विषय टुंगो लगाएर मुलुकलाई अहिलेको गतिरोधबाट उतार्न सक्ला? यथा, यो व्यवस्थापिका संसद् एवं संविधानसभा सक्षम होला? मन्त्री पद बाँडेर राजनीतिक असन्तोषलाई मत्थर गर्ने प्रयत्न होला तर शान्ति प्रक्रिया र संविधान निर्माणमा त्यसले कुनै योगदान गर्दैन। मुलुकको राजनीतिको त्यो बेग्लै पाटो हो। प्रतिपक्षको दबाब शान्ति प्रक्रिया र संविधान निर्माणमै केन्द्रित हुन्छ। सँगै उसले सरकारको काम कारबाहीमा पनि चनाखो दृष्टि राख्ने नै छ। हुनत, एउटै पार्टीको नेतृत्वमा अर्को गठबन्धन सरकार बनेकोमात्रै भएकाले यसबाट तात्विक परिवर्तनको अपेक्षा गर्न सकिँदैन। बरु, गठबन्धनको चरित्रमा तात्विक भिन्नता भएकाले प्रजातन्त्रवादी शक्ति बढी सशंकित हुनु स्वाभाविक छ।
अब पहिले देखि नै रहिआएको दलहरूबीचको पारस्परिक शंका अझै घनिभूत हुनसक्छ। त्यसका कारण शान्ति प्रक्रियाले गति लिन सत्तै्कन। त्यसपछि राष्ट्रिय सेनालगायत शान्ति प्रक्रियाका अरू सरोकारवाला संस्था, विदेशी मित्रहरू सबैसँगको समीकरणमा पुनर्विचार र पुनर्मूल्यांकन स्वाभाविक हुन जान्छ। केही दिनको विलम्ब यसैकारण अवश्यंभावी छ। यता संविधान निर्माणको काम जतिसुकै इमानदारीसाथ गरे पनि दलहरूबीचको विवादले टुंगोमा पुग्न नसकिएका धेरै बुँदा छन्। एक दिनमा एउटा विवादलाई टुंगामा पुर्याउने हो भने पनि बाँकी दिन पर्याप्त हुने स्थिति देखिँदैन।
त्यसकारण अनेक जटिलता, झमेला, शब्दावलीप्रतिका झुटा र अमूर्त लिप्सा छाडेर लोकतन्त्रका आधारभूत मान्यता स्वीकार गरी छोटो र छरितो संविधानको सानो दस्तावेजको निर्माण गर्ने विकल्पमात्र बाँकी छ। शान्ति प्रक्रियामा पनि यस्तै ठोस प्रकृतिको उपाय निकाल्न सक्नुपर्छ। वर्तमान प्रधानमन्त्रीले पद प्राप्तिका लागि स्वीकार गरेका सात बुँदा उहाँकै पार्टी पंक्तिलाई पनि अमान्य हुन सक्छन्। राजनीतिको बाटो सिधा हुँदैन, बाँगोटिँगै हुन्छ। धेरै प्रकृतिका चुनौती खनालका अघिल्तिर छन्। अरू विषयमा आउने दिनमा हामीले उहाँलाई सजग गराउनु त छँदैछ। यी कार्यभारलाई सहज बनाउन वर्तमान प्रधानमन्त्रीले नेतृत्व गरिएको सरकारसँग न त क्षमता छ न त उसले त्यस प्रकृतिको राष्ट्रिय र अन्तर्राष्ट्रिय सहयोग पाउने अपेक्षा नै गर्न सकिन्छ।
बहुदलीय पद्धति भए पनि सरकार बनिसकेपछि त्यसलाई टेवा दिन पार्टीको खासै भूमिका हामीकहाँ हुने गरेको देखिँदैन। सरकारबाट फाइदा लिने, मुलुकका स्रोतको दोहन गर्ने, मन्त्रीबाट हुने नहुने काम गराउनमा मात्रै पार्टीका नेता कार्यकर्ताको ध्यान जानेगर्छ। सरकारमा बसेकाले पनि कार्यकर्ता संरक्षणका नाममा दण्डहीनतालाई प्रोत्साहित गर्ने, अपराधवृत्तिलाई संरक्षित गर्ने, राष्ट्रिय ढुकुटी र स्रोतको जथाभावी दोहन गर्ने प्रवृत्ति परम्पराजस्तै बन्दै गएको छ। यो सरकारमात्रै अपवाद कसरी होला र? यस्तो प्रवृत्तिमा कति नियन्त्रण होला वा बढ्ला त्यसको चर्चा अहिले गरिहाल्नु उचित नहोला तर तर नेतृत्वको विगत हेर्दा धेरै उत्साहित हुने ठाउँ भने छैन।
प्रधानमन्त्री निर्वाचनको दिन व्यवस्थापिका संसद्मा देखिएको दृश्य र प्रधानमन्त्रीका उम्मेदवार, उनका प्रस्तावक र समर्थक र सदस्यहरूको भागभंगिमा हेर्दा, सुन्दा र मतदानको विभाजन देख्दा देश सही दिशामा जान लागेको मान्न सकिँदैन। विखण्डित मधेसवादी दल, एउटै आस्था र सिद्धान्त भएको भनिएका दलभित्रको सैद्धान्तिक विभाजन, आपस्तको वैयक्तिक मनोमालिन्य यी सबैले गर्दा दलहरूको राजनीतिक जग नै कमजोर हुनपुगेको छ। अन्ततः यसको अन्तिम प्रहार विन्दु बहुदलीय प्रजातन्त्र नै हुने हो। यस्तो स्थितिको अन्तिम लाभ अधिनायकवादले नै लिन्छ। वैचारिक हिसाबले माओवादी अधिनायकवादको नजिक होला तर २१ औं शताब्दीमा के त्यो संभव छ? अधिनायकवादले स्थान पायो भने माओवाद वा लेनिनवाद होइन कोही अरू नै आउनेछ। त्यो कसैको हितमा हुनेछैन। वर्तमान गठबन्धनले यस विषयमा सोच्न सक्नुपर्दछ। तैपनि, मूल प्रश्न त यही हो प्राविधिक बहुमत तर नैतिकरूपमा अल्पमतको सरकारको आयु कति होला?