अपुतालीको आश
हरिमल र परिमल दाजुभाइ थिए। दाजु हरिमलका सन्तान थिएनन्। भाइ परिमलका दुई छोरा थिए। हरिमलको अपुतालीले सन्तानलाई पुग्ने ठानेर परिमल आफ्नो भागको खेत बेच्दै पैसा खर्च गर्ने गर्थ्यो। एक जना युवकले परिमललाई सम्झायो – 'यसरी पैत्रिक सम्पत्ति व्यर्थमा नउँडाऊ। भोलि तिम्रा छोराहरुले कसरी गुजारा चलाउलान् भनेर सोचेका छौ?'
परिमलले हरिमलको अपुताली आउने संकेत गर्दै भन्यो –'कतैबाट मलाई थुप्रै सम्पति आउनेवाला छ। केको पीर?' तर, केही वर्षपछि हरिमलकी पत्नीले जुम्ल्याहा छोरा जन्माइन्। अर्काको सम्पत्तिमा आँखा गाडेर फजुलखर्च गर्ने परिमल घर न घाटको भयो।
जनजीविका, प्रतिस्पर्धा र सदाचारको राजनीति गरी भरपर्दो लोकतान्त्रिक शक्तिमा स्थापित हुने इमानदार प्रयास गर्नुको सट्टा नेकपा (एमाले)को अवनतिमा मात्र आफ्नो भविष्य सुरक्षित देख्ने एनेकपा (माओवादी)को महाभ्रम हरिमलको खराब नियतजस्तै हो। पुष्पकमल दाहालले रामचन्द्र पौडेल र विजय गच्छादारभन्दा झलनाथ खनाललाई रोज्नुमा क्षमता नभई कमजोरी निर्णायक भएको छ। हिजो गिरिजाप्रसाद कोइरालारूपी ढाडमा टेकेर नेपाली कांग्रेसको टाउकोमा हान्ने माओवादी रणनीतिको निसाना अब झलनाथ खनालरूपी ढाडमा टेकेर एमालेको टाउकोतिर सोझिएको छ। प्रचण्डमान थैब, छविलाल कार्कीहरूलाई अकालमा मृत्युपत्र थमाउने माओवादीले खनाललाई दिएको पदको यो बहारलाई एमालेले कसरी बु‰छ र उपयोग गर्छ त्यसैमा शान्ति प्रक्रिया, संविधान निर्माण र स्वयं एमालेको भविष्य निर्भर हुनेछ।
अभ्यस्त ब्वाँसो र पाको अर्ना
राजा महेन्द्र, वीरेन्द्र र ज्ञानेन्द्रदेखि गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाजस्ता कांग्रेसका महान् हस्तीहरूसम्मको छवि र खुबीको सामना गरी नेपालको वामपंथी आन्दोलनलाई उचाइमा पुर्याउन सक्ने इतिहास भएको (एमाले) अहिले माओवादी अध्यक्ष दाहालको अधिनायकवादी महत्वकांक्षाले सिर्जना गरेको चुनौतीको मुकाबिला गर्नेे चरणमा गुजि्ररहेको छ। यो पछिल्लो चुनौतीको सामना गर्नसके मात्र एमालेको अटल सौभाग्य सम्भव छ। नत्र भने माधव नेपालपछि झलनाथ खनालको प्रधानमन्त्री पदमा बहाली र एमालेले भोग्नुपर्ने अकल्पनीय क्षति लोकेन्द्रबहादुर चन्दपछि सूर्यबहादुर थापाको प्रधानमन्त्री पदमा भएको पुनरागमन र राप्रपाले भोग्नुपरेको हरिबिजोगको पुनरावृत्ति साबित हुनेछ। आश, त्रास, भ्रम, जाल, निन्दा र प्रशंसाका हतकण्डा अपनाउने दाहालको भूमिका सुम्सुम्याएर सिध्याउन अभ्यस्त ब्वाँसोको छ। उहिले गिरिजाप्रसाद कोइरालालाई फकाएर कांग्रेससहित एमालेलाई अहिलकोे रक्षात्मक अवस्थामा पार्ने माओवादी षडयन्त्रबारे सबैलाई सजग पार्न सफलता नमिले पनि केही वर्ष यता एमालेमा केपी ओलीको सक्रिय भूमिका निर्भीक, संगठित र सबल तरुण अर्नाहरूको कुशल परिचालन गरी र्यालचुहाउने ब्वाँसाको हुललाई महिनौसम्म जिल्याउनसक्ने पाको अर्नाको जस्तो छ। पाको अर्ना र अभ्यस्त ब्वाँसोमध्ये त्यही सफल हुन्छ जसले आफ्नो समूहलाई तुलनात्मकरूपले बढी सचेत, संगठित र लगनशील बनाउनसक्छ। ओली – दाहाल आमनेसामनेको हारजित पनि एमाले र माओवादी पंक्तिबीचको राजनीतिक घ्राणशक्तिको अन्तरले निर्धारण गर्नेछ। राजनीतिमा 'टिमवर्क' र 'होमवर्क' दुवै महत्वपूर्ण पाटो हो। दाहालले गर्ने चलाकी र खनालको सदाबहार जुम्सोपनले पार्नसक्ने क्षति रोक्न केपी ओलीको सजगतामात्र पर्याप्त भने हुँदैन। माधव नेपालले नबुझेरै बाठो हुन, वामदेव गौतमले बुझेर बुझपचाउन, ईश्वर पोखरेल र प्रदीप नेपालले जुम्ल्याहा ठगको भूमिका खेल्न छोड्नु पनि उत्तिकै अपरिहार्य हुन्छ।
नेपाल कांग्रेसको भड्काव
तीनतीन ओटा जनआन्दोलनको सहयात्री नेपाली कांग्रेसबाट टाढिएर माओवादीप्रति मात्र अनुग्रहित रहँदा प्रधानमन्त्री खनाल वा सिङ्गो एमालेको हालत एउटा फट्यांग्रो पाउनासाथ माउसँग सम्बन्ध विच्छेद गर्ने चल्लाको जस्तै हुनेछ। नेपाली कांग्रेसले २०५४ सालमा सूर्यबहादुर थापालाई प्रधामन्त्री बनाएर केही महिनापछि मिल्काएको थियो। भारतमा कांग्रेस (आई)ले चन्द्रशेखरलाई प्रधानमंत्री बनाएर मध्यावधि चुनाव गर्न बाध्य बनाई लोकसभामा बहुमत प्राप्त गरेको थियो। संसद्मा सबैभन्दा ठूलो दलले साना दललाई मत्स्य न्यायअनुसार निल्ने र सानो दलले ठूलो दललाई माकुराको माउझै खाइसिध्याउने दोहोरो खतरा जीवितै हुन्छ। सुख्खा ह्यान्डपम्पमा एक लोटा पानी हालेर गाग्रीका गाग्री पानी झिक्न सकिएझैँ प्रधानमन्त्री खनालको पद प्राप्त गर्न र त्यसमा टिकिरहन जस्तो सुकै मूल्य त्याग्न तयार रहने कमजोरीमाथि टिकेर उल्कापात मच्चाउन सकिने माओवादी नियत लुकेको छैन। खनाललाई शिखण्डी बनाएर सकभर सत्ता कब्जा गर्ने, त्यो नभए राष्ट्र र जनताको दोहन गर्ने जाल माओवादीले बुनेको हो। लोकतन्त्रविरुद्ध उग्रवामपंथले चाहेअनुसारको रणनीतिक बेवकुफ भेटाइसकेको हुनसक्ने यस घडीमा पाको र पुरानो लोकतान्त्रिक हस्ती नेपाली कांग्रेसमा पैदा हुने भड्काव शान्ति प्रक्रियाका लागि पानीमा आगो लाग्नुजस्तै विडम्बना साबित हुनेछ। एमालेबाट रुष्ट हुनुपूर्व संविधान सभा निर्वाचनताका आफैँले गरेको असावधानी र मनपरीले निम्त्याएको संकटलाई कांग्रेसले स्मरण गर्नुपर्छ। कांग्रेस एमालेको हैन राजाको हर्कतले आफैँ विभाजित भएको थियो तर एमालेको विभाजन खुमबहादुर खड्काले तराजुले पैसा जोख्ता र सभामुखका हैसियतले रामचन्द्र पौडेलले न्यायको तराजु ढल्काइ वैधानिकता प्रदान गर्दा संभव भएको थियो। यसर्थ कांंग्रेस उत्तेजित नभई सहमतीय सरकार निर्माण लागि अग्रसर हुनुपर्छ। त्यो संभव नभए जिम्मेवार प्रतिपक्ष कस्तो हुन्छ भनेर एमाले र माओवादीलाई पाठ सिकाउनुपर्छ। सबै कांग्रेसजन सुशील कोइराला, शेरबहादुर देउवा र प्रदीप गिरी बन्न नसकेझैँ एमालेका दर्ताचलानी सबै महेश बस्नेत, किशोरविक्रम मल्ल, अर्जुन गुरुङ्ग, र सुदेश पराजुली पनि हुनसत्तै्कनन्।
बहुलवाद र सेनासमायोजन
प्रधानमंत्री खनालको कडा परीक्षा अगामी संविधानमा बहुलवादलाई स्थान दिने कि नदिने भन्ने विवाद र सेना समायोजनको क्रममा हुनेछ। यसअघि नै सेनालाई चिडाइसकेको माओवादीको लहैलहैमा लागि एमालेले यी दुई विषयमा अहिले नै कांग्रेसलाई चिढाइहाल्नु न दूरदार्शिता हुनेछ न लाभदायी। जानीजानी शत्रु बढाउने र मित्र घटाउने काम धोकामा विश्वास गर्ने अराजकतावादीले मात्र गर्छन्।
बहुदलीयता मान्ने तर बहुलवाद नमान्ने माओवादीको बालहठ बजारमा जुनसुकै प्रजातिका फलफूलको जुस बेच्न पाइन्छ तर किसानहरूले भने स्याउबाहेक अन्य कुनै प्रकारका फलफूल उत्पादन गर्न पाउदैनन् भन्नु सरह हो। अर्कोतर्फ माओवादी लडाकुको व्यवस्थापन गर्ने क्रममा तिनको योगदान, योग्यता, रुचि, सम्मान र सामाजिक न्यायको पक्षलाई प्राथमिकतामा राखिनुपर्छ। नजितेको युद्ध जितेको डंका पिटाइलाई बल पुर्याउने असावधानी र माओवादीको म सुन्न नचाहने संकीर्णता दुवै संक्रमणकालीन संवेदनशीलता अनुकूल छैनन्।
ढाँटको निम्तो खाइपत्याउनु उपयुक्त देखेर एमालेको केन्द्रीय कमिटीले शीघ्र निर्णय गरी नेतृत्वमा गतिशीलताको अभाव नरहेको छनक दियो। एमाले र कांग्रेसमा सकभर फुट आओस्, त्यो नभए रडाको मच्चियोस् भनेर देउवा र खनाललाई ढाँटको निम्तो दिइएको थियो। दुवै दल उम्मेदवार छनौटको विवादमा फसेको बेला वाक्कदिक्क भएर मधेसवादी दल आफ्नो आँगनमा आउन बाध्य हुने माओवादीको अनुमानलाई हावा खुवाएर संक्रमणकालीन नेपालको नेतृत्व गर्नुजस्तो दुर्लभ अवसर एमालेले फुत्किनबाट जोगाएको छ। कांग्रेसपछि एमालेले ठूलो दल हुनुको विडम्बना भोगेकै कारण आफ्नो भाग्य चम्किएको तथ्यलाई बिर्सिएर स्वार्थ लुकाएर दाहालले गरेको बाध्यात्मक समर्थनलाई वरदान साबित गर्ने वा विडम्बना भन्ने खनालमाथि एमालेले लगाउने अंकुशमै निर्भर रहनेछ। दाहालको छलछामलाई आदर्श मान्ने वा इमानलाई रोज्ने छुट भने प्रधानमन्त्री खनाललाई छ।
शक्तिशाली महासचिव रहेको बेला मदन भण्डारीले आफ्ना समर्थकलाई मात्र पोस्ने कमजोरी भन्दामाथि उठेर पूर्वमहासचिव खनाललाई पार्टीको तर्फवाट २०४७ सालको अन्तरिम सरकारमा मंत्री छानेका थिए तर बदलामा दुई जना पूर्वमहासचिवहरूको नाटकीय र अप्राकृतिक गठबन्धनको कडा चुनौती हातलाग्यो। विचारको विविधताका पक्षपाति चिन्तक, प्रचारक एवम् प्रयोगकर्ता मदनले पाँचांै महाधिवेशनको उद्घाटन सत्रको कार्यसूची तयार पार्ने क्रममा फरकमतका प्रचारक खनाललाई नै उद्घोषक तोके तर बदलामा वक्ताको सूचीबाट नाम हटाइको कोसेली पाए। खनाललाई एमालेले सिंहदरवार पुर्याएको छ। एमाले वा माओवादीमध्ये एकलाई धोका नदिई प्रधानमन्त्री खनालले सुख पाउने छाँट देखिँदैन। हिजो वक्ताको सूचीबाट व्यक्तिको नाम काट्ने कृतघ्नता भएपनि संस्था एमालेको नाम मेट्ने गल्ती अब नभए पुरानो पाप कटनी हुनेछ।