मान्छेलाई सत्ताले होइन, भयले भ्रष्ट बनाउँछ। सत्तासीनहरू सत्ता गुम्ने डरले भ्रष्ट हुन्छन्, सत्ताविहीनहरू सत्ताको भयले।
–आङ सान सु ची
एनेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग सात बुँदे गोप्य सम्झौताका लागि प्रधानमन्त्री झलनाथ खनाल ओलोचित भइरहेका छन्। नजिकै पुगेर पनि सत्ता नपाउने भयले उनी त्यस हदसम्म पुगे। यो चरित्र उनले नेकपा (एमाले) कै वंशानुगत उपहारका रूपमा प्राप्त गरेका हुन्।
सत्तामा जानुअघि एमालेको पहिचान नै प्रगतिशीलता थियो। नेपाली कांग्रेसमा आन्तरिक द्वन्द्वपछि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले २०५१ सालमा मध्यावधि चुनाव गराए जसमा ९० सिट पाएर एमाले सबैभन्दा ठूलो पार्टी बन्यो। त्यसले नै उसलाई सत्ताको ढोका खोल्ने साचो सुम्पियो। अल्पमतको सरकार बनाएर उसले सुधारवादी कार्यक्रमको लहर ल्यायो। एमालेका ती कार्यक्रम उसले दिने नाराजस्तो आमूल परिवर्तनकारी थिएनन्। ती पुँजीवादी–सुधारवादी चरित्रका थिए। तथापि गिरिजाप्रसाद कोइरालाको सिर्जनाशून्य नेतृत्वबाट वाक्क जनतालाई त्यो खडेरीमा पानीेसरह भयो। आफ्नो गाउँ आफैँ बनाऊँ, नौ स, वृद्ध भत्ताजस्ता कार्यक्रम पछाडिका सरकारले पनि अन्य शीर्षकअन्तर्गत निरन्तरता दिन बाध्य भए। एमालेको सत्तामुखी चरित्रको पर्दाफास त्यतिखेर भयो जब ऊ आफूविरुद्ध आउन लागेको आविश्वास प्रस्तावबाट डराएर मध्यावधि निर्वाचनको पक्षमा उभियो।
आफ्ना सुधारात्मक कार्यक्रमको वकालत गर्दै अविश्वास प्रस्ताव सामना गरेको भए त्यसको सन्देश बेग्लै हुन्थ्यो। नेपाली कांग्रेस, राप्रपा, सद्भावनालगायत पार्टी एमालेको जनपक्षीय कामबाट कति थरहरी छन् भन्ने साबित गर्न ऊ समर्थ हुन्थ्यो। सत्ता गुम्ने भयले ऊ आफ्नै सरकारको मातहत आमनिर्वाचन गराउन कस्सियो। एमालेको जीवनमा सत्तालोभको संस्कृति त्यही विन्दुबाट प्रवेश गरेको थियो। २०५२ भदौ १२ गते सर्वोच्च अदालतले तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले ससद् भंग गरी मध्यावधि चुनावका लागि गरेको सिफारिस खारेज गरेपछि गर्भमै उसको सपनाको हत्या भएको थियो। व्यावहारिक बन्ने नाममा आदर्श पोलेर २०५४ सालमा उसले राप्रपाका लोकेन्द्रबहादुर चन्दलाई शिरमा चढाएर प्रधानमन्त्री बनायो। त्यतिखेरै ऊ सांस्कृतिक भ्रष्टाचारको पोखरीमा च्यापुसम्म डुबिसकेको थियो।
नेपालगञ्जमा भएको छैटौँ महाधिवेशनपछि २०५४ फागुन २१ गते एमाले विभाजित भयो। मार्क्सवादी द्वन्द्वको चुरो कुरा हो, आलोचनात्मक मत मन्थन गरेर संश्लेषण गर्नु र 'जनवादी' आधारमा नीति निर्णय लागू गर्नु। छैटौँ महाधिवेशनमा यही संस्कृतिको अनिकाल थियो। महाधिवेशनमा माधव नेपाल र वामदेव गौतमका कार्यपत्रको गन्तव्य एउटै थियो। दुवैको आदर्श पाँचौँ महाधिवेशनबाट लागू भएको मदन भण्डारीको जनताको बहुदलीय जनवाद थियो। दुवैका कार्यपत्र एक अर्काका परिपूरक हुन सक्थे। यति हुँदाहुँदै एमालेलाई जनताले माया मारेकै चाहिँ थिएनन्। २०५६ को आमनिर्वाचनमा यो फेरि दोस्रो स्थानमा आयो। कांग्रेसको बहुमत एमाले विभाजनको मूल्यमा मात्र आएको थियो। त्यतिखेर एमाले र मालेका उम्मेदवारले पाएको मत जोड्दा उसको भागमा एक सय ४० सिट हुन्थ्यो।
पाँचौँ महाधिवेशनअघि एमाले सानो पार्टी थियो तर निकै जुझारु र अनुशासित। जनपक्षीय प्रतिपक्षी भूमिका यसको खास चरित्र थियो। त्यतिखेर यसको संगठित सदस्य संख्या मात्र ३७ हजार छ सय ५३ थियो। पार्टी सानो भए पनि यो जुझारु थियो। कुनै पनि जनविरोधी कामविरुद्ध देशव्यापी आन्दोलनको लहर चलाउन समर्थ हुन्थ्यो। राजनीतिक कार्यदिशा जनताको बहुदलीय जनवाद भएपछि यसको संगठन खुला र व्यापक भयो। छैटौँ महाधिवेशनसम्म यसको संगठित सदस्य संख्या दोब्बरभन्दा बढेर ८३ हजार चारसय १५ पुगिसकेको थियो। संख्यात्मक वृद्धि त हुँदै गयो तर त्यही अनुपातमा यसको क्रान्तिकारी धार भुत्ते हुँदै गयो। संगठनलाई सत्ताप्राप्तिको माध्यम मान्नु र सिद्धान्तभन्दा माथि राखेर हेर्नु नै उसको ठूलो गल्ती थियो।
वामदेव गौतमलाई पार्टी फुटाएको पछुतो २०५६ को आमनिर्वाचनमा उनको पार्टी मालेले एक सिट पनि नजितेपछि भयो। त्यसको दुई वर्षपछि २०५८ सालमा पार्टी एकीकृत भयो। त्यतिखेरसम्म सत्तालोभ यसको प्रमुख चरित्र भइसकेको थियो। राजाको आह्वानमा तत्कालीन महासचिव माधवकुमार नेपालले प्रधानमन्त्रीका लागि आवेदन भर्नु र शेरबहादुर देउवाको शाही सरकारमा प्रतिगमन आधा सच्चिएको ठानेर प्रवेश गर्नु यसैका परिणाम थिए।
बुलेटबाट ब्यालेटमा आएपछि माओवादीले २०४८ पछिको एमालेको प्रगतिशील छवि जफत गरिसकेको थियो। एमालेको ढाड कम्युनिस्टतिर थियो, अनुहार नेपाली कांग्रेसतिर। उसले मेरुदण्डविहीन पार्टीको छवि बनाइसकेको थियो। त्यसको परिणाम उसले संविधानसभा निर्वाचनमा बेहोर्नुपर्यो। प्रत्यक्ष निर्वाचनमा उसको भागमा जम्मा ३३ सिट पर्यो। महासचिव दुई ठाउँबाट पराजित भए। झलनाथ खनाल, सुवास नेम्वाङ, विष्णु पौडेलबाहेक सबैजसो शीर्ष नेताले चुनाव हारे। हारपछि महासचिव नेपालले नैतिक जिम्मेवारी बहन गर्दै राजीनामा गरे। ठानिएको थियो, एमाले अब सुधि्र्रन्छ। शान्ति प्रक्रियामा योगदानको कदर गरी माओवादीकै जोडमा माधव नेपाल सभासद् मनोनित भए र संवैधानिक समितिका अध्यक्ष बनाइए। नेपालको सत्तामुखी चरित्र राम्ररी बुझेका गिरिजाप्रसाद कोइरालाले कम्युनिस्ट जुधाउन हरियो बत्ती देखाउनेबित्तिकै उनी आँखा चिम्लेर प्रधानमन्त्रीको लिगलिगे दौडमा कुदिहाले।
एमालेको सत्ताप्रेमी यही चरित्र उत्तराधिकारका रूपमा त्यसका मौन साक्षी खनालले ग्रहण गरेका हुन्। सम्झौतामा के छ भन्ने त्यति खतरापूर्ण होइन, जति सहकर्मीलाई पत्तै नदिई सम्झौता गर्नु। यो अन्तरिम कालका कृषि, वन तथा भूमि सुधार अनि चन्द सरकारका सूचना तथा सञ्चारमन्त्रीको सुषुप्त भोक उत्तेजित भएको मात्र हो।