प्रधानमन्त्रीको स्वतन्त्रता
०१ फागुन २०६७
•
११ मिनेट पाठ
प्रधानमन्त्रीको स्वतन्त्रता
चुनाव हारेकालाई खोजीखोजी मन्त्री बनाउन र प्रत्यक्ष जितेकालाई किनारा लगाउन एमालेले नाम कमाएकै हो। पछिल्लो पल्ट स्थायी समितिले चुनेका तीन मन्त्रीमध्ये दुई जना संविधानसभा चुनावका पराजित हुन्। चुनावमा पराजित वरिष्ठ नेताहरूले नचाहँदा नचाहँदै माओवादीको रोजाइमा प्रधानमन्त्रीमा एमाले अध्यक्ष झलनाथ खनाल निर्वाचित भएको तीन दिनपछि मन्त्री सिफारिसका लागि बोलाइएको स्थायी समितिको बैठकले मन्त्रीमा सिफारिस गरेका उपप्रधानमन्त्री भरतमोहन अधिकारी, विष्णु पौडेल र गंगालाल तुलाधरमध्ये पौडेलमात्र निर्वाचित हुन्। बाँकी दुई पराजित।

 

स्थायी समितिले निर्णय गर्नु एक दिनअघि एमाले संसदीय दलले संविधानसभा चुनावमा पराजित हुनेहरूलाई मन्त्री नबनाउन सर्वसम्मत निर्णय गरेको थियो। निर्णयको मसी नसुक्दै स्थायी समितिले देखाइदियो। संसदीय दलले बकाइदा माइन्युटमा लेखेर निर्णय गरेको छ, मान्ने हो भने यो प्रधानमन्त्रीका लागि निर्देशन हो। तर, करिब २२ लाख नेपाली जनताको मतको प्रतिनिधित्व गर्ने संसदीय दलको सिफारिस निरर्थक साबित भयो। जनप्रतिनिधि भनेका निरीह हुन्, यिनको कुनै हैसियत हुँदैन भन्ने साबित गरियो। एमालेलाई मत दिने आमजनताको प्रत्यक्ष प्रतिनिधित्व गर्छ संसदीय दलले। जनतामा जाँदा अस्वीकृतहरूको स्थायी समितिले अस्वीकृत गरिदियो।

मूर्ख र बाटो बिराउनेहरूलाई सही मार्गमा हिँडाउन कानुन बनाइन्छ। कानुनअनुसार जेल जानुपर्थ्यो भन्ने थाहा नपाएर अपराध गरेँ भन्न पाइन्न। कहिलेकाहीँ यसले पार्न सक्ने बाधाबाट जोगाउन अपवादको व्यवस्था हुन्छ तर नेपाली राजनीति सधैँ अपवादबाट चल्दै आएको छ। दुई सय ४० वर्षदेखिको राजतन्त्रको अन्त्य अघिल्लो संविधानमा अपवाद स्वरुप राखिएको धारा १२७ को प्रयोग गर्दा भएको हो। तर, राजनीति कानुन बाँधेर होइन, नैतिकताको बन्धनमा आफैँ अडिए मात्र बलियो हुन्छ। अहिले एक सय सात जना संविधानसभा सदस्य हुँदाहुँदै उनीहरूलाई अवमूल्यन गरी पराजित अनुहार नै खोज्नु भनेको जनताप्रतिको बेइमानी हो। यस्तै जनप्रतिनिधिलाई इज्जत नगर्ने र तिरस्कार गर्दै जाने हो भने अर्को चुनावमा ३३ सिट पनि नदिए पनि हुने रहेछ भन्ने सन्देश जानेछ।

संसदीय दल र स्थायी समिति दुवै बैठकको अध्यक्षता प्रधानमन्त्री झलनाथ खनालले नै गरेका थिए। संसदीय दलमा खनालले भनेका थिए, …विगतमा पराजित भएकाहरूलाई पनि सरकारमा लगियो, सरकारको नेतृत्व दिइयो भन्ने पनि आरोप खेपेका छाँै, यो पटक त्यसो हुन दिन्नौँ।' तर, स्थायी समिति बैठकमा संसदीय दलमा गरेको यो पपुलिष्ट भाषण किन स्मरण गरेनन्? प्रधानमन्त्री चुनावको दिन माओवादीसँग गरेको सात बुँदे सहमतिलाई लिएर रडाको मच्चाउन तम्तयार …पराजित' जमातसामु उनले मुख फोर्ने आँटसमेत गरेनन्? राष्ट्रिय सहमतिको नारा दिँदै आएका खनालले स्थायी समितिमा …सहमति' का लागि आफैँले पराजितहरूलाई मन्त्री बनाउन प्रस्ताव राखेनन् होला भन्न सकिन्न।

संसदीय दलको बैठकबाट सर्वसम्मत पारित प्रस्तावमा संविधानसभाभित्रबाट मात्र सरकारमा सहभागी गराइनुपर्ने, प्रस्तावमा सानो आकारको समावेशी मन्त्रिपरिषद् बनाउनुपर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको थियो। प्रधानमन्त्री खनालले अपवादको रूपमा विज्ञहरूबाहेक अरू कोही पनि संविधानसभा बाहिरबाट नलैजाने बताएका थिए। संसदीय दलमा लेखेको माइन्युटको मसी नसुक्दै सिफारिसमध्ये दुई तिहाइ पराजित अनुहार पठाइए।

राजनीति मूल्य र मान्यतामा आधारित राजनीति दिगो हुन्छ। यसले जनताका अगाडि शिर ठड्याउन नेतालाई बल मिल्छ तर कहिल्यै सरकारबाहिर बस्न नसक्ने …लोभी दल' भनेर आलोचित हुँदै आएको एमालेले पराजितलाई नै मन्त्री बनाउने …रेकर्ड' यो सरकारमा पनि तल झर्न दिने छैन। संसदीय दलले गरेको निर्णय आमनागरिकको भावना थियो। मन्त्री हुन चुनाव जित्नुपर्छ भन्ने संसदीय मान्यता हो। तर, सकेसम्म चुनाव हारेका, त्यो नभए नेताका लागि योगदान गरेबापत समानुपातिक सूचीमा परेकालाई मात्र मन्त्री बनाउनु लोकतन्त्रको खिल्ली उडाउनु हो। यसअघि माधवकुमार नेपाल सरकारमा रहेका एकमात्र प्रत्यक्ष निर्वाचित प्रतिनिधि गृहराज्यमन्त्री रिजमान अन्सारी बीचैमा हटाइएका थिए।

सरकार बनेको १० दिन भएको छ तर मन्त्रालयको जिम्मेवारीसहित मन्त्रिमण्डल बनेको छैन। एमालेभित्र मन्त्री बन्न चाहनेको संख्या डेढ सयभन्दा बढी पुगेको सुनिन्छ। जित्नेभन्दा हार्नेको रूचि बढी छ। सरकार बन्नुअघिसम्म एमाले र एकीकृत माओवादीको जुन खेमाका नेताहरूले एमाले–माओवादी गठबन्धनविरुद्ध थिए, खनाल निर्वाचित भइसकेपछि भने सरकारमा सबैभन्दा बढी हिस्सा खोजिरहेका छन्। १२ मध्ये नौ जना पराजित रहेको एमाले स्थायी समिति माओवादीलाई अप्ठेरो पार्ने गरी निर्णय गर्दैछ। खनाल मूकदर्शक बन्दैछन्।

माओवादीसँग अमिक शेरचनबाहेक अधिकारीलाई काउन्टर दिने व्यक्तित्व छैन। गृह आफ्नो भागमा पार्ने गरी भागवण्डामा सहमति गरेको, चुनाव जितेपछि एमालेले त्यसमा पनि आफ्नै दाबी गर्‍यो। उधारोमा सहमति गर्नेले धोका पाउँछ, सधैँ अरुलाई थाङ्नामा सुताउन सिपालु माओवादी यो पल्ट थाङ्नामा सुतेको छ। केही नलागेर सरकारमा सहभागी नहुने घुर्की लगाउन थालेको छ। आफैँले जिताएका प्रधानमन्त्रीलाई सरकार गठनमा सहयोग नगरे गठबन्धन विरोधीहरूलाई हँसाउने काम हुनेछ। जनताको सरकार पाउने सपना पुनः भंग हुनेछ। फेरि कामचलाउ सरकारले देश हाँक्नेछ।

एमालेभित्रका खनाल निकटस्थहरू प्रधानमन्त्रीलाई असफल बनाउने खेल पार्टीभित्रै सुरु भएको बताउन थालेका छन्। यसअघि स्थायी समितिले गरेको सिफारिसमेत अध्यक्ष खनालले उल्टाइदिएका उदाहरण छन्। संसदीय दलमा प्रधानमन्त्री खनालको भारी बहुमत छ। माधवकुमार नेपाल प्रधानमन्त्री रहँदा पार्टीभित्रको अर्को खेमाले केन्द्रीय समितिको बैठक बोलाउन माग गर्दा आफूअनुकूल निर्णय गराउन खनालले संसदीय दलको बैठक बोलाउँदै आएका थिए। अहिलेको निर्णयले उनको …होल्ड' रहेको संसदीय दलमा उनीप्रतिको असन्तुष्टि बढ्नेछ। खनाल स्थायी समिति र पोलिटब्यूरोमा त कमजोर थिए थिए, यस्तै निर्णय गरे संसदीय दलको वर्चश्व पनि गुम्नसक्छ।

नेता त्यो हो, जसले अप्ठेरो अवस्थालाई पनि आफ्नो अनुकूलतामा बदल्न सक्छ। नेतृत्व कौशलले दबाबलाई पनि मत्थर पार्न सक्छ। तर, चलखेलका पछाडि लम्पसार पर्दै जाने व्यक्ति नेता होइन। खनाल कस्ता नेता हुन्, हेर्ने बेला आएको छ। प्रधानमन्त्रीय प्रणालीमा प्रधानमन्त्री सर्वेसर्वा हो। उसलाई बिना दबाब आफूलाई अनुकूल हुनेगरी सरकार बनाउन दिनुपर्छ। प्रधानमन्त्रीले जे प्रस्ताव आए पनि सहमति जनाउनु हुँदैन। नैतिक हिसाबले एमाले–माओवादी गठबन्धनको विरोध गर्नेहरू सरकारमा सहभागी हुनु हुँदैन। खनाललाई आफूअनुकूल सरकार विस्तार गर्न दिनुपर्छ। गठबन्धनका पक्षधरहरूलाई मात्र मन्त्री बनाए हुन्छ। गठबन्धन विरोधीहरूले भने आफूले चाहेअनुसारको सरकार बनाउन आजैदेखि प्रयास गरे हुन्छ।

 
अर्को समाचार
८०औं स्वतन्त्रता दिवसमा भारतलाई प्रधानमन्त्रीको शुभकामना
३० साउन २०८३
•
१ मिनेट पाठ
८०औं स्वतन्त्रता दिवसमा भारतलाई प्रधानमन्त्रीको शुभकामना
प्रधानमन्त्री बालेन्द्र शाहले भारतको ८०औं स्वतन्त्रता दिवसका अवसरमा आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदी, भारत सरकार तथा भारतीय जनतालाई शुभकामना व्यक्त गरेका छन्।

सामाजिक सञ्जाल ‘एक्स’ मार्फत शुभकामना दिँदै गर्दै प्रधानमन्त्री शाहले दुई देशबीच रहेको ऐतिहासिक सम्बन्ध र जनस्तरको निकटता आगामी दिनमा अझ सुदृढ हुने विश्वास व्यक्त गरेका हुन्।

‘नेपाल र भारतबीचको गहिरो ऐतिहासिक सम्बन्ध, जनता-जनताबीचको निकट सम्बन्ध र सहकार्य आगामी वर्षहरूमा अझ बलियो हुँदै जाओस्,’ प्रधानमन्त्री शाहले आफ्नो शुभकामना सन्देशमा लेखेका छन्।

प्रधानमन्त्री शाहले दुई देशबीचको बहुआयामिक सहकार्यले भावी दिनमा थप उचाइ लिने बताउँदै भारतीय जनताको निरन्तर प्रगति र समृद्धिको कामनासमेत गरेका छन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस