माओवादीको हालै सम्पन्न पोलिटब्युरो बैठकले नागरिक सर्वोच्चता र राष्ट्रियताका लागि आफ्नो नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन हुनुपर्ने अवधारणा अघि सारेको छ । एमाले-कांग्रेस नेतृत्वको गठबन्धनले डेढ महिनासम्म मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकिरहेका बेला माओवादीको त्यस्तो अवधारणा आउनु एक हदसम्म स्वाभाविक मान्न सकिएला, तर सत्ताबाट बाहिरएिको दुई महिना नपुग्दै राष्ट्रिय सरकारका नाममा पुनः सत्तामा जान खोज्नुले माओवादीको सत्तालोलुप अनुहार उदांगो भएको छ । अठार दलीय गठबन्धनले अहिलेसम्म मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेर सत्तामा जानुको सान्दर्भिकता गुमाउँदै गएको छ । मन्त्रिपरिषद् पूर्णतामा ढिलाइ हुनुमा गठबन्धनका सबै दल जिम्मेवार होलान् । तर, ढिलाइका लागि सरकारको नेतृत्व गरेका प्रधानमन्त्री माधवकुमार नेपाल र गठबन्धनका ठूला दुई दल कांग्रेस, एमाले प्रमुख जिम्मेवार छन् । यसको दोष पनि उनीहरूले नै लिनुपर्छ ।
एउटा निश्चित एजेन्डाका लागि नेपालको नेतृत्वमा नयाँ सत्ता समीकरण बनेको हो । त्यो पूरा भइसकेको छ । अर्थात् अप्राकृतिकरूपमा सेनापति फेरेर नेपाली सेनामा माओवादीले गर्न खोजेको हस्तक्षेपलाई कांग्रेस, एमाले र राष्ट्रपतिले संवैधानिक-असंवैधानिक सबै हतियार प्रयोग गरेर रोकिसकेका छन् । फलस्वरूप माओवादीले बनाएका कायममुकायम सेनापति कुलबहादुर खड्का पगरी खोसिएर घर गइसकेका छन् भने रुक्मांगद कटवालले खोसिएको ताज पुनः पहिरएिका छन् । यस घटनालाई नेपाली राजनीतिमा विभिन्न कोणबाट हेरएिको छ । सोझै भन्नेहरूले यसलाई माओवादीको हार र कांग्रेस-एमालेको जितका रूपमा लिएका छन् । यसलाई सेनाको जितका रूपमा हेर्नेको पनि कमी छैन । माओवादीले त्यही भन्दै नागरकि सर्वोच्चताका लागि सडकमा आन्दोलन र सदनमा अवरोध गररिहेको छ । सेनामा कांग्रेस र एमालेको बुइ चढेर कटवाल समूह हाबी भएको छ । सेनामा माओवादी हाबी हुनु खतरनाक कि कटवाल समूह ? त्यो चाहिँ भविष्यमा थाहा हुनेछ ।
सरकारले सान्दर्भिकता प्रमाणित गर्न नसक्नु र माओवादीले पुनः आफ्नै नेतृत्वमा सरकार गठन गर्न खोज्नु संयोगमात्र होइन होला । माओवादीले नागरकि सर्वोच्चता र राष्ट्रियताका लागि राष्ट्रिय सहमतिको सरकार गठन हुनुपर्ने शर्त अघि सारेको हो । माओवादी नेतृत्वको सरकार ढलेपछि राजनीतिक गतिरोध बढ्दै गएको छ । सहमतिका लागि पहल त जारी छ, तर एक साताभित्रै सहमति हुन सकेन भने सरकारले सदनमा नीति तथा कार्यक्रम र बजेट पेस गर्न सक्दैन । असार मसान्तसम्म बजेट प्रस्तुत गरी सदनबाट पेस्की बजेट पारति गराउन सकेन भने सरकारको औचित्य त्यही दिन सकिनेछ । बहुमत हुादाहुादै गठबन्धनको सान्दर्भिकतासमेत समाप्त हुनेछ ।
राजनीतिक गतिरोधका कारण शान्ति प्रक्रिया र नयाँ संविधान निर्माण कार्य प्रभावित हुादै गएको छ । त्यसैले बजेटका लागिमात्र होइन शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउन र नयाा संविधान निर्माणलाई पूर्णता दिन पनि राजनीतिक गतिरोध अन्त्य गर्नुको विकल्प छैन । अन्तरमि संविधानले तोकेको समयसीमा आगामी जेठभित्र संविधान जारी गरसिक्न पनि दलहरूबीच आमसहमतिको वातावरण बन्नु जरुरी छ । यी दुई प्राथमिकता पूरा गर्न माओवादीले राष्ट्रिय सहमतिको सरकार गठन हुनुपर्ने एजेन्डा अघि सारेको भए त्यसलाई जायज र औचित्यपूर्ण मान्न सकिन्थ्यो । दुई महिनाअघि माओवादी नेतृत्वकै सरकार थियो । साझेदार दललाई विश्वासघात गरेका कारण माओवादी नेतृत्वको बहुमतको सरकार गिरेको हो । साझेदार दलको समेत विश्वास जित्न नसक्ने माओवादीको राष्ट्रिय सहमतिको सरकार गठन गर्ने प्रस्तावलाई अरू दलले कसरी विश्वास गर्लान् ? त्यो हेर्न बाँकी छ । माओवादी सबभन्दा ठूलो दल हो । त्यसैले राष्ट्रिय सरकारको नेतृत्व आफैाले गर्छु भन्नु उसको स्वाभाविक हक पनि हो । तर, त्यसका लागि उसले हिजो साझेदार दललाई किन विश्वासघात गर्यो र अब किन गर्दैन भनेर विश्वास दिलाउनु अपरहिार्य हुन्छ ।
यसबीच माओवादी नेता र एमालेका अध्यक्ष झलनाथ खनाल-उपाध्यक्ष वामदेव गौतम पक्षबीच 'वैकल्पिक सरकार' गठनका लागि गोप्य वार्ता भइरहेको खुलासा भएको छ । फोरम -उपेन्द्र यादव) समूहका नेताले समेत त्यस्तो पहल भएको बताएका छन् । एमालेकै नेता नेपालको नेतृत्वमा सरकार छ । पार्टीका बहुमत सदस्यको मुड बुझेपछि खनालको प्रस्तावमा नेपाल प्रधानमन्त्री भएका हुन् । आफैा प्रधानमन्त्री बनाउने, आफैा हटाउन खोज्ने खनालको व्यवहार कहीँ नभएको जात्रा गोर्खे हाँडी गाउँमा भनेजस्तै भएको छ । यसबाटे एमालेको अल्पमतमा परेको संस्थापन पक्षलाई नेपाल प्रधानमन्त्री भएका चित्त बुझेको रहेन्छ भन्ने प्रस्ट भएको छ । खनाल र गौतम समूहले वैकल्पिक सरकारको खोजी गरेको हो भने सार्वजनिकरूपमा आफ्नै नेता नेपाललाई सरकार छाड्न आग्रह गर्दै पहल गर्नुपथ्र्यो । गोप्यरूपमा आˆनो पार्टी नेतृत्वको सरकारको विकल्प खोज्नु न लोकतान्त्रिक संस्कार हो न राजनीतिक इमानदारी ।