एक जमानामा संसारमा ठूलठूला दास विद्रोह भएका थिए। दास विद्रोहका केही अध्येताले तीनवटा प्रवृत्ति उजागर गरेका छन्। पहिलो, धेरैजसो दास विद्रोह असफल भए, त्यसैले दासप्रथा समाप्त भएन। अर्को, जुन दास विद्रोह सफल भयो, त्यसपछि दासचाहिँ मालिक हुने र मालिकलाई दास बनाउने प्रवृत्ति रह्यो। मालिक दास हुनु र दास मालिक हुनुमा तात्विक अन्तरै भएन। दासप्रथा त नयाँ रूपरंगमा कायमै रह्यो। तेस्रो हो, दास विद्रोहपछि एउटा मालिकलाई फ्याँक्ने, अर्काे मालिकलाई काँधमा चढाउने प्रवृत्ति। यो प्रवृत्ति पनि दासप्रथा अन्त्यको सही प्रक्रिया साबित भएन। यसको अर्थ हो, दास प्रथाविरुद्ध भएका विद्रोह वा कुनै पनि क्रान्ति तत्कालीन व्यवस्थामा परिवर्तन गर्ने सार र रूप भएको त हुनैपर्छ, उत्पीडितको मात्रै होइन, उत्पीडकको पनि मुक्तिको प्रक्रिया हुनुपर्छ। उत्पीडितको संघर्ष नै उत्पीडकलाई पनि मानवीय बनाउने परिवर्तनकारी प्रक्रिया हुनुपर्छ।
दासप्रथाका लागि प्रख्यात लिबियामा ठूलो सशस्त्र विद्रोह भएको छ। लिबियाली विद्रोह दास विद्रोहका कुनै पुरानो प्रवृत्तिमा गएर अल्भि्कने पो हो कि भन्ने धेरैको चिन्ता र चासोको विषय भएको छ। हुन त त्रिपोलीमाथि पूर्ण कब्जाका लागि विद्रोहीका बन्दुक र आकाशे समर्थकका क्षेप्यास्त्र गर्जिरहेकै छन्। अर्थात्, कर्नेल गद्दाफीको शासन अत्य र विद्रोहीको विजय घोषणा हुनमात्रै बाँकी छ। गद्दाफी कुनै पनि बेला गिरफ्तार भएको, मारिएको वा विदेश भागेको खबर आयो भने अब अनौठो हुनेछैन। जे भए पनि लिबियामा नयाँ युगको थालनी हुनेछ नै। अब रोकेर रोकिने स्थिति छैन। तैपनि, दोहोरो भिडन्तसँगै अन्तिम लडाइँको नगरा बजिरहेको बेला धेरै अनुमान गर्नु उपयुक्त हुँदैन।
राजधानी त्रिपोलीमा विद्रोहीहरू बन्दुक पड्काउँदै नाचिरहेको दृश्यले 'अन्त्यको सुरुआत' देखाइसकेको छ। तर, 'सुरुआत'चाहिँ दास विद्रोहपछि एउटा मालिकलाई फ्याँक्ने, अर्काे मालिकलाई काँधमा चढाउने प्रवृत्तिमा गएर जाकिने पो हो कि? यस्तै आशंका बढेको छ र भय पनि घटेको छैन। भुइँतहका वर्ग र तप्काका विषयमा आधारित संघर्षको बलमा होइन, तानाशाही शासनको अन्त्य गर्ने जिद्दीका साथ, शक्तिराष्ट्रका हवाई हमलाको सहयोगको बलमा चलेको सशस्त्र विद्रोह जहिले पनि भय र आशंकाको घेरोमा हुन्छ। छ महिनाअघि सुरु भएको लिबियाली सशस्त्र विद्रोह पनि गत मार्चमा गद्दाफीको बख्तरबन्द फौजको आक्रमणमा परी लिबियाको दोस्रो ठूलो सहर बेंघाजीमै पराजित हुनैलाग्दा नेटो राष्ट्रको हवाई हमलाकै कारण बाँचेको हो। आकाशबाट नेटोको हवाई हमला, जमिनबाट विद्रोहीको आक्रमणको क्रममा त्रिपोली पसेको सशस्त्र विद्रोह सत्तासीन हुने बेला आकाशबाटै प्यारासुट चढेर कोही नयाँ शासक झर्ने पो हो कि भन्ने प्रश्न पनि आधारहीन छैन।
हुन त राजतन्त्रविरुद्ध उठेका बन्दुक त आजभन्दा ४१ वर्षअघि पनि नाचेकै थिए। सन् १९६९ को सेप्टेम्बरमा राजा इद्रिसको शासनविरुद्ध बन्दुक पड्किँदा पनि सामान्य जनता खुसीले झुमेकै थिए। कर्णेल मौम्मर गद्दाफीको नेतृत्वमा रहेका 'योङ अफिसर्स'ले सैनिक विद्रोह गरी राजतन्त्र मास्दा पनि 'अन्त्यको सुरुआत' भएकै थियो। राजतन्त्रको अन्त्य र 'समाजवादी गणतन्त्र' थालनी हुँदा पनि जनता रमााएकै थिए। त्यसमाथि आफ्नो प्राकृतिक स्रोतको रूपमा रहेको तेलको भाउ बढाएर देश र जनताको उन्नतिका लागि केही लगानी गरेपछि उल्लास पनि भरिएकै थियो। तर, आफँै मालिक भएर दासप्रथा कायम गरिराख्ने दास विद्रोहकै एक प्रवृत्तिको पुनरावृत्ति भएपछि त्यो हर्षोल्लास समाप्त भयो। अन्त्यको सुरुआत गर्ने क्रममै एउटा राजतन्त्रको अन्त्य गरियो तर नयाँ खाले राजतन्त्रको थालनी गरिएपछि लोकतन्त्रको तिर्खा मेटिएन।
राजा इद्रिसको राजतन्त्र समाप्त गरिएपछि समाजवादी गणतन्त्रको नाउँमा कर्नेल गद्दाफीले नयाँ राजतन्त्रको अभ्यास गरे। एकपटक विद्रोहको नेतृत्व गरेपछि त्यसकै ब्याज खाँदै बस्ने, चारचार दशकसम्म जनताको मतै लिनु नपर्ने, जनताको निगरानी, अंकुश र प्रत्याह्वानलाई झन्झटिलो प्रक्रिया ठान्दै 'अर्धराजतन्त्र' चलाउनु नै गद्दाफीको पहिचान भयो। नारा राष्ट्रवादी र क्रान्तिकारी खालको लगाउने, साम्राज्यवादसँग केही टक्कर लिएझैँ पनि गर्ने, तर व्यवहार र संस्कृति भने सामन्ती र पुरातनपन्थी नै अँगाल्ने प्रवृत्तिको खास परिचय हो, गद्दाफी शासन। 'अर्धराजतन्त्र' चलाउने क्रममै उनले आफ्ना छोरालाई उत्तराधिकारी घोषणा गर्ने काम त गरे नै बाबुछोरा मिलेर राजतन्त्रले जस्तै देश र जनताको सत्ताशक्ति, स्रोतसाधन र सम्पत्ति पनि लुट्नसम्म लुटे। योङ अफिसर्सको विद्रोहबाट राजतन्त्र समाप्त हुँदा खुसीले झुमेका लिबियाली जनताले अर्काे राजतन्त्र खोजेका थिएनन्। समाजवादी गणतन्त्रको नाउँमा अर्काे राजतन्त्रको सुरु भएपछि जनआक्रोश सडकमा पोखिएको हो।
लिबियाली जनताको आक्रोश फैलिन आवश्यक देशीय पेट्रोलको अभाव थिएन। तर फ्रान्स, बेलायत र अमेरिकालगायत विदेशी शक्तिराष्ट्रले आकाशबाट पेट्रोल छर्केर देशभरि सशस्त्र विद्रोह फैलाएका छन्। अब राजधानी त्रिपोली कब्जाका लागि अन्तिम लडाइँ लडिरहेका विद्रोहीले जिते भने के हुन्छ भन्ने प्रश्न एकसाथ उठेको छ। गद्दाफीको अर्धराजतन्त्रको अन्त्य त सुनिश्चित भइसक्यो तर सुरुआत कस्तो तन्त्रको रूपमा हुने हो भन्ने निश्चित छैन। त्यो अफगानिस्तानमा तालिबान शासनको अन्त्यपछि नेटो राष्ट्रद्वारा स्थापित हमिद कारजाईको भ्रष्टतन्त्रजस्तो हुन्छ कि इराकमा सद्दाम हुसेनको तानाशाहीको समाप्तिपछि अलोकतन्त्रजस्तै हुन्छ? देशी अनुहारको गद्दाफीलाई शासनसत्ताको घोडाबाट ओरालेर विदेशी अनुहारका गद्दाफीलाई काँधमा बोकेर हिँड्ने दास विद्रोहकै प्रवृत्तिको दोहोरिने त होइन? भय फैलिएको छ।
लिबियाली जनताको सुखदुःखसँग लिनुदिनु केही नभएका विदेशी शक्तिराष्ट्रले हजारौं क्षेप्यास्त्र आकाशबाट त्यत्तिकै वर्षाएको त पक्कै होइन होला। गद्दाफी र उनका सन्तान मार्न वा समात्नमात्रै दैनिक लाखौँ डलर खर्चेर हवाई आक्रमण गरेको पनि पक्कै नहोला। 'लिबियाली जनतालाई सुरक्षा दिने' जस्तो संयुक्त राष्ट्रसंघको अस्पष्ट निर्णयलाई ढाल बनाएर ती अन्तर्राष्ट्रिय सेठसाहुकारले लिबियाली विद्रोहीलाई त्रिपोली हान्न निर्ब्याजी सहयोग दिएको पनि पक्कै होइन होला। जब त्रिपोलीको सत्ताशक्तिमा विद्रोहीहरू बस्छन् र बाली उठाउन खोज्छन् त्यतिखेर अन्तर्राष्ट्रिय सेठसाहुकारले ब्याज र स्याज माग्न थाले भने उनीहरूलाई नै नयाँ मालिकलाई जस्तै काँधमा बोक्ने? यस्ता प्रश्न अनुत्तरितै छन्।
हुन त त्रिपोली पसेका सबै विद्रोहीले 'ट्रान्जिसनल नेसनल काउन्सिल' (टिएनसी)को पालना गर्छन् भन्ने होइन। उनीहरूले टिएनसीलाई बनाउने, बलवान् बनाउने र सत्तासीन बनाउने नेटो राष्ट्रकै निर्देश पनि आँखा चिम्लेर स्वीकार्छन् भन्ने पनि छैन। विभिन्न स्वार्थ र हितसँग जोडिएर बनेका विद्रोही फरकफरक मत र लक्ष्यका कारण बाँडिएका छन्। एक साताअघि मात्रै विद्रोही सेनाका प्रधान सेनापति अब्दुल फतह युनुस आफ््नै सैनिकद्वारा निर्ममतापूर्वक मारिनु त्यसकै खतरनाक संकेत हो।
फ्रान्स, बेलायत र अमेरिकालगाय ३० वटाभन्दा बेसी राष्ट्रले टिएनसीलाई नै लिबियाको आधिकारिक सरकार मानिसकेका छन्। तर, सबै लिबियाली विद्रोहीले टिएनसीलाई मुख्य नेतृत्वकर्ता मानिसकेका छैनन्। उनीहरूमा 'हामी टिएनसीको आदेशनिर्देश मान्ने सिपाही होइनौ' भन्ने भावना बलियो छ। त्यतिमात्रै होइन, त्यसले सर्वसाधारण लिबियालीको समर्थन र सहयोग पाइसकेको पनि देखिएको छैन। जमिनका विद्रोही र विद्रोहीलाई समर्थन गर्ने आकाशे राष्ट्रहरूबाट भएका ज्यादती, क्षति र मानवीय संहारले जनसमर्थन र सहयोगमा बाधा पुर्याएको छ। उनीहरूले तानाशाहीको अन्त्यको नारा लगाउनेबाहेक लिबियाली जनतासँग जोडिने कुनै पुल बनाउन सकेका छैनन्।
तानाशाही शासन चलाउने गद्दाफीको अर्धराजतन्त्रअन्तर्गत भएको जनताको व्यापक लुटले जन्माएको आक्रोशबाट देशभित्रका क्षेत्रीयतावादी र इस्लामी राजनीतिज्ञहरूसँगै विदेशी शक्तिराष्ट्रले फाइदा लुटेको विश्लेषण अरब मामिलाका जानकार विद्वान् समिर अमिनको छ। समिर अमिनका अनुसार पश्चिमी अरब वा माघ्रेब र पूर्वी अरब वा मास्रेखको अर्थमा क्षेत्रीय रूपमा सधैं विभाजित लिबिया कहिल्यै सिंगो राष्ट्र बनेको थिएन। टिएनसीको नाउँमा सशस्त्र विद्रोह संगठित गरिरहेको संस्था कस्तो खालको हो, त्यसको लक्ष्य र उद्देश्य कस्तो छ, उसले कसरी विभाजित देशलाई सिंगो मुलुक बनाउने हो भन्ने पनि खासै प्रकाशमा आएको छैन। केही क्षेत्रीयतावादी र इस्लामी राजनीतिज्ञसँगै लोकतन्त्रवादी पनि रहेको टिएनसीले कस्तो लोकतन्त्र स्थापना गर्न खोजेको हो, स्पष्ट छैन।
लिबियाको राजनीतिक उथलपुथल राष्ट्रिय परिघटनामात्रै होइन। यस्तो अन्तर्राष्ट्रिय परिघटनामा टिएनसीमात्रै निर्णायक हुनसक्ने सम्भावनै छैन। त्यसमाथि टिएनसीलाई समर्थन र सहयोग गरिरहेका नेटो राष्ट्रका भित्री चाहनालाई पनि बेवास्ता गर्न सकिने अवस्था छैन। उनीहरूको मुख्य लक्ष्य गद्दाफीको दमनकारी फौजबाट 'लिबियाली जनताको रक्षा गर्नु' थिएन, वा 'लोकतन्त्रै स्थापना गर्नु' नहुनसक्छ। त्यस्तो प्रचारित लक्ष्यप्रति प्रतिबद्ध भएका भए उनीहरूले मेजर नामक लिबियाली गाउँमा बम वर्षाएर ३३ जना बालबालिकासहित ८५ जना गाउँलेको निर्मम हत्या गर्ने नै थिएनन्। निहत्था लोकलाई मारेर आकाशबाट थोपरिने लोकतन्त्रको अनुहार हमीद कारजाईको भन्दा कति भिन्न होला र? टिएनसी र नेटोले स्थापना गर्ने लोकतन्त्र नेटोजस्तै सैनिक संगठनका लागि उत्तरी अफ्रिकाको रणनीतिक महत्वको क्षेत्रमा रहेको लिबियामा मुख्य सैनिक अखडा खोल्ने तथा नेटोमा आबद्ध पुँजीवादी राष्ट्रहरूको हितका खातिर लिबियाली तेलकुवा कब्जा गर्ने अभियानको राजनीतिक आवरणभन्दा कति उन्नत होला? हेर्न बाँकी नै छ।