अन्ततः लोकले आशा नगरेको काम भएन। दलहरू शान्ति र संविधानको मूल विषयमा सहमतिमा पुग्लान् र संविधान नबनेसम्मका लागि सर्वसम्मत सरकार बनाउलान् भन्ने आशा लोकले गरेको पनि थिएन। बनी दिएहुन्थ्यो भन्ने शुभाकांक्षामात्रै राखेको थियो। लोकतन्त्रमा लोकको शुभाकांक्षाले केही हुँदैन। सप्रिएको लोकतन्त्रमा पाँपाँच वर्षमा मतदान गर्ने चलन भएपनि सप्रिन नसकेको हाम्रोजस्तो लोकतन्त्रमा लोकको काम राजनीतिक दलहरूले चाहेको बेलामा मतदान गर्नेमात्रै हो।
रुख, हँसियाहथौडा, सूर्य, धनुष, तीरजस्ता अनेकौँ चिन्ह अंकित बाकसमा आफ्नो मत खसाल्नेमात्रै हो। आफूले आशा गरेजस्तो परिणाम खोज्ने होइन।
भारतको राजधानी दिल्लीमा भ्रष्टाचारविरुद्ध अनशनमा बसेका छन्- अन्ना हजारे। उनको समर्थनमा भारतीय लोकको भीड लागेको छ सडकमा। मिडियामा व्याप्त छन् अन्ना। ओमपुरीदेखि शाहरुखसम्मका कलाकार उनका पक्षमा उभिएका छन्। ओमपुरीले त अन्नाको र्यालीमा भाषणै गर्न भ्याए। भने - गँवार छन् हाम्रा सांसदहरू। जाहिल छन् हाम्रा सांसदहरू। अनपढ छन् हाम्रा सांसदहरू। त्यसभन्दा बढी त उनले पनि के भनुन् र?
मिडियाकर्मी र राजनीतिक विश्लेषकहरूको दाबी छ - लोकको यस भीडले भारतको लोकतान्त्रिक सरकारमाथि ठूलो दबाब परेको छ। त्यस्तो केही देखिँदैन। सरकार चलाउने पार्टीका प्रवक्ताले भनिसकेका छन् - अनबन बस्ने नबस्ने त अन्नाको प्रोब्लेम हो। उता, भर्खरै आफ्नो नामको अगाडि 'महा' थपेर मुग्ध बनेकी उत्तर प्रदेशकी मुख्यमन्त्री मायावतीले पनि भनेकिछिन् - अन्ना देशलाई भ्रष्टाचार मुक्त गराउन चाहन्छन् भने सन् २०१४ मा हुने संसदीय निर्वाचन जितेर आउन् संसद्मा।
अन्ना हाम्रा समस्या होइनन्। उनी लोकतन्त्रका पनि समस्या होइनन्। लोकतन्त्रको समस्या बन्न निर्वाचन जितेर आउनैपर्छ। लोकले भन्दैमा लोकतन्त्रका शाश्वत नियम बदलिन सत्तै्कनन्। लोकतन्त्रकी जननी भनिने बेलायतका पूर्वप्रधानमन्त्री सर विन्स्टन चर्चिलले उहिल्यै भनेका थिए - 'लोकतन्त्र भनेको सन्तुलित अधिकार र विभाजित आधिकारिकताको व्यवस्था हो। पापी र दुराचारीको यस संसारमा धेरै प्रकारका सरकार बनेका छन् र अब पनि बन्ने छन्। जति खराब भएपनि खराबहरूको थुप्रोमा सरकार संचालनका लागि यसभन्दा असल अर्को व्यवस्था भेटिएको छैन।'
हाम्रा देशका लोकतान्त्रिक राजनीतिज्ञहरू चर्चिलका यिनै महान विचारबाट प्रेरित छन्। उनीहरूले प्राध्यापक गुणदेव भट्टराई रचित इतिहासको पाठ्यपुस्तकका पानामा चर्चित चर्चिलका कथामात्र झलझली सम्भि्कएका छन्। चर्चिलले बुढ्यौलीका कारण ह्विल चेयरमा बसेर युद्धकालीन बेलायतको शासन गरेको घटना विवरण उनीहरूलाई कण्ठ छ। त्यसपछि त इतिहासको पाइला अघि बढेकै छैन।
'...लीक छोड के तीन ही चले शायर, सिंह, सपूतँ उहिल्यै जलेश्वर जेलमा सँगै बस्दा नेपाली कांग्रेसका मूर्धन्य नेता महेन्द्रनारायण निधिले सिकाउनु भएको थियो - अर्काले बनाएको बाटो हिँडेर रोजीरोटीको जुगाड त जसले पनि गर्नसक्छ। जो साँच्चै सपुत हुन्छ, त्यो अर्काले बनाएको बाटोमा हिँड्दै हिँड्दैन। आफ्नो लागि आफैँ बनाउँछ बाटो।
त्यो जमाना बितिसकेको छ। हतारहतारमा छ संसार। त्यसैले आफ्नो बाटो आफँै बनाउनुभन्दा जुन बाटो भेटिन्छ त्यसैमा दौड लगाउन आतुर छन् राजनीतिक दल र तिनका नेता। कहाँ पुगिन्छ? कसले गरोस् त्यसको चिन्ता। जहाँ पुगे पनि ठिकै छ। सहमतिको सरकार बने बनोस् नबने नबनोस, संविधान बने बनोस नबने नबनोस्। एकपटक सरकारको नेतृत्वमा पुगेपछि स्वर्गको ढोका सँधैका लागि खुल्छ। अहिलेको व्यवसायिक संसारमा त्याग र योगदानको मूल्य त असुल गर्नैपर्छ। मूल्य असुलीको त्यो महान् अभियानमा हाम्रा नेता लागेका छन्। लोकले देखिरहेकोछ नेताहरूको लगन। मूलधारको छेउमा बसेर कराउनेहरू कराउँदै गरुन्। सृष्टिको प्रारम्भदेखि नै सुरु भएको काग कराउँदै र पीना सुक्दै गर्ने चलन यथावत छ।
प्रधानमन्त्री पदका लागि आजहुने चुनाबमा बाबुराम जित्लान् कि रामचन्द्र? लोकलाई त्यसको खासै मतलब छैन। जसले जिते पनि गोरखा र तनहूँ जिल्ला जोडिएको छ। बाबुरामको पार्टीले आफनो जिल्लामा गाडिएको शाहवंशीय राजाको जरो उखेलेर नेपालबाटै राजतन्त्र उखेलेर फाल्न सफलता पाएको छ। रामचन्द्रको पार्टीले पनि त्यो अभियानलाई दिलो ज्यानले सघाएको छ। बाबुराम र रामचन्द्रको उमेरमा दस वर्षको अन्तर छ। रामचन्द्रभन्दा दस वर्ष कान्छा बाबुराम एक पटकमात्र मन्त्री बनेका छन्। रामचन्द्र अनेक पटक मन्त्री बनेका छन्। रामचन्द्रलाई उनका पार्टीका सभापतिले सहमतिको प्रस्तावलाई ठाडै लत्याएर बहुमतका प्रधानमन्त्रीमा उनलाई रोजेका छन भने बाबुरामलाई उनका पार्टीका अध्यक्षले धोबीघाट बिर्सिएर प्रधानमन्त्रीमा उभ्याएका छन्। यस हिसाबले दुवै उमेदवार आआफ्नै दृष्टिले बलिया छन्। कुनै हिन्दी सिनेमामा बोलिएको 'तुम्हारे पास क्या है? मेरे पास तो गाडी है, बंगला है, धन है' भन्ने संवादको उत्तरमा बोलिएजस्तो 'मेरे पास माँ है' भन्ने अवस्था दुवै नेताको छैन। दुवै नेतासँग गाडी, बंगला र धन जुटाइदिन सक्ने ताकत भएको पार्टी छ। काँचको पर्दामा हेर्दा दुवै नेताको चित्तको आकार पनि एउटै देखिन्छ। राजनीतिक आदर्शवादका उडन्ते कुरा गर्न र च्याँएर बोल्न पनि दुवै खप्पिस छन्। दुवैमा असहिष्णुताको तहपनि उस्तै खालको रहेको बताउँछन् साथीसंगतीहरू। यी त लोकले जानेका ऐतिहासिक तथ्यमात्रै हुन्। यी तथ्यका आधारमा बाबुराम वा रामचन्द्र प्रधानमन्त्री बन्ने होइनन्। जति सुयोग्य भएपनि आफ्ना बुतामा मात्रै प्रधानमन्त्री बन्ने योग्यता यी दुवैमा छैन। यी दुईलाई उम्मेदवार बनाउने पार्टीहरूले प्रधानमन्त्री चुन्ने दायित्वसमेत पाएको संविधान सभाको भीडलाई मोटो मन्त्रालय देखाउँदै लोभ्याएर कसरी समर्थकहरूको घेराबन्दी गर्ने छन्? सफलता त्यसैमा निर्भर रहनेछ।
रामचन्द्रको पार्टीका सभापतिलाई बाबुरामको पार्टीले वृहत् शान्ति सम्झौतामा सही गरेरमात्रै पुगेको छैन। त्यो सम्झौतामा सही गरेर दिवंगत सभापतिले शान्ति प्रक्रिया सुरु गर्नुभएको थियो। वर्तमान सभापति माओवादीलाई आत्मसमर्पण गराउन प्रयत्नशील हुनुहुन्छ। माओवादीले पूर्णतः आत्मसमर्पण नगरेसम्म उहाँलाई निद्रा लाग्ने लक्षण नै देखिएको छैन। उहाँले पनि त शान्ति प्रक्रियामा कुनै न कुनै योगदान गर्नै पर्यो। योगदान भनेको कसैको योगदानलाई निरन्तरता दिएर स्थापित हुने विषय होइन। पार्टी समूहको भएपनि योगदान व्यक्तिगत हुन्छ।
यत्ति हो, कतै इलाम, ताप्लेजुंगतिर अथवा बझांग बाजुरातिर, कास्की, चितवनतिर, सर्लाही कैलालीतिर कुनै नेपाली हजारेको अवतरण भएको रहेछ भने कुरा अर्कै हो। होइन भने, राजनीतिक दलका नौटंकीहरू यसरी नै जारी रहनेछन्। असहमतिका बीचबाट सहमति जन्मिने सम्भावना अब शून्यमा पुग्न थालिसकेको छ।