इतिहासको त्यो फैसला
०६ जेष्ठ २०७७
•
१० मिनेट पाठ
इतिहासको त्यो फैसला
सर्वाेच्च अदालतबाट धेरै चाखलाग्दा फैसला भएको हाम्रो कानुनी इतिहासमा पाइन्छ । प्रधानमन्त्रीलाई ‘सरकार’ बन्नबाट रोक्ने त्यो त्यस्तै एउटा ६७ वर्षअघिको फैसला हो जसले कानुनी इतिहासमा मात्रै होइन, राजनीतिक इतिहासमा पनि महत्व राख्छ ।  

गणतन्त्रमा प्रधानमन्त्रीको रवाफ हामीले देखेकै छौँ । बहुमतको सरकार, सहमतिको सरकार र सबैखालका सरकार पनि हामीले देख्यौँ । राजाले नियुक्ति गरेका प्रधानमन्त्रीहरूले नेतृत्व गरेका सरकारहरू पनि देख्यौँ र प्रधानमन्त्रीका रवाफ पनि । जनताले चुनकै प्रधानमन्त्रीहरू त कहिलेकाहीँ तानाशाही हुन खोज्दारहेछन् भने राजाले बनाएका  प्रधानमन्त्रीको हैसियत कस्तो थियो होला आजभन्दा ६७ वर्षअघि ? कानुनी मात्रै होइन, राजनीतिक दृष्टिबाट समेत एउटा रोचक अभ्यास इतिहासको गर्तमा पाइन्छ ।  

सरकार भन्नेबित्तिकै प्रधानमन्त्री नै हो कि भन्ने जस्तो लाग्छ । प्रधानमन्त्रीय पद्धतिमा प्रधानमन्त्रीले जे निर्णय गर्छन्, त्यही नै अन्तिम हुने र अरू मन्त्री उनका मातहतका सहयोगी मानिन्छन् । उनीसँग मत बाझिएमा सरकार छाड्नुपर्ने वा प्रधानमन्त्रीले नै बर्खास्त गर्नुपर्ने मन्त्रीहरूको नियति हुन्छ । त्यस्ता अन्तिम कार्यकारीको अधिकार सम्बन्धमा आजभन्दा साढे छ दशकअघि भएको निर्णय कम्ता चाखलाग्दो छैन । पदको हैसियत आफ्नो ठाउँमा छ तर पनि विधिविधान र प्रक्रियाबिनाको कामको हैसियत हुँदैन भन्ने विषम पुरानो फैसलामा समेत पाइन्छ ।  

भर्खर भर्खर राणा शासन समाप्त भई मुलुकमा प्रजातान्त्रिक व्यवस्था सुरु भइरहेका बेलाको त्यो फैसलाले प्रधानमन्त्रीको रवाफ घटाइदिएको थियो । तत्कालीन राजा त्रिभुवनबाट लालमोहर पाएका प्रधानमन्त्री मातृकाप्रसाद कोइरालाले नेपाली कांग्रेसका तत्कालीन सभापति विश्वेश्वरप्रसाद कोइरालालाई काठमाडौँ उपत्यकाको चारभञ्ज्याङबाट बाहिर जानबाट प्रतिबन्ध लगाउने आदेश दिएपछि सो विषय सर्वाेच्च अदालतमा पुगेको पाइन्छ ।

सरकारको शैली त जहिले पनि गैरकानुनी निर्णय लाद्नमै हुन सक्छ तर त्यसलाई सुधार्ने कर्तव्य न्यायालयकै हो भन्ने सम्झन पनि यो पुरानो फैसलाले मद्दत गर्छ ।  
एकतन्त्रीय शासन व्यवस्थाको धङधङी नसकिँदैको अवस्थामा समेत प्रधानमन्त्रीको आदेश बदर गरिदिएको सो फैसलाले प्रधानमन्त्री के हुन् र सरकार के हो भन्ने विषयमा विस्तृत व्याख्या गरेको पाइन्छ । प्रधानमन्त्रीले राजाबाट पाएको लालमोहरको अक्षरसः पालना गर्नुपर्ने, नियमबमोजिम मात्रै आदेश जारी गर्न पाउने र मन्त्रिपरिषद्को अधिकार आफैँले एकलौटी प्रयोग गर्न नपाउने व्याख्या सो फैसलामा छ ।  

पहिलो प्रधानन्यायाधीश हरिप्रसाद प्रधानका कैयौँ चर्चित फैसलामध्ये त्यो पनि एक हो जसले तत्कालीन राजनीतिको कोर्स नै परिवर्तन गरिदिएको विश्वास गरिन्छ । नेपाली कांगे्रसबाट पहिले पनि प्रधानमन्त्री बनिसकेका मातृकालाई केही महिनाको राजाको प्रत्यक्ष शासनपछि पुनः राजासँग चोचोमोचो मिलाए पनि प्रधानमन्त्री बनाइएको इतिहासमा पढ्न पाइन्छ । त्यसैले मातृकाले राष्ट्रिय प्रजा पार्टी गठन गरेर आफू सभापति भइसकेका थिए भने नेपाली कांग्रेसका सभापति विश्वेश्वरसँग उनको वैमनश्यता बढिसकेको थियो ।  

गृह मन्त्रालयले २०१० साल असोज ४ गते विश्वेश्वरलाई उपत्यकाको चारभञ्ज्याङ काट्न नपाउने प्रतिबन्ध लगाएको थियो । आदेश आएको तीन दिनपछि उनी सर्वाेच्च अदालतमा रिट निवेदन लिएर गएका थिए । आफूलाई त्यसरी उपत्यका बाहिर जान रोक लगाउने उक्त आदेश सार्वजनिक सुरक्षा ऐन, २००७ को दफा १० को विपरित रहेको दावीसहित सर्वाेच्च अदालतमा परेको विश्वेश्वरको रिट निवेदनमा प्रधानन्यायाधीश हरिप्रसाद शर्मा र न्यायाधीशहरू प्रकाशशमशेर जबरा, भैरवराज पन्त, महेन्द्रबहादुर महत क्षत्री र भगवतीप्रसाद सिंहको पूर्ण इजलासबाट २०१० साल कात्तिक २६ मा भएको थियो । गृहमन्त्रालयको आदेश गैरकानुनी ठहर गरेको सो फैसला कानुनी इतिहासमा ऐतिहासिक दस्तावेज मानिन्छ । 

फैसलाले सरकारी अधिकारीको कर्तव्य सम्झाउन मद्दत गर्छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले लिपुलेकमा भारतले बाटो बनाएको विषयमा जारी वक्तव्यमा आफ्नो हैसियत र नाम लुकाइ हस्ताक्षर गरेको विषयमा चर्काे आलोचना खेप्नुपरको उदाहरण ताजै छ ।   
आफ्नै भाइ तथा नेपाली कांग्रेसका सभापति विश्वेश्वरसँग राजनीतिक वैमनश्यता बढेपछि तत्कालीन प्रधानमन्त्री मातृकाले मौखिक आदेश गरी विश्वेश्वरलाई चार भञ्ज्याङ काट्न प्रतिबन्ध लगाएका थिए । विश्वेश्वर सोही दिन हजाईजहाजबाट विराटनगर जान लागेको थाहा पाई उनलाई रोक्ने आदेशले उनको राजनीतिक अधिकार, हिँडडुलको अधिकार उल्लंघन भएको दावी रिटमा गरिएको थियो । प्रधानमन्त्रीको मौखिक आदेश पनि सरकारको निर्णय भएकाले सोबमोजिम कुनै पनि आधारमा विश्वेश्वरलाई चार भञ्ज्याङ काट्न प्रतिबन्ध लगाउने निर्णय गैरकानुनी नभएको, सरकार सञ्चालन नियमावलीबमोजिम नै भएको र गृहमन्त्रालयले जारी गरेको ओदश प्रधानमन्त्रीको मौखिक आदेशका आधारमा निर्णय गरिएकाले सरकारको आदेशउपर सर्वाेच्चले न्यायिक परीक्षण गर्नु नपर्ने सरकारको प्रतिदावी थियो ।

लामो सुनुवाइपछि नेपालको अन्तरिम शासन विधान २००७ को दफा २१ (क), २६ र २५(२),(३) को आधारमा बनेको नेपाल सरकारको कार्यकारिणी कामसम्बन्धी नियमावली १९५१, २००७ साल चैतमा मन्त्रिमण्डललाई भएको लालमोहर र २०१० साल असार ४ गते प्रधानमन्त्रीलाई नियुक्तिमा बक्सेको लालमोहरमा प्रधानमन्त्रीको मौखिक निर्णय र आदेशलाई सरकारको निर्णय र आदेश भन्न नमिल्ने सर्वाेच्चले व्याख्या ग¥यो । लालमोहरमा उल्लिखित प्रशासकीय अधिकार प्रयोग गर्न पाउने भन्नुको मतलव मन्त्रिपरिषद्मा निहित सबै कार्यकारिणी अधिकार प्रयोग गर्न पाउनु होइन भन्ने व्याख्या थियो ।  

आजभन्दा ६७ वर्षअघि सरकार र अदालतकै हैसियत पनि कस्तो थियो सामान्य आकलनसम्म गर्न सकिन्छ । त्यसबेला प्रधानमन्त्रीलाई माननीयको दर्जा र प्रधानन्यायाधीश तथा न्यायाधीशहरूको नामको अघिल्तिर ओहदा मात्र लेख्ने गरेको पाइन्छ । फैसलामा समेत अहिलेझैँ सम्माननीय वा माननीय लगाएर न्यायाधीशको अघिल्तिर सम्बोधन गरेको पाइँदैन ।  

सर्वाेच्च अदालतबाट प्रकाशित नेपाल कानुन पत्रिकाको २०१६ जेठ अंक ४ मा प्रकाशित निर्णय नं. २३ भएको उक्त फैसलामा प्रयुक्त भाषा यस्तो थियो– श्री माननीय प्रधानमन्त्रीको मौखिक निर्णयबाहेक निवेदकलाई चार भञ्ज्याङ जान नदिने भन्ने आदेशको कुनै आधार छ भन्ने देखिँदैन । नेपालको अन्तरिम विधानको २१ दफाको (क) बमोजिम कार्यकारिणी अधिकार प्रधानमन्त्रीमा नभई श्री ५ महाराजाधिराज र मौसुफको मन्त्रिमण्डलमा भएको र मौसुफको अनुपस्थितिमा राजसभामा सुम्पिबक्सेकाले राजसभा र मन्त्रिमण्डलमा नै कार्यकारी अधिकार भएको र कार्यकारिणी अधिकार भएकालाई नै नेपाल सरकार मान्नुपर्ने देखिन्छ । २०१० साल असार ४ गतेको लालमोहरमा उल्लेख भएको प्रशासकीय अधिकारले राज्यको जम्मै कार्यकारिणी अधिकार प्रधानमन्त्रीलाई श्री ५ बाट बक्सेको छ भन्न नमिल्ने हुनाले प्रधानमन्त्रीलाई सरकार भन्न नमिल्ने हुनाले प्रधानमन्त्रीलाई ‘सरकार’ भन्न र प्रधानमन्त्रीको मौखिक निर्णय र आदेशलाई सरकारको निर्णय र आदेश भन्न नमिल्ने ।

त्यसबेला प्रधानमन्त्री र मन्त्रीहरू कसरी नियुक्त हुन्थे, उनीहरूको काम, कर्तव्य र अधिकार के हुन्थ्यो र उनीहरूको नियुक्तिका सन्दर्भमा कस्तो भाषा प्रयोग हुन्थ्यो भन्ने पनि अहिलेको सन्दर्भमा चाखलाग्दो विषय हो । ‘तिमी’ सम्बोधन गरी दिइने लालमोहरमै प्रधानमन्त्रीलाई राजा र राजाका उत्तराधिकारीप्रति पूर्णतया बफादार रही काम गर्नुपर्ने कर्तव्य तय गरिन्थ्यो भन्ने पनि फैसलामा पाइन्छ । राजा, राजपरिवार र मुलुकप्रति पूर्णरूपमा बफादार भई काम गर्नुपर्ने प्रधानमन्त्रीको कर्तव्य तोकिएको थियो ।  

मातृकालाई प्रधानमन्त्रीमा नियक्ति गरिएको २०१० असार ४ को लालमोहरमा उल्लेख भएको भाषा यस्तो थियो– तिमी हाम्रा इच्छाअनुसार आफ्नो पदमा बहाल रहने छौँ । हाम्रा र हाम्रा उत्तराधिकारीहरूप्रति तथा नेपाल अन्तरिम विधानप्रति पूर्णतया वफादार रही तिमीलाई आज हामीबाट सुम्पिबक्सेको प्रधानमन्त्री र अर्थमन्त्री पदको प्रशासकीय अख्तियारबमोजिम बखत बखतमा हामीबाट जारी गरीबक्सने आज्ञाअनुसार र प्रचलित ऐन सवाल नियम मुताविक हाम्रो र मुलुकको सोझो चिताइ कामकाज गर्ने गराउने काम गर ।

आफूसँग भएको भन्दा बढ्ता अधिकार प्रयोग गरेको र ऐनले प्रस्ट नदिएको अख्तियारीको गलत व्याख्या गरी अधिकार दुरूपयोग गरिएको पनि फैसलामा उल्लेख भएको पाइन्छ । सो फैसला भएको आधाभन्दा बढी शताब्दीपछि पनि सरकारले आफूमा जनताप्रति कुनै दायित्व नभएझैँ गरिरहेको सन्दर्भमा एउटा सशक्त न्यायालयले सरकारलाई कसरी सम्झाउन सक्दोरहेछ भन्ने कुराको स्मरण गराइदिएको छ ।  

त्यसबेलाको सार्वजनिक सुरक्षा ऐन, २००७ को दफा २ को उपदफा (१) मा सरकारले कुनै मानिसलाई राष्ट्रको सुरक्षा वा सार्वजनिक स्थिति कायम राख्ने काममा वा समुदायलाई आवश्यक मालसामान ल्याउने लैजाने काममा कुनै तरहले विरोध गर्नबाट रोक्न सक्ने अधिकार दिएको थियो । त्यस्तो अधिकार दुरूपयोग नगरी सरकारले काम गर्नुपर्ने पनि फैसलामा व्याख्या गरिएको पाइन्छ । नजरबन्दमा राख्ने, नेपालको तोकेको ठाउँमा नबस्ने, अड्डाले तोकेका ठाउँमा बस्ने वा सो नभए तोकेको समयभित्र जान, खबर वा राय पत्राचार गर्नेबारे तोकिएबमोजिम नियन्त्रण गर्ने र आज्ञाले तोकिएबमोजिमको चालमा चल्नु नागरिकको कर्तव्य सो ऐनमा व्यवस्था गरिएको थियो । सोहीबमोजिम विश्वेश्वरलाई रोकिएको भन्ने सरकारी दाबी भए तापनि सर्वाेच्चले भने सरकारको आदेश ऐनअन्तर्गतको बोलीभित्र पर्ने नदेखिएको भन्दै खारेज गरिदिएको थियो ।  

नेपाल सरकार वा नेपाल सरकारको तर्फबाट भएका कुनै आदेश वा कानुनी कागजपत्रहरू श्री ५ महाराजाधिराजबाट वा मौसुफको आदेशले भएको भन्ने बोली पार्न र कुनै पनि कागजातमा हस्ताक्षर गर्ने अधिकारीले स्पष्टरूपमा आफ्नो नाम, थर र हैसियत उल्लेख गरेर मात्रै हस्ताक्षर गर्नू÷गराउनू भन्ने आदेश पनि सो फैसलामा उल्लेख भएको पाइन्छ । हालैका दिनमा पनि कतिपय अवस्थामा सरकारी कागजातहरूमा निर्णयकर्ताले हैसियत उल्लेख नगरी पत्राचार गरिरहेको सन्दर्भमा पुरानो फैसलाले सरकारी अधिकारीको कर्तव्य सम्झाउन मद्दत गर्छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले लिपुलेकमा भारतले बाटो बनाएको विषयमा जारी वक्तव्यमा आफ्नो हैसियत र नाम लुकाइ हस्ताक्षर गरेको विषयमा चर्काे आलोचना खेप्नुपरको उदाहरण ताजै छ ।  

अप्ठ्यारोमा न्यायालयको भूमिकाका विषयमा अहिले चर्चा भइरहेको छ । सर्वाेच्च अदालत गठन भएको लगभग दुई वर्षकै अवधिमा भएको सो फैसलामा देखिने आत्मविश्वासको भाषाले मुलुकको कानुनी राजको जग कति मजवुत थियो भन्ने आफैँमा स्पष्ट हुन्छ । सरकारको शैली त जहिले पनि गैरकानुनी निर्णय लाद्नमै हुन सक्छ तर त्यसलाई सुधार्ने कर्तव्य न्यायालयकै हो भन्ने सम्झन पनि यो पुरानो फैसलाले मद्दत गर्छ ।
अर्को समाचार
सबै मतदातालाई प्रतिनिधिसभा सदस्य निर्वाचनमा सरिक हुन प्रधानमन्त्रीको आह्वान
१८ फागुन २०८२
•
५ मिनेट पाठ
सबै मतदातालाई प्रतिनिधिसभा सदस्य निर्वाचनमा सरिक हुन प्रधानमन्त्रीको आह्वान
प्रधानमन्त्री सुशीला कार्कीले देशलाई राजनीतिक स्थायित्व र समृद्धिको मार्गमा अघि बढाउनका लागि सबै मतदातालाई प्रतिनिधिसभा निर्वाचनमा सरिक हुन आह्वान गरेकी छन्।

प्रधानमन्त्री कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्दै आफ्नो र आफ्नो सन्तानको भविष्य कस्तो बनाउने भनेर निर्णय लिन आह्वान गरेकी हुन्। प्रधानमन्त्रीले भनेकी छन्, ‘भोट हाल्नु भनेको केवल चुनाव चिह्नमा छाप लगाई कसैलाई जिताएर पठाउनु मात्र होइन, यो त तपाईंले आफ्नो र आफ्नो सन्तानको भविष्य कस्तो बनाउने भनेर लिने निर्णय हो।’

यही फागुन २१ गते बिहीबारका दिन अरू काम छाडेरै भए पनि आफ्नो मतदान केन्द्रमा पुगेर मतदान गर्नुहुन म हार्दिक अपिल गर्दै उनले भनेकी छन्, ‘निर्वाचनको संघारमा म सबैलाई शान्ति र अमनचयन कायम राख्न अनुरोध गर्दछु, शान्ति नै नेपालको असली पहिचान हो।’

प्रधानमन्त्री कार्कीले एउटा विशेष घडीमा आफूले मनका केही कुरा राख्न चाहेको उल्लेख गर्दै देश फेरि इतिहासको महत्त्वपूर्ण मोडमा आइपुगेको र यही फागुन २१ गतेका दिन आफ्नो र आफ्नो देशको भविष्यको फैसला गर्ने बताएकी छन्।

‘इतिहासकै यो कठिन मोडमा प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेर देशलाई नेतृत्व दिनुलाई मैले आफ्नो मातृभूमिप्रतिको जिम्मेवारीका रूपमा लिएकी छु,’ प्रधानमन्त्री कार्कीले भनिन्, ‘मैले सधैँ न्याय र निष्ठाको पक्षमा उभिएर काम गर्ने प्रयास गरेँ। अब केही दिनमा यो देशको बागडोर तपाईंहरूले चुन्ने प्रतिनिधिहरूको हातमा पुग्नेछ, आउनुहोस्, होलीको खुसी साटौँ, फागुन २१ गतेको निर्वाचनलाई शान्तिपूर्ण, स्वच्छ र ऐतिहासिक बनाऔँ।’

प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनपछिको त्यो परिस्थिति जटिल, संवेदनशील र चुनौतीपूर्ण थियो। सडकमा युवाको आक्रोश, डर भएको उल्लेख गर्दै प्रधानमन्त्रीले भनेकी छन्, ‘त्यो कठिन सङ्क्रमणलाई व्यवस्थापन गर्दै, हिंसात्मक मोडबाट शान्तिपूर्ण निकासतर्फ देशलाई डोर्‍याउनु र संविधानको बाटोमा फर्काउनु हाम्रो पहिलो कर्तव्य थियो।’

प्रधानमन्त्री कार्कीले चुनावी मैदानमा रहेका सबै राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरूलाई उम्मेदवारीका लागि धन्यवाद दिँदै भनेकी छन्, ‘तपाईंहरूको सक्रियताले नै हाम्रो लोकतन्त्र जीवित रहने हो, चुनावमा स्वस्थ प्रतिस्पर्धा हुन्छ, फरक विचार हुन्छ, तर हामीबीच मनमुटाव र वैमनस्य हुनु हुँदैन।’

मौन अवधिमा पूर्ण अनुशासन पालना गर्न र त्यसअघिको बाँकी समयमा संयमित ढंगले, एक–अर्कालाई सम्मान गर्दै उनले निर्वाचन प्रचार–प्रसार गर्न सबै राजनीतिक दल, उम्मेदवार तथा समर्थकहरूलाई आग्रह गरेकी छन्।

‘यस महान् कार्यमा खटिएका निर्वाचन आयोग, सुरक्षा निकायका साथीहरू र सम्पूर्ण राष्ट्रसेवक कर्मचारीलाई म विशेष धन्यवाद दिन चाहन्छु,’ प्रधानमन्त्री कार्कीले आफ्नो सम्बोधनमा भनेकी छन्, ‘तपाईंहरूको निष्पक्षता र मेहनतले नै यो निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयरहित बनाउनेछ।’

प्रधानमन्त्री कार्कीले सांस्कृतिक पर्व होली अर्थात् फागु पूर्णिमाका अवसरमा रङहरूको यो उत्सव र निर्वाचनको यो तयारी दुवै हाम्रा लागि उत्तिकै अर्थपूर्ण रहेको बताएकी छन्। ‘आज मलाई सन्तोष लागेको छ कि हामी त्यो कठिन सङ्क्रमण पार गरेर यहाँसम्म आइपुगेका छौँ। विधिको शासन स्थापित गर्दै, संविधानको मार्गमा स्थिरताका साथ अघि बढ्न सफल भएका छौँ,’ प्रधानमन्त्री कार्कीले भनेकी छन्, ‘यो उपलब्धि तपाईं–हामी सबै नेपाली जनताको संयम र सहकार्यको परिणाम हो।’

प्रधानमन्त्री कार्कीले निर्वाचन आयोगले छोटो र कठिन समयमा कार्यतालिकाबमोजिम सबै तयारी पूरा गरेको उल्लेख गर्दै निर्वाचन निष्पक्ष, स्वच्छ र भयरहित रूपमा सम्पन्न गर्न नेपाल सरकार र आयोग पूर्ण प्रतिबद्ध रहेको बताएकी छन्।

‘प्रदेश र स्थानीय सरकारले आफ्नो सीमाभित्र रही निर्वाचन तयारीमा महत्त्वपूर्ण सहयोग पुर्‍याएका छन्, नेपाल सरकारका चारवटै सुरक्षा संयन्त्रले निर्वाचन सुरक्षामा कुनै कमी हुन नदिन आफ्ना सबै स्रोत–साधन परिचालन गरेका छन्,’ प्रधानमन्त्री कार्कीले आफ्नो सम्बोधनमा भनेकी छन्, ‘राष्ट्रपतिले गरेको अभिभावकीय सहयोगप्रति व्यक्तिगत रूपमा म र वर्तमान सरकार हार्दिक कृतज्ञता ज्ञापन गर्दछौँ।’

छोटो समयमा नेपालले निर्वाचन व्यवस्थापन गर्न सकेकामा मित्रराष्ट्रहरू तथा अन्तर्राष्ट्रिय संस्थाहरूबाट पनि उत्साहजनक साथ र प्रतिक्रिया प्राप्त गरेको र निर्वाचन व्यवस्थापनमा वस्तुगत, नगद तथा प्राविधिक सहयोग प्रदान गर्ने मित्रराष्ट्रहरू सबैलाई प्रधानमन्त्री कार्कीले धन्यवाद दिएकी छन्। साथै, उनले संयुक्त राष्ट्र संघीय निकायहरूबाट प्राप्त सहयोगका लागि पनि आभार व्यक्त गरेकी छन्।

‘सामाजिक सञ्जाल र आमसञ्चारका केही माध्यमबाट तथ्यहीन र कृत्रिम सामग्री तथा भ्रामक भविष्यवाणी फैलाएर वातावरण धमिल्याउन खोज्ने तत्त्वहरूलाई सरकारले निगरानीमा राखी कानुनको दायरामा ल्याइरहेको पनि तपाईंहरूलाई जानकारी गराउँदछु,’ प्रधानमन्त्री कार्कीले आफ्नो अपिलमा भनेकी छन्, ‘साथै त्यस्ता भ्रममा नपर्न, त्यस्ता तत्त्वको पछि नलाग्न र मुलुकसामु आएको ऐतिहासिक दायित्व जिम्मेवारीपूर्वक निर्वाह गर्न म सबै देशवासीलाई विनम्र आग्रह गर्दछु।’

प्रधानमन्त्री कार्कीले मुलुकमा कुनै पनि प्रकारको दण्डहीनतालाई प्रश्रय दिने काम सरकारबाट नहुने उल्लेख गर्दै कानुनबमोजिम गर्नुपर्ने जुनसुकै तहको कारबाहीमा सरकार पछि नहट्ने बताएकी छन्।

‘यो रङहरूको पर्वले एकता, सद्भाव र उत्साहको सन्देश दिन्छ। हाम्रो समाजमा रहेको विविधतालाई मजबुत बनाउँछ, निर्वाचनको रङ र होलीको रङ मिलेर देशमा नयाँ उत्साह छाओस्,’ उनले भनेकी छन्, ‘तर, म आग्रह गर्छु– होली मनाउँदा संयम अपनाऔँ, कसैको इच्छाविपरीत रङ नलगाइदिऊँ।’

प्रधानमन्त्री कार्कीले मध्यपूर्वी क्षेत्रमा युद्धको संकेत गहिरिएको उल्लेख गर्दै इरान र वरपरको तनावले चिन्तित बनाएको उल्लेख गर्दै विकसित घटनाक्रमलाई नेपाल सरकारले सूक्ष्म रूपमा नियालिरहेको र त्यहाँ रहेका नेपाली दाजुभाइ, दिदीबहिनी र युवाहरूको सुरक्षा हाम्रो ठूलो चासोको विषय रहेको बताइन्। 

उनले भनेकी छन्, ‘त्यस क्षेत्रमा रहेका सबै नेपाली नियोगलाई सुरक्षा सहजीकरणमा कुनै कमी हुन नदिन सक्रिय बनाइएको छ, परराष्ट्र मन्त्रालयले सघन अनुगमन गरिरहेको छ, हामी हरदम तपाईंहरूको साथमा छौँ, नेपाली जहाँ रहे पनि प्रत्येक नागरिकको व्यक्तिगत सुरक्षा र हितको रक्षामा यो सरकार कटिबद्ध छ।’ रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ५ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस