पूर्णमानका आँखा
१४ भदौ २०६८
•
१४ मिनेट पाठ
पूर्णमानका आँखा
मध्य काठमाडौंमा खान्दानी बस्नेतको सन्तानका रूपमा जन्मेर २०१३ सालमै अंग्रेजीमा स्नातक भएको र सेनादेखि राजदरवारसम्म पहुँच रहेको व्यक्ति सबै छाडेर गाउँको एउटा स्कुलमा पढाएर जीवन बिताउलाजस्तो सामान्यतः लाग्दैन। तर त्यस्ता व्यक्ति हुँदा रहेछन्।
देशभरबाट अवसरको खोजीमा काठमाडौं आएर यहीँ घरजम गर्नेहरू छ्याप्छ्याप्ती भेटिन्छन् तर यहाँ एउटा प्रतिष्ठत परिवारमा जन्मेर त्यतिबेलाको परिस्थितिमा उत्कृष्ट पारिवारिक र शैक्षिक पृष्टभूमिका कारण प्राप्त हुनसक्ने सम्पूर्ण आर्थिक तथा पदीय लाभ त्यागेर उपत्यका बाहिर गई शिक्षक भएर जीवन नै बिताउने व्यक्तिलाई भेट्ने मौका कमैले पाउँछन्। मैले भने त्यस्ता शिक्षकलाई आजभन्दा तीस वर्षअघि स्कुल पढ्दादेखि नै भेटेको थिएँ र त्यसयता उनको परिवारसँग निरन्तर सम्पर्कमा रहेको छु। 'नजिकको देउता हेलाँ' भने झैँ मैले राम्रा नेपालीका बारेमा धेरै लेखिसक्ता पनि उनलाई भने कहिल्यै सम्झेनछु। शिक्षामा केन्द्रित पत्रिका 'शिक्षक' मासिकको पछिल्लो अंकमा उनका बारे राम्रो आलेख प्रकाशित भएपछि भने म ती शिक्षकका बारे नलेखी बस्न सकिन। जीवनमा सुख, शान्ति र सफलतालाई उनले जसरी बुझेका र हेरेका हामीले पनि त्यसरी नै बुझ्न सके यो समाज र देश नितान्त भिन्न हुनेथियो।
काठमाडौंको मुटुमै रहेको असनमा सरदार चन्द्रमान सिंह बस्नेतका नाति र छिटै अवकाश लिएका मेजर सुबेदार शंकरमान सिंह बस्नेतका छोरा पूर्णमान १९८९ सालमा जन्मिएका थिए। उनले २०१३ सालमा स्नातक उत्तीर्ण गरेका थिए। उनको जस्तो शैक्षिक र पारिवारिक पृष्टभूमि भएको व्यक्तिले त्यति बेला भनेजस्तो जागिर नपाउने र पदीय दृष्टीकोणबाट छिटै माथि पुग्नेमा शंकै थिएन। तर पूर्णमान सिंह बस्नेत नितान्त भिन्न सोचका युवाका रूपमा प्रस्तुत भए। उनलाई भित्रैदेखि देशको परिस्थिति सुधार्ने हो भने शिक्षाको अवस्थामा सुधार नल्याई हुँदैन भन्ने ठाने। उनको त्यस चाहनालाई साकार पार्ने सम्बल बने नेपाली कांग्रेस, बनेपाका एक जना नेता हंशराज श्रेष्ठ। त्यसपछि बस्नेत ठूलो उत्साह र स्वाभिमान बोकेर २०१५ सालमा दिनभर हिँडेर बनेपा पुगे र त्यहाँको आजाद माध्यमिक विद्यालयमा पढाउन थाले। उनी भन्छन् - 'बनेपा अहिलेजस्तो थिएन, ठूला र बाक्ला घर पनि थिएनन् तर राजनीतिकरूपमा भने बनेपा एकदमै सजग थियो। शिक्षण सँगसँगै राजनीति पनि गर्नुपर्छ भनेर नेपाली कांग्रेसका नेताहरूले मलाई असाध्यै दबाब दिन थाले। शिक्षकले राजनीति गर्‍यो भने विद्यालयको वातावरण र विद्यार्थीहरू दुवैमा नराम्रो असर पर्छ भन्ने मेरो विश्वास थियो। त्यसैले म उनीहरूको दबाबका सामु झुक्न चाहिन। परिणामस्वरूप मैले स्कुल नै छोड्नुपर्ने अवस्था आयो। तर म हार खाएर काठमाडौं फर्किन। बरु, धुलिखेलको सञ्जीवनी विद्यालयले मलाई माध्यमिक शिक्षकका रूपमा पढाउन बोलायो र म २०१८ सालमा त्यतै लागेँ।'
त्यसको दुई वर्षपछि उनी सञ्जीवनीका प्रधान अध्यापक भए र उनले त्यही विद्यालयमा २०४९ सालसम्म पढाए। त्यहाँ तीस वर्षभन्दा बढी समय पढाउँदा, शिक्षक मासिक लेख्छ, - 'पूर्णमान सरले सञ्जीवनी हाईस्कुलको कायापलट मात्र गरेनन्, काभ्रेका धेरैलाई सुयोग्य सफल नागरिक हुने अवसर पनि दिलाए।' उनको नेतृत्वकालमा सो स्कूलबाट कयौं विद्यार्थीले एसएलसीमा उत्कृष्ट नतिजा ल्याए। तिनै उत्कृष्ट नतिजा ल्याउने मध्येका एक हुन् अत्यन्त स्तरीय र नमुनाका रूपमा हेरिने धुलिखेल अस्पतालका संस्थापक डा. रामकण्ठ श्रेष्ठ। सञ्जीवनी स्कुलमा आएपछि पनि बस्नेतले विद्यालयमा राजनीतिलाई सधैँ निरुत्साहित गरे। शिक्षकहरूको राजनीतिक सक्रियता व्याप्त अहिलेको शैक्षिक वातावरण देखेर उनलाई दिक्क लाग्छ र उनी भन्छन् - 'राजनीतिक दलमा लाग्नेहरू शिक्षक नै होइनन्। स्वच्छ शिक्षक नभई छात्रछात्रालाई ज्ञान दिन सकिँदैन। राजनीतिक दलको पछि लाग्नेले विद्यार्थीलाई पढ्न होइन दलकै झोला बोक्न सिकाउँछन्।'
बस्नेतको सक्रिय जीवनको अधिकांश हिस्सा धुलिखेलमै र सञ्जीवनी स्कुलको आसपासमा बित्यो। त्यस यता काठमाडौंमा उनका धेरै समवयी र आफन्तहरू सेना, प्रशासन र दरबारमा धेरै माथिल्ला ओहदामा पुगिसकेका थिए। आज पूर्णमान सिंह बस्नेत हात खुट्टा कामिरहने पार्किनसन्स रोगबाट पीडित भएर चाबहिलस्थित आफ्नो निवासमा जीवन बिताइरहेका छन्। आफूले आफ्ना दौँतरी र आफन्तहरूजस्तै 'रवाफिलो' भनिने जिन्दगी गुमाएकोमा बस्नेतलाई कत्ति पनि गुनासो छैन। उनी भन्छन् - 'यो समाज र संसारलाई सुन्दर, शान्त, सफल र सुसंस्कृत बनाउने हो भने हामीलाई तथाकथित 'ठूला' भन्दा 'असल' मान्छेको खाँचो छ।' सबै असल मानिसले व्यक्तिगत स्वार्थ र सफलताको दायराभन्दा बाहिर गएर समाजमा ठोस रूपान्तरकारी भूमिका निर्वाह गरेका हुन्छन् भन्ने छैन। तसर्थ बस्नेतले 'असल' मानिस भनेर निश्चय पनि त्यस्ता व्यक्तिहरूलाई संकेत गरेको हुनुपर्छ जो असल भईकन व्यक्तिगत आनन्द र सफलताको घेराभन्दा बाहिर गएर समाजका समस्या सम्बोधन गर्न अग्रसर हुन्छन्। त्यसरी हेर्दा अमेरिकी धनाढ्य वारेन बुफेट र बिल गेट्सजस्ता मानिस ठूलामात्र होइन असल पनि हुन्। किनभने उनीहरूले ठूलो हुनाको कारण प्राप्त सम्पूर्ण भनेजसो लाभलाई समाजको ठोस रूपान्तरणका लागि प्रयोग गरिरहेका छन्। अनि संभवतः भारतका अम्वानी परिवार ठूला मान्छे कहलिएका होलान् तर ती असल चाहिँ होइनन्। झुप्राझाप्रीबीचमा संसारकै सबभन्दा महंगो महल ठड्याउने व्यक्ति असल हुनसत्तै्कन। त्यसोभन्दा अम्वानीजस्ता धनाड्यले भन्नेछन् - 'हामी किन असल मान्छे होइनौ? हामीले देशको अर्थतन्त्रमा कत्रो योगदान दिएका छौँ, दसौँ हजारलाई रोजगारी दिएका छौँ। कति परोपकारी काम पनि गरेका छौँ।' सुन्दा ठिकै लाग्ला तर वास्तविकता के हो भने, जसरी म देशको पत्रकारिता क्षेत्रमा योगदान पुर्‍याउन पत्रकार बनेको हैन त्यसैगरी अम्वानी पनि देशको अर्थतन्त्रमा योगदान पुर्‍याउन व्यापारी बनेका होइनन्। यसमा कसैलाई भ्रम नरहोस्। पेसागत सफलता स्वाभाविक व्यक्तिगत आकांक्षाको परिणाममात्र हो। अम्वानीजस्ता धनाढ्यहरूको परोपकारी काम त अधिकांश स्थितमा लाज छोप्न गरिएका सांकेतिक प्रयास हुन्। त्यसो नहुँदो हो त यो संसारको झन्डै पचास प्रतिशत सम्पत्ति संसारका झन्डै दुई प्रतिशत धनाढ्यको हातमा र पचास प्रतिशत गरिबसँग करिब एक प्रतिशतमात्र सम्पत्ति हुने नै थिएन। त्यसैले यो संसारका वातावरणीयदेखि सामाजिक र गरिबीसम्मका अधिकांश समस्या स्पष्टतः तथाकथित ठूला भनिनेहरूको आर्थिक या अन्यरूपमा सफल कहलाइने आकांक्षासँग जोडिएको छ। ठूला कहलिएका मानिस असल पनि भइदिएका भए संसार स्वर्ग समान हुनेथियो तर यहाँ धेरै मानिस ठूलामात्र छन् र बस्नेतले खोजेजस्ता 'असल' चाहिँ छैनन्। बस्नेतले खोजेका 'असल' मानिस हरेक समाजमा थुप्रै हुनुपर्छ तर दुःख केमा छ भने ती व्यापक परिवर्तनकारी भूमिका खेल्ने सामर्थ्य राख्दैनन्। बस्नेतजस्ता व्यक्तिहरूको बाहुल्य भएकोे समाज धनी नकहलिएला तर त्यो सबै वर्गका लागि न्यायपूर्ण र बस्नेतले भने झैँ 'सुन्दर, शान्त, सफल र सुसंस्कृत' भने अवश्य हुनेछ।
बस्नेतले आफूमात्र 'असल' मान्छे हुने बाटो समाएनन्। आफ्ना दुई जना छोरालाई पनि 'ठूलो' भन्दा पनि 'असल' मान्छे बनाउने ढंगबाट शिक्षित र दीक्षित गरेका छन्। उनले दुवै छोरालाई सञ्जीवनी स्कुलमै पढाए। जेठा छोरा प्राइभेट फर्ममा कार्यरत छन् भने कान्छा छोरा अरुणसिंह बस्नेतको अधिकांश समय परोपकारी कार्यमै बित्छ। गुजारा चलाउन उनको सानो व्यवसाय छ। बाँकी समय उनी १४ देशमा शाखा भएको नेपालीहरूको सबभन्दा ठूलो कल्याणकारी सञ्जाल हेल्प नेपाल नेटवर्कः नेपालका लागि महिनाको सय रुपियाँ कोषको नेपाल च्याप्टरको अध्यक्षको भूमिका निर्वाह गर्नमा व्यस्त रहन्छन्। उनी सो कामबाट एक पैसा पनि तलब लिँदैनन् बरु, कतिपय अवस्थामा आफ्नै पैसा खर्च गर्छन्। सो सञ्जालसँग सम्बन्धित स्वयंसेवीहरू भन्ने गर्छन् - 'नेपाली नेपालीको विश्वास जितेर, नेपाली नेपालीको पैसाबाट गाउँगाउँमा भएका दर्जनौ स्कुल र पुस्तकालय निर्माण तथा अन्य कयौं स्वास्थ्यसँग सम्वन्धित कामहरू अरुण बस्नेतको नेतृत्वबिना संभव हुने थिएन।' ठूलो पैसा र पद नकमाएकोमा आफ्ना पिताको कुनै गुनासो नभएको, बरु केही वर्षअघि आफूले सकिनसकी जम्मा गरेको दुई लाख पचास हजार रुपियाँ हेल्प नेपाललाई चन्दा दिएर बुबाले झन् कल्याणकारी काममा आफूलाई प्रेरित गरेकोमा अरुण दंग छन्।
दस कक्षामा पढ्दा धेरै गइरहने बस्नेत परिवारको चावहिलस्थत घरमा आजभोलि व्यस्तताले म त्यति जान सक्तिन तर जुनबेला जान्छु त्यसबेला ममा एउटा अनौठो प्रेरणा र ऊर्जा प्रवाहित हुने गर्छ। अनि, जीवनमा सबै मानिसले खोज्ने शान्ति, सुख र सफलतालाई म पूर्णमान सिंह बस्नेतको आँखाबाट हेर्न थाल्छु। त्यो यस्तो आँखा हो जसले समाजको प्रत्यक्ष रूपान्तरणसँग नजोडिएको र व्यक्तिगत स्वार्थबाट माथि नउठेको शान्ति, सुख र सफलतालाई अत्यन्त खोक्रो र निरर्थक देख्छ।
अर्को समाचार

रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ

बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ

स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस