सहमतिको राष्ट्रिय सरकारका लागि गरिएको पाँचबुदे सहमतिको मृत्युपछि सुरु भयो, सहमतिको राष्ट्रिय सरकारको रटान। रटानसँगै थालियो बहुमतीय सरकार बनाउने कसरत। अन्ततः माओवादी र मधेसी मोर्चाबीच चारबुँदे सहमतिपछि बहुमतीय सरकारको प्रधानमन्त्रीको छनौट भयो। एनेकपा (माओवादी)का उपाध्यक्ष बाबुराम भट्टराई बहुमतीय प्रधानमन्त्री निर्वाचित भए। भूतले खाजा खाने बेला प्रधानमन्त्रीमा निर्वाचित भट्टराईसामु चुनौती र अवसर एकसाथ हातेमालो गर्दै उपस्थित छन्। ती चुनौती र अवसर उनी र उनको पार्टीका लागिमात्रै होइनन्, सबै दल र जनताका लागि पनि हुन्।
भट्टराईका लागि संघीय गणतन्त्र नेपालका चौथो प्रधानमन्त्रीको कुर्सी 'हट सिट' हो। यतिखेर सिंहदरबारको 'हट सिट'मा बस्नु सिंहकै सवार गर्नु हो। हुन त चुनौतीबिनाको सरकार र व्यवहारको कल्पना गर्न सकिँदैन। नेतृत्वको खुबी तिनै चुनौतीलाई अवसरमा फेर्नसक्नु हो। चुनौती र अवसर एक्कै सिक्का दुइटा पाटा हुन्।
लामो किचलोपछि माओवादीका तीनथरी विचार समूहबाट एकमतले उम्मेदवार बनाइएका भट्टराई एउटा पार्टीका मात्रै उम्मेदवार थिएनन्। यथार्थमा भट्टराई माओवादी, मधेसी मोर्चा र साना दलहरूकामात्रै उम्मेदवार पनि थिएनन्। यी राजनीतिक दलका साथै धेरै परिवर्तनकामी नेपाली जनताका पनि अघोषित उम्मेदवार थिए भट्टराई। प्रत्येकजसो मत सर्वेक्षणमा उनले एकसेएक प्रतिद्वन्द्वीलाई अत्यधिक मतले त्यत्तिकै पछारेका होइनन्। वास्तवमा परिवर्तनकामी जनताको उम्मेद र आशाको प्रतिनिधित्व गरेकै कारण उनको लोकप्रियता सबैभन्दा बढी भएको हो।
जनताका उम्मेद र आशाको प्रतिनिधित्व गरेका माओवादी उम्मेदवार भट्टराई भाद्र ११ गते मधेसी मोर्चासँग सत्ता समीकरण भएपछि विजयी भएका हुन्। माओवादी र मधेसी मोर्चाका उमेदवारले सिंहदरबारमा कुर्सी पनि सम्हालिसके। अब जनताका आशा र आकांक्षालाई जिताउने पालो हो।
गरिखाने वर्गको पक्षमा लाग्दै सशस्त्र संघर्ष गरेका भट्टराई मध्यम वर्गबीच पनि अत्यन्त लोकप्रिय हुनुको निहितार्थ छ। भट्टराईप्रति समर्थनको पहिलो आधार एसएलसीमा बोर्ड फस्ट भएपछि औपचारिक पढाइमा कहिल्यै सेकेन्ड नभएको र पीएचडीको उपाधि धारण गरेको बौद्धिक राजनीतिक पहिचान हो। दोस्रो आधार अर्थमन्त्री हुँदा उनले लक्ष्यभन्दा बेसी राजस्व उठाउने कामसँगै सरल र सदाचारी व्यक्तित्वलाई अक्षुण्ण राख्नसक्नु हो। तेस्रो आधार माओवादीको चुनबाङ बैठकदेखि नै शान्ति र संविधानप्रति उनको दृढ पहलकदमी र अटल समर्पण हो।
लोकप्रियताका पहिलो र दोस्रो आधारमा आस्था राखेर 'मेरिट'को टेकोमा शासन चलाउने 'मेरिटोत्रे्कसी'को महिमागान गर्दै, सदाचारी व्यक्तित्वको जयजयगान मात्रै गाउने तप्कामा अराजनीतिक गन्ध बेसी छ। र, एकल व्यक्तिकै सत्प्रयासबाट शान्ति र संविधान तार्किक निष्कर्षमा पुग्छ भन्ने सरल सदाशयता पनि निर्दलीयताको दुर्गन्ध नै बढी छ। तर, पार्टीभित्र र बाहिर शान्ति र संविधानप्रति दृढ पहलकदमी गर्ने र अटल समर्पण देखाउने उनको कामको आधारमा उनलाई मन पराउने तप्काको मनपराइमा भने राजनीतिक सुगन्ध छ। यही सामाजिक पुँजी शान्ति र संविधानको राजनीतिक अभियान टुंग्याउनमा उपयोगी हुनसक्छ भने निर्दलीय र अराजनीतिक खालको लोकप्रियतालाई राजनीतिक रङ्ग भर्नु पनि जरुरी छ।
लामो राजनीतिक गतिरोधका कारण निराश र आक्रोशित हुन थालेका जनतामा आशा र उम्मेदको राजनीतिक खेती गर्नु अत्यावश्यक छ। तर, भट्टराईको हकमा भने उनको बढ्दो लोकप्रियता, उनको व्यक्तित्वबाट गरिएको ठूलो आशा र उनको नेतृत्वमा सरकार गठनसँगै चुलिँदो उम्मेदको बाढीलाई व्यवस्थापन गर्नु आफैँमा पनि कठिन छ। लोकप्रिय नेताबाट प्रधानमन्त्री भएका योजनाकार भट्टराईलाई आशाको एकमात्र त्यान्द्रो ठान्दै गरिएको जनअपेक्षा उनका लागि जति ठूलो अवसर हो त्यत्ति नै ठूलो हाँक पनि हो। यस्ता अवस्तुवादी अपेक्षा पूरा गर्न सकिने सम्भावना कम रहेको स्थितिमा उनले व्यक्तिगत क्षमताका सीमा, प्रधानमन्त्री र सरकारका जटिलता तथा राजनीतिक गतिरोधका तीतो सत्यलाई जनतासामु तुरुन्तै राख्नु बुद्धिमानी हुन्छ। अन्यथा, लोकप्रियताको शिखरबाट नराम्ररी खुर्मुरिएर तल झर्न वा झार्न ससाना गल्ती र कमजोरीसँगै तिनको प्रचारबाजी नै काफी हुन्छन्।
जम्माजम्मीमा शान्ति र संविधानसँगै जनतालाई सहुलियत दिन ससाना काम थालनी गरेर पार्टी र सरकारबाट आशा र उम्मेदको खेती गर्न सकिएन भने जनताका उम्मेदवारको जित भएको ठहरिन सक्दैन। निराश हुन थालेका जनताका आशा र उम्मेद हार्न सक्छन्। जनताका आशा र उम्मेदलाई जिताउन प्रधानमन्त्री भट्टराईले शान्ति, संविधान र राज्य पुनर्संरचनाको काम टंुग्याउने कोसिस गरी हाल्नुपर्छ।
प्रधानमन्त्री निर्वाचित भएपछि भट्टराईले शान्ति, संविधान र जनताका लागि सहुलियतका कामलाई चुनौती र अवसरका रूपमा आकलन गरेर योग्य डाक्टरले जस्तै सही 'डाइग्नोसिस' गरी उचित उपचार पनि गर्ने संकेत गरेका छन्। उनको विजयसँगै जनतामा उर्लेको आशाको बाढीलाई व्यवस्थित गरी शान्ति र संविधानको खेतलाई सिञ्चित गर्नु त निर्विवादरूपमा जरुरी उपचार हो नै, महँगी, भ्रष्टाचार र अराजकताको फोहोरलाई बगाउनु पनि आकस्मिक उपचारै हो। यसमा 'कच्चा वैद्यको मात्रा' प्रयोग गरियो भने आफ्नो व्यक्तिगत लोकप्रियतासँगै माओवादीको साख र शान्ति संविधानको अभियान पनि सुख्खा बगरमा परिणत हुनसक्छन्।
बहुमतको सरकार निर्माण अनि सरकारका लागि मधेसी मोर्चा र साना दलहरूसँगको सहकार्य : यस्तो बहुरङ्गी सरकार र सहकार्य माओवादीका लागि सबैभन्दा जोखिमपूर्ण यात्रा हो। मधेसी मोर्चासँग गरिएको चारबुँदे सहमतिले केही दिशानिर्देश गरे पनि त्यसमा थप बहस, विवाद र द्वन्द्वका जोखिम पनि कम छैनन्। यही जोखिमपूर्ण यात्राका क्रममा मधेसी मोर्चाका कुनै घटकबाट अनेक निहुँमा धोका हुने समस्या पनि कम छैनन्। तर मधेसी मोर्चाले पनि आत्मनिर्णयको अधिकार प्रयोग गरेको हो भने भट्टराई सरकार शान्ति र संविधानको सम्भावनातिर जाने ढोका हुनसक्छ। छिमेकी देशले तोकेको ताजा जनादेशको नीति र निर्देशलाई स्वदेशी दलहरूले लत्याएकै हुन् भने यसलाई शुभसंकेतै मान्नुपर्छ।
सत्ता शक्तिका लागि जे पनि गर्ने मधेसी मोर्चासँगको सहकार्य भट्टराई र उनको पार्टीले मौकाभन्दा पनि बढी हाँकका रूपमा स्वीकार्नुपर्छ। हिजो माओवादीसँग गठबन्धनविरुद्ध उभिएर पार्टी नै फोर्ने मधेसी नेताहरूको मथिंगलमा माओवादी नेतृत्वमा मात्रै शान्ति र संविधानको अभियान टंुगिन्छ भन्ने दिव्यज्ञानको उदय भएको हो भने यही हाँक मौका पनि हुन्छ। आत्मनिर्णयको अधिकार प्रयोग गर्नुको साटो दिव्यज्ञान पनि छिमेकबाटै निर्यात गरिएको हो भने यही हाँक नै डेढ महिनापछि सरकार खाने साँच्चैको सिंह बन्नसक्छ।
जस्तोसुकै हाँक भएपनि मधेसी मोर्चा र साना दलसँग सत्ता साझेदारी गर्दागर्दै पनि बहुमतीय सरकारलाई सहमतिको राष्ट्रिय सरकार बनाउने प्रयासलाई भने रोक्नु हुँदैन। अब प्रधानमन्त्री भट्टराईले कांग्रेस र एमालेजस्ता दोस्रो र तेस्रो ठूलो दललाई सकेसम्म सत्ता साझेदारीमा तान्न खोज्नुपर्छ, नसके शान्ति र संविधानका कार्यसूचीमा सहमत गराउने प्रयास गर्नुपर्छ। यसरी सहमतिको सरकार बनाउन तुरुन्तै गहन संवाद थाल्ने, आपसी सहमतिका लागि लचिलो हुने तथा पुराना सहमति तुरुन्तै लागू गर्न थाल्ने काममा प्रधानमन्त्री भट्टराईको ध्यानध्याउन्ना केन्द्रित हुनुपर्छ। प्रधानमन्त्री भट्टराई र माओवादीबाट भगीरथ प्रयत्न हुँदैमा कांग्रेस र एमालेजस्ता दलबाट हातेमालो हुन्छ नै भन्ने छैन। एक हातले ताली नबज्ने भए पनि माओवादीबाट भने बढीभन्दा बढी प्रयास हुनुपर्छ र गरेको देखिनु पनि पर्छ।
यसका लागि प्रधानमन्त्री भट्टराईले गर्र्नैपर्ने पहिलो काम हो, सेना समायोजनसम्बन्धी ४५ दिने कार्ययोजनालाई विशेष समिति र व्यवस्थापिका संसद्मा पेस गर्ने। शान्ति प्रक्रियासम्बन्धी माओवादी प्रस्तावलाई विशेष समिति र संसद्मै सत्तारुढ र विपक्षी दलबीच छलफल र बहस गराउने तथा संसदीय सहमति र अनुमोदनका लागि प्रयास गर्ने। यही प्रक्रियाबाट शान्ति र संविधानका पक्ष विपक्षमा कोको रहेछन् भन्ने जनताले थाहा पाउँछन्।
सहमतिका आधारमा संविधानसभाको म्याद सहजै थप्ने काम, शान्ति र संविधानको मामिलामा रचनात्मक सहयोग गर्ने कांग्रेसको घोषणा र डेढ महिनामा शान्तिप्रक्रिया अगाडि बढे सत्तापक्ष नै हुनसक्ने एमालेको उद्घोष पक्कै पनि शुभसंकेत हुन्। यिनै शुभसंकेतका आधारमा तत्काल शान्तिप्रक्रिया थाल्ने र अत्यधिक बहुमतबाट संविधानसभाको म्याद तीन महिना थपिएको घडीमा मस्यौदा संविधान तुरुन्तै जारी गर्ने काम थालिहाल्नुपर्छ। चुनौती र अवसरको डोरीमा हिँड्न थालेको भट्टराई सरकारले अब कुनै पनि रूपमा जनताको उम्मेदलाई हार्न दिनुहुन्न। भट्टराईकै भाषामा भुइँतहबाट विभिन्न मुद्दामा आधारित जनसंघर्ष, सरकारबाट त्यसको समर्थन र सहयोगको बलमा सामाजिक रूपान्तरण यतिखेरको आवश्यकता हो। त्यसको थालनी सेना समायोजनसँगै शान्ति प्रक्रियाको तार्किक निष्कर्ष, नयाँ संविधानको लेखनमा तीव्रता र जनतालाई सहुलियत दिने काममा 'एकलव्य चेष्टा'बाट मात्रै हुनसक्छ।