नेपालमा नयाँ प्रधानमन्त्री चुनिएको विषयलाई महत्व दिएर भारतको अंग्रेजी दैनिक 'द हिन्दु' ले बुधबार सम्पादकीयमा लेख्यो - 'भारतीय 'हार्डलाइनर'को समर्थनमा बनेको माधवकुमार नेपाल नेतृत्वको अवसरवादी गठबन्धनले झन्डै दुई वर्ष एकीकृत नेकपा (माओवादी) संसदीय शक्तिका रूपमा उदाएको हेर्न अनिच्छा देखायो। उत्पन्न राजनीतिक गतिरोधलाई झलनाथ खनाल नेतृत्वको सरकारले फुकाउने कोसिससम्म गर्यो। निर्दिष्ट लक्ष्य पूरा गर्ने दायित्व भने बाबुराम भट्टराईसामु आएको छ। उनीसँग खेर फाल्न एक सेकेन्ड पनि समय छैन।'
माओवादीका उपाध्यक्ष भट्टराई प्रधानमन्त्री चुनिएपछि उनको चर्चाको 'ग्राफ' फेरि अग्लो भएको छ। स्वदेशीका साथै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले पनि उत्तिकै महत्व दिए। यसले उनको प्रधानमन्त्रीत्वप्रति यसअघिभन्दा सबैको अपेक्षा बढी छ भन्ने देखिन्छ। शपथग्रहण गरेकै दिन प्रधानमन्त्रीले नेपालमै जडान गरिएको सस्तो 'मुस्ताङ' जीप चढ्ने घोषणा गरे। विगतका कार्यकारीहरू विलासी गाडीदेखि इन्धनको खर्चसम्ममा बदनाम भएको बेला भट्टराईको निर्णयले नैतिक प्रहार गर्यो। यसले बीबीसी विश्व सेवाको समेत ध्यान तान्यो।
सँगै खतराको जोखिम पनि छ। अति चर्चा अतिरञ्जना बन्ने त होइन? यसले भट्टराईको देवत्वकरण गराउने त होइन?
माओवादी शान्तिप्रक्रियामा आएपछि एक मासिक पत्रिकाले अध्यक्ष पुष्पकमल दाहाललाई 'जनयुद्धका नायक' भनेर आवरण लेख छाप्यो। दाहालबारे लामालामा लेख, अनुभूति, संस्मरण र अन्तर्वार्ता छापिएको उक्त अंकमा भट्टराईले भनेका थिए, 'अध्यक्षको प्रचार गर्ने नाममा देवत्वकरण भइरहेको छ। यो अवैज्ञानिक छ।'
इतिहासले फन्का मारेको छ। हिजोको दाहाल प्रचारको ठाउँ भट्टराईले लिएका छन्। माओवादी 'जनयुद्ध'मा परिचित र प्रतिष्ठित नाम भट्टराईकै भएको, शान्तिप्रक्रियामा माओवादी आउनुअघि नै त्यसमा उनको कालिगढी बढी भएकाले प्रचार अस्वाभाविक होइन। तर, कसले पहिला उछिन्ने भन्ने शैलीमा मिडियामा भइरहेको भट्टराईको फोटोमुनि आफ्नो नाम छापेर विज्ञापन गर्ने प्रवृत्ति 'देवत्वकरण'कै दिशामा छ। भट्टराईलाई पनि महसुस भइरहेको हुनुपर्ने हो, यो 'अवैज्ञानिक' छ। (उनले सरकारी खर्चमा यस्तो प्रचार रोक्न मुख्य सचिवलाई आदेश दिएको समाचार पनि आएको छ। )
'सिमुलाक्रा एन्ड सिमुलेसन' नामक किताबमा फ्रान्सेली सिद्धान्तकार जिन बद्रिलार्डले लेखेका छन्, 'हामीले बाँचिरहेको संसारभन्दा अझ वास्तविकजस्तो लाग्ने संसार पनि छ। त्यो 'हाइपररियल' संसार मिडियाले बनाएको हो। भइरहेको यथार्थभन्दा त्यो अझ बढी यथार्थ देखिन्छ। मानिसले पनि त्यसैलाई पत्याउँछन्।'
प्रधानमन्त्रीको सन्दर्भमा बद्रिलार्डको भनाई चरितार्थ भइरहेको छ। भट्टराई जे हुन् प्रचार गर्ने नाममा उनलाई अतियथार्थीकरण गरिँदैछ। केही मिडियाले उनैलाई पनि कतै म त्यही मिडियापरिभाषित व्यक्ति हुँ कि भन्ने भ्रम पर्ने गरी परिभाषित गरिरहेका छन्। भट्टराई प्रचारका कारण नभई आफ्ना योगदानबाट यहाँसम्म आइपुगेका हुन्। यसैले बाबुरामको देवत्वकरणले अन्ततः उनैलाई क्षति हुनेछ।
आज भट्टराईलाई प्रचार गरिए जसरी नै कुनै बेला दाहाललाई पनि 'आइकन्' बनाउन खोजिएको थियो। त्यसो गरिनु अनौठो पनि होइन। मिडियाले २५ वर्षसम्म भूमिगत बसेर रहस्यमय बनेका उनीप्रति जनसाधारणको कौतुहलको प्रतिनिधित्व गर्नु अस्वाभाविक थिएन। तर, हिजो दाहाललाई 'अग्लो बनाइदिन' क्यामरा, माइक्रोफोन र मसी खर्चेका जुन सञ्चारमाध्यमले नै आफूनिर्मित उचाइबाट उनलाई 'सानदार'सँग खसाल्दिए। देवत्वकरणको दिशामा उन्मुख दाहाल दैत्यजसरी प्रतिविम्बित गरिए।
एकाध मिडियाको 'सोकेस'मा 'सोपिस' बनेर सजिएका भट्टराईमात्र होइन अरू पनि नेताले हेक्का राख्नुपर्छ - सिंगो जीवन लगानी गरेर राजनीतिक अभियानमा लागेका नेताको प्रभाव उक्लिँदा पनि समाचार बन्छ, ओर्लदा पनि। जति उचाइबाट खस्यो त्यसको समाचार प्रभाव उति नै धेरै हुन्छ। सञ्चारमाध्यमलाई जहिले पनि चोटिलो समाचार चाहिन्छ। नेताले आफ्नो 'करिअर' स्क्रोल, हेडलाइन र ब्यानरमा मात्रै देख्नुहँुदैन। विडम्बना, हाम्रा प्रधानमन्त्रीमा प्रचारमोह बानीबाट स्वभावमा विकसित हुन खोजिरहेको छ।
समर्थन वा विरोधका नाममा जसले जे गरे पनि त्यसमा बलियो तर्क हुनुपर्छ। भावनात्मक निर्णयले मात्रै सबै विषय निर्धारण गर्दैन। भट्टराई सरकारलाई उनको एकल वशबाट निर्मित सत्ताको रूपमा प्रचार गर्ने पनि निक्लिएका छन्। यो माओवादीको एकल सरकार होइन। तसर्थ यसका पछाडि थुप्रै 'इन्ट्रेस्ट' जोडिने नै भए। त्यही दलका अध्यक्षलाई प्रधानमन्त्री निर्वाचनमा दसौं पटकसम्म सघाउन तयार नहुने मधेसी दल अहिले झन्डै प्रस्ताव आउनुअघि नै निर्णय गर्ने ठाउँमा आइपुगे। निहित आकांक्षाबिना त तिनीहरू पक्कै आएनन्। मधेसीमात्रै होइन २० दलको समर्थनमा पूर्ण हुन लागेको यो सरकार ढोडको वैशाखी टेकेर उभिएजस्तो देखिन्छ। अतः स्थायित्वको धेरै अपेक्षा राख्नै सकिन्न।
तसर्थ, यो सरकारले उल्का गर्ला भन्ने आशा राख्नु अतिशयोक्ति हुन्छ। भट्टराईको देवत्वकरण गर्नेले यो पक्ष बिर्सेका वा उपेक्षा गरेका छन्। सिनेमाको हिरोले एक्लै सब ठीकठाक पारेजस्तो प्रधानमन्त्रीले छुमन्तर गरिदिन्छन् झैँ गरी डंका पिटेका छन्। पहिले अर्थमन्त्रालय चलाउँदा विभागीय मन्त्रीका हिसाबले भट्टराईलाई बढी सहज र सुविधाजनक अवस्था थियो सम्बन्धित मन्त्रालयको उनी कार्यकारी थिए। आज संयुक्त गठबन्धनको अगुवाका रूपमा उनको भूमिका सीमित भएको छ। अब उनी कम कार्यकारी, बढी समन्वयकर्ताका रूपमा आएका छन्। संक्रमणकालीन अगुवाको भूमिका 'प्रोएक्टिभ' भन्दा संयोजनकारी बढी हो।
सत्तापक्ष मात्र होइन, विपक्षमा बसेका दुई दललाई दोस्रो र तेस्रोको हैसियतमा जनमत प्राप्त छ। 'द हिन्दु' ले लेखेझैँ नेपाली कांग्रेस र नेकपा (एमाले) लाई बहिष्करणमा पारेर शान्ति र संविधानको लक्ष्य हासिल हुन सत्तै्कन। तिनका आकांक्षाबाहिर गएर बाबुराम एक्लै उभिन सत्तै्कनन्। तीव्र आर्थिक विकास वा जुनसुकै लोकप्रिय नाराका नाममा भट्टराईलाई अहिलेको व्यवस्थाले मनमौजी कुद्ने छुट दिएको छैन। बहुमतीय बाटोबाट प्रधानमन्त्री बने पनि भट्टराईले सहमतीय राजनीतिक संस्कारलाई बिर्सन पाउँदैनन्। अथवा, कुनै दल वा नेताले पनि पाउँदैन, ऊ मिसनमा सफल हुन चाहन्छ भने।
जहाँसम्म 'चमत्कार' को प्रसंग छ, भट्टराई नेतृत्वमा शान्ति र संविधान आयो भने अहिलेलाई त्यही नै चमत्कार हुनेछ। 'भिजनवाला प्रधानमन्त्री' बाट आर्थिक विकास, सुधार आदिको अग्रसरता अपेक्षित छ। तर, त्यसका लागि पनि प्रमुख कार्यकारी हुनुको अर्थमा प्रधानमन्त्रीले अरूलाई विश्वासमा लिनुपर्नेछ। नयाँ संयन्त्र बनाउने प्रस्तावसहित कांग्रेस सभापति सुशील कोइरालाकहाँ भट्टराई पुग्दा आवश्यक नरहेको जबाफ पाए। अर्का नेता मीनेन्द्र रिजालले प्रधानमन्त्रीको एक्लो इच्छाले शान्ति नआउने भन्दिनुले फेरि पनि अरूलाईसमेत आफूसँगसँगै हिँडाउनुपर्ने प्रयत्न भट्टराईसामु आवश्यकताका रूपमा रहिरहनेछ। अहिले साख राख्नसके प्रधानमन्त्रीले भविष्यमा जनमतबाट 'फुल म्यान्डेट' सहित आफूअनुकुल निर्णय लेलान्! अहिले भने जनमतबाट प्राप्त आकारलाई आत्मसात गर्नुको विकल्प छैन। करिस्मादार व्यक्तित्वको रूपमा बहुप्रचारित उनले आफ्ना सीमालाई गहिरो गरी अनुभूत गर्नु मनासिब ठहर्छ। नत्र, यसले उनलाई अन्ततः सर्वसत्तावादको दुस्साहसी यात्रामा धकेल्नेछ।
अन्त्यमा, बाबुराम भट्टराई 'साना दुःखले आर्ज्याको नाम' होइन। एकातिर यसलाई कसैले नयाँ परिभाषा दिनुपर्ने आवश्यकता छैन। अर्कातिर उनका सीमा लुकेका छैनन् भन्ने बुझिबुझी देवत्वकरण गर्नु झन् खतरनाक छ। राजनेताले सँधै इतिहास उग्राएर बस्न मिल्दैन। प्रधानमन्त्रीलाई नयाँ अवसर र नयाँ जोखिम उपलब्ध छ। नयाँ प्रधानमन्त्री अतिप्रचार र देवत्वकरण रुचाउने 'डमी क्रान्तिकारी' बन्ने होइन, आफूले थालेका सकारात्मक पहललाई संस्थागत रूप दिन लाग्नुपर्नेछ। नत्र व्यक्तिबाट सुरु भएर व्यक्तिमै सकिने उनको नारा वा अभियान विकासानन्दको मनोक्रान्तिभन्दा उपल्लो हुनेछैन। विगतको विरासत थाम्ने समय सुरु भएको छ। तसर्थ, एकोहोरो प्रचारको भरमा पेल्छु भन्ने महत्वाकांक्षा भट्टराईले पाल्नुहुन्न। यो संक्रमणकालीन सरकार उनका लागि 'टेस्ट' हो। 'फाइनल' बाँकी छ।