दाहालको अग्निपरीक्षा
१८ भदौ २०६८
•
१२ मिनेट पाठ
दाहालको अग्निपरीक्षा
विस्तृत शान्ति सम्झौतामार्फत् खुला राजनीतिमा आएको माओवादी पार्टी यति बेला कन्टेनरको साँचो बुझाउने र नबुझाउने विवादमा नराम्रोसँग फँसेको छ। यस विवादले सडक जाम गरेको छ। देख्ने र सुन्ने सबैका लागि तमासा बनेको छ यो घटना।




शान्ति यात्रामा जुटेपछि पहिलो पटक पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड' शान्तिको मूल विषय र उद्देश्यमा पार्टीभित्रका आफना सहयोगीबाट कडा राजनीतिक चुनौतीको सामना गर्दै हुनुहुन्छ। राजनीतिमा कुनै पनि पार्टीका नेताको विरोध अस्वाभाविक हुँदैन। तर, राष्ट्रिय मामिलामा आन्तरिक असहयोगको पीडा भने कुनै पनि नेताका लागि सर्वाधिक कष्टकारी हुन्छ। विगत अढाई दशकदेखि पार्टीभित्रका दायाँ, बायाँ र छड्केमड्के सबै प्रकारका विवादलाई सम्याउँदै र मिलाउँदै आउनुभएका अध्यक्ष प्रचण्डका लागि अहिलेको ‘साँचो' संकट निकै चर्को परेको देखिएको छ। यस विवादको तत्काल निप्टारा हुनसकेन भने (१) भर्खरै गठित बाबुराम भट्टराई नेतृत्वको सरकार बिलखबन्दमा पर्नेछ (२) शान्ति प्रक्रिया कचल्टिनेछ र (३) माओवादी पार्टी, यथार्थमा नै, विभाजन र विखण्डनमा जानेछ।

माओवादी पार्टीभित्रको अहिलेको विवाद कति मन्त्री पदको विवाद हो र कति कन्टेनरको साँचो विशेष समितिलाई बुझाउन नहुने विवाद हो? यो साँच्चै द्विविधाको विषय बनेको छ। ‘साँचो' विवाद मन्त्री पदसँगै जोडिएर आएकोछ। सशस्त्र द्वन्द्वका बेला टाउकामा कात्रो बाँधेर हिँडेका कामरेडहरूमा यतिखेर मन्त्री कार्यालयको साँचोले मात्रै स्वर्गको ढोका खुल्ने ज्ञान प्राप्तहुनु विडम्बना नै हो। यो विडम्बनाले माओवादीको मूल उद्देश्यकै खिल्ली उँडाएको छ। माओवादीका अधिकांश नेता अर्कोपटक चुनाव जितिँदैन, अहिले जितेका बेला मन्त्री पदमा सुशोभित भइहालुँ भन्ने मानसिकताले ग्रस्त देखिन्छन्। कन्टेनरको साँचो बुझाउन नहुने अहिलेको माग त्यही मानसिकताको झलक मान्न सकिन्छ।

कन्टेनरको साँचो बुझाउन नहुने पक्षमा पार्टी उपाध्यक्ष मोहन वैद्य किरण जसरी आक्रामक ढंगले लाग्नुभएकोछ त्यसलाई स्वाभाविक आक्रोश भनेर पन्छाउन मिल्दैन। पार्टीले पारित गरिसकेको मूल नीतिविरुद्ध कचेडा निकालेर सडकमा ओर्लिइसकेपछि त्यसलाई पार्टीको आन्तरिक विवाद भनेर पन्छाउन मिल्दैन। यो घटना दाहालविरुद्ध हालै मञ्चित धोबीघाट विरोधजस्तो व्यक्ति र व्यक्तित्व केन्द्रित विरोधको घटना होइन। यसका पछाडि, कुनैबेला पार्टीभित्रका सबै पक्षका नेताद्वारा निकै सराहिएका नेत्रविक्रम चन्दजस्ता युवा नेता र प्रचण्डका अनन्यतम सहयोगी कहलिएका रामवहादुर थापा बादलको समर्थन र सहभागिता स्पष्ट देखिएको छ। नेता वैद्य कुनै दायित्व नबोकी राजनीति गर्न चाहनु हुन्छ। शान्ति प्रक्रियामा उहाँको विश्वास छैन। बन्दुकको नालबाट सत्ता प्राप्त गर्ने विचारमा उहा" दृढ हुनुहुन्छ। उहाँले पार्टी संगठन हेर्ने बहानामा सुरुमा नै संविधान सभा सदस्य पदबाट राजीनामा दिनुभएको थियो। उहाँले गर्नुभएको कामको पुलिन्दा अहिले खुलेको छ। सबै दलहरूसँगको सहमतिमा राज्य पुनर्संरचनाका कार्यसूची पुरा गर्नेभन्दा पनि जनविद्रोहका माध्यमले पुरै राज्य कब्जा गर्ने अभिलाषा राख्दैआएको वैद्य समूहको अहिलेको आक्रामक गतिविधिले माओवादी पार्टीलाई कता पुर्‍याउनेछ? अहिल्यै कसैले भन्न सक्दैन।

देशको राजनीति अस्तव्यस्त रहेको अहिलेको अवस्थामा विरोधको भाषा बोल्ने जो सुकैलाई पनि जनताले सुन्ने निश्चित छ। अपेक्षा गरेअनुसार संविधान नबनेको, शान्ति संस्थागत हुन नसकेको र आर्थिक अवस्था हदैसम्म खस्किएको अहिलेको समयमा जनता सरकारका नेताहरूको निर्णयहीनताबाट दिक्क भइसकेका छन्। विरोध र असन्तोषको तीखो भाषा मात्रैले कुनै परिणाम दिन नसकेपनि जनता त्यसैलाई सुन्न चाहन्छन्। कांग्रेस, माओवादी, मधेसी वा एमाले जुनसुकै दलको स्थापित नेतृत्वको विरोध सबैको अभीष्ट रहेको छ। सलाइ कोर्‍यो कि आगो लागी हाल्ने अहिलेको स्थितिमा नवनिर्वाचित प्रधानमन्त्री भट्टराईको चम्काइएको छविले त्यस्तो असन्तोषलाई छेक्नसक्दैन। यस्तो अवस्थामा माओवादी पार्टीले शान्ति र संविधानको मूल नीतिविरुद्ध वैद्यको आक्रामक शैलीलाई सहज ढंगले थेग्न सक्तैन।

‘साँचो' विवाद शान्ति प्रक्रिया सुरु भएदेखि अहिलेसम्म एकताबद्ध र अनुशासित रहेका माओवादी सेनासँग जोडिएको छ। यो सेनाका कतिपय सदस्य आफनो जीवन र आकांक्षा धुलोमा मिल्न लागेकोमा चिन्तित छन्। शान्ति प्रक्रियाको सुखद समाप्तिपछि नयाँ जीवन प्रारम्भगर्ने आशामा बसेका यी तन्नेरीहरू शान्ति प्रक्रियाको मन्द गतिले उक्ताइसकेका छन्। तीमध्ये केही सय लडाकुमात्रै पनि अनुशासनको घेराबाट बाहिरिए भने माओवादी नेतृत्वमात्रै होइन पुरै शान्ति प्रक्रिया उल्टिने जोखिम बढ्नेछ। वैद्य समूह यही असन्तोष भजाउने खेतीमा लागेको छ। हुनत, अहिलेकै अवस्थामा वैद्य समूह मूल पाटीबाट चोइटिएर बाहिर निस्कियो भने यस समूहको अवस्था मातृका यादवको पार्टीको जस्तै हुने तर्क गर्नेहरूको कमी छैन तर, यस्ता तर्क राजनीतिक यथार्थबाट निकै टाढा रहेका हुन्छन्।

माओवादी पार्टीभित्र विग्रहको यो चरम अवस्था नआइहाल्ला। द्वन्द्वबाट शान्तिमा आएको पार्टी व्यवस्थापनका आफ्नै कठिनाइहरू हुन्छन् ता पनि यो शाश्वत विश्वव्यापी नियम माओवादी पार्टीका हकमा लागु हु"दैन। संविधान सभाको चुनावमा जनमतबाट अनुमोदित यो पार्टी दुईपटक आफ्नै नेतृत्वमा र एकपटक एमाले नेतृत्वमा सरकारमा गइसकेको छ। पहिलो पटक अध्यक्ष प्रचण्डको नेतृत्वमा गठित सरकारको प्रतिपक्षी नेपाली कांग्रेसले तीव्र विरोध गरे पनि त्यो सरकार आन्तरिक किचलोमा अल्भि्कएको थिएन। त्यसपछिका प्रयोगहरू माओवादी पार्टीको पक्षमा गएका छैनन्। पछिल्लो पटक पार्टीको सम्पूर्ण सहमतिमा भट्टराई सरकार बन्नेबित्तिकै सुरु भएको कचिंगल माओवादीका लागि ध्वंशात्मक साबित हुने जोखिम बढेको छ।

माओवादी पार्टीलाई नजीकबाट हेर्दैआएका विश्लेषकहरू पार्टीलाई एकताबद्ध बनाइराख्ने जादूगर बताउँछन् प्रचण्डलाई। यो विश्लेषण असत्य होइन। माओवादीहरू ‘पार्टीको गौरवपूर्ण परम्परालाई कायम राख्दै ठुल्ठुला विवाद सल्टाउँदै आएको' दाबी पनि गर्छन। उनीहरूको यस दाबीमा दम पनि छ। तर, त्यतिबेला जादूले पनि कुनै कामगर्न सत्तै्कन जब जादूगरका सहयोगीहरूले नै उसको जादूको पोसाक उतार्न खोज्छन। अध्यक्ष प्रचण्ड आफ्नो पाकेट रुमाल निकालेर साथीहरूको असन्तोषको आँसु पुछ्न तयार हुनु होला। तर, ‘पार्टीभित्र राष्ट्रघात सुरु भएको छ, अध्यक्ष र प्रधानमन्त्री मिलेर पुरै पार्टी विदेशीलाई बुझाएका छन्, क्यान्टोनमेन्टको साँचो बुझाउनु सरासर आत्म समर्पण हो' भन्ने विचार खुलेआम व्यक्त गर्दैआएका माओवादी नेता कार्यकर्तालाई जो्डनुु र मिलाउनुको कुनै निश्चित सीमा देखिएको छैन। यस्तो बेला एकताको कुनै पनि प्रयास निरर्थक अभ्यास साबित हुनेछ।

प्रचण्डले अहिलेसम्म बडो धैर्यपूर्वक फुटेको हा"डीका खबटा जोडे जस्तैगरी पार्टी एकता कायम राख्ने प्रयत्न गर्दै आउनुभएको हो। यसपटक पनि, यसको निरर्थकता जान्दाजान्दै उहा"ले त्यो प्रयास सुरु गरिसक्नु भएको छ। एकदुई दिनभित्रै सहमतिको कुनै ताजा फर्मुला निस्कियो भने पनि आश्चर्य मान्नुपर्ने छैन। तर, सहमतिको तदर्थवादी धरापमा उभिएको कुनै पनि राजनीतिक पार्टीले परिवर्तनलाई हाँक्न सक्तैन।

पुरै केन्द्रीकृत ढाँचामा चलेको पार्टीलाई सुदृढ र मजबुत तुल्याउने सामर्थ्यबाट अहिले पनि प्रचण्ड चुक्नुभएको छैन। उहाँले आफ्नो आधिकारिकताको प्रयोग कडा ढंगले गरेर पार्टीलाई एकपटक फेरि लिकमा ल्याउन सक्नुहुन्छ। यसमा निश्चय पनि राजनीतिक जोखिम छ। त्यस्तो जोखिम उठाउनसक्ने आँट र क्षमता पनि उहाँमा नै छ। माओवादी पार्टीका विभिन्न समूहका आआफ्नै अध्यक्ष होलान्। ती अध्यक्ष छुट्टाछुट्टै रहँदा अपूर्ण साबित हुने हुनाले नै पार्टीलाई एकीकृत नेतृत्व चाहिएको हो। माओवादी पार्टीमा त्यस्तो एकीकृत अस्तित्व कायम राख्नसक्ने वैकल्पिक नेतृत्व अहिलेसम्म देखिएको छैन।
अर्को समाचार
दाहालको परीक्षा सुरु
२६ भदौ २०७७
•
५ मिनेट पाठ
दाहालको परीक्षा सुरु
आन्तरिक विवादमा रुमलिएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालको अग्निपरीक्षा सुरु भएको छ। पार्टीलाई विधि र पद्धतिमा हिँडाउन नसकिएको गुनासो गर्दै आएका दाहालले पार्टी सञ्चालनको जिम्मेवारी पाएपछि उनको अग्निपरीक्षा सुरु भएको हो। अधिकार पाएपछि दाहालले कसरी पार्टी चलाउँछन् र विवाद समाधान गर्छन् भन्ने विषय उनको कार्यशैलीमा निर्भर रहनेछ।




पार्टीमा दुई अध्यक्षात्मक व्यवस्थाको कार्यान्वयन समझदारीपूर्ण एवं प्रभावकारी रुपमा हुन नसक्दा बेला बेलामा शीर्ष नेतृत्व तहमा अविश्वास र अन्तरविरोध उत्पन्न हुँदै आएको छ। यसको नकारात्मक असर समग्र दल तथा सरकारको काममा परिरहेको छ। यस्तो अवस्थामा दुई अध्यक्षले जिम्मेवारी बाँडफाँट गर्दा पाटी सञ्चालनको जिम्मेवारी दाहालको काँधमा आइलागेको छ। प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओलीले गत मंसिर ४ गतेको सहमति अनुसार दाहाललाई कार्यकारी अध्यक्षको जिम्मेवारी दिए पनि उनलाई बैठक सञ्चालन गर्ने र निर्णय कार्यान्वयन गर्ने अधिकार थिएन। तर अहिले पार्टी सञ्चालन गर्ने सबै अधिकार दाहालले पाएका छन्।

पार्टी विधानबमोजिम अध्यक्षद्वयको सहमति र महासचिवसँगको परामर्शमा सचिवालय, स्थायी कमिटी, पोलिटब्युरो तथा केन्द्रीय कमिटी बैठकका कार्यसूची तयार गरी सम्बन्धित कमिटी बैठकमा पेस गर्ने र तदनुरुप बैठक सञ्चालन गर्ने, सामूहिक नेतृत्व तथा व्यक्तिगत जिम्मेवारीको संस्थागत प्रणाली अवलम्बन गर्ने र सबल बनाउनेगरी ओलीले प्रतिनिधिसभाको यो कार्यकालभरि सरकारको नेतृत्व गर्ने तथा दाहालले कार्यकारी अधिकारसहित पार्टी बैठक सञ्चालन, निर्णय कार्यान्वनय र समग्र पार्टी कामको जिम्मेवारी पाएका छन्। यसबाट दाहालको काँधमा पार्टीभित्र उत्पन्न समस्या समाधान गर्ने दायित्व थपिएको छ। ‘दाहालले बैठक सञ्चालन र निर्णय कार्यान्वयन गर्ने अधिकार पनि पाएपछि पार्टीभित्र देखिएको विवाद अन्त्य गर्ने जिम्मेवारी पनि उहाँकै हुनेछ’, स्थायी कमिटीमा ओली निकट मानिने एक सदस्यले भने।

दुई अध्यक्षले तयार पारेको सहमतिको प्रस्ताव सुझावका लागि बुधबार स्थायी कमिटी सदस्यहरुलाई पठाइएको छ। सहमतिको प्रस्तावमा ओली र दाहालाको जिम्मेरी किटान गरिएको छ। प्रस्तावमाथि स्थायी कमिटी सदस्यलाई बिहीबार साँझ ५ बजेसम्म सुझाव पठाउन भनिएको थियो। केहीले सुझाव पठाए पनि केहीले बैठकमै बोल्ने भन्दै पठाएका छैनन्।

पार्टीलाई विधि र पद्धतिमा हिँडाउन नसकिएको गुनासो गर्दै आएका अध्यक्ष पुष्पकमल दाहालले पार्टी सञ्चालनको जिम्मेवारी पाएपछि उनको अग्निपरीक्षा सुरु भएको हो।
अध्यक्षद्वयले बनाएको सो प्रस्तावप्रति वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरुको असन्तुष्टि कायमै रहेको छ। विधि र पार्टीभित्र पद्धतिको कुरा उठाइरहेका वरिष्ठ नेता माधवकुमार नेपालसहित नारायणकाजी श्रेष्ठ कार्यकारी अध्यक्ष दाहालले कसरी अधिकार प्रयोग गर्छन् त्यसैअनुसार धारणा बनाउने मनस्थितिमा रहेको स्रोतले बतायो। नेपाल र श्रेष्ठ पार्टी सञ्चालन अधिकार पाएका दाहालले नेता र कार्यकर्तालाई जिम्मेवारी कसरी बाँडफाँट गर्छन् भन्ने विषयमा ‘पर्ख र हेरको नीति’ मा छन्। उनीहरुले शुक्रबारको बैठकमा पनि यसबारे धारणा राख्ने छन्। ‘उहाँहरुले बैठकमा आफ्ना धारणा राख्नुहुनेछ। अध्यक्षद्वयले प्रस्ताव गरेका धेरै विषयवस्तुमा असहमति रहे पनि कार्यान्वयन पक्ष हेरेपछि मात्रै प्रतिक्रिया दिने अरु विषय उठाइनेछ’, स्थायी कमिटीमा नेपाल निकट एक सदस्यले भने।

दुई अध्यक्षबीचको सहमित समस्या समाधानको कोशेढुंगा साबित हुने भन्दै दाहाल निकट नेताहरु त्यसको सफल कार्यान्वयन पक्षमा छन्। पार्टी सञ्चालन जिम्मेवारी महŒवपूर्ण भएको भन्दै दाहाल निकट नेताहरूले अब इमानदारीपूर्वक कार्यान्वयन पक्षमा जोड दिनुपर्ने बताएका छन्। ‘कार्यदलले प्रस्तुत गरेको सुझावलाई पार्टीले ग्रहण गर्नुपर्छ। दुई अध्यक्षले राखेको प्रस्ताव पनि पार्टीले गहण गर्नुपर्छ। पार्टीले ग्रहण गरिसकेपछि मात्रै कार्यान्वयनको चरणमा जान्छ’, स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले भने। उनका अनुसार यो प्रस्तावले सापेक्षित रुपमा अहिले पार्टीभित्र देखिएको विवाद समाधानका लागि मार्गप्रशस्त गरेको छ। ‘पार्टीभित्र देखिएको विवाद समाधान गर्न एउटा गोरेटो तयार भएको छ। यसलाई दुवै अध्यक्षले कार्यान्वयन तहमा लैजानुपर्छ। दुवै अध्यक्षको भूमिका समान हुन्छ र उत्तिकै जिम्मेवार पनि,’ उनले भने।

अध्यक्षद्वयले बुधबार साँझ स्थायी कमिटी सदस्यहरू पठाएको सहमतिको प्रस्तावमा नेपाल पक्षीय नेताहरुले भने शुक्रबार बस्ने स्थायी कमिटी बैठकमै आआफ्ना धारणा र सुझाव राख्ने भएका छन्। नेपाल पक्षका नेताहरुले पार्टी विधि र पद्धतिमा सञ्चालन गर्ने भनिए पनि प्रस्ताव अमूर्त भएको र एक व्यक्ति एक जिम्मेवारीको विषयलाई दुवै अध्यक्षले बेवास्ता गरेको भन्दै असन्तुष्टि प्रकट गरेका छन्। अष्टलक्षी शाक्य, युवराज ज्ञवाली, गोकर्ण बिष्ट, रघुजी पन्त, वेदुराम भुसाललगायत स्थायी कमिटी सदस्यहरुले पार्टी सञ्चालन जिम्मेवारी दाहालले पाएपछि आफूहरू ‘पर्ख र हेर’ को अवस्थामा रहेको बताउन थालेका छन्। स्थायी कमिटी बैठक भरसक शुक्रबारै सक्नेगरी प्रस्तावमाथि सदस्यहरुबाट लिखित सुझाव मागिएको हो। ‘बैठकलाई धेरै नलम्ब्याउने योजना रहेकै कारण सुझाव मागिएको हो। धेरै सदस्यहरुबाट सुझाव आइसकेको छ’, उच्च स्रोतले भन्यो। बैठक भरसक शुक्रबार सक्ने र अध्यक्षद्वयको प्रस्ताव पनि पारित गर्ने योजना छ।

अध्यक्षद्वयको प्रस्तावमा केन्द्रीय कमिटी बैठक तथा एमसिसीका विषयमा पार्टीभित्र समझदारी बनाउने, केन्द्रीय समितिले गठन गरेको कार्यदलले दिएको सुझावका आधारमा सम्भव हुनेजति परिमार्जन गर्ने र त्यसै आधारमा संसद्बाट एमसिसी अनुमोदन गराएर जाने विधि अवलम्बन गर्ने जस्ता विषयलाई पनि प्राथमिकतामा राखिएको छ। केन्द्रीय कमिटी बैठक कात्तिकमा गर्ने प्रस्ताव गरिएको छ। असार १० देखि सुरु स्थायी कमिटी बैठक साउन १३ पछि स्थगित छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस