नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालको सरकार गिराउन अरूभन्दा त्यसै पार्टीका अध्यक्ष झलनाथ खनालको भूमिका प्रबल रह्यो। सहमतीय सरकारको मात्रै प्रधानमन्त्री हुन्छु भन्ने खनालको जिद्दीलगायतका कारण अर्को सरकार बन्न सात महिना लाग्यो। नेपाल नेतृत्वको सरकारमा सामेल अरू दल त्यस सरकारलाई त्याग्न तयार थिएनन्। र, प्रधानमन्त्रीले राजीनामा दिएर बहुमतीय पद्धतिबाट अर्को सरकार निर्माण हुने अवस्था आइसकेपछि स्वाभाविकरूपमा प्रतिस्पर्धा भयो। त्यस पटक चुनावी प्रक्रियालाई नै उपहासपूर्ण बनाउँदै १७ औं पटकसम्म मतदान भयो।
जेहोस्, पुनः बहुमतीय चुनावपछि झलनाथ खनाल अन्ततः प्रधानमन्त्री भए पनि मुलुकले अपेक्षा गरेको कार्य सम्पादन गर्न पूर्णतः असक्षम साबित भए। उनी प्रधानमन्त्री भएको केही दिनमै राजनीतिक दलहरुबीच उनको विकल्पको खोजी हुन थालिहाल्यो।
गठबन्धनको सबभन्दा ठूलो दल जसको आडमा उनी प्रधानमन्त्री हुनसकेका थिए उसैले पहिले त उनको नेतृत्वको सरकारलाई पूर्णता दिलाउनै सकेन। उनको आफ्नै दलको पनि सहयोगात्मक भूमिका रहेन। गठबन्धनका लागि एनेकपा (माओवादी) र एमाले अध्यक्षबीच भएको सात बुँदे सहमतिको विरोध माओवादी र एमाले दुवै पार्टीबाट भयो। यसैबाट सरकारको दिनगन्ती सुरु भयो र छ महिनामै मन्त्रिपरिषद्लाई पूर्णतासमेत दिन नसक्दै खनाल सरकार ढल्यो। सरकार ढाल्ने उद्यम पनि एकातिर भइराख्यो भने माओवादीले प्रधानमन्त्रीलाई मन्त्री थप्न पनि दबाब दिइरह्यो। दुवै पक्षलाई यसको राम्रो ज्ञान थियो। एकातिर माओवादी खनाल नेतृत्वको सरकार ढाल्दै छौँ भन्ने जान्थे, अर्कोतिर खनाल पनि माओवादीको चित्त बुझाउन सके आफ्नो पार्टीको जतिसुकै विरोध भए तापनि सरकार टिकाउँछु भन्ने सोचमा थिए। दुवै दल मानसिकरूपमा त्यसैबेला विभाजित भइसकेका थिए।
यसैको परिणामस्वरूप यही राजनीतिक तानातानबाट वर्तमान सरकारको निर्माण भएको हो। त्यससलाई नेतृत्व दिए माओवादीको वरीयतामा तेस्रो स्थानमा रहेका नेता बाबुराम भट्टराईले। पार्टीको आन्तरिक मेलबेमेलका प्रसंग आउँदा कहिले मोहन वैद्यसितको गठजोड, कहिले पुष्पकमल दाहालसितको गठजोडका कारण १३ दिनका लागि बनेका उपप्रधानमन्त्रीलगायतका केही मन्त्री फ्याँकिए। पुष्पकमल दाहालले दीर्घकालीन राजनीतिलाई ध्यानमा राखेर हालका लागि भट्टराईलाई अगाडि बढाउनु व्यावहारिक राजनीतिक अनुरूप उचित हुने ठानेको हुनसक्छ। यो व्यवहारिक राजनीतिक सोचको आयु लामो बनाउनका शान्तिप्रतिको प्रतिबद्धता र तदनुरूपको कार्यक्रम पहिलो सर्त हुनु नेपालको अहिलेको राजनीतिको अपरिहार्यता हो। त्यसैलाई भट्टराईले अविलम्ब अगाडि बढाए पनि। यति गर्ने विश्वास कांग्रेसलाई दिनसकेको भएदेखि यो गठबन्धन कांग्रेससित पनि हुनसक्थ्यो र एमालेसित पनि हुन सक्थ्यो। तर संसद्भित्रको ठूलो दलले त्यसो गरेन। बरु पाँच दल मिलेर बनेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र अरू भर गर्न नसकिने साना दलको भरोसामा अत्यन्त कमजोर सरकार गठन गर्न रुचायो। फलस्वरूप, प्रधानमन्त्रीले जस्तोसुकै कदम चाले पनि सरकार कमजोर र निरीह बनेको अहिले पनि देखिएकै छ।
दोस्रो, मधेसी मोर्चासँग जुन चार बुँदे समझदारीका साथ अहिले माओवादी सरकारको नेतृत्वमा पुगेको छ त्यसको विरुद्ध उसैको पार्टी पंक्तिबाट 'नोट आफ डिसेन्ट' लेखियो। क्यान्टोनमेन्टको साँचो प्रकरणले त यो विरोध पार्टीभित्र मात्रै नभई सडकमै देखिन थालेको छ। नेताहरूमाझ आरोपप्रत्यारोपमात्रै नभई कार्यकर्ताबीच मारपिटको समेत डरलाग्दो स्थिति उत्पन्न हुन थालेको छ। एउटा कम्युनिस्ट पार्टीमा यो अवस्था आउनुलाई सामान्यरूपमा लिन कठिन हुन्छ। उता मधेसी मोर्चा एक ढिक्का भएर बस्नसक्ने स्थितिमा देखिँदैन। उसलाई रिझाउनलाई कतिपय मन्त्रालय टुक्य्राउने निर्णय गरिँदै छ। यो कमजोर सन्तुलनलाई जोगाएर निकै चुनौतीपूर्ण यस गठबन्धनबाट साढे तीन वर्षमा पनि खासै प्रगति हुन नसकेको शान्ति र संविधानको कार्यभारलाई टुंगोमा पुर्याउन वर्तमान सरकार कति सफल हुन सक्ला? उत्तर त्यति सरल छैन।
सरकारले महत्वपूर्ण किसिमले निर्वाह गर्नसक्ने जिम्मेवारी शान्ति प्रक्रियाकै विषयमा हो। जहाँसम्म संविधान निर्माणको विषय छ त्यसमा कुनै राजनीतिक दलबाट कुनै पनि प्रकृतिको बाधाविरोध हुने स्थिति देखिँदैन। शान्ति प्रक्रियामा पनि सबै दलको सहयोगात्मक भूमिका नै रहने देखिन्छ। शान्ति प्रक्रियालाई असजिलो कतैबाट हुन्छ भने त्यो माओवादीकै उग्रवामपन्थी समूहबाट हुन्छ र प्रकटरूपमा व्यक्त भइसकेको छ। साँचो प्रकरणबाट नै यो स्पष्ट देखियो। माओवादीले मधेसी मोर्चासित गरेको चार बुँदे सम्झौताले पनि नयाँ समस्या उत्पन्न गराउन सक्छ। नेपाली सेनामा प्रवेशको विषयलाई जातीय, क्षेत्रीय समूहगत समावेशीकरणका विषयलाई सम्झौता लेखिएको यही तीन महिनाभित्र त्यस्तो व्यवस्था गर्न खोजियो भने यसले अरू राजनीतिक दल वा सामान्य नेपाली जनमतलाई उद्वेलित गराउन पनि सक्छ।
हुनत, राजनीतिको आधार आदर्श वा सिद्धान्त नभएर द्रव्य र लाभमा केन्द्रित भएका कारण यो विषय बिस्तारै ओझेलमा पर्न पनि सक्छ। त्यस अवस्थामा भने यो ठूलो 'इस्यु' नरहला जसरी अहिले मन्त्री पद र मन्त्रालयको बाँडफाँडमा सरकारले पूर्णता पाउनै सकिरहेको छैन। चार बुँदे सम्झौतामा परेका केही सैद्धान्तिक विषयका बारेमा नेपाली जनमानस तरंगित छ। दुई ठूला दलहरू र स्वयं माओवादीभित्रै ठुलो आपत्ति छ। यो पनि धेरै ध्यान दिनुपर्ने विषय हो।
शान्ति प्रक्रियाका दिशामा यही गतिमा अगाडि बढ्यो भने यो सम्पन्न गर्न नसकिने विषय होइन। यो स्वदेशीको चासोमात्र नभएर छिमेकी र अन्तर्राष्ट्रिय जगत्ले पनि यसलाई त्यति नै महत्वका साथ हेरेको विषय हो। त्यसकारण यसले त्यति नै सहयोग र समर्थन पाउँछ। तर यसमा सबैको सरोकारका मूलभूत विषय छाडेर माओवादीको हितका प्रश्नमात्रै अगाडि सार्न खोजियो भने यसले जटिलतामात्रै होइन दुर्घटना नै निम्त्यायो भने पनि आश्चर्य मान्नुपर्ने छैन।
संविधान निर्माणलाई भने थपिएको समय पर्याप्त हुने देखिँदैन। अनिवार्यजस्तै भइसकेको शान्ति प्रक्रियाका बारेमा त माओवादीभित्र यत्रो बखेडा छ भने लोकतान्त्रिक संविधानको पक्षमा माओवादी नेतृत्व पंक्ति सहज किसिमले नै अवतरण गर्छ भन्ने विश्वास गर्न गाह्रो छ। अहिले प्रकटरूपमा सडकमा उत्रिएर आएको उग्रवामपन्थी सोच स्वच्छ लोकतान्त्रिक पद्धतिका पक्षमा तत्काल रूपान्तरित हुने आशा गर्ने ठाउँ कमै छ। आफ्नो पार्टी पंक्तिलाई अध्यक्ष र प्रधानमन्त्रीले कसरी व्यवस्थापन गर्न सक्छन् अहिले नेपाली जनताले हेर्ने त्यही हो। साहसका साथ अन्य दलको विश्वास जित्दै अगाडि बढेका अवस्थामा यो कठिन कार्य पनि होइन। तर आफ्नै घर कमजोर हुने भय नेतृत्वमा हुनु पनि अस्वाभाविक होइन। नेतृत्व त्यो जोखिम उठाउन तयार हुनसक्दैन। त्यस किसिमको सल्लाह कसैले पनि संसद्मा ठूलो भएर रहेको दललाई दिनु उचित पनि हुँदैन। उग्रताले उग्र किसिमको राजनीतिक अवस्थाकै सिर्जना गर्छ जसबाट मुलुकले भोगेको विगतबाट छुटकारा पाउने आशा र अपेक्षा गर्न सकिँदैन। सानै परिमाणको किन नहोस् हिजोकै स्थितिमा फेरि मुलुक फर्किने हो भने धेरै कुरा गुमाएर पाँच वर्षमा प्राप्त गरेको आजको यो झिनो आशाको अर्थ र औचित्य नै रहँदैन। त्यसकारण सबै क्षेत्रबाट अत्यन्तै ठूलो धैर्य, कौशल र चातुर्य आवश्यक छ।
माओवादीले आफ्नो घरलाई व्यवस्थित गरेर शान्ति प्रक्रियालाई अगाडि बढाउन सक्यो भने र उसका गठबन्धनका दललाई एक ठाउँमा राख्नसक्यो भने वर्तमान प्रधानमन्त्रीले अपेक्षित सफलता प्राप्त गर्न सक्छन्। तैपनि, बाबुराम भट्टराईलाई त्यति स्वतन्त्र भएर काम गर्न उनकै दलबाट आवश्यक सहयोगात्मक प्राप्त हुन्छ त भन्नेसन्देह भने अझै बाँकी छ? के पुष्पकमल दाहाल उनलाई लामो समयसम्म यसैगरी सहयोग गर्न तयार छन्? उनले राम्ररी मुलुकको परिस्थिति, छिमेकीहरूको सोच सबै बुझेर प्रधानमन्त्रीका रूपमा भट्टराईलाई अगाडि सारेका हुन्? या वर्तमान राजनीतिमा एउटा मोहराका रूपमा अहिलेका लागि एउटा चालमात्रै चलेका हुन्? त्यसो हो भने वर्तमान सरकारको पनि आयु धेरै दिन छैन। राम्रो समझदारी विकसित हुनसके अझै पनि वर्तमान प्रधानमन्त्री एवं माओवादी दलका लागि शान्ति र संविधान निर्माणमा भरपर्दो सहयात्री प्रतिपक्षमा बसेका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा (एमाले) नै हुन्। सरकारको कामकारबाहीप्रति उनीहरूको व्यवहार आलोचनात्मक हुनुलाई सहजरूपमा लिन सक्नुपर्छ।