संविधानका मूलभूत विषय निर्वाचन प्रणाली, शासकीय स्वरूप, संघीयताजस्ता महत्वपूर्ण सबाल हालसम्म अनिर्णित छन्। ठूला तीन दल माओवादी, नेपाली काग्रेस र नेकपा (एमाले)बीच संविधानका मूल विषयमा पटक पटक द्विपक्षीय र त्रिपक्षीय बैठक बसे पनि मतैक्य भएको छैन। गत महिना संघीयता बारे पछि निर्णय गर्ने भनी नेपाली कांग्रेस र एमालेबीच मतैक्य भएको र माओवादीको मौन स्वीकृति रहेको समाचार सञ्चार माध्यममा आएको थियो।
नेपालको अन्तरिम संविधान, २०६३ राजनीतिक दलहरू बीच भएको 'राजनीतिक सहमतिबाट तयार गरिएको' संविधानको प्रस्तावनाको अन्तिम प्रकरणमा उल्लेख भएको छ। अर्थात्, नेपालको अन्तरिम संविधान, २०६३ एउटा सहमतिको दस्तावेज हो। त्यही संविधानको प्रस्तावनाको दोस्रो प्रकरणमा 'देशमा विद्यमान वर्गीय, जातीय, क्षेत्रीय, लैङ्गिक समस्याहरूलाई समाधान गर्न राज्यको अग्रगामी पुर्नसंरचना गर्ने सङ्कल्प गर्दै' भन्ने उल्लेख गरिएको छ। मधेस आन्दोलनपूर्व माओवादीलगायतका दलहरूबाट यही राज्यको अग्रगामी पुनर्संरचना गर्ने प्रावधानलाई संघीयताको प्रावधान हो भनी मधेसवादी दलहरूलाई सहमत गराउन खोज्दा संविधान निर्माणकै बेला सद्भावना पार्टीले 'नोट अफ डिसेन्ट' लेखेर आफ्नो विमति जनाएको थियो।
मधेस आन्दोलनपश्चात् संविधान संशोधन गरी संविधानको प्रस्तावनाको सोह्रौं हरफमा 'नेपाल एक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य भएको घोषणा गर्दै' उल्लेख गरी संघसम्बन्धी मधेसी, जनजाति, आदिवासीको आकांक्षा एवं चाहनालाई सम्बोधन गरिएको थियो। यसरी संविधानको प्रस्तावनाले देशमा विद्यमान, वर्गीय, जातीय, क्षेत्रीय, लैङ्गिक समस्याको समाधान राज्य पुनर्संरचना नभई नहुने मान्यतालाई आत्मसात् गरेको देखिन्छ। अन्तरिम संविधानको प्रस्तावनाबाट नेपाल राष्ट्रलाई एउटा संघीय राज्यको रूपमा स्थापित गरी त्यसलाई विधिवत् कार्यान्वयन गर्न संविधानमा महत्वपूर्णरूपमा भाग १७ अन्तर्गत 'राज्यको ढाँचा र स्थानीय स्वायत्त शासन' सम्बन्धी प्रावधान रहेको पाइन्छ। संविधानको भाग १७, धारा १३८ (१) मा प्रस्तावनाको मर्मअनुरूप वर्गीय, जातीय, भाषिक, लैङ्गिक, सांस्कृतिक, धार्मिक र क्षेत्रीय भेदभावको अन्त्य गर्न र राज्यको केन्द्रीकृत र एकात्मक ढाँचाको अन्त्य गरी राज्यको समावेशी लोकतान्त्रिक संघीय शासन प्रणालीसहितको अग्रगामी पुनर्संरचना गरिनेछ भनी उल्लेख गरिएको छ। त्यसै गरी धारा १३८ (१) (क) मा 'मधेसी जनतालगायत आदिवासी जनजाति र पिछडिएका तथा अन्य क्षेत्रका जनताको स्वायत्त प्रदेशको चाहनालाई स्वीकार गरी नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हुनेछ। प्रदेशहरू स्वायत्त र अधिकार सम्पन्न हुनेछन् भनी उल्लेख गरिएको छ। यसरी बडो स्पष्टताका साथ संघ र प्रदेशको बारेमा संविधानमा व्यवस्था भएको पाइन्छ। यस अतिरिक्त प्रदेशहरूको विभाजन गर्न, प्रदेशहरूको सीमा, संख्या, नाम र संरचनाका अतिरिक्त केन्द्र र प्रदेशको सूचीहरूको विवरण, साधन स्रोत र अधिकारको बाँडफाँट संविधानसभाबाट निर्धारण गरिनेछ भनी किटानी साथ संविधानको १३८(१) (क) मा उल्लेख गरिएको छ। अर्थात्, संविधानसभालाई नै स्वायत्त प्रदेशहरूको सीमा, संख्या, नाम केन्द्र र प्रदेशको सूचीको विवरण साधन स्रोत एवं अधिकार सबैको बाँडफाँड गर्ने काम सुम्पेको छ। यद्यपि, संविधानमा 'राज्य पुनर्सरचना गर्नको लागि सुझाव दिन धारा १३८(२) अनुसार एक उच्चस्तरीय आयोग गठन गर्ने' प्रावधान रहेको छ। यसप्रकार राज्यको पुर्नसंरचना गर्ने कार्यको लागि सुझाव दिन उच्चस्तरीय आयोगको गठन गर्ने कार्य आजसम्म नेपाल सरकारसहित प्रमुख तीन दलबाट थाती राखेको पाइन्छ। यो कार्य संविधान निर्माणको प्रक्रिया थालनी देखि नै आरम्भ हुनुपर्ने थियो।
त्यो उच्चस्तरीय आयोगले दिने पुनर्सरचनाको सुझावको निर्णय पनि संविधानसभाले गर्ने हो। अब आयोगले काम गर्ने समय नै पाउँदैन।
संविधानले पनि धारा १३८(१) र (१क) (२) र (३) बमोजिम स्पष्ट संविधानसभालाई संघीयता सम्बन्धमा सम्पूर्ण कार्य गर्ने जिम्मेवारी सुम्पिएको छ।
यसरी संविधानसभाले गर्ने कार्य सम्बन्धमा तत्कालीन मन्त्री घनश्याम भुसालबाट पहिले संविधान जारी गर्ने पछि राज्यको पुनर्सरचना गर्नेजस्ता अभिव्यक्ति आउनु संविधानविपरीत थियो। त्यसैगरी माओवादी पार्टी र संयुक्त मधेसी मोर्चाबीच भएको राज्य पुनर्संरचना गर्न उच्चस्तरीय आयोग गठन सम्बन्धमा अन्य वैकल्पिक माध्यमद्वारा सरकारले सुझाव लिने सम्बन्धी सम्झौता सम्बन्धमा कांग्रेसका नेताबाट आएको अभिव्यक्ति पनिसंविधानको मर्म, प्रावधान एवं उद्देश्यविपरित छ। यस्ता अभिव्यक्तिबाट जनतामा राम्रो सन्देश प्रेषित हुँदैन। संविधानसभालाई तोकिएको काम निर्धारित समयमा संविधानसभाबाटै हुनपर्छ। त्यसलाई पछिको लागि थाती राख्न सकिदैन। तसर्थ संविधानको धारा १३८ उपधारा २ लाई संशोधन गरी राज्यको पुनर्सरचना गर्न उच्चस्तरीय आयोगको गठनको सट्टा संविधानसभाबाटै 'विज्ञहरूको समिति गठन गरिने' भन्ने प्रावधान राखी सोही समितिको सुझावलाई संविधानसभाले ग्रहण गर्नु उपयुक्त हुनेछ।
लेखक अधिवक्ता हुन्।