प्रधानमन्त्री भएको दुई सातापछि बाबुराम भट्टराईले राहतका कार्यक्रम सार्वजनिक गरेका छन्। यो चलन पंचायत कालदेखि नै तलिरहेको छ। कार्यक्रममा समावशीकरण, बेपत्ता पारिएका परिवारका लागि गरिने आर्थिक सहयोग, सत्य निरुपण तथा मेलमिलाप आयोग गठन गर्ने, कब्जा गरिएको सम्पत्ति फिर्ता गर्ने, नेपाली सेनाको लोकतन्त्रीकरण र मधेसी मोर्चासँग भएको सम्झौता अनुरूप सेनामा भर्ना पक्रिया तत्काल सुरु गर्नेजस्ता कामलाई प्राथमिकताका साथ उल्लेख गरिएको छ।
संवैधानिक र कूटनीतिक निकायमा पदपूर्ति गर्न बैठक बोलाउने विषयलाई पनि प्राथमिकतामा राखिएको छ। भ्रष्टाचार नियन्त्रण गर्ने, मीतव्ययिता अपनाउने, विद्युतीय बोलपत्र पद्धति अवलम्बन गर्ने, अनियमितता हटाउने, भ्रष्टाचार नियन्त्रणमा शून्य सहनशीलता कायम गनेजर्स्ता विषय पनि यसमा छन्। के यी तत्काल जनताले सहुलियत पाउने विषय हुन्?
चाडपर्वको अवसरमा घुम्ती पसल सुरु गर्ने, उपभोग्य विभिन्न वस्तुहरूमा रु. दुईदेखि १० रुपियाँसम्म मूल्य घटाउने, गुणस्तरको चेक गरिने, भूमिहीन, सुकुम्बासी, मुक्त कमैया, दलित, हलिया, मजदुर, कृषि मजदुर, विद्यार्थीहरूलाई रासन कार्डको व्यवस्था गर्नेजस्तामात्र तत्काल सुविधा पुग्ने छन्। यसै गरी युवाहरूलाई ६० प्रतिशत ब्याज अनुदानमा कृषिलगायतका उद्योगहरू सञ्चालन गर्न ऋण दिने व्यवस्था, मेसिन रिडेबल पासपोर्ट जिल्लाजिल्लाबाट वितरण गर्ने व्यवस्था, शिक्षक र कर्मचारीलाई अनिवार्य कार्यालय र विद्यालयमा हाजिर हुनेजस्ता विषय व्यवहारमा कति लागु हुने हो भन्न गाह्रो छ। कर्मचारीतन्त्रको ढिलासुस्ती, लालफिताशाही र अनुगमनमा हुने समस्याले सकारका घोषणा प्रायः असफल हुने गरेका छन्। भट्टराई नेतृत्वको सरकारको यो घोषणाको सफल कार्यान्वयन हुनेमा शंका नै धेरै छ।
भट्टराई प्रधानमन्त्री भएपछिको सकारात्मक काम कन्टेनरको साँचो हस्तान्तरण नै हो तर त्यही उनको पार्टीभित्र सडकमै छताछुल्ल हुने विवादको विषय बन्यो। पार्टीभित्रको विवादपछि भट्टराई शान्ति पक्रियामा दृढतापूर्वक अगाडि नबढ्ने मानसिकतामा देखिएका छने। शान्ति प्रक्रियामा अगाडि बढ्दा पार्टीभित्र थप एक्लिने र आफ्नो शक्ति घट्ने अनुमान भट्टराईले गरेको हुनुपर्छ। प्रतिपक्षीले समेत स्वागत गरेको कामप्रति ढिलासुस्ती हुनुले सरकारप्रति शंका उत्पन्न हुनु स्वाभाविकै हो। शान्ति प्रक्रिया पुरा नभएसम्म संविधान निर्माण अगाडि बढ्न नदिने प्रतिपक्षी दलहरूको निर्णय गरेकाछन्। त्यसैबीच आएको यो सहुलियतको घोषणाले संविधान निर्माण र शान्ति पक्रिया पन्छाएर दैनन्दिनका काममा लागेको भान पर्नेछ। यतिमात्र होइन ४५ दिनभित्र शान्ति प्रक्रिया टुंग्याउने प्रतिबद्धता व्यक्त गरेका प्रधानमन्त्रीले यसरी अन्यत्र ध्यान केन्द्रित गर्नु आफैँमा विडम्बना हो। जनतालाई सहुलियत दिनुपर्छ तर सरकारले केलाई प्राथमिकता दिने हो भन्ने पनि स्पष्ट हुनुपर्छ। विगतका यस्ता प्याकेजजस्तै यो पनि आगामी दिनको राजनीतिक हलचलसँगै हराएर जाने खतरा नै बढी छ। शान्ति र संविधानप्रतिको जनअपेक्षालाई यस्तासानातिना प्याकेज दिएर टार्ने सम्भावना छैन। भट्टराईको लोकप्रियता यस्ता प्याकेजबाट हैन शान्ति र संविधानलाई निष्कर्षमा पुर्याउन आगामी दिनमा खेल्ने भूमिकाले निर्धारण गर्नेछ। मधेसी मोर्चालाई रिझाउन तत्कालको सहुलियतमा सेनाको भर्ती पनि मिसाउनुपर्ने बाध्यता भएका प्रधानमन्त्रीले राष्ट्रिय सहमति कायम गरेर शान्ति र संविधान निर्माण गर्ने एकलव्य चेष्टा देखाउने हुन् त्यो हेर्न केही साता पर्खर्नै पर्नेछ। यस्ता सहुलियतले प्रतिपक्षी दललाई विश्वासमा लिएर विवादित विषयलाई पर्गेल्दै अगाडि बढ्नुपर्ने आवश्यकता पुरा नहुने त सरकारले बुझेकै हुनुपर्छ।