अहिले नेपाली अर्थतन्त्र आर्थिकभन्दा पनि गैरआर्थिक कारणबाट समस्यामा परेकाले अर्थमन्त्री सफल हुन गृह, उद्योग र श्रम तथा यातायातमन्त्रीको पनि पूर्ण सहयोग आवश्यक हुन्छ।
वर्तमान सरकारका अर्थमन्त्रीको बोलाइ र गराइले केही आशा जगाएको छ। चालु वर्षको बजेट पारित हुनुअघि नै परिमार्जन गरिने प्रधानमन्त्री निर्वाचनलगत्तै चलेको हल्ला पूरै सेलाएको छ। अर्थमन्त्रीले त्यही बजेट यथास्थितिमा तुरुन्तै पारित गर्न तत्परता देखाएका छन््। यो सही निर्णय हो। हाम्रो समस्या राम्रो बजेटको होइन, सही कार्यान्वयनको हो। समयमै पारित गरेर आयोजना तथा खर्च गर्ने कार्यालयहरूमा चाँडो स्वीकृत कार्यक्रमसहित अख्तियारी पुर्याउन सकियो भने त्यसले बजेट कार्यान्वयनको गुणस्तर बढाउनसक्छ। लगत्तै अघिका अर्थमन्त्रीले आफ्नै दलका पूर्व अर्थमन्त्रीले पेस गरेको बजेटमा पनि आर्थिक वर्षको सात महिना बितिसकेपछि पूरक बजेट ल्याउन तम्सिएको सन्दर्भमा वर्तमान अर्थमन्त्रीले अर्कै दल र सरकारका अर्थमन्त्रीले पेस गरेको बजेट पनि जस्ताकोतस्तै पारित गराउन अग्रसर भएर राजनीतिक सुझबुझ देखाउनुका साथै अर्थतन्त्रको हितका प्रश्नमा दलगत राजनीतिभन्दा माथि उठेर निर्णय लिनुपर्छ भन्ने सन्देश पनि दिन खोजेका छन्।
वस्तुतः अर्थमन्त्रीले बजेट परिमार्जन गर्ने जिद्दी गरेको भए सायद धेरैले खासै विरोध गर्ने थिएनन्। तर कानुनीरूपमा भने त्यो अलि बढी नै अप्ठेरो हुन्थ्यो। बजेट भनेको बजेट भाषणमात्र होइन। यो विधेयकका रूपमा प्रस्तुत भएको हुन्छ। सरकारले परिमार्जन गर्छु भन्ने हो भने पेस गरेको विधेयक फिर्ता मागेर नयाँ पेस गर्नुपर्छ। विधेयक फिर्ता लिएको भए असुल गरिसकेको राजस्वका बारेमा अन्योलसमेत उत्पन्न हुन्थ्यो। पेस्की खर्च ऐनको स्रोत विधेयक नै फिर्ता भएपछि त्यसबमोजिम भएको खर्चलाई कसरी कानुनी मान्ने भन्ने गम्भीर सबाल खडा हुन्थ्यो। राजनीतिक रूपमा जिद्दी गरेको भए कुनै न कुनै कानुनी उपाय त निक्लिन्थ्यो होला तर अर्थव्यवस्था भने पुनः अनिश्चयको भूमरीमा पर्थ्यो।
लगानी वृद्धि, निजी क्षेत्रको भूमिका तथा दायित्व, उद्योग व्यवसायका अवरोध, ट्रेड युनियनहरूको भूमिका, कर छली तथा आर्थिक अपराध आदि विषयमा अर्थमन्त्रीका अहिलेसम्मका अभिव्यक्ति सन्तुलित छन्। उनले धेरै बोलेका छैनन्। जथाभावी कार्यक्रममा उद्घाटन मन्तव्य दिन गएका छैनन्। अर्थमन्त्रीले सकेसम्म थोरै बोलेकै राम्रो।
उनले आफ्नो ध्यान उच्च तथा समावेशी आर्थिक वृद्धिमा केन्द्रित छ भनेर देखाउन खोजेको आभास हुन्छ। 'हुने विरुवाको चिल्लो पात' भनेजस्तो संकेत देखिएको छ। तर यो साँच्चिकैको चिल्लो पातको लक्षण हो वा धेरै कुरा खुल्नुअघि देखिएको आवरणमात्रै हो भन्ने चाहिँ समयले नै बताउला। उनलाई चिन्ने विदेशीहरू, दातृ निकायका प्रतिनिधिहरूले पुनलाई तर्कसंगत कुरा गर्ने नेता मान्दा रहेछन्। त्यसैले धेरै शंका गर्नुपर्ने देखिँदैन।
संविधानसभाको निर्वाचनपछि बनेका यसअघिका तीनवटै सरकार आफ्नो ध्येयमा सफल भएनन्। यो अर्काले गरेको व्याख्या मात्र नभएर ती सरकारको नेतृत्व गर्नेहरूले नै गरेको आत्मसमीक्षा पनि हो। तर अघिल्ला तीनवटै सरकार एक एकजना मन्त्रीको उत्कृष्ट कार्यका कारणले केही पहिचान बनाउन सफल भएको सामान्य विश्लेषण छ। सर्वसाधारण त्यसै भन्छन्। पहिलो सरकारमा बाबुराम भट्टराई, दोस्रोमा सुरेन्द्र पाण्डे र तेस्रोमा गोकर्ण विष्ट। दुईजना त पूर्व अर्थमन्त्री नै परे।
तर अहिले स्थिति भिन्न छ। अहिलेका अर्थमन्त्री पहिलेका जस्तो एक्लै सफल हुन गाह्रो छ। अर्थमन्त्री सफल हुन गृहमन्त्रीको सहयोग पनि अत्यावश्यक हुन्छ। उद्योगमन्त्री र श्रम तथा यातायातमन्त्री पनि सफल हुनु आवश्यक हुन्छ। नेपाली अर्थतन्त्र अहिले आर्थिक कारणले भन्दा पनि गैरआर्थिक समस्याले गाँजिएको छ। 'डन'हरूले उठाउने चन्दाका कारण उद्योगीव्यवसायीको व्यवसाय लागत बढेको छ। स्वाभाविकरूपमा यसले गर्दा सामान्य उपभोक्ताले उच्च मूल्यवृद्धिको मार खेप्नुपरेको छ। निर्माण व्यवसायी यिनका सिकार भएका छन््। त्यसले गर्दा सरकारी विकास आयोजनाहरूको लागत बढेको छ। कतिपय ठाउँमा कामै अवरुद्ध भएको छ। घरजग्गा विकासमा लागेका व्यवसायीहरूले डनहरूलाई महिनावारी पैसा नदिई काम गर्न पाउँदैनन्। ढुवानी व्यवसायीले प्रत्येक पटक यिनैलाई नजराना बुझाउनुपर्छ। कतिपयले सुरक्षाका लागि समेत सरकारको भर नपरी यिनकै सहारा लिन्छन्। नवयुवकहरू पढाइ छाडेर डनहरूको पछि लाग्नुमा फाइदा देख्छन्। राजस्व चुहावट हुने गलत व्यापारिक वि्र्कयाकलापमा डनहरूको बोलबाला छ। यिनले राजनीतिक संरक्षण पाएका छन्। कारबाही गर्न हिम्मत गर्ने इमानदार प्रहरीले उल्टै खप्की खान्छन्। डनराज्यको विघटन र डनतन्त्रको अन्त्य अर्थमन्त्रीको प्रयासबाट सम्भव छैन। हो, सम्पत्ति शुद्धीकरण कानुनको प्रयोग गरेर अर्थमन्त्रालयअन्तर्गतका निकायले तिनलाई कठघरामा उभ्याउन सक्छ। तर यसका लागि पनि गृहमन्त्रीको पुरै सहयोग चाहिन्छ। डनराज्यको समूल अन्त्य नभई राजस्व असुली बढ्दैन, विकास निर्माणका कामको गुणस्तर सुनिश्चित हँुदैन, लगानीको वातावरण बन्दैन भने आर्थिक वृद्धिको दर पनि सुस्त नै रहन्छ।
सुरक्षाका लागि भनेर प्रहरीले नै राजमार्गहरूमा अवरोध खडा गरेको छ। यसले सिर्जना गर्ने लागतले व्यवसायीको वस्तुको मूल्य बढ्छ र उपभोक्ताले अनावश्यक बढी मूल्य तिर्नुपर्छ। यसलाई नियन्त्रण गर्न पनि गृह मन्त्रीको सवि्र्कयता आवश्यक छ। त्यसैले यसपटक गृहमन्त्री सफल नभई अर्थमन्त्रीमात्रै सफल हुनसक्ने सम्भावना छैन।
उद्योग व्यवसाय श्रम समस्याका कारण भकाभक बन्द हुँदैछन्। नयाँ खुल्ने त कुरै छोडौँ, भएका पनि बन्द हुँदा रोजगारीका अवसर घटेकोमात्र होइन निर्यातमा पनि कमी हुने देखिएको छ। ट्रेड युनियनको अतिराजनीतिकरणले समस्या भएको अर्थमन्त्रीको भनाइ बाहिर आएको छ। यो यथार्थ हो। इकाइस्तरका श्रम संगठनहरू राजनीतिक नेतृत्व रहेका केन्द्रीय ट्रेड युनियनहरूका उपनिवेशजस्तै भएका छन्। उद्योगहरूमा एउटा होइन राजनीतिक दलपिच्छेका श्रम संगठन छन्। काम र उत्पादकत्वमा भन्दा श्रमिकहरूलाई संगठन र आन्दोलनमा लाग्न बाध्य पारिन्छ। औद्योगिक श्रम सम्बन्ध सुधार्न पनि अर्थमन्त्रीको पहलमात्र पर्याप्त हुँदैन। उद्योगमन्त्री र श्रममन्त्रीको पनि त्यत्तिकै सहयोग र सक्रियता आवश्यक हुन्छ।
अर्थमन्त्रीले ठुलो महत्वाकांक्षा राख्नुभन्दा पनि यथार्थपरक लक्ष्य लिएर त्यसलाई पुरा गरेरै देखाउन सके राम्रो हुन्छ। युवा स्वरोजगार कार्यक्रमबाट अबको दस महिनाभित्रै ५० हजार युवालाई उद्यमी बनाउन खोज्नु महत्वाकांक्षी लक्ष्य हो। असल कायक्रम पनि एकपटक समस्याको चपेटामा पर्यो भने बदनाम हुन पुग्छ। अहिले त प्रत्येक जिल्लामा बीसबीस जनामात्रै युवा उद्यमी तयार गर्ने लक्ष्य सफलता पूर्वक कार्यान्वयन हुनसक्यो भने त्यसैले ठुलै लहर ल्याउन सक्छ। विदेशमा काम गरेर फर्केका युवालाई उद्यमी बनाउने सोच लिइयो भने सफल हुने सम्भावना उच्च रहन्छ। नेपाली समाजमा अरूको सफलताको देखासिकी गर्ने राम्रो प्रवृित्त छ। खाँचो सफलताको हो। पचास हजार पुर्याउने नाममा जथाभावी ऋण बाँडेर सरकारी ऋण त हो तिर्न पर्दैन भन्ने भावना फैलियो भने त्यसले कायक्रमलाई नै धराशायी तुल्याउँछ।
तरलता सहज हुन थालेपछि वित्तीय क्षेत्रमा समस्या कम भएको विश्लेषण हुन थालेको छ। यस क्षेत्रले समस्याको लक्षणलाई नै समस्या ठानेर चिच्याउने गरेको छ। वास्तवमा तरलताको कमी त लक्षणमात्रै हो। अहिले देखिने लक्षणमामात्रै सुधार आएको हो। समस्या अझै छ। बैंक तथा वित्तीय संस्थाहरूको ऋणको गुणस्तरमा सुधार आएको छैन। सुशासनको अवस्थामा पनि सुधार भएको छैन। अर्थमन्त्रीले यसको निगरानी बढाउन ध्यान दिनु आवश्यक छ। नेपाल राष्ट्र बैंकले स्थलगत निरीक्षण गर्दा केही बैंक तथा वित्तीय संस्थामा आकस्मिकरूपमा निक्षेपकर्ता वा ऋणीलाई प्रत्यक्ष भेट्न बोलाएमा नक्कली व्यक्ति खडा गरिएको भेटियो भने आश्चर्य मान्नुपर्ने छैन। यस्तो हेरिने छ भन्ने सूचना सम्प्रेषण गरिने हो भने पनि बैंक तथा वित्तीय संस्थाले आफ्नो हिसाब दुरुस्त गराउने छन्।
आफ्नो मान्छे अर्थमन्त्री हुँदा फाइदा लिइहाल्नु पर्छ भन्ने धारणा दलकै भातृ संगठनका व्यक्तिमा हुन्छ। आर्थिक सहायता एक जनालाई मात्रै पनि दिइयो भने पनि मागको ताँती लाग्छ। कर्मचारी संगठनले पनि यही मौका छोप्न खोज्छन्। यसबाट माथि उठेर आफ्नाका लागि होइन राष्ट्रका लागि काम गर्छु भनेर सोच नबनाउने हो भने अर्थमन्त्री सफल हुन गाह्रो हुन्छ।