चीनमा क्वोमिन्ताङ सत्ताविरुद्ध लङ्मार्च चलिरहेको थियो। माओ त्सेतुङको नेतृत्वमा चिनियाँ कम्युनिस्ट पार्टीले थालेको हजारौँ माइल लामो उक्त यात्राले बाँकी विश्वको ध्यान खिचेको थियो। अमेरिकी पत्रकार एड्गर स्नो चीन गए। उनले एक दिन देखे, माओ सहकर्मीलाई सोधिरहेका छन्, 'हिजोको बाँकी खाना कहाँ गयो?'
'त्यो बासी भइसकेको थियो, हामीले फालिदियौँ,' सहकर्मीको जबाफ।
माओले तुरुन्तै प्रतिवाद गरे, 'एक गेडा अन्न उब्जाउन किसानले कति पसिना बगाउनुपर्छ, तपार्इँलाई थाहा छ? त्यसैले अबदेखि खाना नफाल्नुहोला।' स्नोले अमेरिका फर्केपछि उक्त प्रसंग समेटेर 'रेड स्टार ओभर चाइना' किताब लेखे।
चिनियाँ मूलकी बेलायती लेखक जुङ चाङले 'माओ : द अन्नोन स्टोरी' मा लेखिछन्, 'माओ चरम विलासी थिए। मनपर्ने खाना ल्याउन विमान पठाउँथे। बेइजिङमै थुप्रै आलिसान महल बनाएका उनी निर्दयी थिए।'
अध्यक्ष माओ बितेको साढे चार दसक नाघिसक्यो। उनको नाममा वाद प्रतिवाद जारी छ। एक थरी मानिस माओलाई भगवानको कोटीमा राखेर पूजा गर्न रुचाउँछन्। सांस्कृतिक क्रान्तिजस्तो नरसंहारलाई आफ्नो आदर्श भन्न रहर गर्छन्। अर्का थरी मानिस माओ र ओसामा बिन लादेनमा तात्विक अन्तर देख्दैनन्। विश्वविद्यालय र एकेडेमीहरूमा मार्क्सवाद र माओवादबारे अझै उत्तिकै बहस हुन्छ। चीनको एक समाचार संस्थाकी संवाददातासमेत रहेकी एक मित्रले 'टक्स एट् द येनान फोरम् अन् आर्ट एन्ड लिट्रेचर' पाठमाथि 'ल्यापटप प्रेजेन्टेसन' गरिन्। पावरप्वाइन्टको कालो पृष्ठभूमिमा राता अक्षर लेखिएको उक्त प्रस्तुतिमा उनले पटकपटक दोहोर्याइन्, 'माओको यस विचारसँग म सहमत छैन।' विषय शिक्षक विद्यार्थी दीर्घामा बसेर गनिरहेका रहेछन्। 'तिमीले सात पटक असहमति जाहेर गर्यौ,' उनले भने, 'म भएको भए प्रत्येक पंक्तिपिच्छे असहमति जनाउँथेँ।'
माओले साहित्य र कलामाथि दिएको येनान प्रवचनको मूल भावबारे सिंगो कक्षाअवधिभर खास छलफल भएन। त्यो पाठ सान्दर्भिक थियो। त्यसैले विश्वविद्यालयको पाठ्यक्रम छनोट समितिले छानेको हुनुपर्छ। बहस अन्यत्र मोडियो। विशेषगरी वर्तमान चीनबारे पश्चिमा सञ्चारमाध्यमले 'पर्फम्' गरिरहेका समाचार र केही मित्रले चीन भ्रमणमा भोगेका प्रत्यक्ष अनुभूतिमाथि। चीनको जयगान र मुर्दावादबीच येनान प्रवचनको बहस कतै शून्यमा बिलायो।
आलोचनात्मक चेतलाई उपेक्षा गर्ने कुनै पनि संस्थाले आफ्नो सौन्दर्य गुमाउँछ। तर्कभन्दा पर गएर गरिने ढिपीले ईश्वर र राक्षसको खोजी गर्छ। आलोचनात्मक हुनु नकारात्मक हुनु होइन। कसैको विचारप्रति सकारात्मक हुँदैमा पक्षपाती वा कार्यकर्तै भइहाल्नुपर्छ भन्ने छैन। त्यो बहस एउटा दृष्टान्तमात्र हो। हामीले ज्ञान उत्पादन र पुनरुत्पादनका केन्द्र मानेका विश्वविद्यालय नै एकपक्षीय भए भने राष्ट्रको भविष्यले आफ्नो आयु गन्नुपर्ने हुन्छ।
गृहयुद्ध भोग्दै गरेको चिनियाँ च्याङ्काई शेक शासनलाई जापानी 'साम्राज्यवादी'ले आच्छुआच्छु पारिरहेका थिए। माओले त्यस प्रवचनमा साहित्य र कला सर्वहारा वर्गको आवाज बन्नुपर्छ भन्ने दृष्टिकोण प्रस्तुत गरेका थिए। त्यो येनान प्रवचनका रूपमा चर्चित भयो। सर्वसाधारण चिनियाँ नागरिकको निजी जीवनमाथि जापानी सैनिकले हस्तक्षेप गर्दै दमन गरेको र 'जनवादी क्रान्ति' चल्दैगरेको खास सन्दर्भमा त्यसको महत्व थियो। विप्लवका बेला म्याथ्यु आर्नोल्डको 'हाइ आर्ट' वा सेक्सपियरका सनेट पढ्न पक्कै कसैले मन गर्दैन थिए होलान्। साहित्य अमर हुनसक्ला, त्यसको पनि यौवन हुन्छ।
बदलिँदो विश्वमा माओको सर्वहारावादी साहित्यको सान्दर्भिकताबारे बहस हुनसक्ला। कक्षाको बहस दुर्भाग्यवश अन्यत्र मोडियो। प्रत्येक बहसकर्तासँग तथ्य थिए, तर 'तथ्यहरू' थिएनन्। आलोचनात्मक चेतले विषय र घटनाको पूर्णताका लागि भिन्न आयामको माग गर्छ तर उच्च शिक्षा दिलाउने थलो भए पनि त्यहाँ त्यो अनुपस्थित थियो। चीन पुगेर आउनेहरू भनिरहेका थिए, 'पाँचतारे होटलले घेरिएको इलाकामा काठमाडौँमा भन्दा चर्को अनिकाल थियो। सडक बालकहरू कति थिए कति! साम्यवादी चीनमा अर्बपति पनि बढ्दैछन्, भिखारी पनि।'
पोखराबाट एमफिल पढ्न कीर्तिपुर आएका राजेन्द्र पौडेल बिहीबार सुनाइरहेका थिए, 'बीबीसीले हिजो राति युरोपको खस्कँदो अर्थतन्त्र जोगाउन चीनले खेल्नुपर्ने भूमिकाबारे समाचार विश्लेषण सुनाएको थियो।' विद्यार्थी आफूले देखेबुझेको सुनाइरहेका थिए। कति देखिएका तथ्य थिए, कति मिडिया परिभाषित। महाशक्ति बन्दै गरेको चीनको पक्ष वा विपक्षमा उभिएर कसैलाई पनि 'राजनीति' गर्नु थिएन।
चीनको आश्चर्यजनक छलाङबारे अध्ययन गरिरहेका रेशम थापाले केही महिनाअघि चियागफमा भनेका थिए, 'चीनको हिसाब गर्ने मान नै बढी छ। अन्यत्र निर्धारित मानले चीनलाई काम गर्दैन। त्यही हो चीन विकासको रहस्य।' प्राध्यापक आनन्द शर्माले भने, 'यही छाँट रहे अमेरिकी बजारलाई चीनले चाँडै विस्थापित गर्छ। अमेरिकाकै पसलमा 'यहाँ अमेरिकी सामान पाइन्छ' लेखिएको भेटिन थालिसक्यो। बाँकी सबैमा चिनियाँ उत्पादन पाइन्छ।'
चीनमाथि प्रजातन्त्र खोसेको अभियोग छ। बन्द समाजले जहिले पनि आफ्नो सत्यानाश आफैँ लिएर आएको हुन्छ। यो चिनियाँहरूलाई पक्कै थाहा होला। चीनमा फेसबुकलगायत सामाजिक सञ्जाललाई अनुमति नदिइएकामा यहाँ ठूलो चिन्ता छ। तर, अश्लील साइट प्रतिबन्धित भएकामा कुनै प्रतिक्रिया छैन। प्राध्यापक अभि सुवेदीले केही महिनाअघि लेखे, 'आफूलाई प्रजातन्त्रको मसिहा ठान्ने अमेरिका फरक विचार राखेकै आधारमा लेखक, कलाकार, बुद्धिजीवी आदिलाई प्रत्यक्षपरोक्ष सताइरहेको छ। सत्ताको त्यस्तो रबैयाबाट आजित भएर थुप्रै अमेरिकी सर्जकले स्वनिर्वासनको घोषणा गरे।
अमेरिकी 'प्रजातन्त्र' मा कुनै बेला कम्युनिस्ट पार्टी प्रतिबन्धित थियो। बिहीबारको नागरिकमा अमेरिकामा गरिब बढेको समाचार छ। 'साम्यवादी बन्द समाजका तानाशाह' ले त गरिबी रोक्न सकेनन् नै, 'पुँजीवादी खुला समाजका प्रजातन्त्रवादी' सुपरपावरले पनि सकेका रहेनछन्। त्यसैले आलोचनात्मक चेत चाहिन्छ। निश्चित किताब, शिक्षक र मिडियाले दिएका 'ज्ञान' हाँ मा हाँ मिलाउने प्रवृत्ति हानिकारक हुन्छ। 'गाउँ गाउँबाट उठ' गीत जनआन्दोलनकारी सबै दल, रंग र क्षेत्रका जनताको साझा गीत थियो। नेताका भाषण बेवास्ता गर्ने नागरिकसमेत उक्त गीत दोहोर्याई तेहर्याई बज्दासमेत दिक्क मान्दैनथे। कक्षाकोठामा 'झम्पल कोदालो बोकी उठेर के हुन्छ?' जस्ता भद्दा प्रश्न गरिए। 'हाइ मेरो फरिया' को युगीन सन्दर्भ झिक्दा भने कोही चुइँक्क बोलेन।
चिनियाँ कम्युनिस्ट पार्टीको वर्षगाँठमा जुनसुकै क्षेत्रमा पनि पार्टीको नाममा अनावश्यक हस्तक्षेप, भ्रष्टाचार, असुरक्षा, बेरोजगारी बढे पनि समाधानको पहल नभएका कुरा उठे। यसअघि कमै आउने ती समाचारको अर्थ हुन्थ्यो, बन्द समाजमा भ्रष्टाचार गनाउँदैन किनभने त्यो गनाउनै पाउँदैन। माओले 'क्रान्ति' पछि अभ्यास गरेको राज्यमा विलोम विचारलाई ठाउँ थिएन। आफ्नाले गरेेका स्वेच्छारितालाई चाहिँ। चिनियाँ अहिलेको फड्कोलाई माओको एक्लो प्रयत्न भन्न रुचाउँदैनन्। बरु सन् यात्सेनदेखि देङ स्याओ पिङसम्मको नाम लिन्छन्।
कम्युनिस्टविरोधी भनिने अमेरिकाका एकेडेमीमै किन सघन मार्क्सवादी विमर्श हुन्छ? बीसौँ शताब्दीका प्रभावशाली सिद्धान्तकार र बौद्धिकमध्ये मार्क्सवादीको संख्या किन बढी छ? मार्क्सवादमा त्यस्तो के गुरुत्व छ, जसले साम्यवाद निमिट्यान्न भइसक्यो भनिएको 'प्रजातान्त्रिक विश्व' लाई आफूतिर खिच्न अझै सफल छ? यसको कारण मलाई थाहा छैन। तर, यो पनि तथ्य हो भन्ने चाहिँ मलाई थाहा छ।
अन्त्यमा, बुधबार गुरु अरुण गुप्तोसँगै कार चढेकी अमेरिकी प्रोफेसर डेबोरा मेरोलाले फलफूल पसल देखाएर सोधिन्, 'फरक फरक खाले एप्पल रहेछन्, त्यसको नेपाली नाम के हो?' 'स्याउ।' झस्किदै उनले सोधिन्, 'ओहो, स्याओ भनेको चिनियाँ नाम होइन? माओ, देङ स्याओ पिङ भनेजस्तै।'
माओ र चीनले नेपाली विश्वविद्यालयमात्रै होइन, पश्चिमा बौद्धिकलाई पनि राम्रैगरी तर्साएका रहेछन्।