शान्ति प्रक्रिया र न्युयोर्क यात्रा
०२ असोज २०६८
•
१६ मिनेट पाठ
शान्ति प्रक्रिया र न्युयोर्क यात्रा
प्रधानमन्त्री भएको २३ दिन पुग्दा बाबुराम भट्टराई संयुक्त राष्ट्रसंघको महाधिवेशनमा भाग लिन न्युयोर्कमा हुनुहुनेछ। पदमा बहाली गरेको ४५ दिनभित्रै मुलुकमा विद्यमान केही गम्भीर समस्या टुंगो लगाउने वाचासाथ देखिने नदेखिने अनेकौँ सन्धिसम्झौता गरेर प्रधानमन्त्री पदमा पुगेका भट्टराईले न्युयोर्क प्रस्थानको पूर्वसन्ध्यामा संसद्मा दिनुभएको वक्तव्य र त्यसपछि राष्ट्रपतिलाई भेटेर व्यक्त गर्नुभएका विचारका आधारमा उहाँले विश्व समुदाय सामु नेपालको राजनीतिको कस्तो चित्रण प्रस्तुत गर्नुहुनेछ भन्ने आकलन सजिलै गर्नसकिन्छ।




शान्ति प्रक्रिया, संविधान निर्माण र राज्यको सुव्यवस्थाका लागि उहाँ र उहाँको पार्टीको एउटा समूहमात्रै चिन्तित देखिन्छ र अरू कोही पनि उहाँलाई सहयोग गर्न इच्छुक छैन भन्ने आशय उहाँले यहाँ व्यक्त गर्नुभएको छ। उहाँले संयुक्त राष्ट्रसंघमा पनि त्यसभन्दा अर्कै कुरा बोल्नु होला भन्नेजस्तो लाग्दैन। आफ्नै देश यत्रो संकटापन्न स्थितिबाट गुजि्ररहेको अवस्थामा विश्वका अरू समस्यालाई कोट्याएर न्युयोर्कमा बुद्धिविलास गर्नुको कुनै अर्थ पनि राख्दैन। त्यो कसैले सुन्ने पनि छैन। नेपालमा बोल्दा प्रधानमन्त्री र उहाँको पार्टीका अध्यक्ष दुवैले अरू कसैले नगरे हामी एक्लै भए पनि शान्ति प्रक्रिया र संविधान निर्माण कार्य सम्पन्न गरी छाड्छौँ भन्ने अर्थका अभिव्यक्ति निकै चर्को स्वरमा दिइरहनु भएको छ। यो अत्यन्त दम्भपूर्ण र अवास्तविक अभिव्यक्ति हो। यसले यी दुवै कार्यलाई निष्कर्षमा पर्‍याउनै सक्तैन। यो सरकार निर्माणका लागि सहायक भएका गठबन्धनकै अरू घटकलाई पनि यो सहजै मान्य होलाजस्तो देखिँदैन। उनीहरूका जुन मागपत्रमा सहीछाप गरेर यो सरकारको निर्माण भएको छ त्यसलाई सम्बोधन गर्ने विषय त अझ पुरै बाँकी छ। प्रमुख राजनीतिक दलहरूका विशेषगरी सेना समायोजनसम्बन्धी पुरा गर्न असमर्थ सरकारले गठबन्धनका अरू घटकसित गरेका त्यसभन्दा पनि जटिल सहमतिको सम्बोधन यति छोटो समयमा चौतर्फी तीव्र विरोध हुँदाहुँदै कसरी गर्नसक्ला? त्यो त प्रतीक्षाकै विषय भयो।
शान्ति प्रक्रियामा प्रमुख दल नेपाली कांग्रेस र नेकपा (एमाले)ले राखेका केही माग स्वीकार गरेर अगाडि बढ्नसकेको भए मधेसी मोर्चाको माग सम्बोधन गर्न पनि बेग्लै वातावरण निर्माण हुनसक्थ्यो र त्यसमा प्रशस्त थपघटको सम्भावना पनि रहन्थ्यो। कांग्रेस र एमालेलाई नै शान्ति प्रक्रियाको मार्गमा बाधकको रूपमा देख्ने आँखाले अरूको चित्त बुझाउनसक्ने स्थिति पनि देखिँदैन। सिंगो मुलुकका समस्यालाई सम्बोधन हामी एक्लै गछौँ, यो सरकारले गर्न सकेन भने कसैले पनि सत्तै्कन, देश असफल राज्य घोषित हुन्छ, यो अन्तिम अवसर हो आदिइत्यादि शब्दावली प्रयोग गरेर जुन प्रवृत्तिको प्रदर्शन गरिएको छ त्यसले फेरि एकपटक शान्तिका प्रति सरकारको इमानदारीमा सन्देह उब्जाएको छ। कांग्रेस वा एमालेले शान्ति प्रक्रियामा लडाकुको समायोजनको विषयलाई लिएर संख्याको निर्धारण, मोडालिटी, मापदण्ड, तहको निर्धारण, विधि, पुनर्स्थापना आदि विषयमा उठाएका सबालमा सहमति गरेर अगाडि बढौं भन्ने विषय नाजायज त होइन। तर माओवादीको अहिलेलाई साँचो हस्तान्तरण भयो, दोस्रो तहमा गएर पुनर्वर्गीकरण गरौँ, त्यसपछि एक एक गरी किस्ताबन्दीमा अरू काम गर्दै जाउँला भन्ने हठले आशंका नै बलियो बनाएको छ। विवादका विषय त्यसो त अरू पनि धेरै छन्। समायोजन स्वीकार गरिसक्दा पनि संख्यामा विवाद छ। माओवादीको अडान कांग्रेस र एमालेसितको वार्तामा ८ हजारको थियो। मधेसी मोर्चासितको चारबुँदे सहमतिमा त्यो झरेर ७ हजारमा आयो भने कांग्रेस, एमाले त्यसलाई ४ देखि ५ हजारमा सीमित राख्न चाहन्छन्। मोडालिटी, विधि, तह, पुनर्स्थापना, मापदण्ड आदि विषयमा माओवादी लचिलो भएका अवस्थामा संख्याप्रति कांग्रेस र एमालेको खासै ठुलो अडान नभएको देखिएको छ।
त्यसैगरी माओवादी समूहगत समायोजन गर्न चाहन्छ भने कांग्रेस र एमाले व्यक्तिगतरूपमा योग्यताका आधारमा समायोजन हुनुपर्छ भन्ने आग्रह राख्छन्। दर्जा मिलान गर्दा योग्यताका आधारमा मेजरसम्मको दर्जा दिनसक्ने कांग्रेस र एमालेको सोच छ भने माओवादीको माग जर्नेलसम्मको रहेको छ। राष्ट्रिय सेनाभित्र महानिर्देशनालयको निर्माण गरेपछि त्यसको नेतृत्व माओवादी लडाकुलाई नै दिने सर्त पनि कांग्रेस, एमालेलाई स्वीकार्य छैन। विद्यमान सुरक्षा निकायकै मापदण्डलाई स्वीकार गरिनुपर्ने कांग्रेस एमालेको अडान छ भने बेग्लै मापदण्ड बनाइनुपर्ने माग माओवादीको छ। सेना समायोजनसित सम्बन्धित यी र यस्ता धेरै जटिल प्रश्न अझै बाँकी नै छन्।
शिविरमा राखिएका हतियार भण्डारको साँचो हस्तान्तरण प्रकरणदेखि नै विभाजित माओवादी नेतृत्व पंक्तिमा यी अझ जटिल खालका समस्या देखिन्छन्। माओवादी यसमा एक ढिक्का भएर अगाडि बढ्ला भन्नेमा शंका भएकै कारणले अरू दलले एकमुष्ठ यी समस्याको टुंगो लगाएरमात्रै शान्ति प्रक्रियाको छिनोफानो गर्ने अडान राख्नु अस्वाभाविक होइन। यसरी शान्ति प्रक्रियाको छिनोफानो गरिसकेपछि देशले ठूलो सुविस्ताको अनुभव गर्नेछ। त्यसपछि, शान्ति प्रक्रियासित जोडिएर आउने देशवासीले भोगेका अरू पीडा, विस्थापनको पीडा, सम्पत्ति कब्जा भएका पीडा, बेपत्ताको खोजबिन गर्ने, मारिएकालाई क्षतिपूर्ति दिनेजस्ता सबै विषयको सम्बोधन सहज हुँदैजान्छ। कन्टेनरको साँचो विशेष समितिलाई बुझाई दिनुमात्रै शान्ति प्रक्रियाको धेरै ठुलो उपलब्धिका रूपमा लिन सकिँदैन। यो त एउटा पाइलामात्र हो। तर २० - २१ दिनमा जुन गतिका साथ अर्को दोस्रो, तेस्रो, चौथो पाइला चालिनुपर्थ्या त्यसको अनुभूति भने नेपाली जनताले गर्न पाएनन्।
शान्ति प्रक्रिया विलम्बित हुनुले मुलुकलाई मात्रै असजिलो पार्दैैन। यसले एनेकपा (माओवादी)भित्र गहिरिँदै र फराकिँदै गएको विग्रहलाई पनि अझै चर्काउँदै लैजाने खतरा पनि बढेर जान्छ। समाचारअनुसार केन्द्रदेखि गाउँस्तरसम्म पार्टीभित्रैबाट साँचो प्रकरणदेखि मधेसी मोर्चासित गरिएको चार बुँदे समझदारीविरुद्ध समानान्तर समूहको गठन प्रक्रियामा वैद्य समूह जुटिसकेको छ। यसको केही छिटा समय बित्दै जाँदा शिविरभित्रका लडाकुमा पर्न जाने संभावना विद्यमान छ। वैद्य समूहका नेतृत्व पंक्तिका व्यक्तिहरू क्रियाशीलरूपमा विभिन्न ठाउँमा भेला, गोष्ठी र व्यक्तिगत भेटघाटलाई तीव्रता दिएर पार्टी फुट्ने आशयका अभिव्यक्तिसमेत दिँदै हिँडेका छन्। उनीहरूको मागअनुसार चार बुँदे सच्याइयो भने पनि सरकार ढल्छ, साँचो प्रकरण सच्याइयो भने पनि सरकार ढल्छ। यति नाजुक सन्तुलनमा विगत साढे तीन वर्षदेखि कुनै सरकार बनेको थिएन। यो सन्तुलन देशभन्दा बाहिरका कुनै अरू शक्तिले बचाई देलान् भन्ने आशा कसैले गरे यही सरकारले गर्छ नभए मुलुक ध्वस्त हुन्छ भनेर कुनै स्वाभिमानी नेपालीले बोल्दैन। प्रधानमन्त्री भएको २० दिन नबित्दै संसद्बाटै प्रधानमन्त्रीले प्रमुख प्रतिपक्ष शान्ति प्रक्रिया र संविधान निर्माणका बाधक भए भनेर सम्बोधन गर्नु दुर्भाग्यपूर्ण हो। चार बुँदे समझदारीप्रति सत्ताधारीबाहेकका धेरै दलको आपत्ति छ। किनभने त्यसभित्र केही आपत्तिजनक बुँदा परेका छन् र ती पूरा गर्ने क्षमता यस सरकारले राख्दैन। भोलि बन्ने संविधानले मात्रै निर्धारण गर्नसक्ने विषय पनि ती समझदारीभित्र विद्यमान छन् तीप्रति माओवादीले त प्रतिबद्धता व्यक्त गर्नसक्ला तर त्यो संख्या संविधान निर्माणका लागि पर्याप्त छैन। र, पनि माओवादीभित्रबाटै चर्को किसिमले विरोध उठेको छ। त्यसको दोष अर्काको थाप्लोमा हाल्न पाइँदैन।
राष्ट्रसंघको महाधिवेशनलाई सम्बोधन गर्दा नेपालको स्थितिको चित्रण गर्ने क्रममा यथार्थलाई प्रधानमन्त्रीले कुन रूपमा राख्छन् त्यो हेर्न भने बाँकी नै छ। उहाले आफ्नो भाषणमा शान्तिप्रति आफ्नो इमानदार प्रयत्नलाई प्रतिपक्षले असहयोग गर्‍यो भन्नुभयो भने त्यो सरासर झुटो हुनेछ। आफ्नै पार्टीले असहयोग गरेको छ भन्न उहाँले सक्नुहुने छैन। नेपालको वर्तमान वस्तुस्थितिको जानकारी संयुक्त राष्ट्रसंघ र खासगरी राष्ट्रसंघका महासचिव, सुरक्षा परिषदका सदस्य राष्ट्रहरू, महासचिवका सहयोगीलाई छ। यस्तैं नेपालका छिमेकी राष्ट्र, नेपालको शान्ति प्रक्रियालाई नियालेर हेरेका युरोपेली संघका सदस्य राष्ट्रहरू, संयुक्त राज्य अमेरिका, नेपालसित सानो ठूलो व्यापारिक सम्बन्ध भएका राष्ट्रहरू सबै नै द्वन्द्वकालदेखि अहिलेसम्मको नेपालमा भएका घटनाको विकास क्रमसित राम्रै परिचित छन्। यो असजिलो बेलामा प्रधानमन्त्रीले महासभालाई सम्बोधन गर्ने सोच किन बनाउनु भयो? त्यो उहाँले नै जान्ने विषय हो। जहाँसम्म द्विपक्षीय भेटघाटको विषय छ, उनको सबभन्दा महत्वपूर्ण भेटघाट भनेको भारतीय प्रधानमन्त्रीसँग नै हो। त्यसबाट उहाँलाई ठूलो भरोसा पनि हुनसक्छ। तर भारतीय प्रधानमन्त्रीले एउटामात्रै दल र उसैको मात्रै हठका लागि सम्पूर्ण विषय र पक्षलाई पन्छाएर सहयोग गरे नै पनि शान्ति प्रक्रियाको जटिलता त्यति सहजै टुंगोमा पुग्नसक्दैन। नेपालका राजनीतिक दलहरू भारतका लागि जति महत्व राख्छन् सामरिक अर्थमा बाँकी रहेकोमा नेपालको सबभन्दा पुरानो संस्था राष्ट्रिय सेनाले कम महत्व राख्दैन। कुनै पनि मुलुकमा लडाकु र सेना समायोजनको विषय त्यति सजिलो विषय हुँदैन। भारत बेलायतको उपनिवेश हुँदादेखि नै नेपाल र भारतको राष्ट्रिय सेनाबीचमा निकट सम्बन्ध रही आएको हो। त्यससम्बन्धमा कुनै पनि प्रकृतिको आँच आउने किसिमको समायोजनको प्रस्तावलाई भारतले सहजरूपमा स्वीकार गर्ने स्थिति देखिँदैन। सामरिक अर्थमा नेपाली राजनीतिक दलसँगको सौहार्द्र भारतीय संस्थापनका लागि जति महत्व राख्छ नेपाली सेनासितको सम्बन्धमा पनि उसका लागि कम महत्व राख्ला भनेर सोच्नु हुँदैन। माओवादी विद्रोह र अन्य प्रकृतिका आतंकवादले आक्रान्त भारत नेपाली लडाकुको समायोजनको विषयमा नेपाली सेनाको प्रतिकूल हुने गरी राजनीतिक तहबाट आएका कुनै प्रस्तावलाई सहजै स्वीकार गर्छ भन्ने सोच्नै कठिन हुन्छ। न त भारतले अरू राजनीतिक दलका सोचको सरासरविपरीत गएर विभाजनको संघारमा भएको एउटा दललाई रिझाउन ठुलो जोखिम उठाउने काम गर्ला। यी यावत् पृष्ठभूमिका भएको प्रधानमन्त्रीको यो भ्रमण शान्ति प्रक्रियाका लागि कति सहायक हुनसक्ला?
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस