छ यो रोगको कुनै ओखती?
१४ फागुन २०६८
•
१२ मिनेट पाठ
छ यो रोगको कुनै ओखती?
माओ त्सेतुङ बीसौँ शताब्दीका महान् क्रान्तिकारी राजनेता थिए भन्नेमा उनका विरोधीहरुसमेत सहमत छन्। आधुनिक चीनको निर्माणमा मात्र होइन, चीनलाई उदारवादी अर्थतन्त्रको बाटोमा अग्रसर गराउन पनि माओको महत्वपूर्ण भूमिका थियो। अमेरिका-चीनबीचको शत्रुतापूर्ण सम्बन्धलाई विच्छेद गराउने मजबुत फलामे ढोकामा लागेको भोटे ताल्चा खुलाउन माओले प्रयोग गरेको पिङपङ साँचोँ विश्व कूटनीतिको इतिहासमा अद्भूत र अपूर्व प्रयोग मानिन्छ।
यही साँचोले तत्कालीन अमेरिकी राष्ट्रपति रिचर्ड निक्सन र विदेश मन्त्री हेनरी किसिन्जरलाई विश्व कूटनीतिको इतिहासमा स्थापित गराएको थियो। एसियाको पारम्परिक शक्ति सन्तुलनलाई यसैले विस्थापित गराएको थियो। अन्ततः माओको पिङपङ साँचोले चीनमा आर्थिक उदारवादको ढोका खोल्यो। आजको चीनले गरेको अद्भूत आर्थिक उन्नति त्यसैको परिणाम हो।




माओको लामो नेतृत्वकालमा उनले थुप्रै गल्ती गरेका थिए। तर, उनी आफ्नो अन्तर-आत्माको तहमा गल्ती भएको स्विकार्न हिचकिचाउँदैनथे। उनको यौन जीवनदेखि अनेक उटपटाङ लीलाहरुका विस्तृत विवरण समेटिएका हजारौँ किताब लेखिएका छन्। ती विवरणले कतै पनि उनको राजनीतिक साख खस्काउन सकेका छैनन्। ती किताबको हैसियत राजनीतिक मनोरञ्जनभन्दा माथि स्थापित हुन सकेन। चिनियाँ इतिहासको सबैभन्दा कालो पक्ष मानिँदै आएको सांस्कृतिक क्रान्तिकालमा चीन ठूलो संकटमा थियो। त्यही बेला चीन भ्रमणपछि विश्वप्रसिद्ध लेखिका तथा चिन्तक सिमोन द बुभाले टिप्पणी गरेकी थिइन्, 'माओको साम्यवादी शासनले यस्तो कल्याणकारी राजतन्त्रको छनक दिन्छ जहाँ पण्डितजस्तो सम्राट्ले प्रजाको सम्पूर्ण आस्थामाथि विजय प्राप्त गरेको हुन्छ। माओको शासनमा चिनियाँ जनजीवन आनन्दमग्न रहेजस्तो अनूभूत हुन्छ।
जीवनको अन्त्यतिर, सन् १९७५ मा माओले आफ्नो अन्तिम सन्देशमा भनेका थिए, 'तीन जनाले बढी र एउटाले कम'अर्थात् चाउ एनलाईले बढी आराम गर्नुपर्छ, तेङ स्याओ पिङले बढी काम गर्नुपर्छ, वाङले बढी पढ्नुपर्छ र चियाङचिङले कम बोल्नुपर्छ।'
माओको यो सन्देश तत्कालीन चीनका नेताहरुका लागि मात्रै थिएन। साम्यवादी दर्शनको माओवादी बाटोमा हिँड्ने सबै माओवादीका लागि थियो। कतिले यो सन्देश पछ्याए, त्यसको लेखाजोखा गर्ने क्षमता यस स्तम्भकारसँग छैन। नेपालको माओवादी पार्टीमा अहिले देखिएका वरिष्ठ नेताहरुको माओ विचारसँग अलिकति पनि सम्बन्ध छ भने स्तम्भकार यतिमात्र टिप्पणी गर्ने धृष्टता गर्न चाहन्छ, अब मोहन वैद्य 'किरण'ले बढी आराम गर्नुपर्छ, रामबहादुर थापा 'बादल'ले बढी पढ्नुपर्छ, बाबुुराम भट्टराईले कम बोल्नुपर्छ र अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई बढीभन्दा बढी काम गर्न दिनुपर्छ।
यस्तो होला त? नेपालमा राजनीतिमा लागेका मानिसहरु चाहिनेभन्दा बढी नै आत्मकेन्द्रित हुन्छन्। उनीहरु आफ्नो बखानबाहेक अरु कसैको प्रशंसा सुन्न र गर्न जान्दैनन्। जो अर्काको विचारको उदारपूर्वक प्रशंसा गर्न जान्दैनन्, ती राजनीतिक नेतामात्र बन्छन्। राजनेता बन्ने ह्याउ र हैसियत दुवै हुँदैन तिनमा। जब समाजमा नेतृत्वदायी सर्वमान्य व्यक्तित्वको अभाव हुन्छ, जुवाको जस्तै राजनीतिको लत लागेका मानिसहरुको बर्चस्व ह्वात्तै बढ्छ। आफ्ना अधकल्चा विचारहरुमा अल्मलिएका यस्ता नेताहरु अरुको विचार सुन्नु र आफ्ना कार्यहरुलाई मर्यादित बनाउनुमा भन्दा सबैबाट अलग-थलग बस्न रुचाउँछन्। उनीहरुलाई आफ्नो स्वार्थका लागि मात्र मिडिया चाहिन्छ। अघिपछि मिडिया उनीहरुका लागि चिडचिडाहटको कारण बन्छ।
माओवादी नेताहरुले माओको नेतृत्वलाई परिप्रेक्षमा राखेर चिनियाँ कम्युनिष्ट पार्टीको इतिहास पढेका छन् कि छैनन्? त्यो हामीजस्ता सर्वसाधारणले जान्ने कुरा होइन। तैपनि, त्यस पार्टीभित्रका थुप्रै स्वनामधन्य नेताको हाँक-दाँक र चुरीफुरी हेर्दा उनीहरुमा संघर्ष गर्ने क्षमता चुकेको देखिन्छ। संघर्ष गर्ने क्षमता भएका कुनै पनि मानिस नेतृत्वको भर्त्सना गरेर हिँड्दैन। माओले अभाव र दरिद्रताबीच शान्ति र स्थायित्व स्थापित हुनसक्ने कल्पना कहिल्यै गरेनन्। उनले त्यस्तो विचारलाई सधैँ हावादारी बताए। संघर्षको निरन्तरता नभएसम्म देशले उन्नति गर्दैन भन्ने उनको निर्क्योल आजका कतिपय गैरसाम्यवादी देशहरुका लागि पनि उत्तिकै सान्दर्भिक बनेको छ। साँच्चै भन्ने हो भने स्थायी शान्ति र स्थिरता पोखरीमा जमेको पानीजस्ता शब्द हुन्। पोखरीको पानीमा गतिशीलता खोज्न सकिँदैन।
आजको समय सिद्धान्तको टुपी समातेर अघि बढ्न सकिने समय पनि होइन। एक्काइसौँ शताब्दीको पहिलो दिनमै सिद्धान्तको मृत्यु भइसकेको छ। आजको मानिस महादेवले सतीदेवीको लासजस्तै सिद्धान्तको लास काँधमा हालेर हिँड्न तयार छैैन। उसका लागि साम्यवादी वा गैरसाम्यवादी सिद्धान्तहरु प्रेरणाका प्रतिविम्ब र पुञ्जमात्रै हुन्। सन्दर्भमा, वर्तमान नेपाललाई नै हेरे पुग्छ। साम्यवादको सिद्धान्तमा दीक्षित कतिपय नेताहरु अहिले आफूलाई नेपाली भन्न पनि लजाउँछन्। उनीहरु जातीय तथा वर्गीय साम्प्रदायिकताको पुच्छर समातेर राजनीतिको वैतरणी पार गर्न खोज्दैछन्। लोकतान्त्रिक समाजवादको नारा दिने समतावादीहरु उदार अर्थतन्त्रको दलाली गरेर पतनको भासमा जाकिएको जाकियै छन्। समयको आँधीले उडाएर असान्दर्भिक बनाइसकेका अनुदारवादीहरु परिवर्तनकारी शक्तिहरुमा देखिएको विग्रहका कारण रमाउनु रमाएका छन्। सबैले आ-आफ्नो जितको भ्रम पालेका छन्। किनभने हार अपरिहार्य छ भन्ने धेरैथोरै ज्ञान सबैलाई छ।
अहिलेको नेपाली राजनीति राष्ट्रिय त्रासदीका रुपमा विकसित भइरहेको छ। कुनै निश्चित परिकल्पना र निश्चित लक्ष्यबिना सडकको गोलचक्करमा दौडिरहने मानिस कतै पुग्न सक्दैन। हाम्रा राजनीतिज्ञहरुलाई आफू निरन्तर दौडिरहेको देखेर जनता सन्तुष्ट भएझैँ लागेको छ। यो उनीहरुको भ्रममात्रै हो। जनतालाई थाहा छ, नेताहरु लगातार गोलचक्करमा घुमिरहेका छन्। उनीहरुलाई आफ्ना आँखा अघिल्तिर प्रतिक्रियावादको, प्रतिगमनको, प्रतिशोधको भयावह विम्बहरु घुमिरहेको भान भएको छ। भ्रम एकप्रकारको रोग हो जसको उपचार अहिलेसम्म चिकित्सा विज्ञानले खोज्न सकेको छैन। देश व्यवस्थापनको दायित्व बोकेका नेताहरु नै भ्रमको सिकार भएपछि त्यस देशका लागि राजनीति त्रासदी नभएर अरु के हुन सक्छ?
स्तम्भ माओको चर्चाबाट सुरु भए पनि माओवादी पार्टीमात्रै यसको केन्द्र होइन। सबै राजनीतिक पार्टीका नेताहरु अहिले पीडोन्माद रोगले ग्रस्त छन् जसलाई अंग्रेजीमा प्यारानोइया भनिन्छ। पीडा र उन्मादको समीकरणले मानिसलाई विक्षिप्त बनाउँछ। देश व्यवस्थापनको दायित्व लिएका नेताहरु पीडोन्मादले ग्रस्त हुनु र रक्सीले मात्तिएर चुर सैनिकले हातमा मेसिनगन बोक्नु उस्तै कुरा हो। यी दुवै अवस्था समाजका लागि घातक हुन्छन्। देशमा भारीका भारी समस्या खात लागेका छन्। समस्या खोज्ने नेताहरु भने अशक्त अवस्थामा छन्। हरेक दिनको सूर्योदयसँगै नेताहरु जनतालाई आफ्ना समस्या सुनाउँछन्, माओवादीले यसो गरेन, कांग्रेसले त्यसो गरेन, एमालेले उसो गरेन, मधेसीले, जनजातिले'जनताले यी बकम्फूसे भाषण सुनेर के गर्ने? समाधान खोज्नेले समस्या सुनाउने हो र? समाधान खोज्ने दायित्व सकारेकै कारण जनताले चुनावका बेला आफ्नो हात काटेर त्यो जिम्मेवारी दिएका होइनन् र?
जनतालाई त के छ र! ऊ अघिल्लो चरणको संघर्षका लागि पनि तयार छ। ऊ यतिमात्र चाहन्छ, त्यस संघर्षको रुप बदलियोस्। उसले माओ पढेको छैन। लेनिन पढेको छैन। लिंकन, चर्चिल कसैलाई पनि पढेको छैन। यति हो, उसलाई संघर्ष नगरी सफलता हात लाग्दैन भन्ने राम्रो ज्ञान छ। राजनीतिको यो अथाह भवसागरमा डुंगा खियाउन ऊ एउटा बहनाको खोजीमा छ।

 
अर्को समाचार
मानसिक रोगको ओखती
२८ साउन २०७६
•
१७ मिनेट पाठ
मानसिक रोगको ओखती
विश्व स्वास्थ्य संगठनका अनुसार संसारका झण्डै एक चौथाइ मानिसलाई जीवनको कुनै खण्डमा मानसिक तथा स्नायुसम्बन्धी रोगले सताउँछ। तर सबै पीडितले डाक्टरी सुविधा लिनुपर्ने अवस्था भने हुँदैन। समयको पर्खाइ तथा पारिवारिक सहयोगले धेरै मानसिक थकान बिसेक पार्छ। केही बिरामीको हकमा चिकित्सकीय परामर्श अपरिहार्य हुन्छ, ओखती चाहिन्छ। तर केही अभागीको हकमा उपलब्ध ओखतीले मानसिक समस्या समाधान गर्न सक्दैन। रोग वरण गर्नु नै उनीहरूको बाध्यता बन्छ।




नेपालमा कति मानसिक रोगी छन् भन्ने तथ्यांक छैन। ठोस जवाफका लागि सन् २०२१ मा सार्वजनिक हुने आशा गरिएको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को ‘मानसिक रोगी गणना’ को नतिजा कुर्नुपर्ने भयो। तथापि नेपालमा मानसिक रोगीको संख्याले विश्व आँकडालाई पछ्याएको अनुमान छ। मानसिक सन्तुलन गुमाएका व्यक्ति आफ्नो दायित्व निर्वाह गर्न असमर्थ हुने भएकाले उनीहरू परिवार, समाज र राष्ट्रकै बोझ बन्छन्। दिमागी रोग संसारकै सबैभन्दा भयाबह समस्याका रूपमा देखियो अनि इलाज अन्तर्राष्ट्रिय अभियान बन्यो।

झण्डै ४० अरब कोषबाट बनेको मस्तिष्कमा लाग्ने मानसिक रोगको उपचार सजिलो भएन। त्यसैले मानसिक रोगलाई ‘ब्ल्याक बक्स डिजिज’ पनि भनिन्छ। त्यसो भन्नुको कारण मानसिक रोग किन लाग्छ र त्यसको इलाज कसरी गर्ने भन्ने सम्बन्धमा अनुसन्धानकर्ता अभैm विश्वस्त हुन  नसक्नु नै हो। जब कारक र निधानका बीच प्रत्यक्ष सम्बन्ध स्थापित गर्न विज्ञान असमर्थ हुन्छ तब भाग्यमा विश्वास गर्नु अनुसन्धानकर्ताको बाध्यता बन्छ।

मानसिक रोगका औषधीको आविष्कार हेर्दा अन्य प्रयोजनका लागि निर्माण गरिएका केमिकल अन्ततः डिप्रेसनको इलाजमा प्रयोग भएको देखियो। एक प्रयोजनका लागि बनाइएका ओखती अर्को रोगको इलाजमा प्रयोग हुनु आयुर्विज्ञानमा कुनै नवीन घटना होइनन्।

मानव सभ्यताको विकाससँगै मानसिक रोग पहिचान भयो। निदानका खातिर धेरै परीक्षण भए। तर इलाज निस्कन सकेन। त्यसैबीच १९ औँ शताब्दीको पूर्वार्धमा क्षयरोग महामारीका रूपमा देखियो। ब्याक्टेरियाको संक्रमणका कारण लाग्ने महारोग नियन्त्रणका लागि विभिन्न ओखती परीक्षणमा आए। त्यसै क्रममा १९५० को मध्यतिर ‘इप्रोनियाजिड’ भन्ने केमिकलले क्षयरोगीलाई ठीक गर्छ भन्ने विश्वासका साथ क्लिनिकल परीक्षण सुरु भयो। तर अचम्म, उक्त ओखतीले क्षयरोगीलाई कुनै फाइदा पु¥याएन तर दिक्दार भएर एकान्त बसेका मानिस औषधी सेवनपछि प्रफुल्ल भएर नाचगान गर्न लागे। क्षयरोगलाई प्रहार गर्न नसके पनि मस्तिष्कको समस्या समाधानका खातिर ‘इप्रोनियाजिड’ उपयोगी हुने ठानी थप अनुसन्धान गर्दा साँच्चिकै उक्त ओखतीले मानसिक थकान ठीक गरेको देखियो। परिणामस्वरूप मानसिक रोगको पहिलो औषधी बजारमा आयो। औषधी अनुसन्धानमा एउटा रोग ठीक पारेर अर्को समस्या निम्त्याउने ड्रग्स बजारबाट पलायन हुन्छ। ‘इप्रोनियाजिड’ को हकमा त्यस्तै भयो। मानसिक रोग कम गर्ने ओखतीले कलेजोमा समस्या ल्याएपछि उक्त ओखती बजारबाट बाहिरियो। मानसिक समस्या समाधानको पहिलो ओखती बजारबाट हराएपछि समस्या ज्युका त्युँ आयो।

जटिल बनोटका कारण ब्रेनलाई लक्ष्य गर्ने ओखतीको आविष्कार बढी नै चुनौतीपूर्ण भएकाले फर्मास्युटिकल कम्पनीहरू ड्रग्स अनुसन्धानका लागि धेरै उत्साहित भएनन्। मानसिक थकानको ओखतीको अन्वेषण टाढिँदै गयो। त्यसैबीच त्यसबेला बजारमा प्रचलित उक्त रक्तचापको ओखती सेवनपछि बिरामीहरु एकान्तप्रेमी अनि नैराश्य भएका पाइयो। ब्लडप्रेसरको ओखती खाँदा मानिसमा किन मानसिक थकान देखियो भनी बायोलजिक परीक्षण सुरु भयो। बिरक्तिएका मानिसको स्वास्थ परीक्षण गर्दा ‘सेरोटोनिन’ भन्ने रासायनिक पदार्थ उनीहरूको शरीरमा निकै कम भएको पाइयो। सेरोटोनिनले ब्रेनका कोषलाई प्रत्यक्ष तथा अप्रत्यक्षरूपले प्रभाव पारी मानिसलाई प्रशन्न राख्ने भएकाले उक्त रासायनिक पदार्थको कमीले मानिसमा नैराश्यता ल्याउनु अस्वाभाविक भएन। यसरी नैराश्यता र सेरोटोनिनको कमीका बीच सम्बन्ध स्थापित भएपछि शरीरमा सेरोटोनिनको मात्रा बढाउन सके मानिसलाई मानसिक चिन्ताबाट मुक्ति गर्न सकिने देखियो। अनि, रोगको ओखती बनाएर पैसा कमाउन औषधी उत्पादकहरू लागे। त्यसै क्रममा ‘इलाइ लिली’ भन्ने अमेरिकन कम्पनीले सन् १९८७ मा ‘प्रोजेक’ भन्ने ओखती बजारमा ल्यायो। उक्त औषधीले दुई वर्षभित्र नै संसार छायो। एउटा कम्पनीले धेरै पैसा कमाएपछि अरु पनि त्यतै झुम्मिनु व्यापारमा अन्यथा भएन। मस्तिष्कका कोषलाई चलायमान बनाइ दिमागी तन्दुरुस्ती दिन सेरोटोनिन सफल भएपछि त्यस्तै विधिले काम गर्ने झण्डै २ दर्जन ओखती बजारमा आए। धेरै किसिमका ओखती बजारमा आएपछि संसारलाई मानसिक रोग मुक्त बनाउन सकिएला भन्ने आशा थियो। तर यथार्थमा त्यसो भएन। बजारमा उपलब्ध भएका ओखतीले सबै मरिजलाई सन्चो पार्न सकेन।

ठूलो धनराशी खर्चँदा पनि डिप्रेसनमुक्त समाज बनाउन नसकेपछि संयुक्त राज्य अमेरिकाको अनुसन्धानात्मक संस्था ‘न्यासनल इन्स्टिच्युट अफ् मेन्टल हेल्थ’ ले मानसिक स्वास्थ्य क्षेत्रमा भएको प्रगतिलाई समेटन संसारकै सबैभन्दा ठूलो ‘स्टार डि’ नामक अनुसन्धानात्मक तथ्यांक संकलन ग¥यो। उक्त आँकडाले बजारमा उपलब्ध ओखतीहरूले केवल ७० प्रतिशत बिरामीलाई मात्र स्वस्थ जीवन बिताउन मद्दत गरेको देखायो। अन्य ३० प्रतिशत बिरामीको हकमा कुनै पनि ओखती प्रभावकारी भएन। यसरी भिन्न भिन्न आयाम प्रयोग गरी बनाइएका ओखतीले समेत सबै समस्या संबोधन गर्न नसकेपछि थप अनुसन्धान गरी नवीन औषधी बजारमा ल्याउन फर्मास्युटिकल कम्पनीहरू अनिच्छुक देखिए। ३ दशक मानसिक रोगका कुनै पनि नवीन ओखती बनेनन्, बिरामीको अवस्था यथास्थितिमा रह्यो।

यसैबीच यसै वर्षको मार्चमा अन्य ओखतीले काम गर्न असफल भएका मानसिक रोगीलाई लक्षित गरी फर्मास्युटिकल कम्पनी ‘जन्सन एन्ड जन्सन’ ले नाकमा स्प्रे गर्न मिल्नेखालको ‘स्प्राभाटो’ भन्ने ओखती बजारमा ल्यायो। विगतमा प्रयोग भएका ओखतीले बिरामीको अवस्था प्रारम्भमा अझ दयनीय हुने, अनि केही हप्ताको सेवनपछि मात्र सकारात्मक सुधार देखिने हुन्छ। तर ‘स्प्राभाटो’ ले आफ्नो प्रभाव सुरुका केही घण्टामै देखाउने भएकाले सुसाइडल सोचमा पुगेका मानसिक रोगीको हकमा औषधी निकै फलदायी हुने दाबी गर्छिन् क्लिनिकल ट्राइलमा संलग्न म्यासाच्युसेट्स जेनरल हस्पिटलकी डा. क्रिस्टिना कुसिन। त्यस्तै न्यासनल इन्स्टिच्युट अफ मेन्टल हेल्थका प्रयोगात्मक उपचारविद् डा. कार्लोस जराटको विचारमा नयाँ ओखतीले ब्रेनका शृंखलाबद्ध रिसेप्टरहरूलाई क्रियाशील बनाउने हुँदा अघिल्लो पुस्ताका ओखतीले सन्चो पार्न नसकेका मानसिक रोगीका लागि समेत यो औषधी फलदायी हुन्छ। औषधीको प्रभावकारिता र नकारात्मक असरका सम्बन्धमा पूर्ण जानकारी पाउन केही वर्ष कुर्नुपर्ने भए पनि उपलब्ध जानकारीका आधारमा नयाँ औषधी निकै प्रभावकारी देखियो।  .  

उपलब्ध ओखतीले काम गर्न नसकेका मानसिक रोगीको हकमा विज्ञानले समर्थन गर्ने ओखतीविहीन इलाजमा जोड दिन सल्लाह दिन्छन् अनुसन्धानकर्ताहरू। मानसिक रोगीलाई एक्सरसाइज गराउन सजिलो नभए पनि सामान्य शारीरिक व्यायामले ब्रेनका कोष क्रियाशील हुने अनि बिरामीको दिमागी अवस्थामा नजानिँदो हिसावले सुधार हुने भएकाले त्यसो गर्न उक्साउँछन युनिभर्सिटी अफ एरिजोनाका प्राध्यापक डा. एन्ड्रु बेल।

विगतका झैँ ‘स्प्राभाटो’ को आविष्कारको कथा पनि अन्यभन्दा फरक देखिएन। भियतनाम युद्धका समयमा घाइते तथा अन्य पीडामा परेका सैनिकलाई दुखाइ कम गर्न अमेरिकाले प्रयोग गरेकोे रासायनिक पदार्थ ‘किटामिन’ ले युद्धरत सैनिकको दर्द कममात्र गरेन, बरु उनीहरू थप पुलकित भएको देखिएपछि उक्त केमिकल डिप्रेसनको ओखती हुने ठानिएको थियो नै। अन्ततः त्यही केमिकलको परिमार्जन स्वरूप नवीन ओखती बजारमा भित्रियो ‘स्प्राभाटो’को नामले।

मानसिक रोगका औषधीको आविष्कार हेर्दा अन्य प्रयोजनका लागि निर्माण गरिएका केमिकल अन्ततः डिप्रेसनको इलाजमा प्रयोग भएको देखियो। एक प्रयोजनका लागि बनाइएका ओखती अर्को रोगको इलाजमा प्रयोग हुनु आयुर्विज्ञानमा कुनै नवीन घटना होइनन्। जस्तो कि औषधी उत्पादक कम्पनी फाइजरले उच्च रक्तचापको इलाज गर्ने उद्देश्यले बनाएको केमिकल अन्तमा भियग्राका रूपमा मार्केटिङ भएको यथार्थ कहाँ बिर्सन सकिन्छ र ? अरबौँ न्युरोनको जटिल संवादमार्पmत प्रवाह हुने ब्रेनका सूचनाको प्रस्ट पहिचान र मानसिक रोगका इलाज सरल विषय होइन। त्यसैले अहिलेको नवीन ओखतीले मानसिक रोगीको संख्या कटौती गर्ने भए पनि समस्या निर्मूल हुने कुरामा वैज्ञानिकहरू निश्चिन्त हुन सकेका छैनन्।

उपलब्ध ओखतीले काम गर्न नसकेका मानसिक रोगीको हकमा विज्ञानले समर्थन गर्ने ओखतीविहीन इलाजमा जोड दिन सल्लाह दिन्छन् अनुसन्धानकर्ताहरू। मानसिक रोगीलाई एक्सरसाइज गराउन सजिलो नभए पनि सामान्य शारीरिक व्यायामले ब्रेनका कोष क्रियाशील हुने अनि बिरामीको दिमागी अवस्थामा नजानिँदो हिसावले सुधार हुने भएकाले त्यसो गर्न उक्साउँछन युनिभर्सिटी अफ एरिजोनाका प्राध्यापक डा. एन्ड्रु बेल। डिप्रेसनका रोगीहरू बोल्न रुचाउँदैनन् तर उनीहरूलाई कदाचित संवादमा ल्याउन सके रोगीलाई सहजता दिन सकिने ठानेर ‘टक थेरापी’ को पक्षमा वकालत गर्ने अनुसन्धानकर्ता पनि देखिए। त्यस्तै एउटा काम गरेका बखत विपरित धारका सोचहरू दिमागमा आउँदा व्यक्तिमा बेचैनी पैदा हुन्छ र त्यसले मानसिक तनावमा भएका व्यक्तिलाई थप असहज बनाउँछ। त्यसैले दिमागलाई काबुमा राख्न योगको साधना लाभदायी हुने देखियो। त्यस्तै चुम्बकीय र विद्युतीय तरंगमार्पmत दिमागका कोषलाई क्रियाशील बनाउँदा मानसिक रोगीलाई सहज बनाउन सकिएका उदाहरण पनि स्मरणयोग्य देखिए।  

विभिन्न रोगका कारण अणुवांशिक पदार्थ ‘डिएनए’ मा आउने खराबी ठानिन्छ। त्यसै परिवेशमा हालै म्यासाच्युसेट्स जेनरल हस्पिटलका डा. रे पर्लिसलगायतका वैज्ञानिक समूहले झण्डै ५ लाख मानिसको अणुवांशिक पदार्थको अध्ययन गरी मानसिक समस्याको कारकका रूपमा हुन सक्ने डिएनएका विभिन्न १५ भाग पत्ता लगाए। मानसिक रोगको कारकका रूपमा रहेका डिएनएका विषाक्त खण्डलाई उपलब्ध ‘क्रिस्पर’ विधिमार्पmत सकुशल बनाउन सके डिप्रेसनको समस्या समाधान गर्न सकिने सोचले समेत वैज्ञानिकहरू कार्यरत देखिए।

दिमागको जटिल चरित्रका कारण बजारमा आएका ओखतीको बलले मात्र सबै मानिसमा देखिने मानसिक समस्याको समाधान सम्भव देखिन्न। जीवनलाई निरर्थक देखेर डिप्रेसनको अवस्थामा पुगेका बिरामीलाई बाँच्नुको सार्थकता देखाएरमात्र पनि सामान्य बनाएको घटना देखिए। त्यसैले मानसिक रोगीको इलाजमा ओखती सेवनलगायतका उपलब्ध सबै विधिको प्रयोग सान्दर्भिक देखिन्छ। ओखती खाएर तन्दुरुस्त बनाउन नसकिएका बिरामीलाई एक्सरसाइज, टक थेरापी तथा मेडिटेसनमार्पmत दिमागमा डोपामिन तथा सेरोटोनिन जस्ता ह्याप्पी हर्मोनहरूको उत्पादन बढाएरसमेत सामान्य बनाउन सकिन्छ भन्ने कुरा सबैले हेक्का राख्न जरुरी देखियो। मानसिक रोगका ओखतीहरूको दुस्प्रयोगले व्यक्तिलाई दुव्र्यसनी पनि बनाउन सक्छ भन्ने कुरामा सबै सचेत हुन आवश्यक छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस