निवर्तमान सूचना तथा सञ्चारमन्त्री जयप्रकाश प्रसाद गुप्ता भ्रष्टाचारको मुद्दामा जेल परेपछि नेपाली समाजमा तरंग आएको छ। भ्रष्टाचारको मुद्दा लागेका र लाग्नसक्ने सम्भावना भएका वर्तमान र भूपू अख्तियारवालाहरूको मनको तलाउमा डरको तरंग फैलिएको हुनुपर्छ। उनीहरूमा अब भ्रष्टाचारी ठहर हुने र केही वर्षका लागि जेल जानेहरूको सूचीमा आफैँ पर्ने त्रासको लहर फैलिएको हुनुपर्छ। जनमानसमा भ्रष्टाचारी ठहर भइसकेका त्यस्ता व्यक्तिको भयभीत मानसिकता दृश्यमान हुने कुरै भएन।
समाजको दृश्यमा भने सञ्चारमन्त्री गुप्तालाई भ्रष्टाचारी ठहर गर्दै जेल चलान गरिएकोमा र उनले मन्त्री पदबाट राजीनामा दिनुपरेकोमा खुसियाली मनाउने जमात निकै चलायमान देखिएको छ। उनीहरू राजनीतिकर्मीदेखि मिडियाकर्मीको रुपरंगमा बोल्दै-लेख्दै गुप्ताको बदख्वाइँ र सर्वाेच्च अदालतको हर्षबढाइँ गर्दैछन्। उनीहरूले गुप्ताको चिनासमेत पल्टाएर व्यक्तिलाई निशाना बनाई 'भ्रष्टाचारविरोधी अभियानै' थालेका छन्। सर्वाेच्च अदालतका न्यायाधीशद्वयले बहालवाला मन्त्रीलाई भ्रष्टाचारी ठहर गर्नसक्नु र रातारात चेल चलान गर्नसक्नु तारिफयोग्य काम हो। कार्यपालिका र विधायिकालाई सन्तुलनमा राख्ने केही क्षमता प्रदर्शन गर्न सक्नुमा उसको भूमिका सराहनीय हुन सक्छ, तर अरुको संस्थाको क्षेत्राधिकार नाघ्ने धृष्टताले भने उसको भूमिकालाई प्रश्नको घेरोमा राखेको छ। अब त अदालतले गर्नैपर्ने, तर कम गरिरहेको न्याय सम्पादनको नियमित काम गर्दा पनि वीरपूजा गर्ने प्रवृत्तिले भने नेपाली मानसिकतामाथि पनि प्रश्न उठाएको छ।
सर्वाेच्च अदालतको पछिल्लो न्यायिक सक्रियतालाई सराहना गर्दागर्दै पनि केही प्रश्न उठेका छन् : चाहे सर्वाेच्च अदालत होस् वा अन्य अदालत, तिनको न्यायिक सक्रियता कति वर्ष एक पटक खडेरीमा पहिलो वर्षाजस्तै आउँछ, अरु बेला तिनको सक्रियता किन सुषुप्तावस्थामा हराउँछ? काला कोटधारीहरूलाई थाहा छ, न्याय ढिलो दिनु, न्यायिक सक्रियता सुषुप्त हुनु र न्याय नदिनुमा कुनै अन्तर छैन। न्यायमूर्तिज्यूहरू, समयमै न्याय दिन नसक्नु पनि भ्रष्टाचार होइन र भन्ने प्रश्नमा उनीहरूसँग जबाफ हुँदैन। गुप्ताको मुद्दामा आठ वर्षपछि फैसला हुनु र बीचका चार वर्षमा कुनै चालचुल नहुनु भ्रष्ट आचरण होइन र भन्ने प्रश्नमा उनीहरूका कानुनका ठेलीले केही उत्तर दिँदैनन्।
गुप्तालाई भ्रष्टाचारी ठहर गरी जेलचलान गर्न सफल भएकोमा देशमा कानुनी शासन कायम गर्न भष्टाचारविरुद्ध न्यायिक सक्रियता थालनी भएको उद्घोष जोड्दार रुपमा हुँदैछ। तर, सर्वाेच्च अदालतले गुप्ताकै मुद्दामा सफाइ दिने विशेष अदालतको इजलासको निर्णय त्रुटिपूर्ण भएको ठहर्याउँदै न्यायाधीशहरूलाई कारबाहीका लागि छानबिन गर्न न्यायपरिषद्लाई गरेको सिफारिससँगै त्यस्तो सक्रियतामा प्रश्न उब्जिएको छ। भ्रष्टाचारको मुद्दामा धेरैजसो अख्तियारवालालाई सफाइ दिने विशेष अदालतको त्रुटिपूर्ण निर्णय आफैँ भ्रष्ट आचरण हो कि होइन? यसलाई मानवीय त्रुटि वा कमजोरीमात्रै ठान्ने कि नियतवश गरिएको अपराध मान्ने? उदाहरणका लागि, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०५९ चैत ५ गते स्रोत नखुलेको अकुत सम्पत्ति कमाएको आरोपमा गुप्ताविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो। तर, विशेष अदालतले मुद्दा दायर भएको छ महिनामा किनारा लगाइसक्नुपर्ने कानुनी व्यवस्थासमेत लत्याउनु मानवीय कमजोरीमात्रै हो कि भ्रष्टाचारलाई पोस्ने अदालती रोगै हो? यी प्रश्नमा पनि विमर्श भएमा अदालतप्रति जनविश्वास बढ्नसक्ला। अन्यथा अदालत र त्यहाँका न्यायमूर्तिहरू पनि भष्टाचारमा मुछिएको जनगुनासो र अदालतकै आत्मस्वीकृतिलाई अझै बढावा दिनसक्छ। न्यायालय आफैँ भ्रष्ट आचरण र व्यवहारबाट मुक्त हुन सकेन भने उसले भ्रष्टाचारको मुद्दामा दिने एकाध सकारात्मक फैसलाकै आधारमा भ्रष्टाचारविरुद्ध न्यायिक सक्रियता सुरु भयो भन्नु हतारो र हचुवापनाको नमुना हुन सक्छ।
त्यसो त यस्ता परिदृश्यबीच गुप्तालाई कानुनी कारबाही गरिएको विषयलाई राजनीतिक लाभहानिको दृष्टिकोण र क्षेत्रीय विभेदकारी अवधारणाका आधारमा व्याख्या गर्ने प्रवृत्ति पनि टड्कारो छ। गुप्ता र उनको पार्टीका केही नेताकार्यकर्ताले भ्रष्टाचारको मुद्दा र कानुनी कारबाहीलाई मधेस आन्दोलनमाथि कुठाराघातका रुपमा टिप्पणी गरेका छन्। त्यसविपरीत, केही मानिसले वर्तमान सरकारको मुख्य टेको बनेको मधेसवादी मोर्चालाई इंगित गर्दै मधेसले देश खान लागेको बेला कानुनी कारबाहीले कडा जबाफ दिएको पनि ठानेका छन्। मधेसी नेताहरू राष्ट्रघाती र भ्रष्टाचारी भएको ठोकुवा गर्दै उनीहरू मधेसी नेताहरूको इज्जतको धोती खुस्काउन कम्मर कसेर लागेका छन्। गुप्ता र उनको पार्टी गणतान्त्रिक फोरमका अन्य नेताको अभिव्यक्तिमा आफैँलाई मधेस आन्दोलन ठान्ने अहंकार छ। गुप्तासँग नाम जोडेर सबै मधेसी नेतालाई भ्रष्टाचारी ठान्ने भनाइमा पहाडलाई मात्रै देश ठान्ने क्षेत्रीयतावादी राष्ट्रवादको दुर्गन्ध छ।
मधेसवादी होऊन् वा पहाडवादी, उनीहरूको भनाइ र गराइले भ्रष्टाचारलाई व्यक्तिको रोगमात्रै ठानेको देखिन्छ, व्यवस्थाको रोगलाई भने बेवास्ता गर्दै आएको देखिन्छ। त्यसैले व्यक्तिविशेषको भ्रष्टाचारी चरित्रको बदख्वाइँ गर्दै लुतोकन्याइको आनन्द अनुभूति गर्ने मानसिकता प्रबल भएको हो। जब कि व्यक्तिको भ्रष्टाचारी चरित्रको निर्माण त अपारदर्शी व्यवस्थाको मलिलो बारीमा भइरहन्छ। त्यस्तो चरित्र व्यक्तिविशेषबाट पनि देखिनेमात्रै हो। खोतल्न सकियो भने सिंगो व्यवस्थाकै बुनोट र चरित्रमा पनि देख्न सकिन्छ। तर, धेरैजसो मानिस भ्रष्टाचार निर्माण गर्ने व्यवस्थाको बारी र जरामा होइन, हाँगाबिँगा र पात छिमल्दै 'भ्रष्टाचारविरोधी अभियान'मा हर्षबढाइँ गर्नमा मग्न छन्।
यस विमर्शमा गुप्ताकै सन्दर्भमा मात्रै हेर्दा पनि भ्रष्टाचार गर्ने उद्देश्य राखेर उनले तीन दसकअघि राजनीति थालेको नहुनसक्छ, तर सत्तावृत्तमा पसिसकेपछि उनको बंैक ब्यालेन्स सहजै बढ्ने अवस्था बनेको छ। उनी पनि आम राजनीतिक वा गैरराजनीतिक व्यक्तिजस्तै पहिले अवसर नपाएर मात्रै इमानदार भइरहेको हुनसक्छ। सत्ताशक्तिको भरेङ चढ्ने क्रममा अवसर पाउनेबित्तिकै उनले पनि इमानदार व्यक्तित्वको खोल त्यागेको हुनसक्छ, सर्पले काँचुली त्यागेझैँ। त्यस अर्थमा भ्रष्टाचारको मुख्य निर्माणकर्ता भनेकै सत्ताशक्तिले उपलब्ध गराउने सुनौलो अवसर अनि निगरानी र नियन्त्रणविहीन व्यवस्थाले दिलाउने भ्रष्ट हुने मौका हो, व्यक्तिको नियत र नैतिकता त्यसपछिका अवयवमात्रै हुन्। किनभने, व्यक्तिले अवैधरुपमा भए पनि धन कमाउने नियत बनाउँदैमा, नैतिकता लिलामीमा चढाएर पनि स्रोत नखुलेको सम्पत्ति जोडेर सत्ताशक्तिमाथि प्रभुत्व जमाउने प्रयास गर्दैमा लक्ष्य सहजै प्राप्त हुँदैन, त्यसका लागि त सर्वप्रथम व्यवस्थै अनुकूल हुनुपर्छ। हुन त त्यस्तो व्यवस्थाले आफ्नो सत्ता बचाउन जन्माउने मानिसको संस्कृतिले पनि भ्रष्टाचारका लागि राम्रो मलजल गरेको हुन्छ। उदाहरणका लागि, घरपरिवारमा कुनै राम्रो काम गरेमा भौतिक प्रोत्साहन दिने, स्कुलकलेजमा राम्रो नम्बरमा पास हुन उत्प्रेरित गर्ने नाममा उपहारदेखि नम्बर दिने, तर काम र पढाइबारे उच्च नैतिकता र उन्नत संस्कृतिबाट दीक्षित गर्ने तरिकालाई भने पूरै बेवास्ता गर्ने कामबाट भ्रष्टाचारबाहेक अरु मौलाउन गाह्रै हुन्छ। सानैदेखि पढ्न र काम गर्न पनि 'घुस' लिनेदिने संस्कृतिलाई प्रभावशाली बनाइएको व्यवस्थामा व्यक्तिविशेष मात्रै सदाचारी बन्नुपर्छ भन्नु सदाशयबाहेक केही होइन।
व्यवस्था र व्यवस्थाको संस्कृति कसरी निर्माण हुन्छ, आफूलाई पहाड वा मधेसको नाममा राष्ट्रवादी ठान्नेहरूले मूल्यांकन गर्नुपर्ने देखिन्छ। सबै मधेसी नेता भ्रष्टै हुन्छन् भन्ने मानसिकता बोक्ने मानिसहरूले नेपालमा व्यवस्था र व्यवस्थाको संस्कृति निर्माणसँग जोडिएका पक्षबारे ऐतिहासिक वस्तुवादी दृष्टिकोणले थोरै मात्रै हेरे पनि धेरै फरक आउनसक्छ। देश बनाएको वा बचाएको नाममा राष्ट्र (जनता) लाई लुट्नसम्म लुट्ने राजा र राजावादीहरूलाई सबैभन्दा ठूला राष्ट्रवादी ठान्नेहरूले आफ्नै इतिहास पल्टाए भने थाहा पाउन सक्छन्, यहाँको व्यवस्था र व्यवस्थाको संस्कृतिको जगमै भ्रष्ट आचरणका ढंुगामाटो मिसिएका छन्।
समृद्ध तीन सहर भएको 'नेपाल'को राजा हुने मनसुवासाथ क्षेत्रीय एकीकरण थालेका गोर्खाली राजा पृथ्वीनारायण शाहको संस्कृति आफैँ यस ऐतिहासिक अध्ययनको प्रस्थानविन्दु हुनसक्छ। दरौँदीमा पौडी खेलेर थकाइ मार्ने क्रममा युवराज पृथ्वीनारायण शाहले आफ्ना साथीहरूलाई लिई राजदरबारकै खवास केशव द्वारेको डिहीबाट उखुका लाँक्रा चोरेर खाएको सन्दर्भ यहाँ स्मरणीय छ। इतिहासकार दिनेशराज पन्तको 'गोरखाको इतिहास : पहिलो भाग'अनुसार द्वारेले होहल्ला मच्चाएपछि शाहले उनलाई राजदरबारको ढोकै बन्द गरिदिएको सन्दर्भले चोरीलगायत भ्रष्ट आचरणमा शाह र शाहको दरबारको रबैयालाई झल्काउँछ। आर्थिक इतिहासकार महेशचन्द्र रेग्मीको 'किङ्स एन्ड पोलिटिकल लिडर्स अफ द गोर्खाली एम्पाएर' अनुसार एक सुका पकेट खर्च पाउने अल्पव्ययी पृष्ठभूमिमा हुर्केका शाहले बेसीभन्दा बेसी भूमि, स्रोतसाधन र जनताको श्रममाथि निजी प्रभुत्वका लागि थालिएको गोर्खाली राज्यको भौगोलिक विस्तारपछि विलासी जीवनयापन गर्न पाएनन्। तर, उनका शाखासन्तानले भने राज्य विस्तार र बचाउको नाममा देश, जनता र राज्यव्यवस्थालाई बिर्ताभन्दा बेसी नठानी भोग गरे, सार्वजनिक स्रोतसाधन, भूमि र श्रमलाई भरपूर निजीकरण गरी अकुत सम्पत्ति पनि कमाए।
कुनै नियम, निगरानी र खबरदारी नभएको राज्यव्यवस्थाले जन्माएको सार्वजनिक सम्पत्तिको निजीकरण गर्ने संस्कृतिकै जगमा गैरराजाहरूमा पनि भ्रष्टाचार मौलाएको हो। रेग्मीका अनुसार, राजा रणबहादुर शाहसँगै बनारसबाट तन्नम हालतमा नेपाल फर्केका भीमसेन थापा सत्तासीन भएपछि उनी र उनको परिवारको श्रीसम्पत्ति रातारात धरहराजस्तै आकाशिएको तथ्यले आजका गुप्ताहरूलाई पनि कता हो कता माथ गर्ने खालको थियो। राणा परिवारका सदस्यमात्र होइनन्, शाह खलककै शासकहरूमध्ये अध्यक्ष ज्ञानेन्द्र शाहसम्म पनि देश र जनतालाई लुटेर कसरी खर्बपति बने भन्ने विषयमा पत्रकार सूर्य थापाको 'राजतन्त्रको अर्थराजनीति'ले धेरै बोल्छ।
यसरी लुट र भ्रष्टाचारलाई फलाउने फुलाउने सिंगो राज्यव्यवस्थालाई कुनै न कुनै नाममा कायम राख्ने, त्यस्तो भ्रष्टाचार जन्माउन व्यवस्थाका पातमात्रै छिमल्ने प्रवृत्ति बोकेर भ्रष्टाचार निवारण गर्न गाह्रै हुन्छ। भ्रष्टाचारको रुखै उखेल्न प्रयत्न गर्ने हो भने जरैमा प्रहार गर्नुपर्छ। त्यसका संस्कृतिविरुद्ध प्रतिकार गर्नु आवश्यक छ। अन्यथा, केही पात छिमल्दै भ्रष्टाचारको रुखै ढाल्न थालेको भ्रममा बाँच्नु भनेको भ्रष्टाचारलाई अरु बलियो पार्नु साबित हुनसक्छ।