किशुनजी मात्रै भने पुग्दछ उहाँलाई। वृहत्तर नेपाली समाजमा विगत सात दशक भन्दा वढी समयदेखि उहाँ यही नामले परिचित हुनुहुन्छ। उहाँलाई सम्भि्कन कृष्णप्रसाद भट्टराईको औपचारिक नाम लिइ रहनु नै पर्दैन। आत्माको पवित्रता र उल्लासमय चरित्र उहाँको व्यक्तित्वको विशिष्ट पहिचान हो।
यही कारण हो, किशुनजीलाई नेपाली जनताले आफनो शिक्षकका रुपमा स्वीकारगरे, मायाँ गरे र सम्मान गरे। उहाँ पार्थिव रुपले नरहनु भएको एकवर्ष वितिसकेछ। यो एकवर्षको अवधिमा नेपाली समाजमा ठूलो उथल-पुथल भइ सकेको छ। देश द्रूततर ओरालो लाग्दै गरेको अनूभूति हुन थालेको छ सवैलाई। देशप्रति समर्पित सामान्य नेपाली जनताको मनमा उहाँको अभाव खट्किन थालेको छ। आफनो मानिसका रुपमा नेपाली जनता उहाँको निष्कपट र निस्वार्थ व्यक्तित्वलाई सम्झी रहेको छ। देशभर छरिएर रहेका उहाँका मित्र र अनुयायीहरु उहाँले देशमा लोकतान्त्रिक शासनका लागि गर्नु भएको लामो र कष्टपूर्ण संघर्षका लागि उहाँप्रति आफनो मौन कृतज्ञता अर्पण गर्दैछन।
निश्चित हो, राजनीतिक वृत्तमा भने उहाँको अनुपस्थिति कसैलाई खटकिएको छैन। नेपाली कांग्रेसभित्र र वाहिर समेत गणतन्त्रका पिता मानिनुहुने गिरिजाप्रसाद कोइराला नै विस्मृतिको गर्भमा धकेलिइ सक्नु भएको अहिलेको समयमा राजनीतिक व्यवसायीहरुले किशुनजीलाई सम्भि्कनुपर्ने आवश्यकता पनि छैन। जीवनको अन्तिम कालखण्डतिर उहाँ आफू प्रधानमन्त्री वन्ने ठट्टा गर्नु हुन्थ्यो। ठट्टा उहाँको जीवन्त स्वभाव थियो। तर, मूर्खहरु यसलाई गम्भीरतापूर्वक लिन्थे र ँकन्स्पिरेसी थ्योरीँ वनाउँथे। कतै किशुनजी साँच्चै प्रधानमन्त्री हुनुहुने त होइन भनेरसशंकित हुन्थे। उहाँको ठट्टाका विरुध्द छापागिरी गर्दथे। किशुनजीको व्यक्तित्वको सान्दर्भिकता समाप्त भइ सकेको हल्ला गर्दथे र रमाउँथे। उहाँ नेपालको आत्मकेन्द्रित र संवेदनहीन राजनीतिक समाजबाट स्वेच्छाले पन्छिएर वस्नु भएको थियो। तै पनि, उहाँको दौराको फेर समातेर सत्ताको भरेङ चढन खोज्नेहरु उहाँको वरपर झुुम्मिइ रहन्थे। निस्पृह भावले उहाँ सवैलाई सान्त्वना दिनुहुन्थ्यो। त्यतिसम्म हो। आफना लागि र अरु कसैका लागि पनि कहिल्यै कुनै आग्रहगर्नु भएन उहाँले। उहाँ जे हुनुहुन्थ्यो त्यही देखिनु हुन्थ्यो। उहाँले आफनो नैतिक चरित्र र निर्णायक क्षमतामा कहिल्यै कुनै चूक आउन दिनु भएन।
वर्तमान राजनीतिका मानदण्डहरु वदलिएक ाछन। किशुनजीले मानवीय स्वतन्त्रताका लागि, नेपाली जनताको अधिकार र आत्म-सम्मानका लागि सतत संघर्षगर्नु भएको थियो। नेपाली जनताले स्वतन्त्रताको सीमा नाघेर स्वच्छन्दताको हदैसम्म आफना अधिकारहरुको उपभोगगर्न पाउनु पर्दछ भन्ने मान्यतामा उहाँ जीवन पर्यन्त दृढ रहनु भयो। आफनै कथित अनुयायीहरुले समेत राजनीतिलाई भोग-विलाश र सुख-सुविधाको माध्यम वनाएर मूल्य पध्दतिको धज्जी उडाउन थालेपछि उहाँलाई असहनीय पीडावोध हुनु अस्वाभाविक थिएन।
नेपालमा गणतन्त्रवादको लहर चलेका वेला पनि किशुनजी संवैधानिक राजतन्त्रको पक्षमा उभिएको चर्चा गरेर उहाँलाई होच्याउन खोज्नेहरु अहिले पनि छन। नेपाली कांग्रेसले आफनो स्थापनाको समयमा स्वीकार गरेको संवैधानिक राजतन्त्र र संसदीय प्रजातन्त्रको सैध्दान्तिक मान्यताका विपरित जतापायो त्यता नाच्दै हिंडने व्यक्तित्व थिएन किशुनजीको। नेपाली जनताका मौलिक अधिकारका लागि किशुनजीका जति चर्को संघर्ष अहिलेका गणतन्त्रवादीहरुले गर्न त के सोच्न पनि सकेका छैनन। हरेक कामको ज्याला खोजे जस्तै राजनीति र त्योसंगै उठाएको दुःखको वदलामा राज्यसंग पाइ पाई उठाएर लिने संस्कार विकसित भएको अहिलेको समयमा किशुनजीको विचार प्रक्रियालाई वुझदै नवुझी टिप्पणीगर्नु अन्याय त हुँदै हो, राजनीतिगर्नेहरुका लागि अशोभनीय कुरा हो।
राजनीतिक ध्रुवमा कहिल्यै दक्षिणपन्थी रुझानराख्नु भएन किशुनजीले। उहाँ न कसैसंग दच्किनु भयो, न डराउनु भयो। २०४७ सालको संविधानमा जनताको सर्वोपरित कायम राख्न किशुनजीले कति ठूलो संघर्ष गर्नु परेको थियो त्यो कुरा अहिले गणतान्त्रिक संविधानलेख्न वसेका नेताहरुले वुझेका होलान। राजतन्त्र समाप्त भै सकेको अवस्थामा समेत नेपाली सेनासंग विसंगत सम्वन्धमा फसेका राजनीतिक दलहरुका लागि किशुनजीको सम्झना सान्दर्भिक हुनेछ। राजनीति खुला छ, समाज स्वतन्त्र छ, व्यक्तिको सर्वोपरिता स्थापित भै सकेको छ र पनि एक थान संविधान वन्न सकेको छैन। किनभने, राजनीतिक दलहरुमा विचार-चिन्तन केही छैन। रित्तो गाग्रो धेरै छचल्किन्छ भन्ने उखानलाई सावित गरी सकेका छन नेताहरुले। उनीहरुले न इतिहासबाट सिक्न सकेका छन, न वर्तमानलाई वुझन सकेका छन।
संक्रमण अघिल्लो समयमा पनि थियो। २००७ सालदेखि २०१५ सालसम्मको संक्रमणको दाँजोमा अहिलेको संक्रमण केही पनि होइन। राजाको सक्रिय उपस्थितिमा समेत तत्कालीन समयका नेताहरुले संविधान र संसदको स्थापना गर्न सफलता पाएका थिए। २०४६ सालको आन्दोलनपछि किशुनजीले एकै वर्षमा संक्रमणकालीन समयको सुखद अन्त्य गर्नु भएको थियो। २०६२ पछि समय पूर्ण रुपले वदलिएको छ र पनि नेताहरु मुलुकको व्यवस्थापनमा चुकेका छन।
शक्तिको अतिरन्जना र अपरिमित लोभले विगार्न थालेको छ मुलुकलाई। चप्पल लाउनेले जुत्ता लाउन पाउनु पर्दछ। तर, एउटै गोडामा तीन जोर जुत्ता लाउनु त रुचिको विकृति नै हो।
किशुनजी वित्नु भएको एक वर्ष वितिसकेछ। उहाँको मन र आत्माको पवित्रताले होला, कहिल्यै सोच्दै सोचिएन उहाँ वित्नु भएको कुरा। सम्भवतः अमर हुनु भनेको यही नै हो। जसले आफना जीवन्त विचारहरुले जनतालाई प्रेरित र प्रभावित गर्दछ, त्यही मानिस अमर हुन्छ जनताको मन र विचारमा।
किशुनजीका जीवनका उपलव्धिहरु के थिए? उहाँको जीवनको कुन पक्षको अनुशरण गर्नु पर्दछ अहिलेका राजनीतिकहरुले? सन्चार माध्यमले धेरै कोट्याए यो प्रश्न। यो कुनै उदभट खालको प्रश्न होइन। समयलाई कसैले पछ्याउन र अनुशरणगर्न सक्दैन। दुइवटा मात्र विकल्प छन, यात समयको प्रवाहसंगै वग्नु पर्दछ या समयको प्रवाहका विपरित चल्नु पर्दछ। किशुनजी नेपाली समयको सतत चेतना हुनुहुन्थ्यो। समयको प्रवाहका विपरित चलेर समयमाथि नियन्त्रण जमाउनु भएको थियो उहाँले। अनुभव र अध्ययनले खारिएको मानिसले मात्र विवेकसम्मत कामगर्न सक्दछ। यस्ता मानिसले नै समयलाई आफनो नियन्त्रणमा राख्न सक्दछन। राजनीतिक हिसावले किशुनजी सफल असफल के हुनु भयो? यसको चिन्ता गरी रहनु पर्दैन। राजनीतिमा असफल भएको भए किशुनजी तमाम षडयन्त्रहरुलाई चिरेर दुइ दुइ पटक प्रधानमन्त्री हुनुहुने थिएन। प्रधानमन्त्री वन्दा पनि त्यो पदप्रतिको असंलग्नता र निस्पृहताले किशुनजीलाई किशुनजी वनायो। आत्म-सम्मान वन्धक राखेर पदमा रहने लिप्सा उहाँमा थिएन। त्यस्तो लिप्सा भएको भए उहाँलाई लाखौं मानिसले सम्भि्करहनु पर्ने थिएन।
किशुनजीको कुल थिएन। एउटा सामान्य परिवारका मानिस, सही अर्थमा सर्वहाराको जीवन जिउनु भयो उहाँले। कुलीन मिथ्याका विरुध्द सामान्य नेपालीको आत्मसम्मानका विरुध्द निरन्तर संघर्षको जीवन रह्यो उहाँको। सन्त शव्द उहाँको नामको अगाडि खूव खुलेको थियो। आज सन्त नेताको सम्झना मात्रैले मेरो मन पुलकित भएकोछ। यस्तो लाग्दैछ, अहिले पनि उहाँ म संग ठट्टा गरी रहनु भएको छ - वागमतीको पानीमा सवैको वुध्दि भ्रष्टगर्ने ताकत छ।