आदिकालमा एक पण्डित जजमानकहाँ श्राद्ध सकेर घर फर्कँदै रहेछन्। लोभी पण्डितले बाटोमा मकैको बोटमा पोटिलो धानको बाला देखेछन् र मन थाम्न नसकी दारेछन्। पण्डितको व्यवहार देखेर भगवान्लाई साह्रै रिस उठेछ र अब मकैमा कहिल्यै धान नफलोस् भनेर श्राप दिएछन्। भनिन्छ, तिनै पण्डितको लोभले गर्दा त्यसपछि मकैको शिरमा खोस्टे बालामात्र लाग्नथाल्यो।
लोभ संवरण गर्न सकस हुन्छ किनभने यो मानसिक कमजोरी हो। हाम्रा अधिकांश नेता यही रोग पालेर बसेकाले देश पतनको गर्तमा पुगेको हो। प्रधानमन्त्री माधवकुमार नेपाल भ्रष्टाचारका लागि खासै बदनाम छैनन् तथापि पदलोलुपताले उनमा विचलन आएको आभास हुँदैछ। राष्ट्र हाँक्ने जिम्मेवारी किन र कसरी काँधमा आयो भन्ने बोध नगरी माओवादी फकाउन घरि गोदावरी, घरि नयाँ बजार त घरि झम्सीखेलतिर दौडिरहेका उनलाई कसले सम्झाउला, उनको कसरतले न उनको सरकार दीर्घायु हुन्छ, न लोकतन्त्रै जीवन्त रहन्छ।
नेपालले बिर्सनै नहुने कुरा के हो भने सम्पूर्ण लोकतन्त्रवादी दलले अभूतपूर्व एकता देखाएर उनलाई सरकार प्रमुखको ताज पहिर्याएको एउटै कारणसेनामा विखण्डन ल्याएर सत्ता कब्जा गर्नबाट माओवादीलाई रोक्न हो। माओवादीले सत्ता कब्जा गर्ने सोच सैद्धान्तिक र व्यावहारिकरूपमा नछाडुन्जेल उसलाई सरकारमा ल्याउन खोज्नु उनीहरूको राजनीतिक रोडम्यापलाई बल दिनुमात्र हुनेछ। संविधानसभामा ४० प्रतिशत मत ल्याउने माओवादी ६० प्रतिशत मत ल्याउने अन्य सबै दलविरुद्ध शक्ति र पैसाको उन्माद देखाएर सडकमा ताण्डव गर्छन्, संसद् बन्द गर्छन् र सरकार चलाउन गाह्रो पार्छन् भन्दैमा राष्ट्रिय सरकारको रट लगाएर उनीहरूसँग सम्झौता गरियो भने एकदलीय सर्वसत्तावादका लागि सजिलो बाटो खुल्छ।
वास्तवमा संसद्वादी दलहरूले गतिलो अडान नलिएकै कारण एनेकपा -माओवादी) भित्रका लोकतान्त्रिक गणतन्त्र पक्षधर नेतालाई जनगणतन्त्र स्थापना गर्ने पक्षले पेलेका छन्। माओवादीको हालै सम्पन्न पोलिटब्यूरो वैठकका निर्णयहरूले विपक्षी दलरहित बहुदलीय व्यवस्था, न्यायपालिका र कार्यकारीअन्तर्गत व्यवस्थापिका रहनेजस्ता लोकतान्त्रिक मान्यतालाई खिल्ली उडाउने र जनतामा एकदलीय शासन लाद्ने प्रष्ट नियत देखाउँदा देखाउँदै उनीहरूसँग सम्झौता गर्नुपर्छ भन्नु राजनीतिक कमजोरी हो।
अहिले एनेकपा -माओवादी) ले संसद् र संविधानसभा चल्न नदिएर जुन राजनीतिक चालमाथ गरेका छन् त्यसले उनीहरूलाई पनि त्यतिकै पिरोल्छ। अझै केही दिन संसद् चल्न नदिने, सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न नदिने र बजेट आउन नदिने हो भने एमाले र नेपाली कांग्रेसले बाध्यात्मक अवस्थामा अख्तियार गर्ने कदमले उग्र दक्षिणपन्थी शक्तिलाई बढावा दिनुबाहेक कुनै दललाई फाइदा पुर्याउँदैन।
वास्तवमा माओवादी स्वयंलाई यथासक्य सरकारमा सामेल हुनुपर्ने बाध्यता छ। उनीहरूको कार्यकर्ता भरणपोषण र पार्टी सञ्चालनमा भइरहेको खर्च धान्न सरकारमा नगए फेरि जबर्जस्ती चन्दा असुली र बितण्डा मच्चाउनुपर्ने हुन्छ। अन्यथा अधिकांश मौकापरस्त, लोभीपापी कार्यकर्ता सरकारमा रहेका अरु दलमा उप|mने बाटो खोज्न थालिहाल्छन्। प्रचण्डको भिडियोगेट अर्थात् बोलीपासोले गर्दा क्याम्पमा रहेका लडाकुलाई विश्व बैंकले पैसा नदिने निर्णय गर्ने अवस्था आएकाले पनि उनीहरूलाई सरकारमा सामेल भई तुरुन्त बैंकको यो कदम रोक्नुपर्ने भएको छ।
माओवादीहरू देशमा अस्थिरता पैदा गरेर, राज्य सञ्चालनमा बाधा पुर्याएर र संसद् चल्न नदिएर सबै दललाई उनीहरूको नेतृत्वमा राष्ट्रिय सरकार नबनी अर्को विकल्प छैन भन्ने प्रमाणित गर्न लागिपरेका छन्। असुरक्षा, अभाव, अस्थिरताका कारण सर्वसाधारण पनि राष्ट्रिय सरकारको विकल्प छैन भन्न थालेका छन् जुन सतही समाधान मात्र हो।
प्रम नेपाल माओवादीलाई सरकारमा समाहित गराई आफूले राष्ट्रिय सरकारको नेतृत्व गर्न पाए शान्ति प्रक्रिया तार्किक निस्कर्षमा पुग्ने र संविधान समयमै बन्ने कुरामा विश्वस्त छन् जुन सर्वथा गलत छ। यो कदम समस्यासँग भाग्ने शुतुरमुर्गी सोचबाहेक अरु केही होइन।
अहिलेको समस्या भनेको बन्द, हड्ताल, आक्रमण, भीडन्त, कुटपिटमात्र होइनन्। समस्या नेपालको भविष्य र लोकतन्त्रको जीवन्तताको हो। आफ्नो नेतृत्वमा सरकार बन्ने छाँट नदेखिए चाँडै नै माओवादी माधव नेपाल सरकारमा सामेल हुन विवश हुनेछन्। तर उनीहरूले मान्नेबित्तिकै आफ्नो सरकारको आयु लम्बिने लोभमा नेपालले हतार गर्न उचित हुँदैन। माओवादीले लोकतन्त्र र बहुलवाद सिद्धान्त र व्यवहारमा नमानुन्जेल यो देशमा कुनै पनि अवस्थामा शान्ति र स्थिरता हुँदैन। त्यसैले लोकतान्त्रिक दलहरूले अडान लिए भनेमात्र जनताको संघर्षले प्राप्त गरेको उपलब्धिको रक्षा होला, अन्यथा लोकतन्त्र मकैको बोटको शिरमा धानको बालाझैँ आलंकारिकमात्र रहनेछ।