नेपाली जनमानसमा अझै संविधान बन्ने विश्वास पलाइसकेको छैन। मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष उपप्रधान, गृह एवं रक्षामन्त्री विजयकुमार गच्छदारविरुद्ध उत्रेका उनकै पार्टीका १६ जना सभासद्ले तत्कालै संसदीय दलको बैठकको माग गरेका छन्। यस अभियानको नेतृत्व लिने ओमप्रकाश यादव त्यस दलका संसदीय सचेतक (ह्विप) पनि हुन्।
बैठक बोलाउन माग गरेर सही गर्नेमा अहिलेका वन (फडानी) मन्त्री मोहम्मद वकिल मुसलमानसम्म छन्। यी सबैलाई जोड्दा २८ जनाको दलमा १६ जनाले ज्ञापनपत्रमा सही गरेको देखिन्छ। उनीहरूको भनाइ छ - मधेस एक प्रदेश, नागरिकताको प्रश्न र थरुहट यी सबै सँगै जान सक्तैनन्। अर्कातिर, मधेस आन्दोलनको नेतृत्व गर्ने उपेन्द्र यादव भन्छन् - जातीय राज्य संभव छैन। राज्य पुनर्संरचना आयोगले देखाएको बाटोबाट राज्य पुनर्संरचना गर्ने पक्षमा नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा हुन् वा एनेकपा (माओवादी) पुष्पकमल दाहाल वा अरू कुनै नेता पनि देखिँदैनन्। अझ ठुलो सत्य त के हो भने राज्य पुनर्संरचना यथार्थमा १० वर्षे 'जनयुद्ध'को वास्तविक एजेन्डा होइन। यो त सोझा जनतालाई लोभ्याएर आफ्नो अभीष्ट पूरा गर्ने एउटा दलको केही दिनको भुलभुलैयामात्रै थियो। अब त्यो सबैलाई घाँडो भएको छ।
राज्य पुनर्संरचना र संघीयतालाई एकै ठाउँमा जोड्नु नै गल्ती थियो। राज्य पुनर्संरचना यो मुलुकलाई आवश्यक छ। तर संघीयता कति आवश्यक हो वा हैन भन्नेमा होस नपुर्याइएकै हो। अहिले विज्ञ भनिएकाले दिएको प्रस्ताव आयो, त्यो कसैलाई स्वीकार्य भएन। हुने विषय पनि थिएन। सर्वेक्षणहरूबाट देखिन्छ - यो जनसाधारणले मागेको विषय नै होइन। जातीय राज्यका पक्षमा जनमत छँदैछैन। यस विषयलाई जनमत संग्रहबाट टुंगो लगाउन सकिन्थ्यो होला तर त्यसलाई माओवादीले प्रतिष्ठाको प्रश्न भन्दै आाएको छ। किनभने जनमतसंग्रहमा उसको विजय हुने देखिँदैन। ऊ जनमतका बलमा बलियो र ठुलो भएको दल हुँदा पनि होइन।
नेपाल संघीय हुनु नै किन पर्यो? संघीयता कहाँ र कस्ता मुलुकमा आवश्यक भयो र किन संघीयतामा गए? भन्नेमा होसै नपुर्याई हामी लहैलहैमा संघीयतामा हाम फालेका हौँ। सामन्तवादको उच्चारण नगरी चार वाक्य पनि टुंग्याउन नसक्ने कम्युनिस्टहरूलाई मेरो प्रश्न छ - सामन्तवादको पर्याय नै संघीयता हो? संघ हिजो पनि हुन्थ्यो, संघका शासक सामन्त हुन्थे। ती सामन्तको बीचबाट एउटा संघ बन्थ्यो। पछि त्यसैले आधुनिक रूप लियो। ठुला राज्यहरूबाट आफूलाई बचाउने प्रयत्नमा उनीहरूले संघको निर्माण गरेका हुन्। प्राचीन तथा मध्ययुगको इतिहासमा यस्ता उदाहरण युरोपदेखि भारतीय उपमहाद्विपसम्म प्रशस्तै पाइन्छन्। आधुनिक कालखण्डमा आइपुग्दा नपुग्दै औपनिवेशिक शक्तिले कब्जा गरेका भूखण्डलाई उनीहरूले नै संघको दर्जा दिएर गएका हुन्। नेपालमा एकात्मक राज्य प्रणालीलाई तोडेर संघको निर्माण हुनुपर्छ भन्ने सोचको पछाडि दार्शनिक आधार अहिलेसम्म कसैले स्पष्ट रूपमा राख्नसकेका छैनन्।
राज्य पुनर्संरचना आयोगले पनि प्रस्तुत गरेको जातीय आधारमा संघ बनाउने सोचले मुलुकको कायापलट हुने पनि देखिँदैन। हो, ९० को दशकमा सोभियत संघ विखण्डन हुँदा अथवा रुसले कब्जा गरेका भूभाग स्वतन्त्र हुन खोज्दा मान्छेमा सुविधापूर्ण सांस्कृतिक सहजताको खोजी हुँदोरहेछ, सांस्कृतिक पहिचानको खोजी हुँदोरहेछ भन्ने विश्वव्यापीरूपमा बुझियो। तर नेपालको माओवादी आन्दोलन भने स्तालिनको जातिवाद र त्योसित गाँसिएकै राष्ट्रवादसित मात्रै जोडियो। नेपालमा विकास भइसकेको सांस्कृतिक घुलमिलीकरण र सम्मिश्रणलाई त्यसले बुने प्रयत्न गरेन। क्रान्तिका लागि यो नारा सजिलो थियो। र, उसले त्यसैलाई उपयोग पनि गर्यो। गरे वा उसबाट गराइएको जे भए पनि अब यो असजिलो मोडमा पुगेको छ।
संघीयताका असल पक्ष छैनन् भन्ने होइन। कहीँ कतै इतिहासको कुनै कालखण्डमा संघीयताको माग गर्दै पृथकतासम्म जाने आकांक्षा पनि नदेखिएको होइन। तर नेपालको माग त्यस प्रकृतिको पनि देखिँदैन। जिम्मेवार भनिएका नेताहरूबाट त्यस्ता अभिव्यक्ति आएका पनि सुनिएकै हो। जेहोस्, संघीयताको मूल गुण यसले राज्यलाई स्थिरता दिनसक्नु हो। कुनै जाति, भाषा, भेष, संस्कृति या सम्पूर्ण अर्थमा केन्द्रबाट ठगिएको अथवा उत्पीडित भएको या उपेक्षामा परेको भावका कारण त्यहाँबाट विमुख हुने प्रवृत्ति रोक्न, सुशासनको अनुभूति दिलाउन, र आफूभित्र रहेका स्रोत, सम्पदा, क्षमताको उपयोग गर्दै आफ्नो पहिचानलाई अक्षुण्ण राख्न सक्ने अवस्था सिर्जना गर्ने सोच पक्कै पनि खराब होइन। तर प्रदेशको केन्द्रसम्मको सम्बन्धलाई कसरी राख्ने भन्नेमा स्पष्टता छैन भने त्यसले दुष्परिणाम निम्त्याउन सक्छ।
दोस्रो, केन्द्र र प्रदेशबीचमा शक्तिको बाँडफाँट कसरी गर्ने भन्ने विषय पनि छ। यसमा अलिकति पनि चुक भयो भने माथि भनिएका आकांक्षाले विकराल रूप पनि लिन सक्छन्। जाति, धर्म, संस्कृति, पहिचानका दृष्टिले नेपालीहरू पूर्वदेखि पश्चिमसम्म, हिमालदेखि मधेससम्म सर्वत्र बाँडिएर बसेका छौँ। त्यसकारण केन्द्रको पहुँच सबैतिर हुन आवश्यक छ। प्रदेश र केन्द्रको सम्बन्धको निर्धारणमा राम्ररी हेक्का पुर्याइएन भने यो कडी टुट्न जान्छ। फलस्वरूप एउटा अर्को विकराल समस्याको निर्माण हुन सक्छ। तेस्रो विषय मुलुकको स्रोतमाथि सबैको समान अधिकारको हुने हो। आफ्नो प्रदेशभित्रको स्रोतलाई मात्रै हेर्ने वा लिने भन्ने त होइन। यसको समान वितरण कसरी हुनसक्छ? भन्नेमा पर्याप्त ध्यान पुर्याउन सकिएन भने फेरि पनि कुनै प्रदेश ठगिएको ठगिएै हुने, उत्पीडित उत्पीडितै रहने, शोषित शोषितै हुने अवस्था निरन्तर रहनसक्छ। मुलुकको स्रोतमाथिको समान अधिकारलाई प्रदेशहरूमा विभाजित भइसकेका अवस्थामा पनि सुनिश्चित गर्ने व्यवस्था हुनुपर्छ। कसैले मेरो प्रदेशमा स्रोतको भण्डार छ र फलानो प्रदेशमा छैन भन्ने दम्भ गर्नु निरर्थक हो। त्यसो भयो भने प्रादेशिक हैकमवाद, भ्रष्टाचार बढ्न सक्छ। चोथौ, यी सबैको प्रत्याभूति समानरूपले सबैलाई न्याय वितरण गर्नसक्ने राजनीतिक व्यवस्थाबाट मात्र हुनसक्छ। यस्तो व्यवस्था संविधानले मात्र गर्नसक्छ। र, प्रादेशिक विधिविधान पनि राष्ट्रको संविधानसित मेल नखाएका र संविधानसित बाझिएका अवस्थामा त्यसलाई खारेज गर्ने शक्ति केन्द्रसित रहनसक्नु पर्छ।
नेपालजस्तो मुलुकमा केन्द्रलाई कमजोर गरेर प्रदेशलाई साह्रै बलियो बनाउनुको साटो प्रदेशलाई बीचमा राखेर प्रादेशिक प्रशासन, प्रादेशिक स्रोत, साधन, पहिचान, भाषा आदि इत्यादिलाई यथावत रहन दिएर वैयक्तिक स्वतन्त्रतालाई प्रधानता दिन सकियो भने त्यस प्रकृतिको शक्तिनिक्षेपीकरणले काम गर्न सक्ला। होइन, प्रदेशका नाममा मुलुकलाई ६, ८ या १२ जतिसुकै भागमा विभाजित गरे पनि त्यसले तात्विकरूपमा मुलुकको समृद्धिमा खासै ठूलो अवसरको निर्माण गर्छ भन्ने चाहिँ देखिँदैन। केही वर्षका लागि, केही उन्मादी हौसला ल्याउला। जसरी ६२ -६३ को जनआन्दोलनले मुलुकलाई शान्ति र संविधानको नाममा ४ वर्ष अलमल्यायो र मुलुक झन् अधोगतिमा, भयमा, त्रासमा, असुरक्षामा र अपराधीकरणमा पर्न गयो। त्यसैगरी फेरि दुईचार वर्ष बित्न सक्छन्। होइन भने बिनायोजना, सोच, चिन्तनको यो संघीयताले केही हुने लक्षण भने अहिलेसम्म देखिन सकेको छैन।
संघीयता चाहिन्छ या चाहिँदैन भन्ने विषयमै अब मुलुक विभाजित भइसकेको छ। सामान्य कुराकानीबाटै पनि राजनीतिक दलको नेतृत्व पंक्तिबाहेक जनमानस संघीयताको पक्षमा नभएको स्पष्ट थाहा हुन्छ। किन्तु, राजनीतिक दलहरू संघीयताबाट फर्किन्नन् भन्ने पनि जनताले बुझेका छन्। त्यसकारणले मात्रै कस्तो संघीयता उचित हुन्छ भन्ने विषयमा बहस भएको हो। संघीयता नभई मुलुक चल्दैन भन्ने सोचमा नेपालको ठुलो जनमत रहेको देखिँदैन। साथै, त्यस्तो कुनै परीक्षण पनि भएको छैन। संघीयतालाई बोकेरै हिँड्ने हो भने जेठ १४ भित्र यो संविधान बन्दैन। शान्ति प्रक्रिया, संविधान निर्माणको नियमित तालिका आदिले पनि जेठ १४ भित्र संविधान बन्ने लक्षण देखाउँदैन। जेठ १४ भित्र संविधान जारी गर्न कार्यतालिका नियमावलीदेखि लिएर धेरै पक्षामा संशोधन गरेर अगाडि बढ्नुपर्छ। दलहरूबीचमा भएका अहिलेसम्मका समझदारी र सम्झौतामा पनि धेरै थपघट गर्नुपर्ने हुन्छ। त्यसका लागि यसै पनि बाँकी समय पर्याप्त छैन। दलहरूभित्र थप विवाद सिर्जना हुँदै गएका छन्। सरकारका मन्त्रीहरू एकपछि अर्को गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको घेरामा परिराखेका छन्। सरकारको आयुको ठेगान छैन। बम पड्केको र समातिएका घटना थपिँदा छन्। यी सबै कारणले पनि संविधान विलम्बित हुँदैछ। संघीयताको स्पष्ट खाकासहित संविधान बन्ने लक्षण त झन् कत्ति पनि छैन। यो बन्न सक्दैन र वर्तमान सरकारको यो नबनोस् र विलम्बित होस् भन्ने उत्कट चाहना रहेको देखिएको छ। नभएदेखि उसले सर्वोच्च अदालतले दरपिठ गरिसकेको मुद्दालाई पुनरावलोकनको माग गर्ने थिएन। यसैले जेठ १४ गतेसम्ममा संविधान बन्छ भनेर भन्नु अर्को झुटको खेती हो।