तीन दलका मुख्य नेताहरू शान्तिप्रक्रिया र नयाँ संविधानका विवादित विषय हल गर्ने 'अन्तिम प्रयत्न' मा जुटेका छन्। शान्तिप्रक्रिया पछाडि फर्कन नसक्ने ठाउँमा पुगेको छ। संविधानका पाँच विषय राज्य पुनर्संरचना, शासकीय स्वरुप, निर्वाचन प्रणाली, न्यायप्रणाली र मौलिक अधिकारबारे मात्र सहमतिमा पुग्न बाँकी छन्। अर्को शक्तिको खतरा महसुस नगर्ने हो भने जेठ १४ सम्म पनि सायद उनीहरू सहमतिमा पुग्दैनन्।
एनेकपा (माओवादी), नेकपा (एमाले) र कांग्रेसका प्रमुख नेताहरू राजनीतिक दलका नेताहरूको ध्यान शान्तिप्रक्रिया निष्कर्षमा पुर्याउने र नयाँ संविधानमार्फत देशमा लोकतान्त्रिक शासन प्रणाली स्थापना गर्न केन्द्रित हुनुपर्ने हो। तर, दुई वर्षभित्र संविधान लेख्ने कसम खाएका नेताहरू चार वर्ष पुग्न लाग्दा पनि जनता ढाँटेरै समय काटिरहेका छन्। कांग्रेस-एमालेको ध्यान माओवादीलाई बदनाम गराउनमा केन्द्रित छ। माओवादी एमाले-कांग्रेसलाई आगामी चुनावमा पनि थला पार्ने रणनीतिमा छ। यसै खेलमा छ दशक पुरानो संविधानसभाबाट संविधान बनाउने नेपालीको सपना बन्दी भएको छ। सर्पले आधा निलिसकेको भ्यागुतोजसरी आफू अगाडि आइपुगेको झिँगा निल्न प्रयत्नशील हुन्छ, त्यसै गरिरहेका छन् प्रमुख दलहरू। जेठ १४ को समयसीमा तीन महिनाभन्दा नजिक भए पनि दलका नेतामा चेत फिरेको छैन।
दलहरू सार्वजनिक खपतका अभिव्यक्ति दिनमै रमाइरहेका छन्। सार्वजनिक खपतका अभिव्यक्ति दिन माओवादी, कांग्रेस-एमाले कोही कम छैनन्। कसले कति सक्छ भन्नेमात्र हो। चुनावी प्रतिस्पर्धाको बहुदलीय राजनीतिमा माओवादीभन्दा अनुभवी भएकाले एमाले-कांग्रेस यसमा एक कदम अगाडि देखिन्छन्। पछिल्लो पल्ट एमाले-कांग्रेसका विशेष समिति सदस्यहरू सार्वजनिक खपतका अभिव्यक्ति दिएर 'एक्सपोज' भए। तीन दलको बैठकले शान्ति, संविधान र वितगका सहमति कार्यान्वयनबारे जिम्मेवारी बाँडफाट गरेको दुई दिनपछि प्रधानमन्त्री बाबुराम भट्टराईलाई तत्काल विशेष समिति बोलाउन मिडियामार्फत प्रचार गरी पत्र पठाए। सेना समायोजन विशेष समिति सदस्यहरू कांग्रेसका रामशरण महत र मिनेन्द्र रिजाल अनि एमालेका ईश्वर पोखरेल र भीम रावलले पत्रमा हस्ताक्षर गरेका थिए। प्रधानमन्त्री बाबुराम भट्टराई गोरखा गएको दिन उनीहरूले पत्र लगेर प्रधानमन्त्रीका प्रमुख सचिव गंगा श्रेष्ठको सचिवालयका कर्मचारीलाई पत्र बुझाए। बुझाउनुअघि एमाले नेता रावलले संवैधानिक समितिको बैठकबाट बाहिर निस्कने क्रममा सञ्चारकर्मीसामु पत्र पढेर सुनाएका थिए, जुन दिनभरि सञ्चारमाध्यममा बजे। भोलिपल्टका छापाहरूमा पनि छापिए।
प्रतिपक्षी दलहरू एमाले-कांग्रेसका विशेष समितिका चार जना सदस्यहरूको उद्देश्य यतिमात्र देखिन्छ, प्रधानमन्त्री बाबुराम भट्टराईले विशेष समिति बैठकसमेत नबोलाएर शान्तिप्रक्रियाका सम्पूर्ण काम अड्काएका छन् भन्ने देखाउनु। मागअनुसार प्रधानमन्त्रीले बैठक बोलाएका भए त्यसको एजेन्डा के हुन्थ्यो र कसरी निर्णय हुनसक्थ्यो? चार सदस्यले पत्र बुझाउनुभन्दा दुई दिनअघि नै कांग्रेस सभापति सुशील कोइराला र एमाले अध्यक्ष झलनाथ खनालले शान्तिप्रक्रियासम्बन्धी प्रस्ताव माओवादी अध्यक्ष पुष्पकमल दाहालले तयार पार्न जिम्मा दिएका थिए। अनि कोइरालालाई विगतका सहमति कार्यान्वयन र एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई संविधानबारे सहमतिको प्रस्ताव तयार पार्ने जिम्मेवारी दिएको थियो। पार्टी अध्यक्षले गरेको निर्णय र पत्र बुझाउने कार्य आपसमा मिल्छ? कि अब पार्टीहरू चल्न छाडिसके? नत्र अध्यक्षहरूका निर्णय उल्लंघन हुने गरी सार्वजनिक खपतका कुरामात्र गर्न अहिलेजस्तो अप्ठेरो राजनीतिक मोडमा सुहाउने कुरा होइन।
राजनीतिक दलका नेताहरू जनताको पक्षमा काम गर्नेभन्दा पनि सार्वजनिक खपतका अभिव्यक्ति दिएर 'पपुलर' हुने प्रयत्न गरिरहेका छन्। एक वर्षअघि संविधानसभाका केही सभासद्हरू आफूलाई सक्रिय देखाउने प्रयत्नमा देखिन्थे। आफ्नो दलका नेताहरूलाई संविधानका विषयमा सहमतिका लागि दबाब दिन नसक्ने ती 'युवा सभासद्हरू' संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई संविधानसभाको बैठक बोलाउन ज्ञापनपत्र दिन्थे। समूहमा माओवादी, एमाले र कांग्रेस तीनै दलका सभासद् देखिन्थे। उनीहरूको उद्देश्य पनि यति देखिन्थ्यो- यी सभासद्हरूले काम गरिरहेका रहेछन् भनेर जनतालाई भ्रम दिने। आफैँ बसेको एमाले र कांग्रेसको केन्द्रीय समितिले शान्तिप्रक्रिया अघि नबढी संविधानका काम एक इन्च पनि अघि बढ्न सक्दैन भन्ने निर्णय गरेर आउँथे। अनि संविधान निर्माणको काम अघि बढाउन एजेन्डाबिना संविधानसभाको बैठक बोलाउन माथ गर्थे। यस अभियानका केही बैठकमा सहभागी माओवादीका केही सभासद् भने बैठकमा आउनसमेत बीचैमा छाडेका थिए।
जनता ढाँट्ने दाउमा अभिव्यक्ति दिने शीर्ष र युवा नेताहरू संविधानसभाको यो चार वर्षे कार्यकालमा धेरै देखिए। माओवादी अध्यक्ष पुष्पकमल दाहालले उपसमितिको अन्तिम बैठकमा संविधानका सबै विषयमा सहमति भयो भनेर सञ्चारकर्मीसँग घोषणा गरेकै तीन महिना भइसकेको छ। तर, खोइ त? अहिलेसम्म संविधानको पहिलो मस्यौदा तयार भएको? यहाँ कुरामात्र गरिन्छ, काम गरिँदैन। एमाले नेता माधवकुमार नेपालले आफ्ना दिवंगत नेता मदन भण्डारीको बहुचर्चित भनाइ उद्धृत् गर्दै दुई साताअघि पंक्तिकारसँग भनेका थिए, 'कुराले चिउरा भिज्दैन, चिउरा भिज्न त दूध, दही वा पानी चाहिन्छ।' माओवादी अध्यक्ष दाहाललाई नेपालले गरेको यो छेडखानी नै कारक हो। यहाँ कुराले मात्र चिउरा भिजाउने दाउ खोजिँदैछ। विशेष समिति बैठक बोलाउन प्रधानमन्त्रीलाई बुझाएको पत्र पनि त्यस्तै कुराले चिउरा भिजाउने प्रयत्न हो, जुन सम्भव छैन।
सर्वोच्च अदालतले संविधानसभाको म्यादबारे गरेको पछिल्लो फैसला पुनरावलोकन गरेन भने यो प्रक्रिया जेठ १४ मै अन्त्य हुनसक्छ। सहजै भन्न सकिन्छ, दलहरूबीच सबै विषयमा सहमति भए पनि अन्तरिम संविधान संशोधन नगर्ने हो भने जेठ १४ भित्र संविधान निर्माण सम्भव छैन। दलका नेताहरूको प्रयत्न सफल भयो भने यो समयसम्ममा पहिलो मस्यौदासम्म तयार हुनसक्छ। प्रदेशको सीमांकन र नामांकन यस अवधिमा सम्भव छैन। संघीय ढाँचाबारे संविधानमा के-के उल्लेख गर्ने भन्ने पनि सहमति खोज्नु जरुरी छ। संघीयतामा गएपछि रामराज्य हुन्छ भनेर सपना बाँड्ने जातीय र क्षेत्रीय शक्तिहरूले फेरि यस विषयमा पनि आफ्नो स्वर्थसिद्ध हुनेगरी मुद्दा बनाउन सक्छन्। सार्वजनिक खपतका प्रचारमा लाग्नुको साटो दलहरूको ध्यान यसतर्फ जानुपर्ने हो।
दलहरू मिले भने सर्वोच्च अदालतको फैसलाले दिएको विकल्प प्रयोग गरी संविधान पारित गर्न यही संविधानसभालाई व्यवस्थापिका-संसद्मा रूपान्तरण भएको घोषणा गर्न सकिन्छ। अहिलेको सदनको निरन्तरता हुनसक्छ। तर, त्यसलाई जनताले स्विकार्न इमानदार प्रयत्न भइरहेको विश्वास हुनु जरुरी छ। अहिलेकै जस्तो जनता ढाँट्ने उपायका रूपमा त्यो विकल्प प्रयोग गर्न सकिँदैन। अबका अढाइ महिना नेपाली राजनीतिका सबैभन्दा चुनौतीपूर्ण समय हो। प्रतिगामी सबैभन्दा बढी सल्बलाउने समय पनि यही हो। दलहरूभित्रै तीव्र प्रतिगमन भएको छ। त्यसैले सबै दलका शीर्ष नेताहरूको इमानदार प्रयत्न जरुरी छ। जनता ढाँट्ने सार्वजनिक खपतका अभिव्यक्ति मात्र दिने हो भने सबै दल एकसाथ डुब्छन्। शान्ति र संविधानको यात्रामा रहेका माओवादी, कांग्रेस, एमाले र मधेसी मोर्चा एकै डुंगामा सवार छन्। शान्ति र संविधानको यो डुंगा डुब्नु सबैका लागि उत्तिकै हानिकारक हुन्छ। शान्तिप्रक्रियाचाहिँ टुंगिने तर संविधान बनेन भने नयाँ अधिनायकवादको उदय हुनसक्नेतर्फ एमाले-कांग्रेस सचेत हुनु जरुरी छ।