नेकपा (एमाले)ले मेचीदेखि महाकालीसम्मका कार्यकर्ता, समर्थक र शुभेच्छुकको भिड बटुलेर लामो समयपछि शक्ति प्रदर्शन गरेको छ। पञ्चर्याली सम्झाउने भिड प्रदर्शन गर्दै तेस्रो ठूलो दलका नेताहरूले सामान्य जनता र कार्यकर्तामा एमाले नै सबैभन्दा ठुलो दल रहेको भान पार्न खोजेका छन्। भिडमार्फत् शक्ति प्रदर्शन गर्ने पुरानै शक्ति राजनीतिको परम्परा दोहोर्याएर उनीहरूले पार्टीभित्रका गुटहरूबीच एकता भइसकेको र अब एमालेले नेपाली राजनीतिमा हस्तक्षेपकारी भूमिका खेल्न थाल्ने सन्देश दिन पनि खोजेका छन्। किन्तु, भान पार्न खोज्दैमा त्यो चरितार्थ हुन नसक्ने यथार्थ भने राष्ट्रिय पार्षद्हरूको ज्याम्बोरीले संकेत गरेको छ।
काठमाडौंका नाकानाकाबाट जुलुस निकालेर नाराबाजी गर्दैमा एमालेभित्रका गुटहरूको एकता मजबुत हुँदैन। विपक्षीलाई सराप्ने क्रममा खुलामञ्चबाट पार्टीका नोकरशाहहरू न्वारानदेखिको बल झिकेर कुर्लंदैमा एमाले राजनीति हस्तक्षेपकारी पनि हुने होइन। प्रज्ञा प्रतिष्ठानको बन्द हलमा दुई दिनसम्म चोचोमोसो मिलाउने वा तीतो पोख्ने काम गर्दैमा एमाले सबैभन्दा ठूलो र पहिलो दल बन्ने पनि होइन। उत्पीडित नेपाली जनतालाई सशक्त पार्ने, जनताका आशा र आकांक्षालाई मुखरित गर्ने काममा नेता कार्यकर्तालाई क्रियाशील बनाउने तथा तत्कालका लागि शान्ति प्रक्रिया, संविधान लेखन र राज्य पुनर्र्संरचनाका मुद्दामा अग्रगामी एजेन्डासहित पहल गर्नेे काममा चुकिरहेको एमाले भिड प्रदर्शन र भाषणबाजीको क्रममा आत्मरतिमै रमाएको बढी देखियो। आफैं सशक्त र जाग्रित नभएका नेता कार्यकर्ताले थालेको देशव्यापी जनजागरण अभियानको अन्त्यमा गरिएको राष्ट्रिय प्रतिनिधि परिषद्को भेलाले खुलामञ्चका तिनै भाषणबाजीको लिखितरूपमाथि नै लालमोहर लगाएकाले आत्मरति अरू केही लम्मिनसक्छ।
पहिलो दलको भएको आत्मरति
देशभरिको शक्ति बटुलेर गरिएको शक्ति प्रदर्शन आफैं एमालेको एकीकरण र सशक्तीकरणको नमुना होइन, बरु आत्मरतिको विस्तार भएको छ। किनभने, एमाले नेताहरूले बोली र व्यवहारबाट मात्रै होइन, दस्तावेजबाट पनि अनेक आत्मरतिपूर्ण दाबीबाहेक अरु केही व्यक्त गरेका छैनन्। जनताको मनमा अहिले पनि एमाले नै सबैभन्दा ठूलो र सबैभन्दा पहिलो दलका रूपमा रहेको आत्मरतिपूर्ण भाषण र विचारको लेखनीले एमालेजनको मनमा गढेको लघुताभासलाई नै पोखेका छन्। उनीहरूका भाव र भंगिमा हेर्दा लाग्छ, तेस्रो ठूलो पार्टी मात्रै हुनु एमालेका लागि सबैभन्दा ठूलो दुःख हो। सबैभन्दा ठूलो दल र पहिलो पार्टी हुन नसक्नु एमाले नेताहरूका लागि सबैभन्दा ज्यादा पीडाको विषय हो। पार्टीको आयतन ठूलो हुनु र नहुनु वा पहिलो वा दोस्रो, तेस्रो ठूलो पार्टी हुनुको सम्बन्धलाई सत्ता शक्तिसँग मात्रै जोडेर हेरिएको देखिन्छ। तिनलाई उत्पीडित जनताका आशा र आकांक्षाको सम्बोधनसँग जोडेर कमै हेरिएको छ। संविधानसभाको निर्वाचनमा सबैभन्दा ठूलो पार्टी हुने र सत्ता शक्तिमा हालीमुहाली गर्न पाइने आशामा रमाएका एमालेजनले तेस्रो स्थानमात्रै पाउँदाको पीडाले जन्माएको हीनताबोधलाई छोप्न एकपछि अर्काे आत्मरतिपूर्ण आचरण गर्नु बु‰न नसकिने खालको छैन।
बाहिर भिड जुटाएर शक्ति प्रदर्शन गर्नु र आन्तरिक रूपमा एकीकृत र सशक्त हुनु फरक हो। तर, यसलाई राष्ट्रिय प्रतिनिधि परिषद्को बैठकले पनि पहिचान गर्न सकेन। हुन त विभिन्न गुटमा विभाजित भए पनि एमालेको सांगठनिक ढाँचाकाँचा टुटेको छैन। पार्टी भनेको संगठन त हो, तर संगठनमात्रै चाहिँ होइन। सांगठनिक ढाँचाकाँचा नटुट्नुको अर्थ संगठनका नोकरशाहहरू क्रियाशील रहनु हो। तिनकै क्रियाशीलताका कारण पार्टी संगठन जति अनुमान गरिए जति भत्केको छैन। माओवादीको उभारपछि जति भत्किनुपर्ने थियो, भत्किसकेको छ। माओवादीप्रति मोहभंग सुरु भएपछि एमालेमा पहिरो जाने क्रम रोकिएर स्थिरता आएको छ, एकताको माला जपिएपछि अलिकति स्फूर्ति पनि आएको छ, जनजागरण अभियानसँगै कार्यकर्तामा केही ऊर्जा पनि थपिएको छ। तर, सदरमुकाममा लामो समयसम्म खुम्चिएको संगठन पुनः विस्तार भने भएको छैन। किनभने, गुटगत द्वन्द्वले थिलथिलो भएको संगठनमा जीवन भर्ने एजेन्डा र पहलकदमी विस्तार गरिएकै छैन, चाहे राष्ट्रिय रूपमा होस् या स्थानीय।
गुटैगुटबीचको मोर्चाबन्दी
एमाले पनि नाममा पार्टी हो तर कामका हिसाबले विभिन्न गुटबीचको संयुक्त मोर्चामात्रै हो। पछिल्लो चरणमा अध्यक्ष झलनाथ खनालको समूह र प्रभावशाली भनिने नेता खड्गप्रसाद शर्मा ओलीको समूहबीच एकता भएपछि पार्टी एकताबद्ध भएको दाबी गरिएको छ। तर, दुइटा गुटका नेताहरूको टुप्पी गाँसिँदैमा संयुक्त मोर्चा पार्टीमा फेरिने र पार्टीमा एकता कायम हुने होइन, न त संगठनै सुदृढ हुने हो। एमालेमा विभिन्न गुटबीच विभाजन र एकताको प्रक्रिया एकसाथ चलिरहेकैे छ। दुइटा गुटको एकतापछि विपक्षी गुटको उदय भएको छ, माधव नेपाल र ईश्वर पोखरेल गुटका रूपमा। पार्टीहरूमा 'अमिवा' प्रवृत्ति रहेसम्म नेताछिच्छे गुट र गुटपिच्छे नेताको सिर्जना भइरहन्छ। अमीवा प्रवृत्ति भनेको व्यक्तिवादी नेतृत्व प्रणालीको अनिवार्य परिणति हो। एमालेको विभाजन र एकता, एकता र विभाजनको शंृखलाले व्यक्तिवादलाई घटाएको छैन। पार्टीभित्र र बाहिरको सत्ता केन्द्रित व्यक्तिवादकै परिणति भएका छन्, यस्ता एकता र एकताको नाटक पनि।
पार्टी भनेको नेतृत्व हो तर नेतृत्वमात्रै पनि होइन। एमाले नेताहरूले सिंगो पार्टी संगठनको नेतृत्वसमेत राम्ररी गर्न नसकेको यथार्थ कसैबाट लुकेको छैन। सबैजसो नेता आआफ्ना गुटको नेतामा सीमित भएको तीतो सत्य पनि कसैबाट लुकेको छैन। गुटको नेतृत्व गर्दैमा भ्याइनभ्याई भएका नेताहरूले राष्ट्रिय राजनीतिको नेतृत्व गर्न भ्याउने सम्भावना हुँदैन। राष्ट्रिय राजनीतिक नेतृत्व भनेको गुटगत चोचोमोसो मिलान र सांगठनिक एकताको प्रदर्शनबाट मात्रै सम्भव हुँदैन। जनताका आशा र आकांक्षाको प्रकटीकरण, राजनीतिक सबालहरूमा अग्रगामी सोचाइ र तिनका लागि 'स्पेस' बनाउने पहलकदमीबाट मात्रै राजनीतिक नेतृत्व स्थापित हुन्छ। एमालेबाट अग्रगामी एजेन्डासहित राजनीतिक पहल नभएको पनि जुग भइसक्यो, जनताका एजेन्डा छुटेको पनि जमाना भइसक्यो। कहिले राजाको, कहिले कांग्रेसको त कहिले माओवादीको एजेन्डा बोकेकै भरमा एमालेको राजनीतिक नेतृत्व स्थापित हुने कुरै भएन। अहिले पनि संविधानसभा आफ्नो राजनीतिक एजेन्डै होइन भन्नेहरू वरिष्ठ नेता र प्रधानमन्त्री भइखाएको विडम्बनाबीच एमालेको मौलिक राजनीति खोज्न गाह्रो हुनु अनौठो होइन।
अडान भनेकै अडानहीनता
त्यसो त संविधानसभाको मुद्दामा मात्रै होइन, देश र जनताका अन्य राजनीतिक मुद्दामा केन्द्रित भएर हेर्दा पनि देखिन्छ, एमालेको अडान भनेकै अडानहीनता भएको छ। अडान नहुनु नै एमाले हुनु हो भन्ने दृष्टान्त राज्य पुनर्संरचनाको प्रस्तावमा पनि देखिएको छ। राज्य पुनर्संरचनाको विषयमा समेत आफ्नो स्पष्ट अडान प्रस्तुत गर्न नसक्नु एमालेको चरित्रजस्तै भएको छ। एउटै पार्टीबाट पनि आधिकारिक रूपमा दुदुई वटा प्रस्ताव पेस गरेर एमालेले मध्यमार्ग होइन, दोधारे मार्ग रोजेको छ।
राज्य पुनर्संरचना आयोगले एउटा प्रतिवेदन र त्यसभित्रको अल्पमत पक्षले अर्काे प्रतिवेदन बुझाएकाले राजनीतिक दलका नेता र संविधानसभाका सभासद्हरू अल्मलिएका बेला एमालेले थप झालेमाले दुदुइटा प्रस्ताव राखेर अझ बढी अल्मल्याएको छ। हुन त, आफू मात्रै दोधारमा नपरी अरूलाई पनि दोधारमा पार्नसक्नु नै एमालेको खुबी र विशिष्टताका रूपमा प्रशंसित पनि भएको छ। विशेष गरी संघीयताविरोधीहरूबाट प्रशंसा पाउनुको अर्थ एमाले पनि जातीय संघीयताको विरोधका नारामा वा देश विभाजनको निहुँमा राज्य पुनर्संरचनै नगर्ने दिशामा लागेको प्रतीत हुन्छ। खनाल समूह र ओली समूहलाई जोड्ने केही युवा विद्वान् नेताको जोड चलेमा एमाले संघीयतामा नजाने वा पहिचान र सामर्थ्यलाई बेवास्ता गरी पाँच विकास क्षेत्रको पञ्चायती शैलीमा प्रदेश निर्माण गर्न तत्पर हुने संकेत पनि देखिएको छ।
शासकीय स्वरूप निर्धारणमा पनि एमालेले स्पष्ट नीति लिन सकेको छैन। संविधानसभा निर्वाचनताका आफ्नो बहुमत आउने पूर्वानुमानका साथ एमाले जननिर्वाचित प्रधानमन्त्रीको पक्षमा उभिएको थियो तर तेस्रो ठूलो दलमा झरेपछि उसले मिश्रित शासकीय प्रणालीमा जाने सहमति गरेको थियो। उसले त माओवादीको शेखी झार्न कांग्रेसको प्रस्तावमा संसद्बाट प्रधानमन्त्री निर्वाचित हुने प्रणालीमा जाने मुर्ख्याइँ पनि गर्नसक्छ।
प्रतिक्रियाको राजनीति
माओवादीका क्रियाको प्रतिक्रियामा राजनीति गर्नु एमाले अर्काे पहिचान बनेको छ। प्रतिक्रियाको राजनीतिले होइन, 'प्रोएक्टिभ पोलिटिक्स'ले मात्रै पार्टीको विशिष्ट पहिचान स्थापित गर्छ, अग्रगामी विचारसहितको पहलले राजनीतिक नेतृत्व कायम गर्ने हो। विडम्बना, आफ्नो कुनै एजेन्डा नबनाउने अनि अरू पहिलो दललाई गाली र दोस्रो दललाई आलोचना गर्दै आफू एजेडासम्पन्न भएको भ्रम एमालेमा व्याप्त छ। एमालेजनले बु‰नुपर्छ, वास्तवमा अरूलाई कुरूप भएको आक्षेप गर्दैमा आफू सुन्दर होइँदैन। उनीहरूले थाहा पाउनुपर्छ, अरूलाई पुड्को रहेको दोष थोपर्दैमा आफू अग्लिँदैन। तर, एमालेको एकसूत्रीय एजेन्डा भने आफू सुन्दर देखिन माओवादीलाई कुरूप ठहर्याउनुमात्रै भएको छ। माओवादीलाई उग्रवापमन्थी र कांग्रेसलाई यथास्थितिवादी सुधारवादी ठहर गर्दै आफूलाई सही लोकतान्त्रिक क्रान्तिकारी शक्ति ठहर्याउनु नै एमालेको मौलिकपन भएको छ। आफू सही हुन पहिले आफ्नो एजेन्डा, संगठन र नेतृत्व सही हुनुपर्छ। अरू बेठीक हुँदैमा आफू सही होइँदैन। अरू कुरूप हुँदैमा आफू सुन्दर होइँदैन, अरू उग्रवामपन्थी वा यथास्थितिवादी हुँदैमा आफू आमूल परिवर्तनकारी होइँदैन।
दुःखको कुरा, राष्ट्रिय प्रतिनिधि परिषद्का सदस्यहरूले पनि अध्यक्ष खनालदेखि वरिष्ठ वा कनिष्ठ नेताहरूले पिलाएको माओवादीविरोधी गाँजाबाट मुक्त भई आलोचनात्मक ढंगले सोच्ने आँट र बुद्धिमत्ता देखाउन सकेनन्। माओवादीविरोधी राजनीतिलाई नै लोकतान्त्रिक क्रान्तिकारी राजनीति ठान्ने धङधङी बोकेर उनीहरू घरघर फर्किएकाले एमालेको सशक्तीकरण अरू टाढिने देखिन्छ। बाहिरबाहिर 'एमालेको अभियान : जेठ १४ मा संविधान' नारा लगाउने, तर भित्रभित्र कांग्रेससँग मिलेर शान्ति र संविधानमा छिर्के हान्ने एमाले नेतृत्वको अभियानले देशलाई त भड्खालोमा जाक्छ नै, एमालेलाई पनि उँभो लाग्न दिँदैन। जनताले 'एमालेको अभियान : जेठ १४ मा संविधान' लिएर आउने नेताहरूसँग चार वर्षमा एमालेले गरेको कामको बहीखाता पनि खोज्नुपर्छ। जागिरहेका बचेखुचेका एमालेजनले पनि एमालेखाता पल्टाएर सोध्ने आँट गर्नुपर्छ : शान्ति र संविधान बन्न नदिने अभियानमा एमाले नेतृत्वको महान् योगदान कति प्रतिशत छ?