संविधानसभा निर्वाचनपछि नेकपा (एमाले) ले राजधानीमा पहिलो पटक शक्ति प्रदर्शन के गरेथ्यो, यसले केही विद्वान् महोदयका कटाक्ष भोग्नुपर्यो। उनीहरूले भने, 'एमालेले पञ्च र्याली गर्यो।' मानौँ, उसले आमसभा गर्नु हुँदैनथ्यो। विद्वान्हरूका प्रश्न छन् : भिड जुटाउन सकेँ भन्दैमा पहिलो दल हुँ भन्न पाइन्छ? खुला मञ्चबाट एकता घोषणा गर्दैमा गुटको अवसान हुन्छ? आदि। दोस्रा खाले विश्लेषकले 'एमालेमैत्री' जिकिर गरे, एमालेले जनलहर ल्यायो।
यो मुलुकको पहिलो पार्टी हुने भयो। ऊ राष्ट्रको विकल्पहीन विकल्प हो। ऊ यो हो, त्यो हो। नराम्रोजति सबै अरु हुन्, राम्रोचाहिँ ऊ हो। फागुन २१ गतेको काठमाडौँ जनसभाले एमाले कमजोर नरहेको पुष्टि गरेकै हो। तर, अहिल्यै एमालेको श्रेणी निर्धारण गर्न त्यो काफी छैन। न केहीले दाबी गरेजस्तो एमाले सकिँदै गएको हो। न ऊ मुलुकको मूल बाहक शक्तिका रुपमा अरुलाई आश्वस्त तुल्याउने ठाउँमै आइपुगेको हो। वस्तुतः लामो समयसम्म ओरालो लागिरहेको एमालेको हरिण आन्तरिक एकता प्रयत्न र खुला मञ्चको जनसभापछि उकालोतर्फ फर्केको मात्रै हो। अर्थात् यो रक्षात्मक अवस्थाबाट सन्तुलनतिर आउन थालेको हो।
खुला मञ्चमा एमाले नेता माधवकुमार नेपालको टिप्पणी सुन्दा तेस्रो पार्टीको दोस्रो नेता भएर बस्नुपर्दाको लघुताभास र कुण्ठा स्पष्ट झल्कन्थ्यो। एनेकपा (माओवादी) अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले पहिलो दलको नेताको हैसियत प्रदर्शन गर्दा उनलाई निकै बिझेको रहेछ। नेपाल-कथन सुन्दा लाग्छ, एमालेलाई जसरी पनि पहिलो दल नभई भएकै छैन। एमाले मोटाउन चाहन्छ, सुन्निएरै किन नहोस्। उनीसहित शीर्ष नेताले ठूलो दल बन्ने कसम खाए तर कसरी ठूलो दल भइन्छ भन्नेबारे केही भनेनन्। उनीहरूलाई ठूलो दलको तृष्णा छ। कसरी बन्ने भन्ने उपायचाहिँ थाहा छैन।
नेपालमात्र होइन, एमाले नेताहरू इतिहासमा कत्तिको रुचि राख्छन्, थाहा छैन। तर, उनीहरूलाई आफ्नो दल इतिहासको कुनै कालखण्डमा सबैभन्दा ठूलो दल भएको हेक्का हुनुपर्छ। अल्ममतकै सही, एमाले मुलुकको पहिलो दल भएका बेला नेपाल 'शक्तिशाली' महासचिव थिए। अध्यक्ष मनमोहन अधिकारी भए पनि डाडुपन्युँ नेपालकै हातमा थियो। त्यो बेला एमाले पहिलो दल थियो। जुझारु कार्यकर्ता र व्यवस्थित संगठन थियो। तर, मदन भण्डारीबाट 'बलियो पार्टी' पाएका उनकै नेतृत्वमा रहेको पार्टी किन यो 'तेस्रो दल'मा खुम्चिन पुग्यो? यसबारे न उनले बोले, न उनीसँग यस्तो प्रश्न कसैले सोध्यो। यसको अर्थ नेतृत्वसँग, भविष्यको सपना र प्रतिबद्धता थिएन। दरबार, कांग्रेस र माओवादीलाई जति गाली गरे पनि इतिहासको नियमले एमालेलाई ढिलोचाँडो साइजमा ल्याउनु थियो। संसदीय गणितलाई राजनीतिक आयतनको मानक मान्ने हो भने २०५६ सालमा एमाले दोस्रो भयो। २०६४ मा तेस्रो। भनिन्छ, इतिहासबाट कसैले पनि पाठ सिक्दैनन्, यो नै इतिहासको सबैभन्दा ठूलो पाठ हो। यसलाई एमालेमा प्रतिस्थापन गरिदिने हो भने ऊ आफ्नै इतिहासका उज्याला दिनहरू खरर्र गन्ती गर्न सक्छ तर यी अँध्यारा दिन कहाँबाट कसरी आए भन्नेबारे उसलाई अत्तोपत्तो छैन।
फागुन २१ गतेको भेलामाथि दुई धु्रुवका टिप्पणीकारमध्ये पहिलाले एमालेलाई पुरानै बासी प्रश्न सोधेर थप हैरान बनाएका छन्। दोस्राहरू आत्मप्रशंसाले मख्ख छन्। पहिलाले एमालेलाई ढुलमुले भनेका छन्। कुनै पनि दल सधैँभरि यथास्थितिवादी भइरहन्न, जो एमाले कांग्रेसलाई भन्छ। कुनै पनि दल सधैँ उग्रवादी भइरहन्न, जो एमाले, कांग्रेसहरू माओवादीलाई भन्छन्। त्यस्तै कुनै पनि दल सधैँ ढुलमुले भइरहन्न, जो अरु दल एमालेलाई भन्छन्। एमालेका पछिल्ला चार अडान उसको राजनीतिक भूमिकाबारे ताजा टिप्पणी गर्न योग्य छन्। समायोजनमा जाने लडाकु संख्या निर्धारणमा एमालेले ६ हजार आसपास प्रस्ताव गरेको थियो। माओवादीले ७ हजार र कांग्रेसले ४ हजार। अन्त्यमा ६५ सयमा सहमति बन्यो। दुई, माओवादीले शासकीय स्वरुपको बहसमा प्रत्यक्ष निर्वाचित राष्ट्रपति माग्यो। कांग्रेसले संसदीय व्यवस्थाकै पक्षमा अडान राख्यो। एमालेले प्रस्ताव गरेको प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र आलंकारिक राष्ट्रपतिका पक्षमा सहमतिको अवस्था बन्दैछ। तेस्रो, जातीय आधारमा राज्य बन्नुपर्छ भन्ने माग कति छिटो फैलियो भने त्यसको विरोध गर्नु सानोतिनोे अपराधै मानिन थाल्यो। यसको असरले कांग्रेस नेताहरूमा समेत जातीयताको विषयमा अलमल र भय देखा पर्न थालिसकेको थियो। विरोधमा प्वाक्क बोलिहाल्यो भने भोलि जनमत आफ्नो पक्षमा नआउला भन्ने डरले उनीहरूसमेत बोल्न नसकिरहेका बेला एमाले दोस्रो पुस्ताका नेता घनश्याम भूसालले जातका आधारमा राज्य बन्नै नसक्ने तर्कसहित लेखे। त्यसको प्रभावले पनि हुनुपर्छ, केही वर्षअघि जातीय मञ्च बनाउँदै हिँडेको स्वयं एमालेको राष्ट्रिय परिषद्समेत जातीयताको विरोधमा खुलेरै उभियो। अब ऊ जातीय राज्यको लहैलहैमा फर्कने सम्भावना छैन। चौथो, संघीय राज्य बनाउँदा पहिचानको आधार 'सहअस्तित्व' हुने एमाले प्रस्तावमा ढिलोचाँडो सहमति बन्ने सम्भावना छ। किनकि, माओवादी र अन्य जातीय क्षेत्रीय दलले भनेजस्तो जातीय संघीयता अन्य दलले अस्विकार्ने छन्। कांग्रेस नेताले भनेझैँ ७५ जिल्लालाई नै प्रान्त, जिविस सभापतिलाई मुख्यमन्त्री र सिडिओलाई गभर्नर बनाउने प्रस्ताव पास हुने सम्भावना छैन।
एमालेको औचित्य कुनै अमूक नेता र बुद्धिजीवीले दाबी गरेझैँ सकियो भन्ने तर्कमा आधार छैन भन्ने पुष्टि माथिका उदाहरणले गर्छन्। तर, एमाले स्वयंले दाबी गरेझैँ अब ऊ देशको मुख्य शक्ति भइसकेको तर्कमा भने पत्याउने आधार बनिहालेको छैन। निश्चय पनि लेख लेख्न जति सजिलो छ, खुला मञ्चभरि जनता जुटाउन त्यति सजिलो छैन। त्यस्तै, आमसभा गर्न जति सजिलो छ, राजनीतिको चालक शक्ति बन्न त्यति सजिलो छैन। एमाले ठूलो दल बन्ने हो भने : एक, शान्ति र संविधानको जारी अभियानमा भरपर्दो अग्रसरता लिन सक्नुपर्छ। एमालेको अहिलेको अग्रसरता न हानि गर्ने खालको छ, न फाइदा गर्ने खालको। यस्तो 'चुपचाप अग्रसरता' ले उसलाई राष्ट्रिय राजनीतिमा परैबाट छुट्टिने गरी उभिन मद्दत गर्दैन। दुई, केन्द्रमा घोषित एकता अभियानलाई तलसम्मै लैजान सक्नुपर्छ। अहिले घोषित एकता केन्द्रका चारपाँच नेताबीच भएको छ। आठौँ महाधिवेशनयता गाउँ र वडा कमिटी, जनवर्गीय संगठनका तल्ला इकाईसम्म गुटगत प्रतिशोधको राजनीति जारी रह्यो। त्यस गुटको डोरी चुँडाल्न बिर्तामोड आमसभामा एकताको डोरी उचालेजस्तो सजिलो छैन।
तीन, एमाले 'पहिलो' 'ठूलो' 'निर्णायक' इत्यादि दल हुन राजनीतिक र सैद्धान्तिक हिसाबले ठीक ठाउँमा उभिनुपर्छ। भिडका टाउका गन्दैमा कुनै पनि दल पहिलो हुन सक्दैन। यसो हुँदो हो त पूर्वराजा ज्ञानेन्द्र सबैभन्दा शक्तिशाली भइरहन्थे। राजनीतिकरुपमा सही ठाउँमा उभिएको दलले मात्र मुलुकलाई अगुवाइ गर्छ। जारी परिवर्तनको प्रवाहलाई नेतृत्व गर्न सक्छु भन्ने विश्वास कांग्रेसले दिन नसकेको र माओवादी लोकतान्त्रिक प्रक्रियाको वैध खेलाडीका रुपमा आफूलाई प्रमाणित गर्न नसकेका बेला एमालेका लागि आफ्नो औचित्य र भूमिका देखाउने मौका छ। तर, एमालेले इतिहासको यो जिम्मेवारी बोक्न सक्छ कि सक्दैन? हेर्दा यसका खुट्टा लुला देखिन्छन्। उसले आफूलाई प्रगतिशील, लोकतान्त्रिक दल दाबी गरेको छ। ऊ त्यसलाई व्यवहारबाट प्रमाणित गर्न सक्छ? जसरी एमाले अध्यक्ष झलनाथ खनालले कांग्रेसलाई इंगित गरेझैँ राजनीतिक हल्ला गर्न पाउने स्वतन्त्रता लोकतन्त्र होइन, त्यसैगरी एउटै विषयमा एउटै दलका नेतैपिच्छे फरकफरक दृष्टिकोण आउनु पनि लोकतन्त्र होइन। एमाले आत्मसमीक्षा गर्न तयार छ?
एकेडेमी हलमा जम्मा भएका ९ सय प्रतिनिधिले धेरै विषयमा छलफल गरे तर आफ्नै नेतृत्वमा बनेका दुई सरकारबारे वस्तुनिष्ठ समीक्षा गर्न चाहेनन् अथवा लजाए। अहिले आएर 'हामी पहिलो दल भएको भए, हामी सरकारमा भएको भए यसो गर्थ्यौँ उसो गथ्यौैँ' भन्नु भाग्यवादी तर्क हो। यो, हातको ढुकुर उड्न दिएर रुखको ढुकुर ल्याइदिन्छु भनेझैँ हो। एमाले आफैँमाथि प्रश्न गर्न तयार छ?
हिजो माओवादीप्रति आकर्षित कतिपयको आशक्ति ओइलाउन थालेको सही हो। उसले चलाएका दुई सरकार यसका प्रमाण हुन्। माओवादी र कांग्रेसको असफलतालाई आफ्नो विजय ठान्नु, तर विकल्पमा सिन्को नभाँच्नु एमालेको अकर्मण्यता हो। एमाले यसबारे छलफल गर्न तयार छ? यस्ता कैयन् प्रश्न एमालेको आलोचना गर्नेहरूले सोध्न हिम्मत वा रहर गरेनन्, न एमालेमैत्रीहरूले जबाफ खोज्न आवश्यक ठाने।
अन्त्यमा, एमाले-एकताको जस झलनाथ खनाल, माधव नेपाल र केपी ओलीले जति नै लिन खोजे पनि यसको असली भागिदार दोस्रो पुस्ता हो। यही पुस्ताका नेताको मेहनतले विशाल जनसभा सफल भएको हो। शीर्ष तीनहरू निमित्त-नायकमात्र हुन्। अहिले पनि कुनै मञ्चमा उनीहरू बसेको हेरौँ। उनीहरू मुस्काउँदैनन्, संवाद गर्दैनन्। यस्तो लाग्छ, उनीहरूबीच भेटघाट र चिनजान छैन। यस्तो एकताको डोरी कुनै पनि बेला चुँडिन सक्छ। दोस्रो पुस्तालाई प्रश्न छ, उनीहरू यो 'एकता' जोगाउन र दीर्घ कालसम्म लैजान प्रतिबद्ध छन्? अथवा उनीहरू स्वयं एउटा एउटा चुलोमा आगो झोस्ने पुरानै कर्ममा फर्कलान्? हेर्न बाँकी छ। हेरिनेछ।