निजामती नागरिकका सादा जुलुसका अनन्त लहरसँगै जरसाहेबहका जङ्गी पनि जुलुस निस्कन थालेका छन् । पछिल्लो जुलुसको हुङ्कार युक्त प्लेकार्ड भन्छ - उपरथी तोरण जङ्गबहादुर सिंहलाई अविलम्ब रथीमा बढुवा गर † बढुवाको सिफारिस गर्ने महारथी रुक्माङ्गद कटवाल जसा्रहेबी जुलुसको नेतृत्व गर्ने पनि उनै कटवाल । जङ्गीहरुको जुलुस घरि कुद्दै रक्षामन्त्री विद्या भण्डारीकहाँ पुग्छ घरि प्रधानमन्त्री माधवकुमार नेपालकहाँ घरि राष्ट्रपति रामवरण यादवकहाँ । शिरमा तारे टोपी देहमा जङ्गी पोसाक कुममा फुलीको ताँती कम्मरमा पिस्तोल पाउमा बुट - जरसाहेबहका जुलुस ठट्टा होइन । यो डरमर्नु छ ।
बरा राष्ट्रपति प्रधानमन्त्री र रक्षामन्त्रीलाई कति गाह्रो परेको होला ? जङ्गी जुलुसको मागबमोजिम तोरणबाबुलाई खुरुक्क बढुवा गरिदिउँ लोकले अग्निवर्षी नजरले आफूलाई अपलक हेरिरहेको छ । नगरुँ जङ्गीहरु जङ्गिए भने सत्ताको गद्दी नै हल्लिन बेर छैन । निहित राजनीतिक स्वार्थवश निर्माण गरिएको परिस्थितिको परिबन्दले सत्ताको तहगत सिँढीमा जङ्गीका हात माथि परेका छन् । यी हातहरु जानाजान माथि पारिएका छन् । पार्ने प्रमुख अभियन्ता यिनै राष्ट्रपति यादव र यिनै प्रधानमन्त्री नेपाल हुन् । दिएको त औँलो हो आफूलाई सत्र परेको बेलामा तिनले डुँडुलै निलिदिए भने ।
प्लेकार्डमा भयमुक्त मुद्रामा मुस्कुराइरहेका उपरथी तोरण जङ्गबहादुरको निधार उति सफा छैन । यिनको निधारमा कलङ्क भन्न मिल्ने केही काला दाग छन् । ती दागको सिर्जना भैरवनाथ गणको रौरव नर्कतुल्य यातना र बेपत्ता शिविरमा भएको हो । भैरवनाथ गणको यो सिर्जना हिजोको शाही सेनाको कुरुपतम कलङ्कको हुँदै बदनामकारी दसी हो । यो कलङ्कको भित्री तहमा करिब ५० जना नागरिकका चित्कार आँसु र रगतको शब्दातीत पीडा छ । ती निहत्था नागरिक सशस्त्र जङ्गीहरुका हातबाट पक्राउ परी बेपत्ता भएका थिए । बेपत्ता पार्ने भैरवनाथ गण जहाँको तँही छ जस्ताको तस्तै छ । गणका ऊ बेलाका गणपति सिगलै छन् । तर बेपत्ता पारिएकाको कथा अन्त्यहीन रहस्य बनेको छ । मानौ ती नागरिकलाई पक्राउ गरेको भैरवनाथ गणका जङ्गीहरुले होइन अर्कै लोकबाट आएका अदृश्य जीवले हो । मानौ तिनलाई बेपत्ता पारेको पनि उतैका अविदित आततायीहरुले हो ।
बेपत्ता पारिएकाहरुको अन्तरकथा कहिल्यै पत्ता नलाग्ने असह्य व्यथाझैँ बनेको छ । राजतन्त्र गयो र गणतन्त्र आयो त भनियो । तर जनमारा राजतन्त्रकालमा सादा नागरिकलाई बेपत्ता पार्ने जङ्गीहरु आरामसाथ यथास्थान रहिरहे । न ती बर्खास्त भए न घटुवा भए । जेल चलानका त कुरै नगरुँ । गोप्य सबुत भन्छ हुतिहारा सरकारका हातबाट यसरी दण्डहीनताको पुरस्कार पाउने एक प्रमुख जङ्गी यिनै तोरण जङ्गबहादुरजी हुन् । यी जङ्गी जङ्गबहादुर ऊबेला भैरवनाथ गणको 'चेन अफ कमान्ड'को चुचुरोमा थिए । निर्णय गर्ने पदमा पनि यिनै थिए आदेश दिने आसनमा पनि यिनै थिए । त्यसैले भैरवनाथ गणको यातना र बेपत्ताको अन्तरकथाका केस्राकेस्रा यिनलाई राम्ररी थाहा छ । पक्राउ परेका निहत्था नागरिकको एकबारको जुनी हरण गर्ने आदेश दरबारको थियो कि महारथी प्यारजङ थापाको थियो कि यिनको आपुनै थियो यिनले अब भन्नुपर्छ । भैरवनाथ गणमा यातना र बेपत्ताको बर्बर कथा रचिँदा म इहलोकमा थिइन अथवा म गाँजाभाङको नशाले लठ्ठ थिएँ त यिनले नभन्लान् नै ।
भैरवनाथ गणमा नागरिकहरुलाई जजसले यातना दिए र बेपत्ता पारे ती तल्लो तहका झिना-मसिना जङ्गीहरु हुन् । जङ्गी संस्थामा माथिको आदेशको जबाफ हुँदैन । 'कि गर कि मर' - जङ्गी संस्थाको कठोर संहिता यही हो । माथिकाले यातना देऊ भने तलकाले दिए । माथिकाले बेपत्ता पार भने तलकाले पारे । माथि चेन अफ कमान्डको टावरमा को थियो यिनै तोरण जङ्गबहादुरजी थिए जो अहिले बढुवा हुने आशाले जङ्गी जुलुसको जङ्गी प्लेकार्डमा मखलेल छन् ।
आयो कुरो अब असीम निगाहपूर्वक तोरणजीको बढुवाको सिफारिस गरिदिने मनकारी महारथी कटवालजीको । कटवालजीले जङ्गी जुलुसको नेतृत्व गर्दै जङ्गी मुद्रामा दाबी गरेछन् - तोरण जङ्गबहादुर सिंह निर्दोष छन् । कानुनी काइदाले दोषी साबित नहुन्जेल यिनले शङ्काको लाभ त पाउलान् नै । तर आफू चोखिन दोषी त यिनले देखाउनै पर् यो नि । शीतल निवासअगाडि भैरवनाथ गण त अस्तित्वमा होला नै । त्यस गणबाट नागरिक बेपत्ता पारिएको अकाट्य प्रमाण पनि स्रेस्ताहरुमा रहेकै होला । त्यो बेपत्ता तोरणजीको मर्जीको फल नभए कुन बाबुसाहेबको मर्जीको फल हो कटवाल जसा्रहेबबाट तोरण निर्दोष छन् भनी मर्जी भएछ । आखिर भैरवनाथ गणबाट नागरिकहरु बेपत्ता त भएकै हुन् । ती स्वेच्छाले बेपत्ता भएका त नहोलान् नै । उसोभए कोही त दोषी होला । तोरण जङ्गबहादुर दोषी नभए दोषी को हो महारथी कटवाललाई थाहा होला । तोरणलाई चोख्याउन निजको सट्टाभर्नामा दोषी देखाउनु पर्दैन ?
जङ्गी जुलुसको अनिष्टसूचक प्लेकार्डमा जब तोरण जङ्गबहादुर िसंहको नाम प्रकट भयो उसै त रुष्ट राष्ट्रसङ्घीय मानवअधिकार उच्चायुक्तको कार्यालय फेरि एक पटक झस्क्यो । कार्यालय प्रतिनिधि रिचर्ड बेनेटले क्ष्ाब्ध मुद्रामा प्रश्न गरेछन् - यी तोरण उनै भैरवनाथ गणको कमान्ड टावरका जङ्गी तोरण त होइनन् यिनको मिहिन परीक्षा गर † विश्व मानवताका नजरमा नेपाल दण्डहीनताको सूचीमा उच्च कीर्तिमानी देश भनेर हुनुसम्म बद्नाम भइसकेको छ । अझ त्यसमाथि महारथी कटवाल तोरण निर्दोष छन् भनेर दुहाइ दिँदै अर्को कीर्तिगाथा रच्न जङ्गी जुलुसमा डटेका छन् । नेपाली सेना दण्डहीनताको हाकाहाकी पैरवीकार हो भनी देखाउन अर्को उदाहरण किन चाहियो ?
जात र वर्ग मिल्यो होला । चरित्र र संस्कार मिल्यो होला । रुचि र दाउ मिल्यो होला । र नै महारथी कटवालले आँखा चिम्लेर उपरथी तोरणको नाउँ सिफारिस गरे । यहाँसम्म कुरा करिबकरिब बुझिन्छ । तर जङ्गी प्रमुख भएर आपुनो कर्तव्य र मर्यादाको पर्बाहै नगरी जङ्गी जुलुससाथ शक्तिकेन्द्रका ढोका चहार्दै हिँड्नु कुन ग्रहको सैनिक मर्यादा हो र शक्तिकेन्द्रका नागरिक प्रमुख भनिने पात्रहरुले यिनलाई थान्काका राख्ने काम नगरी यिनका दाबी र धम्कीसामु लत्रिन खोज्नु कहाँको नागरिक सर्वोच्चता हो ?