पश्चिम सेती आयोजनालाई लिएर उत्पन्न जल तरंगबीच पुनः देशमा राष्ट्रिय सरकारको दमाहा बजाउन थालिएको छ। राष्ट्रिय सरकार गठनका लागि पहिला वर्तमान सरकार विगठन हुनुपर्छ। त्यसैले त्यही राष्ट्रिय सरकारका लागि भनेर भट्टराई सरकारको राजीनामा माग्न थालिएको छ। अझ रमाइलो कुरा त राजीनामाको माग विपक्षी दलबाट नभई स्वयं एनेकपा (माओवादी) कै नेताहरूबाट आइरहेको छ।
नेपाली राजनीतिको सबैभन्दा रोचक पक्ष नै सरकार बन्नु र ढल्नुमा देखिएको नियमितता हो। अझ रोचक पक्ष खोज्ने हो भने योमात्र विश्वमा एक्लो मुलुक होला जहाँ सरकार ढलाउने काम सत्तारुढ दलकै नेताबाट हुँदै आएको छ। यस क्रमलाई ०४६ सालको आन्दोलनपछि नेपाली जनताले भोग्दै आएका छन्। कोइरालाविरुद्ध भट्टराई, देउवाविरुद्ध कोइराला, भट्टराईविरुद्ध कोइराला हुँदै पछिल्लो समय नेपालविरुद्ध खनाल र त्यसपछि खनालविरुद्ध नेपाल/ओली लागिपरे। हरेक कुरामा क्रमभंगता जपेर नथाक्ने माओवादी पार्टीमा समेत त्यसैलाई निरन्तरता दिँदै अहिले आएर बाबुरामविरुद्ध वैद्य लागिपरेका छन्। यसका लागि समयअनुसार नारा अगाडि सार्ने गरिएको छ। पछिल्लो समय भने सरकार खसाउन ढालका लागि प्रयोग हुँदै आएको नारा 'राष्ट्रिय सरकार' हँुदै आएको छ।
माधव नेपाल सरकारलाई खसाउन झलनाथ खनालले त्यही नारा अगाडि सारे। उनले नेपाल सरकारलाई ढाले पनि। तर, देशले राष्ट्रिय सरकार देख्न पाएन, बरु खनाल पो प्रधानमन्त्री भए। अहिलेको स्थिति हेर्दा बाबुराम भट्टराईको सरकार खसिहाले पनि माओवादीकै अन्य नेता प्रधानमन्त्री हुने सम्भावना छैन। त्यसो भए भट्टराई सरकार खसेपछि राष्ट्रिय सरकारका लागि वातावरण बन्ला त? त्यसका लागि हरेक दलभित्रको स्थिति हेर्दा पर्याप्त हुन्छ।
भट्टराई सरकारपछि भागबण्डालाई आधार बनाउने हो भने अबको पालो कांग्रेसको हो। संसदीय दलका नेता रामचन्द्र पौडेल र पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाबीच प्रधानमन्त्री पदका लागि लाामो समयदेखि जुहारी चल्दै आएको छ। अझ पछिल्लो पटक माओवादी अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस सभापति सुशील कोइरालालाई सरकारको नेतृत्व गर्न उक्साएका छन्। यस्तो अवस्थामा सरकार बनाउने जिम्मा कांग्रेसले पाए आफूलाई लोकतान्त्रिक भन्ने पार्टीमा सत्ता प्राप्तिका लागि त्रिकोणीय संघर्ष देखिने पक्का छ।
हुन त राष्ट्रिय सरकारको नेतृत्व माओवादीले पनि गर्न सक्ने सम्भावना झिनोरुपमा भए पनि नेपाली राजनीतिको सतहमा सुनिने गरेको छ। त्यसो हो भने त्यस नेतृत्वका लागि माओवादीभित्रको संघर्ष कुन रुपमा छताछुल्ल होला, त्यो हेर्नु रोचक हुन्छ। अर्को ठूलो दल नेकपा (एमाले) ले अब सरकार आफैँले बनाउने दाबी गरेको छैन। तर, नयाँ सरकारलाई राष्ट्रिय स्वरुप प्रदान गर्न पनि यसको सहभागिता सरकारमा आवश्यक छ। अनि त्यस दलभित्रको खनाल, नेपाल र ओली गुटबीच कसको मान्छे कति र कुन पदमा भन्ने बहसले कस्तो रुप लेला भन्न सकिँदैन। बाँकी रहे मधेसी दल। मधेसका मुद्दालाई लिएर केन्द्रीय राजनीतिमा स्थापित पार्टी र तिनका अधिकांश नेताको चर्तीकला देशले देखिसकेको छ। मन्त्री पदकै लागि कुनैकुनै पार्टी त फुटेर एकबाट अनेक भइसकेका छन्। धेरैजसो मधेसी दलले बेलाबेला आफूले पछिल्लो पटक आफ्नो राजनीतिको आधार नबिर्सेको भान जनतालाई गराउन 'मधेस एक प्रदेश' नारा बुलन्द गर्न खोजे पनि त्यसभित्रको वास्तविकता बाँकी दल र जनताले बुझिसकेका छन्।
अहिलेकै स्थिति हेर्ने हो भने पनि संघीयता र शासकीय स्वरुप जस्तो राष्ट्रिय बहसको मामलामा एमालेलेे अझ पनि 'आलोचनात्मक समर्थन' जस्तो दोहोरो शैलीलाई पूर्णरुपमा छाड्न सकेको छैन। कांग्रेस नेता देउवाले पछिल्ला दिनमा बोल्दै गएको कुरा सुन्ने हो भने त्यस पार्टीको आधिकारिक विचारबाट कति नजिक र पर छ जसले पनि भन्न सक्छ। भातृ संगठनलाई लिएर त्यस दलभित्र देखिएको विवाद अझै समाप्त भइसकेको छैन। अहिलेका लागि थामथुममात्र पारिएको हो। राष्ट्रिय मुद्दालाई लिएर अन्य दलबीच देखिएभन्दा बढी मतभिन्नता त माओवादीभित्रै देखिँदै आएको छ। यस दलका नेता बाँकी दलसँग एउटा सम्झौता गर्छन्। सम्झौतामा गरिएको हस्ताक्षरको मसी सुक्न नपाउँदै त्यही पार्टीका अन्य नेताले त्यसको विरोध गर्छन्। अनि बाँकी दलका नेता पनि कोसँग सम्झौता गर्ने हो भनेर रनभुल्लमा पर्दै आएका छन्।
देशको प्राथमिकतामा परेका विषय भनेकै शान्ति प्रक्रिया, संविधान निर्माण र यसभित्रको सेना समायोजनजस्ता विषय हुन्। यी कुनै पनि विषयमा अहिले दलबीच त कुरै छाडौँ, कुनै एक दलभित्र पनि पूर्ण सहमति हुन सकेको छैन। विशेषगरी देशकै ठूलो दल माओवादीभित्र यो समस्या निकै गहन हुँदै गएको छ। राष्ट्रिय मुद्दालाई लिएर देशका कुनै एक पार्टी पनि एकमत नदेखिएको अवस्थामा अन्तरपार्टी सहमतिको सम्भावनाबारे निश्चिन्त हुने आधार छैन। यस्तो अवस्थामा राष्ट्रिय सरकार गठनको सम्भावना कहीँ कतै देखिएको छैन। राष्ट्रिय सरकार गठन र त्यसलाई अगाडि बढाउन त राष्ट्रिय सोच आवश्यक पर्छ। तर, नेपाली राजनीति अहिलेसम्म व्यक्तिगत तथा दलगत सोच र स्वार्थभन्दा माथि उठ्न सकेको छैन। त्यसैले राष्ट्रिय सरकारको नारा जति आकर्षक देखिए पनि त्यसले मूर्त रुप लिनसक्ने आधार छैन। हो, राष्ट्रिय सरकारको नाममा सरकार गठन र विगठनको खेल भने चलिरहनेछ।
अहिले वैद्यले गाइरहेको राष्ट्रिय सरकारको गीतको मूल मर्म पनि भट्टराई सरकार ढाल्नु हो। त्यसबाहेक भट्टराई सरकारको विकल्पमा राष्ट्रिय सरकार गठन गर्ने कुनै सूत्र कसैसँग छैन।
यसको अर्थ भट्टराई सरकारको विकल्प खोज्नु नै हँुदैन भन्नेचाहिँ होइन। अहिलेसम्मका क्रियाकलाप हेर्दा यो सरकार जनताका लागि नभई अपराधीको हित गर्न आएजस्तो छ। त्यसैले यस सरकारको विकल्प खोज्ने हो भने यिनै मुद्दा अगाडि सारेर खोज्दा हुन्छ। जनताको हितमा काम गर्ने सरकारको खोजी थाले हुन्छ। त्यसका लागि असम्भवप्रायः देखिएको राष्ट्रिय सरकारको नारा घन्काउनु जरुरी छैन।