'होमो लुडेंस' (क्रीडारत मानव) आधुनिक मानिसको अर्को नाम हो। यस्तो नामकरण गरेका थिए, सांस्कृतिक इतिहासका अध्येता योहान्न हाइजिंगले। जीवनदेखि मृत्युसम्म पनि खेलसँग जोडिएकाले आधुनिक मानिसलाई 'होमो लुडेंस' भनिएको हो। राजनीति, व्यापार युद्ध, कला वा विज्ञानजस्ता समाजका सबै विधा र पक्षमा किनभने खेलको तत्व भएकाले क्रीडालाई संस्कृतिको आधार मान्नुपर्छ भन्ने हाइजिंगको तर्क छ।
प्रख्यात मनोशरीरक्रिया वैज्ञानिक विल्हेल्म वुन्ट भने सामाजिक संगठनमा यति व्याप्त रहेको खेलमा कुनै न कुनै गम्भीर पेसा वा श्रमकार्यको आदिरूपको छाप रहेको छ भन्ने जिकिर गर्छन्। खेललाई श्रमकार्यको शिशु ठान्ने वुन्टको मत छ - जीवनको आवश्यकताले नै मानिसलाई श्रमकार्य गर्न विवश गर्छ र त्यसले नै विस्तारै आफ्नो ऊर्जालाई मनोरञ्जनको रूप पनि दिन थाल्छ। गिओर्गी प्लेखानोभले भनेझैं ऊर्जाको उद्यमबाट प्राप्त हुने मनोरञ्जन पुनः अनुभव गर्ने इच्छाबाट खेल उत्पन्न हुन्छ। ऊर्जाको भण्डार जति बढी हुन्छ, खेल्ने लालचा पनि उत्ति नै धेरै जाग्छ। सर्त केमात्रै हो भने अवस्था चाहिँ समान हुनुपर्छ।
भनिन्छ, युद्ध राजनीतिको हिंसात्मक रूप हो, राजनीति चाहिँ अहिंसात्मक युद्ध हो। तर, खेलमा पनि राजनीति र युद्धका विविध रूप देखिन्छन्। कुनैकुनै खेल भने युद्धको प्रतिविम्ब हुन्छ भने कुनैकुनै खेल त युद्धकै पूर्वाभ्यास पनि हुन्छ। नाटकदेखि नृत्यसम्ममा युद्धको स्पष्ट प्रतिविम्ब सामान्यतः देखिन्छ भने खेलमा पनि त्यसको छाया कम देखिँदैन। अस्ट्रेलिया र अमेरिकाका आदिवासीमा त बच्चाहरूले अनुभवी योद्धाहरूको निर्देशनमा युद्धको खेल खेल्ने चलनै थियो। युद्धको खेल भावी योद्धाको शारीरिक तन्दुरुस्ती र युद्धकला सिकाउने शिक्षाको माध्यम थियो।
फुटबलमा युद्धको छाया
फुटबल खेलकै इतिहास पनि युद्ध र राजनीतिसँग जोडिएको छ। फुटबलमा दुईवटा वंश, नस्ल, जाति वा राज्यबीचको युद्धको छाया अझै देखिन्छ। अचेल देश र क्लबको नाममा हुने फुटबल म्याचमै पनि युद्धको झलक कम देखिँदैन। भनिन्छ, कुनै जमानामा युद्धमा विजेता समूहले हारेको समूहका सदस्यहरूको टाउको काटेर फुटबल खेल्थे रे। यस्तै इतिहास भएर होला, फुटबल म्याचको क्रममा युद्धउन्मादको झलक देखिएको। पहिले दिनदिनै हुने युद्धको साटो हुने खेलमा युद्धउन्माद कम छैन।
युद्धउन्मादकै कारण सन् १९६९ मा होन्डुरस र एल साल्भाडोरबीच सयदिने 'सकर वार' भएको हुनुपर्छ। यस्ता युद्ध र द्वन्द्व कति भए, कति फुटबल प्रतियोगिता प्रतिबन्धित भए, हिसाबै छैन। तर, फुटबलका स्टारहरूकै पहलमा युद्धविराम भएका उदाहरण पनि छन्। ड्रग्बाजस्ता चर्चित खेलाडी भएको आइभोरी कोस्टको फुटबल टिमले गृहयुद्धमा संलग्न समूहलाई सन् २००६ मा युद्धविराम गर्न र राष्ट्रपति लरेन्ट बाग्बोलाई शान्तिवार्ता थाल्न प्रेरित गरेको इतिहास ताजै छ। युद्धका कारक वा युद्धविरामका प्रेरक जे भए पनि फुटबल आफैँ पुँजीवादी बजार र राजनीतिको मैदान हुन थालेको छ। खेल मैदानदेखि खेलाडीको शरीरसम्म, खेलको प्रचारदेखि मालको विज्ञापनसम्ममा तिनको प्रभुत्वबाट फुटबल पनि जोगिनसक्ने कुरै भएन।
फुटबलमात्रै होइन, सबैजसो खेल अचेल मैत्री, सद्भाव, शान्ति र मनोरञ्जनको साधन नभएर पुँजीवादी व्यवसायको माध्यम भइसकेका छन्। खेलमा पुँजी लगानी गर, सकेसम्म बढी नाफा कमाऊ : यही खेल सिद्धान्त व्याप्त भएको छ। सकेसम्म बढी दर्शक र प्रायोजक खोज, रंगशालामा आउने दर्शकभन्दा सयौँ हजारौँ गुना दर्शकलाई घरघरमा हेर्न प्रेरित गर, उनीहरूमा रुचि र आकर्षण पैदा गर्न महिनौदेखि विज्ञापन अभियान चलाऊ, उद्घाटन र समापनमा हंगामा मच्चाऊ। एउटा उन्मादी वातावरण बनाऊ : यही प्रवृत्तिको प्रभुत्व छ।
राष्ट्रवादी उन्माद र नाफा
उन्माद पनि व्यक्तिगत होइन राष्ट्रवादी खालको पैदा गर्ने काममा पुँजीवादी व्यवसायीमात्रै होइन, मिडिया पनि सक्रिय हुन्छ। खेलमा मैत्री, सद्भाव, शान्ति र मनोरञ्जनभन्दा बढी राष्ट्रवादी उन्माद नै पैसा फल्ने रुख भएको छ। पैसा पनि फल्ने, राष्ट्रवादी उन्माद पनि फैलाउन पाइने खेलकुदका दोहोरो फाइदा हुन्। त्यसो त देशदेशबीच हुने युद्ध नै राष्ट्रवादी उन्मादको चरम अभिव्यक्ति हो। युद्धकै क्रममा राष्ट्रवादलाई सुनियोजितरूपमा उन्मादको स्तरमा फैलाइन्छ। दिनदिनै युद्ध नहुने भएकाले खेल प्रतिस्पर्धामा भए पनि युद्धउन्माद जगाउने प्रयास गरिन्छ। त्यसैले भारतीय क्रिकेट म्याचबारे भनिन्छ : म्याच जितियो भने अजहर हिन्दुस्तानी, हारियो भने मुसलमान!
नाफा र उन्मादको झेलले भरिएका खेलको उदाहरण पनि थोरै छैन। खेल व्यवसायमा फेरिनुका दृष्टान्त ओलम्पिक खेलदेखि फुटबलको वर्ल्डकपजस्ता प्रतियोगिता हुन्। खेल प्रतियोगितामार्फत नाफा कमाउने धन्दा र राष्ट्रवादी उन्माद फैलाउने उद्यमबाट भारतीय क्रिकेट म्याच पनि ग्रस्त छ। त्यसबाट नेपाल पनि अछुतो छैन भन्ने त एएफसी च्यालेन्ज कप प्रतियोगितामा पनि देखिएको छ। एन्फा वा अन्य खेल संस्थामा निजी र दलगत राजनीति नौलो विषय होइन न त पैसाकै चलखेल अनौठो हो। जेजस्तो भए पनि एएफसी च्यालेन्ज कपजस्तो एसियाकै दोस्रो ठुलो र नेपाललागि सबैभन्दा ठुलो खेल प्रतियोगिता आयोजना गरेपछि एन्फाले स्याबासी पाएको थियो।
पहिलेको तुलनामा डबल महँगो टिकटको विक्री गर्ने, प्रायोजकहरूको भिड जुटाउने, मिडिया सहयोगीबाट प्रत्यक्ष प्रसारणको मूल्य असुल्ने काममा पछि नपरेको एन्फा नेपाली फुटबलको स्तर उकास्न नसकेकोमा भने आलोचित हुनु स्वाभाविकै हो। एन्फा अध्यक्ष गणेश थापाद्वारा खेलमै प्रशिक्षकमाथि हस्तक्षेप गरिएकाले ग्राहम रोबर्टसले राजीनामा दिएपछि थापाको कार्यशैलीको भर्त्सना हुनु पनि अनौठो होइन। रूक्मांगद कटवालको उन्मादी शैलीमा राष्ट्रिय खेलकुद प्रतियोगिता बहिष्कार गरेकाले आलोचित नेपाली सेनाद्वारा आफ्ना दुई खेलाडीलाई मध्यरातमा अपहरणको शैलीमा लागिएकोमा पनि खेलभावनाको मर्यादा नाघेको भन्दै विरोध हुनु नौलो होइन। घरेलु मैदानमा खेलप्रेमी विशाल नेपाली दर्शकको समर्थन र प्रेमबीच पनि नेपाली टिम कुनै जित, कुनै गोलबिना म्याचबाट बाहिरिएपछि त्यसलाई राष्ट्रिय लज्जाका रूपमा प्रचार गरिएको छ। पक्कै पनि खेलमा हारजित त हुन्छ नै, त्यसका कारणको निदान र उपचार गर्न वस्तुगत विश्लेषण गर्नु जरूरी छ, तर हारलाई राष्ट्रिय लज्जाका रूपमा प्रचार गर्नु भनेको राष्ट्रवादी उन्मादकै अर्काे पाटो हो।
मेसीबिनाको बार्सिलोना
एएफसी च्यालेन्ज कप प्रतियोगितामा नेपाली टोलीको प्रस्तुतिले नेपाली राजनीतिलाई पनि आकर्षित गरेको छ। उद्घाटनसत्रमा उपस्थित विश्व फुटबल महासंघ (फिफा)का अध्यक्ष सेप ब्लाटरले नेपाली टोली प्यालेस्टाइन टोलीबाट हारेपछि भनेेका थिए - बार्सिलोनाले जस्तै खेले पनि नेपाली टिमा गोल गर्ने लियोनेल मेसीको अभाव छ। त्यसै टिप्पणीलाई सभामुख सुवास नेम्वाङले राजनीतिक रंग लगाएर अगाडि बढाएका थिए, प्रधानमन्त्री बाबुराम भट्टराईलाई दलहरूको कामगराइ फुटबलचाहिँ खेल्ने, गोल भने नगर्ने शैली भयो भन्दै। नेम्वाङले माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई त 'शान्ति र संविधान निर्माणको खेलमा फटाफट गोल गरी लियोनेल मेसी बन्न आग्रह गर्न' पनि भ्याएका छन्।
नेपाली फुटबल टिमको कमजोरीलाई राजनीतिक नेताहरूको कामगराइतिर संकेत गर्ने क्रममै सभामुख नेम्वाङले दाहाललाई मेसी बन्न प्रेरित गरेको हुनुपर्छ। यहाँ हेक्का राख्नुपर्छ, संविधानसभा टिमका क्याप्टेन दाहाल भए पनि सबै दलका प्रमुख खेलाडी दसतिर फर्किएका छन्। कलात्मक खेल खेल्ने र मारक गोल गर्ने अर्जेन्टिनी खेलाडी मेसी त्यत्तिकै बार्सिलोना क्लबका स्टार बनेका होइनन्, उनको नेपथ्यमा समाजवादी टिम स्पिरिट छ। त्यसको अर्थ हो : आपसी ऐक्यबद्धता, एकता, एकल लक्ष्य अनि सहकार्य। सामूहिक भावना बोकेर खेल्ने फुटबल टिमले मात्रै उत्कृष्ट खेल प्रदर्शन गर्न सकेका छन्। उनीहरूले समाजवादी चरित्र आत्मसात् गरेर खेलेका खेलमा एकसाथ नृत्य, नाटक, द्वन्द्व, सौन्दर्यसँगै संयोगान्त वा वियोगान्त दृश्यको मज्जा लुट्न पाइन्छ। तर, नेपालका राजनीतिक खेलाडीहरूमा समाजवादी टिम स्पिरिटको अभाव हटेको छैन, चाहे ती प्रजातान्त्रिक समाजवादी होऊन् या मार्क्सवादी लेनिनवादी वा माओवादी झन्डा बोक्ने समाजवादी होऊन्। सामूहिक भावनासाथ चल्नुपर्ने सबैजसो पार्टीका प्रमुख खेलाडीमा एकातिर आफ्नै सरकार हुँदा पनि आत्मघाती गोल गर्ने प्रवृत्ति छँदैछ, अर्काेतिर, अन्य दलको एजेन्डाले गोल गर्न लाग्यो भने गोलपोस्टै सार्ने चरित्र पनि छ। टेरी इगल्टनका अनुसार फुटबल खेल मूलतः निस्वार्थ भावनाका साथ गरिने टिम वर्क (सामूहिक कार्य) हो, टिम स्पिरिट आपसी सहयोग र प्रतिस्पर्धाको संगम हो। तर, पुँजीवादी तन्त्रमा आपसी सहयोगबिनाको प्रतिस्पर्धाले उन्माद, द्वन्द्व र हिंसा जन्माइरहेको छ र त्यसबाट नेपाली राजनीतिक खेल पनि मुक्त छैन।
जरूरत बराबरीको खेलको
युलिआन ब्रोमलेय र रोमान पोदोल्नीको दाबीअनुसार समाज विकासको क्रममा दुई खाले खेल प्रवृत्तिबीच द्वन्द्व हुँदैआएको छ। एउटा प्रवृत्ति हो, हरहालतमा, कुनै पनि मूल्यमा जित्न प्रयास गर्ने। सबै कुरा दाउमा राखेर भए पनि जोखिमपूर्ण खेल खेल्ने। यस्तै खेल प्रवृत्तिका कारण विभिन्न कबिला र राज्यहरूबीच लडाइँ र मारकाटसमेत हुने गर्थे।
अर्काे प्रवृत्ति हो, सामूहिक भावना राखेर सहकार्य र प्रतियोगिता गर्ने। अझ, प्रशान्त महासागरस्थित पोलिनेसिया क्षेत्रको रारोइआ द्वीपमा त कुनै पनि टिम पराजितै नहुने खेल खेल्ने चलन पनि छ। विभिन्न समुदायका सदस्यबीच खेलिने म्याचमा पनि दुवै टिमले जित्नेगरी बराबरीको खेल (विन-विन गेम) हुने सुनिश्चित गरिन्छ। फुटबलको मैदानमा कुनै एउटा टिम अर्काे टिमभन्दा शक्तिशाली र कुशल छ भने रेफरीले त्यस टिमका केही खेलाडीलाई अर्काे टिमका खेलाडीसँग साटेर खेलाउँछ। कतिसम्म भने रेफरीले निर्धारित समयअनुसार होइन, दुवै टिमको गोल बराबर भएपछि मात्रै खेल समाप्तिको सिठी बजाउँछ।
रारोइआ द्वीपमा सबै अल्पसंख्यक समुदायबीच शान्ति कायम गरिराख्ने दुवै टिम जित्ने खेलकै राजनीतिक संस्करण नेपालका पनि जरूरी छ। पुरानै कुनै शासक वर्ग, एउटा दल, जाति, धर्म, भाषा, लिंग वा क्षेत्रमात्रै जसरी पनि जित्ने खेलले हिंसात्मक द्वन्द्वमात्रै निम्त्याउँछ। त्यसैले नेपालका लागि मेसीभन्दा बेसी रारोइआ संस्कृतिसँगै त्यस्तो रेफरी पनि चाहिएको छ, जसले विन-विन गेममात्रै खेलाउने साहस र बुद्धिमानी देखाउँछ। के सभामुख नेम्वाङ त्यस्तो रेफरीको भूमिका खेल्दै रारोइआ संस्कृति विकास गर्न तयार छन्?