विद्यार्थी आन्दोलनको प्रवृत्ति
०८ चैत्र २०६८
•
१७ मिनेट पाठ
विद्यार्थी आन्दोलनको प्रवृत्ति
विद्यार्थी आन्दोलनको चरित्र प्रतिपक्षीय हुन्छ। समग्र विद्यार्थी आन्दोलनप्रति आलोचना बढ्दै गएका बेला क्रान्तिकारी विद्यार्थी आन्दोलनले यस चरित्रलाई कमजोर हुन दिनु हँुदैन। साथै, यो आन्दोलनलाई सत्तापक्षीय मनोदशा र अतिक्रमणबाट पनि जोगाउन सक्नुपर्छ। सरकारमात्र होइन कहिले काहीँ सत्तामा पुगेका आफ्नै वर्गका प्रतिनिधिले समेत आफ्नो वर्ग, जनता र देशलाई धोका दिने गर्छन्।
सरकारमा गएका प्रतिनिधिले त धोका दिने सम्भावना बढी नै हुन्छ। राज्य संयन्त्र पुरानै हुने, सरकारमा गएका प्रतिनिधिले त्यसलाई चलाउन नसक्ने अथवा पुरानो संयन्त्रमार्फत् आफ्ना नयाँ कार्यक्रम कार्यन्वयन गर्न नसक्ने र त्यो पुरानो सत्ताका अंगले सरकारमा गएका अनुहारलाई नटेर्ने उदाहरण हाम्रै देशका पछिल्ला घटनाहरूमा देखिन्छ। नयाँ राज्यसत्ताको नारा दिएर वर्ग संघर्ष सञ्चालन गर्दै आएको शक्ति पुरानो सत्ताकै अंग सरकारको अशियार बन्नुको अन्तरविरोध हो। यस्तो अवस्थामा सरकारमा को छ? कुन व्यक्ति प्रधानमन्त्री छ? वा मन्त्री बन्ने को को हुन्? भन्ने आधारमा विद्यार्थी आन्दोलनको प्रकृति निर्धारण हुने होइन। राज्य वा सरकार सञ्चालकले देश, जनता र युवा विद्यार्थीका सबाललाई इमान्दारीसाथ सम्बोधन गर्‍यो कि गरेन भन्ने आधारमा विद्यार्थी आन्दोलन निर्धारण हुनुपर्छ।
इतिहासमा विद्यार्थी आन्दोलन सत्तापक्षीय बन्ने र आफ्नो सारतत्वबाट विचलित हुने अवस्था कैयौं पटक आएको हो। विसं २०३६ को पञ्चायत विरोधी विद्यार्थी आन्दोलन उत्कर्षतिर पुग्दै गर्दा पञ्चायती सत्ताको भुलभुलैयामा परेर केही विद्यार्थी नेता (शरणविक्रम मल्ल, बलबहादुर केसी, कैलनाश कार्की) ले सम्झौता गरे र आन्दोलन रोक्न आह्वानसमेत गरे। तर उनीहरूलाई कालो मोसो दलेर ठेलागाडामा सहर घुमाउँदै आन्दोलन अगाडि बढ्यो। यस्तै, २०४६ सालपछि नेपाली कांग्रेस सरकारमा हुँदा नेपाल विद्यार्थी संघले आन्दोलन पुरै छोडेर आफुलाई सिंहदरवारमासीमित गर्‍यो। कांग्रेस सरकार बाहिर हुँदा भने पटकपटक सडकमा आन्दोलनको नाटक मञ्चन गर्‍यो। त्यसैगरी नेकपा (एमाले) सरकारमा रहँदा अनेरास्ववियुले विद्यार्थी आन्दोलनलाई मन्त्रालयमा कैद गर्ने र एमाले सरकार बाहिर भए सडकमा आन्दोलनको नाटक देखाउने गर्‍यो। दुई संगठनका दुवै तरिका सत्तापक्षीय चेतनाको प्रतिफल थियो। फलस्वरूप, विद्यार्थी संगठन र आन्दोलनको आलोचना बढ्दै गयो।
अहिले अखिल (क्रान्तिकारी) पनि हिजोको जस्तो भएन वा नेवि संघ र अनेरास्ववियु जस्तै हुनेभयो भन्ने कोणबाट आलोचना हुन थालेको छ। प्रधानमन्त्री, अर्थ मन्त्री र शिक्षा मन्त्री आफ्नै पार्टीका भएपछि विद्यार्थी आन्दोलन जरुरी छैन भन्ने बुझाइ बढ्दै गएको देखिएको छ। प्रधानमन्त्रीको सरकारी निवासमै विद्यार्थीको राष्ट्रिय भेला गर्नेदेखि कार्यकारी जिम्मा भएका केन्द्रीय विद्यार्थी नेता मन्त्रीका पीए र व्यवस्थापक भएर जागिर खाने अनि बाँकी नेताहरूकोट सिलाउँदै सिंहदरवार, बालुवाटार र केशरमहलतिर रमाउनु विद्यार्थी आन्दोलनलाई सत्ता पक्षीय बनाउन खोज्नु हो। पछिल्ल्लो समयमा देशमा कैयौं बर्षसम्म नकारात्मक प्रभाव पार्ने ठुल्ठुला घटना भएका छन्। यसबारे विद्यार्थी आन्दोलनले एउटा वक्तव्य समेत निकालेन। यसकारण विद्यार्थी आन्दोलन सत्तापक्षीय आन्दोलनमा बदलिन खोजेको पुष्टि हुन्छ। किन्तु, विद्यार्थी संगठनहरूले जोखिम उठाएरै भए पनि विद्यार्थी आन्दोलनलाई सधैँ प्रतिपक्षीय आन्दोलनको रूपमा बुभ्नु, बुझाउनु र अभ्यास गर्नु अहिलेको प्रमुख दायित्व हो।
क्रान्तिकारी कि अवसरवादी?
घोषणा पत्रमा समेटिएका विषयका आधारमा मात्र होइन सधैँ नयाँप्रति आकर्षित र यथास्थितिवाद विरोधी युवा चेतनाका कारणसमेतले विद्यार्थी र विद्यार्थी संगठन आमूल परिवर्तनकामी (क्रान्तिकारी) हुने गर्छन्। यसलाई इतिहासले पुष्टि गरेको छ। तर इतिहासले वर्तमानको यथावत् प्रतिनिधित्व गर्न सक्दैन। यसकारण आजको पुस्ताको परीक्षा वर्तमानले नै लिने गर्छ। वर्तमानले लिने परीक्षामा सामेल आजको पुस्ताले राम्रोसँग परीक्षा उत्तीर्ण हुन इतिहासको गहिरो अध्ययन गर्नैपर्छ।
विद्यार्थी आन्दोलन मुख्यतः वामपन्थी विद्यार्थी आन्दोलन अवसरवाद र सुधारवाद (संशोधनवाद) विरोधी धारा हो। यस अर्थमा वामपन्थी विद्यार्थी आन्दोलनको इतिहास भन्नु नै अवसरवाद र सुधारवादविरुद्धको संघर्ष हो। यो आन्दोलन गौरवपूर्ण हुनुको मुख्य कारण यसले कहिल्यै पनि अवसरवाद र सुधारवादसँग घाँटी जोडेन र सधै क्रान्तिकारी मार्क्सवादको झन्डा उठाइरह्यो।
नेपाल कम्युनिस्ट पार्टीको २०१४ सालमा सम्पन्न दोस्रो महाधिवेशनबाट निर्वाचित महासचिव केशरजंग रायमाझीले पार्टीलाई दरबारमा बुझाए र विर्सजनको बाटो समाते। यस्तै २०१९ सालतिर आइपुग्दा कम्युनिस्ट पार्टी र महासचिव तुल्सीलाल खु्रश्चोवी संशोधनवादको पिछलग्गु बने। यसको प्रभाव विद्यार्थी आन्दोलनमा पनि पर्नु स्वाभाविक थियो। तत्कालीन विद्यार्थी फेडरेसन एकातिर राजा परस्त र अर्कोतिर संशोधनवादको पिछ्लग्गु भएपछि विद्यार्थी आन्दोलन क्रान्तिकारी केन्द्र विहिन बन्यो। यही बेला क्रान्तिकारी विद्यार्थीहरूले दुवै गलत प्रवृत्तिविरुद्ध विद्रोहको झन्डा उठाउँदै क्रान्तिकारी केन्द्रको शक्तिशालीस्वरूप अन्तर कलेज विद्यार्थी सम्मेलन हुँदै अखिलको स्थापना गरेका हुन्। यसै गरी २००६ सालमा स्थापना भएको कम्युनिस्ट पार्टी पनि बल प्रयोगको सिद्धान्तलाई वर्ग संर्घषमा अभिव्यक्त गरेर समाजलाई जनवाद हुँदै समाजवाद तिर लैजानुको सट्टा सुधारवाद र संशोधनवादको दलदलमा फस्तै गयो। जमेको संशोधनवादको पोखरीलाई फुटाउन झापाली युवा विद्यार्थीले ग्रामीण वर्ग संर्घषको माध्यमबाट क्रान्तिकारी विद्रोह गरेका हुन्। यद्यपि, त्यो समग्र दृष्टिकोण थिएन तर क्याम्पसका मात्र होइन विद्यालयका समेत हुलका हुल विद्यार्थी झापाली वर्ग संघर्षमा सहभागी भएर क्रान्तिकारी मार्क्सवादको झन्डा उठाए।
'जनयुद्ध'को पूर्वसन्ध्यामा चलेको वहस पनि संशोधनवाद र विसर्जनवादविरुद्ध केन्द्रित थियो। एकातिर एमालेको संशोधनवादी दिशा र अर्कोतिर एकताकेन्द्रभित्रको 'जनयुद्ध'मा जानु हुँदैन भन्ने विसर्जनवादी प्रवृत्तिविरुद्ध क्रान्तिकारी विद्यार्थीहरू दृढतापूर्वक लडे। क्राान्तिका निम्ति फुट स्वीकारेर क्याम्पस र विश्वविद्यालयबाट हजारौं युवालाई ग्रामीण वर्ग संघर्षमा परिचालित गरेकाले आजको क्रान्तिकारी विद्याथर्ीि आन्दोलन शक्तिशाली बनेको हो।
शान्तिपूर्ण क्रान्तिको चरण गुजि्रसकेको छ। अब पनि यसैलाई निरन्तरता दिने हो भने क्रान्तिको विसर्जन निश्चित छ। यस्तो अवस्थामा दक्षिणपन्थी संशोधनवाद र मध्यपन्थी अवसरवाद नजानिदो ढंगले प्रवेश गर्छ। दुनियाँमा कहीँ पनि ढोल पिटेर वा सार्वजनिकरूपले संशोधनवाद क्रान्तिभित्र प्रवेश गरेको छैन। नेपाल अपवाद हुन सक्दैन। वामपन्थी जडसूत्रवादविरुद्ध पनि लड्नुपर्छ तर क्रान्तिभित्रको अहिलेको खतरा यो होइन। दुनियाँमा र मुख्यतः हाम्रोमा यस प्रवृत्तिले क्रान्तिलाई न बाधा हालेको छ न त घाटा नै पुर्‍याएको छ। इतिहासदेखि वर्तमानसम्म बाधा र घाटा दुवै संशोधनवाद र अवसरवादले नै पुर्‍याएको छ। यसकारण क्रान्तिकारी युवा विद्यार्थीले संशोधनवाद र विसर्जनवादविरुद्ध शिष्टाचारका पर्खाल भत्काएर नयाँ बहस र पहल थाल्नु जरुरी भइसकेको छ। हामी सङघाइ विश्वविद्यालयका विद्यार्थी बन्न सक्छौ या सत्तै्कनौ भन्नेमै हाम्रो र नेपाली समाज रूपान्तरणको भविष्य निर्भर छ। यसरीमात्र विद्यार्थी संगठनहरू मुख्यतः अखिल (क्रान्तिकारी) क्रान्तिकारी सार तत्वको शक्ति बन्न सक्छ।
विद्यार्थी आन्दोलन छ कि छैन?
विद्यालय र त्रिभुवन विश्वविद्यालय केन्द्रित नेपाली विद्यार्थी आन्दोलन पछिल्लो दशकदेखि यता भौतिक र नैतिक दुवै कोणबाट स्खलित हुँदैआएको छ। एकातिर शिक्षामा चर्को निजीकरण र व्यापारीकरण भित्रिनु र कथित गुणस्तरको नाममा यसले लोभ देखाउन सफल हुनु र अर्कोतिर सार्वजनिक विद्यालय र त्रिभुवन विश्वविद्यालयमा ह्वात्तै विद्यार्थी संख्या घट्नु अनि विद्यार्थी संगठनहरूले सिर्जनात्मक कार्यमार्फत् लोकप्रीयता हासिल गर्न नसक्नु वा जरुरी नठान्नु यसका मुख्य कारण हुन्। फलस्वरूप, आजभोलि विद्यार्थी आन्दोलनलाई आँखा मिच्दै खोजेर हेर्नुपर्ने अवस्था छ।
जहाँ विद्यार्थी छन् त्यहाँ विद्यार्थी आन्दोलन छैन। यसैले विद्यार्थी संगठनको आलोचना भएको हो। जहाँ विद्यार्थी आन्दोलन छ त्यहाँ विद्यार्थी छैनन्। यसकारण पनि विद्यार्थी संगठनप्रतिको आलोचना सघन हुँदै गएको हो। उदाहरणका लागि बजारमा चामल, तरकारी र नुनको भाउसँगै शैक्षिक शुल्क वृद्धिविरुद्धको आन्दोलन पनि निजी शिक्षालयका विद्यार्थीले होइन सरकारी विद्यालय र क्याम्पसका विद्यार्थीले गरिदिनु पर्ने अवस्था छ। यस्तो संस्कृतिको आन्दोलनबाट विद्यार्थी सङ्गठनले सन्तोष मान्नुपर्ने बाध्यता छ। यसबाट गम्भीर शिक्षा लिएर विद्यार्थी संख्याको केन्द्र स्थानान्तरित भएका निजी विद्यालय, क्याम्पस, विश्वविद्यालय र अनौपचारिक इन्टिच्युटहरूमा विद्यार्थी आन्दोलन पुर्‍याउनुपर्ने, सार्वजनिक विद्यालय र त्रिविमा नैतिक मूल्यसहितको आन्दोलनलाई पुनर्गठन गर्नुपर्ने विद्यार्थी संगठनहरूको अहिलेको कार्यभार हो। अन्यथा विद्यार्थी आन्दोलन धराशायी र संगठन विसर्जन हुनेछ।
विद्यार्थी आन्दोलनका निम्ति अहिले कैयौँ विषयहरू देखापरेका छन्। तिनमा सरकारी क्याम्पसमा विद्यार्थी संख्या घट्नु र विघटनको दिशातिर क्रमशः जानु, त्रिविका उच्च प्रशासकदेखि प्राध्यापक र प्राज्ञिक व्यक्ति सबैजसाले निजी शैक्षिक संस्था खोलेर व्यापारमा रमाउनु, सर्वसाधारण जनताका छोराछोरी पढ्ने सार्वजनिक विद्यालय विद्यार्थी नभएको बहानामा गाभ्दै संख्या घटाउनु र बाँकी विद्यालयप्रतिको विश्वास फितलो हुँदै जानु रहेका छन्। यस्तै, सार्वजनिक विद्यालय, भौतिक संरचना, शिक्षक दरबन्दी र अहिलेको गुणस्तरले विद्यार्थी संख्या धान्न सक्ने ठाउँमा पनि टहरा हाल्दै निजी विद्यालय सञ्चालन गर्न स्वीकृति दिनु, विद्यालय पढ्ने विद्यार्थीहरुको उमेर क्रमशः कम हुँदै जानु र विद्यार्थी सङ्गठनका संघर्ष बिस्तारै कृत्रिम र नाटकीय हुँदै जानु अथवा विद्यार्थीसँग प्रत्यक्ष सरोकार राख्ने विषय र आन्दोलन शैक्षिक मालिकहरूसँगको लेनदेनमा विनिमय गर्नेजस्ता समस्या र चुनौती आजको विद्यार्थी आन्दोलनका सामु छन्। हामीसँग यति धेरै कारण, आदोलनको वातावरण र कमिला हुँदाहुँदै पनि चिनी हेरेर थुक निल्दै चित्त बुझाउनुपर्ने अवस्थाबाट सबैले शिक्षा लिने हो कि?
लेखक अखिल (क्रान्तिकारी) का पूर्व अध्यक्ष हुन्।
 

 
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस